Pages

Wednesday, August 1, 2012


गित 

हास्दा हास्दै हारी रहेछु यो जिन्दगि 
हात जोड्छु कोइ न गिज्याई देउ है 
रोक्दा रोक्दै छछल्किएर झर्यो आशु 
बिन्ति छ कमजोर न ठानी देउ है
 आज हास्दा हास्दै ...................

संसार जित्न निस्केको थिए 
हारे म आज आफै मा 
पुस्छु  भन्थे आशु अरुको 
बगी सकेछु आफ्नै आशु को भेलमा 
आज आफ्नै आशुको भेलमा.........
हास्दा हास्दै ................................

सहदा सहदै चोट हरु 
आफै निर्दयी निर्मोही बनि सकेछु 
खोज्दा खोज्दै सुखका बाटो  हरु 
आज दोबाटो मै मरी सकेछु म 
दोबाटो मै मरी सकेछु .......
हास्दा हास्दै .................


०६/१२/२०१२ 
मेनचेस्टर न्यु हेम्पसर
 यु एस ए 

No comments:

Post a Comment