Pages

Wednesday, August 1, 2012

कविता -यस्तै त् हो 
शेखर 
होस् हुदा सम्म त् न हो ?
तेरो मेरो अनि सुख र पिडा का कुरा ?
होसै गुम भए पछी त् 
न त् रह्यो माया प्रिती 
न त् राम्रो न राम्रो को ख्याल 
अगाडी तब सम्म त् बढ्ने हो !
जहाँ हुन्छ मन भरि आशा र बिस्वास 
मनै मरे पछी विश्वास हटे पछी 
न त् देखिने सपना 
न त् बाकि कुनै रहर 
अध्यारो बोकेर आउछ बिहान 
दिउसै तारा देखाएर ढल्किन्छ दिन 
सुख्खा सुख्खा ओठ हरु 
कर्कश हुन्छन 
कम्पित हुन्छ आफ्नै लागि बोलि हरु 
धमिलिन्छन आखा हरु 
हात हल्लाउदै 
ओरालो लाग्छन बाकि सबै खुसि हरु 
संबेदनशिलता मरेर 
मनमा सुनामी उठन थाल्छ 
एउटा नाटक को पर्दा खस्छ 
अनायास 
तालि हरु बज्छन् 
सन्नाटा छाउछ 
होसै  गुमी सकेको लाइ
 त्यस पछि  के हुन्छ 
चिन्ता के भो र ?

No comments:

Post a Comment