यात्रा स्मरण – लस भेगास मा एक रात
शेखर ढुंगेल
अमेरिका भास्सिएको दशक छुनै लाग्दा सम्म पनि आफु बसेको ठाऊ भन्दा करीब ६०० माईल पर नेभाड़ा राज्य मा अबस्थित बिस्व प्रसिद्द रंगीन जुवाडे हरु को शहर लॉस भेगास पुग्ने र त्यहा को रंगी बिरंगी तमाशा हेर्ने मौका मिलेको थिएन . अझ भनौ आफ्नो आबस्यकता को
परिपूर्ति को लागी काम मा जोत्तिदै मा फुर्सद मिलेको थिएन . अमेरिका बासी को मात्र न भै बिस्व कै पर्यटक हरु
को आकर्षण एबम गंतब्य बनेको यो शहर क्यालिफोर्निया को लॉस अन्जेलस , हलिवूड
केंद्र( स्टूडियो ) र अर्को बिस्व प्रसिद्द मनोरंजन को प्रतिक डिज्ने ल्यांड भएको ठाऊ हरु बाट २००-३०० को दुरी मा अबस्थित छ . त्यसैले धेरै जसो पर्यटक हरु एक्कै पटक मा यी तिनै ठाऊ को चक्कर लगाउने कार्यक्रम बनाउद छन . जुवा क़ा पारखी व़ा सौखीन भने लॉस भेगास मात्र जाने गर्दछन .
यो पटक पनि बास्तब मा म सच्चिकै मनोरंजन
गर्न भनेर निस्केको भने होइन . मं क्यालिफोर्निया बाट ओमाहा नेब्रास्का को लागी बसाई सराई गर्ने क्रम मा बाटों मा परेको कारण ले यो मौका मिलेको
थियो . आकाँक्षा ले जन्माएको ब्यबहार को भारी न बिसौदा सम्म
मनोरंजन को स्वाद लीन गार्हो हुदोरैछ .
जुवाड़े हरु को शहर अर्थात क्यासिनो नै क्यासिनो हरु को
शहर को भ्रमण को क्रम मा साथ मा हुनु हुन्थ्यो नेपाल को अग्र स्थान का घर जग्गा ब्यापारी एबम भूगर्बबिद ( इंजिनियर )
श्री शंकर गिरी जी . वहा लाई कोलोराडो जानू थियो मलाई कोलोराडो हुदै नेब्रास्का पुग्नु थियो मलाई लामो सड़क यात्रा को लागी
साथी चाहिएको वहा लाई घुम्ने इच्छा यसरी हाम्रो यो सड़क को सहयात्रा जुरेको थियो .केही दिन अगाडी गिरी जी सीत अमेरिका क़ा लागि नेपाली राजदूत डा श्री शंकर प्रसाद शर्मा ज्यू को सनफ्रान्सिसको भ्रमण मा स्वागत गर्ने कार्यक्रम को सिलसिला मा भेट भएको थियो . कुरै कुरा मा म नेब्रास्का सर्दै छू भन्ने कुरा भए पछि ए त्यसो भए लौ डेनभर सम्म म पनि संगै जान्छु भन्नु भयो र यो यात्रा मा मेरो साथ मा
हुनु हुन्थ्यो वा
सम्मिलित हुनु भयो भनौ .
अमेरिका सभ्य तरिका ले दिउसै कानूनी रूपले ग्राहक लुटने काइदा हरु अपनाउने देस भन्दा अन्यथा नमान्दा हुन्छ . अर्को शब्द मा जस्लाई "
White crime ' भनिन्छ . फ्री भनेर ध्यान खिच्छ अनि घुमाएर लड़ौछ ग्राहक लाई ठुलो अक्षर मा यो फ्री त्यों फ्री भन्छ अनि तल आखा ले देख्न न सक्ने सानो अक्षर मा प्राबधन वा शर्त लेखेको हुन्छ . अमेरिकन हरु स्वयम भंदछनं '
NOTHING FREE in this
Country " त्यों साझ (
०३-१४-२०१०) हामी लाई पनि त्यस्तै पर्यो . एउटा होटल ले भ्रम मा पारेर लड़ायो लॉस भेगास मा . हामीले होटल अग्रिम बुकिंग गरेका थिएनौ . साझ को ८ बजेको अर्थात रात झिमिक्क भै सकेको थियो . शहर मा जता हेर्यो त्यताई होटल बार डिस्को का आकर्षण बड़े बड़े मा को बोर्ड हरु देखिन्थ्यो .
करीब आधा घंटा चक्कर लगायौ कुनं होटल मा बस्ने भनेर अंत मा हाम्रो आखा पुग्यो १६ तले PALACE
STATION TOWER HOTEL मा कोठा को भाडा लेखिएको थियो एक रात को २४.९९ डलर मात्र वाह यो त निक्कै सस्तो हो . हाम्रो सहमति भयो यही होटल मा
बस्ने कोठा बाट शहर को मनमोहक दृश्य पनि हेर्न्न पाइने . लगातार १० घंटा को कार चलाई ले थकाई पनि लागेको थियो छिटो भन्दा छिटो कोठा लिएर आराम गर्न मन लागेको थियो ल जाऊ न त भनेर .
जब कोठा लिने बेला भयो हामी ले भन्यौ सब भन्दा माथिल्लो तला को कोठा मिलाई देऊ . होटल क्लर्क भन्छ त्यसको त ९९.९९
पर्छ भयो अब ? हामीले समझायौ माथि बिग्यापन मा त २४.९९ मात्र लेखेको देखेर आएको के हो यो तिम्रो ताल ? उसले दात देखाएर सरी भन्दै भन्यो त्यों रेट त ग्राउंड फ्लोर को हो . त्यही भए नि देऊ क़ा जानु अब भन्यौ . हिसाब गरेर भन्छ २४.९९ +ट्याक्स +
१५.९९ कोठा को सर्भिस चार्ज रे हामी ले भन्यौ हामी लाई कुनै रूम सर्भिस चाहिदैन . त्यों त होटल
को रुल हो रे तिर्नै पर्छ
यसरी लड़ौछ ग्राहक लाई यहाँ . लौ भनेर कोठा लियौ अर्को १००.०० डलर डिपोजिट पनि राख्नु पर्ने . त्यति सम्म त भयो भर्खर सम्म ग्राउंड फ्लोर भनेको त त्यों पनि १६ तले त हेर्ने मात्र
रहेछ बाहिर पट्टी घोड़ा तबला जस्तो दुई तले पुरानो घर मा पुर्याई दियो . . मन मा गोर्खाली आगो
न बलेको होइन पैसा फिर्ता
लिएर अन्ताई होटल मा जाने तर तुरुन्ताई मन लाई
काबू मा राख्यौ र भन्यौ आ एक रात त हो नि जे पर्ला कता जानु अब भनी त्यही बस्यौ .
हामी फ्रेस भएर निक्लियौ लॉस भेगास को रंगीन सडक मा . होटल र क्यासिनी हरु को झकी झकाऊ बिजुली बत्ती , ठेल मठेल गर्दै हिडेका संसार भरिका पर्यटक हरु त्यस मा पनि पस्चिमेली सभ्यता ? अर्ध नग्न पोशाक मा सज्जिएका आधुनिक परी हरु , क्याब्रे डांस , स्ट्रीप डांस र बार को लागी
प्रचार प्रशार मा बसेका मीगो , आमिगा हरु ( मेक्सिकन नर नारी ) को भीड़ , मानब निर्मित बिध्युतीय झरना , पहाड़ ,
बगैचा , काफी सप देखि रेस्टुरा जता पनि
क्यासिनो गेम क़ा मशीन , फल्स र पोकर खेलाउन आकर्षण र हाउ भौऊ मा ब्यस्त नर नारी हरु वाह सब आफ्नै धुन मा मस्त २४ घंटा ब्यस्त पहाड़ को खोच , खेती को लागी अयोग्य जमिन र बस्ती भन्दा टाढा पुगेर स्थापना गरिएको यो रमझम शहर बिस्व मै प्रचलित नाम हो .
शंकर जी र मैले त्यहा स्थित आधुनिक प्रबिधि को एनिमेसन स्टूडियो मा फोटो खिच्यौ, भिडियो बनायौ . त्यहा को
रंगीन सड़क मा हामीले दुई घंटा बितायौ. गिरी जी लाई कताई क्याब्रे डांस बार तीर जाने इच्छा थियो की जस्तो
अनुमान गरेको थिए की न की वहा ले मीगो हरु सीत निक्कै बुकलेट लिनू भएको थियो तर वहा
पनि खुल्न सक्नु भएँन र मलाई भने इच्छा न भएको ले जिज्ञासा नै राखींन . अब क्यासिनो को पैसा बनाउने मशीन सीत खेल्ने सहमति भयो कहा जाने त भन्दा आफै बसेको होटल मा जाने खाना खाने , तिन पानी लडाउने र खेल्ने भन्दै होटल तर्फ लाग्यौ .
एक पेनी देखि सय डलर सम्म क़ा खेल छन , फल्स पोकर को कुरा अर्कै . बस्यौ मशीन मा कहिले एक पेनी
क्लिक गर्यो कहिले सुको वाला . एक गेम क्लिक गर्यो टुरुंग टुरुंग गर्छ . जितेको भए टुरुंग टुरुंग अ अ अ लामो हल्ला गर्छ जितेन भने छुस अर्थात पैसा भुस को संकेत गर्छ . हामी दुबई मशीन को गेम मा नै
मख्ख थियौ . मैले एउटा मशीन मा एक डलर घुसाएको त टुरुंग टुरुंग टुरुंग गर्दै ३३ डलर जितेको
संकेत गर्यो . अब्ब यसले दिन्न भनेर अर्को मशीन मा सरे त्यसले १३ डलर खायो . अर्को मा सरे ५९ झ्याम पार्यो. अर्को मा सरे मशीनमा जितेको डलर थपिएको थपियाई टुरुंग टुरुंग टुरुंग टुरुंग ......, अरु जुवाडे हरु ले मलाई घेरी राखेका ,
कोई मशीन बिग्रेको प्रतिक्रया दिदै थिए मशीन रोकिएको थिएन मेनेजर सेक्युरिटी गार्ड ,
मेरा सामुन्ने थिए . म त हिसाब नै गर्न न सक्ने भै सकेको थिए , शंकर जी लाई खोजे देखिन . फोन गरे लागेन . मलाई मल्टाई मिलियन डलर बिजेता घोषणा गरी मशीन रोकियो . अब यत्रो पैसा के गर्ने के न गर्ने मन मनाई योजना बनाउन थाले . सुख खोजन ओमाहा जन लागेको त बिच बाटों मै लख डलर पति भैयो
बा अब यही बाट क्यालिफोर्निया फर्कने र परिवार लाई सरप्राइज दिने निधो गरे अनि
त्यहा बाट सीधी नेपाल जाने बलियो दल लाई पैसा दिने र सासद बन्ने मिले मंत्री बन्ने न भए राजदूत सम्म
भे नि हुने योजना कल्पे . समाज सेवा मा
लागेर खादा , प्रमाण पत्र , स्वागत , अभिनन्दन , फुल माला पहिर्याउन लगाउने योजना बनाए . सबै दुःख सकिएर सुख को सागर मा बिष्णु ले शेष नाग माथि बिस्तरा लगाएर सुते झै रिल्य्याक्स गर्ने दिन आए भनेर खुसी
को आशु तरर र र बग्यो पनि कस्तो लकी दिन मा निस्किएछु घर बाट ?अब बिस्व भ्रमण मा सुर पनि कसे के गर्ने के न गर्ने / दिमाग ले त काम गर्नै छोड्यो नि ?म त एका एक उडेर जन्मेको ठाऊ पुगेछु आफु
हुर्केको बढेको पाखा बारि मा गाई गोठाला जादा का साथी भाई लाई भेट भयो आफु पौड़ी खेलेको खोला कुला सुकेर पानी को नाम मा दुर्गंधित नाली मात्र बगि राखेको रहेछ मेरो
खुट्टा पनि अचानक त्यों नाली मा जाक्किन पुग्यो म झस्केर खुट्टा नाली बाट झिक्छु
भनेको त झसंग भएर ब्युझिए . मुख मा र्याल र आखा मा चिप्रा भरिएको थियो . शंकर जी उठेर नुहाउन जानु भएको रहेछ
ज्या आफु त सपना मा पो
रहेछ त ?
थाहा नै भएँन १० घंटा को लामो बाटों को
कार हकाई, ४ प्याग रातो तिन पाने दिएको थिए त्यस ले त बिस्तरा मा पुग्ने बित्तिकै निंद्रा देबी को आक्रमण मा परी हाले छू नि ? के पत्तो ? . शंकर जी कुन बेला
आएर सुतनु भयो त्यों पनि पतों थिएन . बिहान को ९ बजी सकेको रहेछ . होटल मा उपलब्ध$ ४.९९ को बफे ब्रेक फास्ट सक्दो हसुरे र लाग्यौ कोलोराडो तर्फ . अझै १२ घंटा को यात्रा बाँकी छ .
No comments:
Post a Comment