कथा -गन्तब्य कस्तो कस्तो
शेखर ढुंगेल
राम प्रसाद
अन लाइन मा नेपाल को समाचार हेर्दै बिहान को रोटि तताएर बिस्तारै सकी न् सकी
लुछ्दैछन् .त्यतिनै बेला
श्रीमती को फोन आयो बुढा के गर्दै हुनु हुन्छ ?
खाना खानु
भयो ?
राम प्रसाद
को मुटु एक्का एक गाठो परेर आउछ .उनि भक्कानिन्छन .गाला अबरुद्ध हुन्छ .
राम प्रसाद एक छिन त केहि बोलेनन .अचानक के हुन्छ
हुन्छ उनलाई ...के भनु के न् भनु ? उनको
मस्तिष्क एकछिन सुन्य सुन्य हुन्छ .
उता बाट
श्रीमती ले बुढा ए बुढा भने पछी उनि सम्हालिएर बोले
अनि तिमी ले
खाना खायौ त बुढी ?
कहा खानु ?ज्वाई साहेब लाइ कुरेर बसी राखेको छु
अनि छोरी नि
? छोरी ले त अगी नै खाएर सुति सकी निक्कै थकाइ लग्यो रे उसलाई आज .
अनि तपाइले
नि ?
खादै छु
बिहान को रोटि माइक्रो ओभन मा सेकाएर .
उता बाट
जवाफ आयो ल बुढा ज्वाई साहेब आउनु भयो जस्तो छ .घन्टी बज्यो .म भोलि फोन गर्छु
.ढक्क फोन राखी दिन्छिन .केहि कुरो मन मा गाठो परेको थियो बुढी संग बात गरेर
फुकाउन के सोचेका थिए फोन सम्बाद बिच्छेद भै हाल्यो .
उफ !राम
प्रसाद लामो सुस्केरा हाल्छन .
राम प्रसाद
साठी पुगेर ६१ लागे आज बाट .न् त कसैको शुभ कामना न् त कसैको सम्झना !
हात को औला
भाच्दै दोहोर्याउदै तेहार्याउदै साठी गने राम प्रसाद ले .बितेका एक एक बर्ष लाइ
सम्झने कोसिस गरें
जीवन को
उतार चढाव लाइ नियाल्ने प्रयास मा छन् राम प्रसाद .
आज उनलाई
निक्कै भोक लागेको छ .दुइ रोटि ले न् पुगेर उनले अर्को दुइ टुक्रा पाउरोटी लाइ
सेकाए अनि बदाम को जाम दलेर खान थाले .
राम प्रसाद
लाइ के मुड चल्यो .श्रीमती लाइ फोन गरे र सोधे तिमी कहिले आऊछ्यौ घर मा ?एक्लो पन ले उनलाई अत्याई सकेको छ .
खोइ छोरी ज्वाई ले कहिले लेराइ दिन्छन मलाइ
के थाहा ?
आफु लाइ
गाडी चलाउन आउने भएको पो यसो निस्कुनी त भन्नु !
तेरो भाग्य
त बलीयै रहेछ बुढी ज्वाई छोरी को सेवा गर्ने नाती नातिना खेलाउँन् पाउने !पालै
पालो कहिले कता कहिले कता
त्यति
मात्रै हो र बुढा !अस्ति ज्वाई ले नातिनी खेलाएकोमा खुसी भएर ५ सय डलर दिएका छन् .छोरी ले त दिनु
पर्दैन भनेर जिद्धि गर्दै थि तर ज्वाईले जबर्जस्ति दिएका छन्
अबोध
श्रीमती को कुरो सुनेर राम प्रसाद भित्र भित्रै दुखि भए .अब भने उनलाई कुरो गर्ने
इच्छा भएन अनि ल पछी कुरो गरौला भनि राम प्रसाद ले फोन राखी दिए .
यो कस्तो
समाज परिवार संगै न् बस्ने .आफन्त को माया र सेवा को मूल्य पैसा ले चुकाउने चलन ?अपनत्व बाट टाढा यान्त्रिक र भावना सुन्य दैनिकी ?!
पल पल पैसा
कै हिसाब किताब मा चल्छ समय यहाँ .
रगत को नाता
,सम्बन्ध यहि पैसा को राप ले जलेर ध्वस्त
भै सकेको छ ?अग्रज.... अभिभाबक को कुनै मूल्य छैन ..कुण्ठा मा गुम्सिएको
औपचारिकता र कृतिम हासो ले सभ्यता को लेप लगाइन्छ यहाँ यहि सभ्यता हो रे ?
राम प्रसाद
ले सोच्दा सोच्दै पाउरोटी चपाई सिध्याए .
फेरी लागे
नेपाल तर्फ ..दुइ हात कम्पुटर तिर पसार्दै ...
उही लुट
हत्या ,भ्रस्टाचार ,धम्कि ,अनियमितता कै निरन्तरता देख्छन .खुसी को
कुनै समाचार छ न् संकेत !
शान्ति!!? शान्ति छाउला .चन्दा धम्कि को आतंक को अन्त होला र देश
फर्कौला भन्ने राम प्रसाद को लागि शुभ संकेत केहि छैन .
चन्दा ,बन्द र तालाबन्दी ले आजित भै स्थापित ब्यबसाय छोडेर आएका
राम प्रसाद आफु लाइ एक्लो सुनसान ठाउँ मा रहेको अनुभब गर्छन .
जीवन भर
सैयौ लाइ काम रोजगारी दिलाएर बिहान देखि बेलुका सम्म वरिपरी आफन्त र सहयोगी को
माहोल मा बिताएका राम प्रसाद अहिले छोरा कै घर मा भाडा तिरेर बसेका छन् .धुम
धुम्ती एक्लै ...
राम प्रसाद
लाइ थाहा छ आफ्नो देश मा शान्ति न् भै स्थिरता हुन्न .शान्ति र
स्थिरता न् भए प्रजातन्त्र पनि रहन् सक्दैन.नेता हरु कता बहकि राखेका छन् ?जनता हरु कता भड्कि राखेका छन् ?कहिले आउला देश मा शान्ति ?कहिले स्थीर
होला राजनीति ?उनको मन मा एक छिन देश को चिन्ता बल्झिन
पुग्छ .
राम्रै
कम्पनि मा काम गर्ने छोरो छुट्टै बस्छन् आफ्नो
परिवार संग यहाँ को चलन ले गाजेको छ छोरो लाइ ..
छोरा बुहारी
सित बसेर नाती नातिना खेलाउने रहर बोकेर आएका राम प्रसाद को सपना ले उल्टो रुप लियो
आएको एकाध महिना पछी नै छोरो ले छुट्टै
घर किनेर राखी दियो ......मासिक भाडा बुझाउने गरि ....
हफ्ता महिना
मा छोरो सित भेट हुन्छ राम प्रसाद को ....औपचारिकता पुरा हुन्छ बाबु र छोरा को
सम्बन्ध को चाड बाड पर्ब हरु मा .
धेरै पटक
देश फर्कन कोसिस गरे उनले तर बुढी ले मानेकी छैनन् .आमा को मन न् हो
नाति नातिना खेलाउँन् रहर कसको हुन्न र ?
बुढी को
पालै पालो छोरा र छोरी को केटा केटी खेलाउने रहर छ .राम प्रसाद लाइ पल भर यहाँ
बस्ने इच्छा छैन .
राम प्रसाद
को बच्चा खेलाउने योग्यता न् भएर नै होला न् छोरा ले बोलाउछ न् छोरी ले ...
बिरामी
परियो भने उपचार खर्च धेरै लाग्छ रे ..... ६३ नाघे पछी सरकार ले बृद्ध भत्ता दिन्छ
..रे भनेर छोरा ले यहाँ को ठुलो ग्रोसरी पसल मा काम गर्न पठाएको छ राम प्रसाद लाइ
...समय बिताउन उनलाई सजिलो पनि भएको छ नोकरी ले .अनि त्यहि कमाइ लेराएर छोरा लाइ
घर भाडा बुझाउ छन् राम प्रसाद .
हिजै त् हो
सुपरभाइजर ले काम मा ध्यान दिन चेतावनी दिएको राम प्रसाद लाइ !खोइ के भयो उनि आफै
अनभिग्य छन् .ग्राहक लाई बढी दिएछन कि उनि हरुले काम दिएका थिए ५ डलर काम भएछ
.त्यो दोस्रो चेतावनी थियो .अर्को पटक पनि त्यसै गल्ति दोहोरियो भनेत राम प्रसाद
को नोकरी पनि जान्छ ..उनि त्यहि सम्झेर घोत्लिंछन्
काम न् भए
त् कसरि दिन काट्ने यो बिरानो देश मा ?आफ्नै रगत
को नाता सित न् अटाउने ठाउमा अन्त कहाँ जानु ?कसलाई के
भन्नु ?कतै जाउ फेरी छोरा रिसाउने डर !
नेपाली हरु
सित धेरै कुरो गर्न नहुने र सम्पर्क राख्नु व्यर्थ छ भनेर धेरै पटक छोराले राम
प्रसाद लाइ सल्लाह र सुझाब दिसकेको छ .
आफुले दुख
गरेर कमाएर बनाएको नेपाल को भब्य घर मा मुसा
दौडी रहेछ .समाज मा राम्रै ब्याबसायिक स्थान बनाइ
सकेका राम प्रसाद लाई सामान्य ब्यबसाय को घाटा
बाहेक ठुलो समस्या पनि थिएन .छोरा छोरी को अलिकति मात्र सहयोग पाएको भए राम प्रसाद
लाइ यहाँ पिल्सिनु पर्ने थिएन .
कमाएको धेरै
पैसा छोरा छोरी लाइ अमेरिकामा स्थापित गराउन खर्चिए राम प्रसाद ले .ब्यबसाय धरायसी
भयो .प्रतिस्ठा जोगाउन र छोरा छोरी को नजिक बसेर आफ्नो बुढ्यौली लाइ आरामसित
बिताउने योजना बनाएर आएका राम प्रसाद आज एउटा ग्रोसरी पसल मा कार्यरत छन् . साझ
बिहान एक्लो पर्छन .उनको साथी भनेको त्यहि कम्पुटर हो कि टिभी हो .
सुरु सुरु मा
चिनेका आफन्त हरु लाइ फोन गर्न .निक्कै रुची राख्ने रामप्रसाद
लाइ आज भोलि बिरक्त लागेको छ .कसै सित सम्पर्क राख्ने इच्छा नै छैन .
अमेरिका मा
पनि साहु बन्ने रहर न् राखेका होइनन राम प्रसाद ले तर आफु सित आबस्यक रकम थिएन
.निक्कै बल गरे पछी छोरा ले ग्रोसरी स्टोर त् खोलि
दिए तर आफ्नै नाम मा राखे अनि बाबु लाइ मासिक तलब को चेक दिन्थे ..त्यो पनि हासी
हासी स्विकारेका थिए राम प्रसाद ले .उनि साकाहारी थिए नाफा कमाउन छोरा को लागि राम प्रसाद ले मासु टुक्र्याएर
प्याकेज गर्ने काम पनि गरे .केहि समय उनकी श्रीमती ले बिहान ५ बजे उठेर सय पचास
तावा रोटि पनि बनाइन पसल को लागि त्यति गर्दा पनि छोरा ले चित्त बुझाउन सकेनन र
त्यो स्टोर बेचिदिए र ग्रोसरी पसल मा काम गर्न पठाएका थिए .
बुढा राम
प्रसाद ग्रोसरी पसल र घर गर्छन .उनकी बुढी लाइ कहिले छोरा त् कहिले को छोरी ले
बच्चा हेर्न बोलाउछन यता र उता गर्दैमा फुर्सद छैन
.बुढेसकाल कि साथी बुढी सित कहिले महिना त् कहिले ४ - ४ महिना सम्म मा पनि भेट
हुन्न .
अमेरिका !
सपना को संसार ? राम प्रसाद खुइय्य गर्छन .खोइ कहाँ हो ?त्यो.....?
कहिले कहिँ
काम बाट ढिला आउदा भोकै पनि सुतेका छन् उनि .
कहिले खान्छन
,कहिले तातो पानी को भर मा सुत्छन .८-१०
घण्टा उभिएर काम गर्दा थकित बनि सकेका राम
प्रसाद लाइ कुन्न बेला ओछ्यान मा पल्टिउ जस्तो भएको हुन्छ .एक छिन पल्टिदा भुसुक्क
भै हाल्छन अनि मध्य रात मा उठेर कसरि जागर चलोस पकाउन ?
छुट्टी को
दिन पकौछन् दुइ तीन दिन लाइ पुग्ने गरि अनि तताएर खाने गर्छन .
टाढा बाट
हेर्ने हरुको लागि राम प्रसाद अमेरिका मा छोरा छोरी हरु सित रमाई रहेछन ,जब राम प्रसाद को नजिक कोइ पुग्दछन उनि एक्ला छन् नितान्त
एक्ला ...!राम प्रसाद लाइ देखेर आफ्नो पनि भबिस्य यस्तै त होलानी भनि कल्पन बाध्य
हुन्छन .
छोरा छोरी
बाट बाउ आमा ले आफ्नो जीवन भर को सम्पूर्ण
कमाइ लगानी गरेर न सावाँ न् ब्याज नै माग्छन सिर्फ माया को भोको पेट भरिदेओस भन्ने मात्र त हुन्छ ?छोरा छोरी ले त्यो व्यथा बुझ्न नसक्दा पिडा झन थपिदो रहेछ .राम प्रसाद त्यहि अनुभब लाइ समेटी रहेका छन्
.
राम प्रसाद
त्यहि घाउ बोकेर आफ्ना दिन गनी रहेछन .आफैले दुख गरेर हुर्काएको संतान सित विदेश
मा आएर पनि संगै बस्ने रहर अधुरो भए पछी राम प्रसाद को मन निक्कै कुढिएको छ .एक्लै
बस्नु पर्दा उनको मन छट्पटीएको छ .
दुखेसो उनि
पोख्दैनन कोइ बाहिर को मान्छे सित. छोरा बुहारी सित बस्न न्
पाएको मा !आफ्नै छोरो सित तलब लिनु पर्दा !आफ्नै छोरो को घर मा भाडा तिरेर बस्नु
पर्दा !!!आफ्नै छोरा ले औषधि उपचार को सुबिधा पाइन्छ भनेर ग्रोसरी स्टोर मा काम
गर्न पठायो भनेर बरु कतै प्रसंग उठे हासी हासी छोरा बुहारी को प्रससा र छोरी ज्वाई
को बखान मा फुल बुट्टा भर्न बिर्सिदैनन .कति महान छन् राम प्रसाद आफ्नो आडम्बर लाइ
बचाई राख्न हुने सम्म कोसिस गर्छन .
नाति नातिना
खेलाउने रहर बोकेकी राम प्रसाद कि बुढी को स्नेह र ममता लाइ मासिक चेक मा भुक्तानी
गरेका छन् छोरा छोरी ले यो सभ्य संसार मा यह भावना बिक्छ ममता बिक्छ .पैसा कमाउन
पैसा तिरेर घर मा बेबी सिटर राखिन्छ .मातृ ममतापूर्ण काख स्नेह ,बात्सयन् भाडा मा लिइन्छ कति कठिन कति निर्दयी छ यो सभ्य
संसार ?सामाजीक सस्कार ?
राम प्रसाद
हिसाब लगाउछन सानो व्यंग को हासो फिस्स हास्छन हेर त कस्तो बिचित्र यहाँ नातिनी
खेलाएर पैसा लियो छोरा लाइ उसको घर भाडा तिर्यो ?!!!
धेरै पटक
कोसिस गरेका हुन् राम प्रसाद ले नेपाल फर्कन तर के गरुन बुढी ले मानिनन ...कमाउँन
जानु पर्ने छोरा बुहारी ,छोरी ज्वाई छन् उनि हरु को बच्चा हेरी
दिनु पर्दैन ?बुढी को उल्टो जिम्मेवारी पन को ढिपी ले
उनि अडकि राखेका छन् .
उच्च
रक्तचाप बाट पिडित राम प्रसाद को लागि यो एकान्त झनै खतरनाक बन्दै गएको छ .डाक्टर
ले औषधि को डोज दोब्बर बनाइ दिएको पनि बर्ष दिन
भन्दा बढी भै सक्यो .
समय बित्दै
गयो .राम प्रसाद को दैनिकी जस्ता को तस्तै रह्यो व्यस्त र एकांकीपन .....
एक दिन उनलाई
अचानक रिंगटा लागेर आयो भाउन्न भयो ...काम मा पनि जान सकेनन .
छोरा लाइ
फोन गरे !
बाबु छोरा
......! मलाइ अचानक खोइ के भयो ?शरीर गर आयो ..अफिस जान पनि सकिन ..लौन एक छिन आएर अस्पताल लागि दिन्छस कि ?
ल ल न्
आतिनुस ..केहि हुदैन .अस्ति मात्र डाक्टर जचाएको होइन ?
हुन् त् हो
बाबु खोइ !उक्ख उक्ख .... खोकी पनि बढेको छ .
बा पनि कुरै
बुझ्नु हुन्न ...म अहिले हाकिम सित मिटिंग मा छु क्या ?हाकिम सित !म काम सकिने बित्तिकै आउछु चिन्ता न् गर्नुस .
निक्कै
गार्हो भए मैले सिकाइ दिएको छु नि ...हो 911... लाइ
बोलाउनुस .बा धेरै कुरो गर्न मिल्दैन फोन राखे मैले भरे आउछु ..
छोरा ले फोन
के राखेको थियो .राम प्रसाद को शरीर लत्याक लुतुक भएर ढल्यो ........
एक थोपा
पानी मुख मा हाली दिने कोइ भएन ..बिचरा ..अमेरिका को राम प्रसाद ...
No comments:
Post a Comment