Pages

Thursday, February 14, 2013


पबित्र लुम्बिनीमा राजनैतिक दुर्घन्ध
शेखर ढुंगेल 
तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल को समय मा आराध्यदेव पशुपति नाथ मन्दिर का पुजारी भट्ट ब्राह्मण को जनै चुडाल्ने देखि कुटपिट गर्ने सम्म को बिबादस्पद काम भयो .चारै तिर बाट बिरोध भयो भारतीय राजदुत ले हस्तक्षेप गरे .अब अर्को बिस्व सम्पदा लुम्बिनी जस्तो पबित्र तीर्थस्थल मा राजनैतिक दुर्घन्ध फैलाइएको छ .कुनै धर्म न् मान्ने माओबादी र सो दल का नेता पुकदा को संलग्नता को बिषय मात्र न् भएर सम्पूर्ण राजनीतिको बिकृति समेत लुम्बिनीमा गासिन पुगेको छ .
पुर्ब प्रधानमन्त्री एबम माओबादी अधक्ष्य पुकदा ले लुम्बिनीको विकास को नाम मा अबिस्वसिलो र अति महत्वाकांक्षी योजना को लागि मौजुदा लुम्बिनी विकास कोष लाइ पन्छाएर बौद्ध सम्बन्धि बिज्ञ व्यक्तित्व लाइ समेत सहभागी न् गराई  छुट्टै अर्को "लुम्बिनी राष्ट्रिय निर्देशक समिति "गठन गरि स्वयम अधक्ष्य बनेका छन् .यो लुम्बिनी राष्ट्रिय निर्देशक समिति मार्फत बृहद लुम्बिनी बिकास को लागि अरबौ रुपिया को लगानी कर्ता रहेको बिबादस्पद हल्ला चलाइएको छ तर कहाँ बाट कसले कसरि लगानी हुने कुनै बिस्वस्त र औपचारिक जानकारी अहिले सम्म कतै बाट आएको छैन .
स्वयम माओबादी को माग अनुसार देश धर्म निरपेक्ष राष्ट्र धोषणा भैसके पछी कुनै पनि धार्मिक अनुष्ठान वा गुठीमा राज्य वा राजनैतिक व्यक्तित्व को सहभागिता आफैमा धर्म निरपेक्षता सिदान्तको मर्म बिपरित हो .अझ बिडम्बना त् के भने ५ बर्ष अगाडी सम्म गौतम बुद्ध को सान्दर्भिकता समाप्त भैसक्यो भन्ने माओबादी ले आफ्नो नेतृत्व मा "लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरि राज्य को कोष खर्च गर्नु कहाँ सम्म तर्क संगत होला ?माओबादी अधक्ष्य को लुम्बिनी प्रति को आशक्ति वा अभिस्ट के होला ?के उनि दश बर्षे जनयुद्ध मा भएको नरसंहार बाट बिरक्तिएर पश्चाताप गर्दै बुद्धत्व ग्रहण गर्दै छन् ?वा बुद्ध को प्रसिद्धि सित आफु लाइ जोड्ने धृष्टता मात्र हो ?
माओबादी अधक्ष्य ले नेतृत्व गरेको  यो लुम्बिनी राष्ट्रिय निर्देशक समिति को विवाद आज अन्तरास्ट्रिय तह मा पुगेको छ .सो समिते ले लुम्बिनी बिकास को लागि अन्तरास्ट्रिय सम्मेलन गर्ने सयुक्त राष्ट्र संघ का महासचिव वान कि मुन आउने हल्ला पनि तिन चार महिना देखि गरिएको थियो जब कि नेपाल सरकार ले दुइ दिन अगाडी मात्र मुन लाइ निमन्त्रणा पठाएको औपचारिक जानकारी सार्बजनिक गरेको छ र मुन आउने न् आउने पनि अझै टुंगो छैन .तर केहि  मानबाधिकार बादी सस्था ,पत्रकार र दल का नेता ले मुन को भ्रमण रोक्न बिदेशी नियोग मा बिन्ति पत्र हाल्न पुगेका छन् .एउटा सार्बभौम देश का चेतनसिल कहलिएका नागरिक को यो बिदेशी गुहार्ने मानसिकता ले देश कुन हद सम्म पराधिनता तर्फ जादैछ र नेपाली को  अस्तित्व कहाँ पुग्दैछ भनि अनुमान गर्न गार्हो छैन .उनि हरु को डर रहेछ मुन को लुम्बिनीमा उपस्थिति ले पुकदा को बिग्रिएको छबी पुननिर्माण हुने पुकदा लाइ लुम्बिनी मा दुधले नुहाई दिएर पबित्र बनाइ दिने अनि दश बर्षे जनयुद्ध ले बैधता पाउने भन्ने र सो  तर्क लाइ अगाडी सारेर पबित्र भुमि लुम्बिनीलाइ दुर्घन्धित र बिबादित पारिदै छ .
मानबाधिकार बादी देखि राजनीतक दल का नेता हरुले बुझ पचाएका वा आफ्नो निहुरिएको आत्मबल को परिणाम हो यो विवाद. जनयुद्ध अबैध वा अक्षम्य थियो भन्ने तर्क आज गर्ने हो भने दिल्ही पुगेर यिनै मानबाधिकार बादी हरु  साक्षी बसी १२ बुदे सम्झौता गरेर माओबादी लाइ किन राजनैतिक शक्ति मानियो ?किन पुकदा र बाबु राम लाइ प्रधानमन्त्री बनाइयो ?चिन्ता माओबादी को बिरोध को होइन चिन्ता लुम्बिनी लाइ बिबादित र गौतम बुद्ध को देश को बदनाम नगरौ भन्ने मात्र हो .वान कि मुन को भ्रमण को बिरोध गरि बिबादित गर्नु  भनेको पबित्र लुम्बिनी लाइ पनि विवाद मा तान्नु हो .यो पुकदा प्रमुख रहेको लुम्बिनी राष्ट्रिय निर्देश समिति को गठन हुनु अगाडी देखि नै बिबादित हुदै आएको छ .यो समिति मा पुकदा संगै पुर्ब युबराज पारस शाह समेत रहेको चर्चा चलेको थियो पछी शाह बाहिरिएको खबर आयो .यो समिति मा अर्का सदस्य कांग्रेस का केन्द्रीय सदस्य मिनेन्द्र रिजाल पनि छन् .कांग्रेस सभापति सुशिला कोइराला मुन को भ्रमण को बिरोध मा तर्क गर्छन तर आफ्नै केन्द्रीय सदस्य रिजाल सो समिति मा रहेको तथ्य  लाइ बिर्सन्छन र सो समिति बाट फिर्ता बोलाउनु आबस्यक पनि ठान्दैनन .
 लुम्बिनी वा गौतम बुद्ध को नाम मा आज सम्म  नेपाल  र नेपाली ले के गरे भनेर इतिहास हेर्ने हो भने लज्जा ले शिर निहुर्याउनु पर्ने अबस्था छ र बिना लगानी ब्याज खाने धुर्त ब्यापारी जस्ता भएकाछौ भन्दा चित्त दुखाउनु पर्ने देखिन्न .यो लज्जास्पद तितो सत्य हो कि भगवान गौतम बुद्ध को शान्ति ,अहिंसा,मानबता र त्याग को अलौकिक नीति र सिदान्त को मर्म लाइ व्यवहार मा बिस्व सामु  प्रस्तुत हुन्  हामि असक्षम भै सकेका छौ .अझ भन्नु पर्दा हाम्रो त्यो वा यो पुर्खाले गौतम बुद्ध नेपालको लुम्बिनी मा जन्मेका थिए वा जन्मेका कारण ले उनको नाम बेचेर आफ्नो स्वार्थ पुरा गर्ने तर्फ मात्र सोचि  राखेका छौ भन्दा अन्यथा नलिए हुन्छ .बास्तबमा भन्नु पर्दा स्व .श्री ५ बिरेन्द्र ले सन् १९७६ मा नेपाल लाइ शान्ति क्षेत्र घोषित गर्ने प्रस्ताब संसार सामु राखे पछी मात्र नेपाल ले  गौतम बुद्ध को प्रसंग लाइ अत्यधिक रुपमा अगाडी लेराएको वा अर्को शब्द मा शान्ति क्षेत्र प्रस्ताब लाइ बल पुर्याउन कै लागि  गौतम बुद्ध को नाम अगाडी लेराइएको हो .त्यो भन्दा अगाडी कुनै शासक ले गौतम बुद्ध को नीति र सिदान्त लाइ प्रचार प्रसार वा अबलम्बन गर्ने जमर्को गरेको थिएनन
.हामि बिना लगानी ब्याज खाने धुर्त हो कि होइनौ ?ल इतिहास हेरौ गौतम बुद्ध को दर्शन लाइ संसार को सामु चिनाउने काम कसले गरे नेपाली ले ?होइन  तत्कालिन भारत को  एकीकरण गर्ने महान सम्राट अशोकाले ...(स्मरण रहोस भारत एकीकरण गर्ने  महान सम्राट अशोका नै बुद्धत्व ग्रहण गर्ने पहिलो राजा पनि थिए त्यति मात्र होइन बर्तमान भारतीय झन्डा को बिचमा रहेको चक्र जस्लाई अशोका चक्र भनिन्छ र त्यो नै बुद्धत्व को धर्म चक्र पनि हो ) बुद्धत्व लाइ चिन पुर्यायो कसले नेपाली ले ?होइन सम्राट अशोका द्वारा प्रेषित भारतीय मिसिनरी र तत्कालिन चिनिया यात्री ले ,बुद्ध दर्शन लाइ जापान पुर्यायो कसले नेपाली ले ?होइन सिल्क रोड मार्फत चिनिया यात्री र सम्राट अशोका ले (2nd Century) र 4th century  मा भारतीय दार्शनिक भासु बन्धु जसले SARVA  STVADA  SCHOOL नै चलाएर बुद्ध दर्शन को प्रचार प्रसार गरेका थिए .बुद्धत्व लाइ तिब्बत पुर्यायो कसले नेपाली ले ?होइन चिनिया यात्री र पछी तिब्बेतियन राजा स्र्यांग च्यांग गेम्पो  ले चिनिया राज कुमारी सित  बिहे गरे पछी त्यस पछी मात्र नेपाली मूल कि भृकुटी को भूमिका  रहेको देखिन्छ .बुद्धत्व लाइ मंगोलिया पुर्यायो कसले नेपाली ले ?होइन मंगोलिया का तत्कालिन राजा chinggis khan ले तेह्रौ शताब्दीमा तिब्बत माथि शासन गर्दा तिब्बत मा प्रचारित  बुद्धत्व वाट  प्रभाबित भएर मंगोलिया मा  पनि बुद्ध दर्शन बारे अभ्यास गर्न लगाएर र पछी मंगोलियाको रास्ट्रीय धर्म बन्यो .
आज ९५ % बुद्ध धर्मालम्बी भएको देश थाइल्याण्ड मा बुद्धत्व पुर्यायो कसले नेपालि ले ?होइन तेह्रौ शताब्दी मा बर्मा वाट प्रवेश गरेको थियो र पछी राजा  MONGKUT  स्वयम भिक्षु बनेका थिए .कम्बोडिया मा बुद्धत्व पुर्यायो कसले नेपाली ले ?होइन सम्राट अशोका ले पठाएको मिसिनरी ले जसबेला त्यहाँ हिन्दु राजा थिए .पछी बाह्रौ शताब्दी मा JAYA  VARMAN VII कम्बोडियाको  पहिलो बुद्धमार्गी  राजा बनेका थिए .त्यसै गरि लाओस मा  बुद्धत्व तत्कालिन kingdom of Nan-chao  हाल को YUNNNAN  CHINA मार्फत प्रवेश गरेको थियो पछी बर्मा र थाइल्याण्ड को प्रभाब ले बुद्धमार्ग ग्रहण गर्ने हरु बाक्लिदै गयो र राष्ट्र धर्म बन्न पुग्यो .तत्कालिन Ceylon  र हाल को श्रीलंका मा बुद्धत्व को प्रचार प्रसार सम्राट अशोका ले पठाएको मिसिनरी वाट भएको थियो पछी चौथो शताब्दी मा राजा चन्द्र गुप्त ले बुद्धत्व लाइ हाल को अफगानिस्थानको जाफना (NAGADIPA )भन्ने ठाउ सम्म पुर्याएर  SALIPABBATA नाम को बिहार (स्तुपा ) समेत निर्माण गरेका थिए .अरु त् अरु तत्कालिन अबस्थामा गौतम बुद्धका शिष्य हरु पनि सबै भारतीय नै भए .गौतम बुद्ध को दिब्य ज्ञान लाइ संसार मा फैलाउने पनि भारतीय नै भए .कैयौ पाखण्डी जोगी र बाबा हरु का शिष्य हुन् पुगे नेपाली हरु तर बुद्धको शिष्य हुन् गएनन .

यो ऐतिहासिक तथ्य ले के देखाउछ भने यदि सम्राट अशोका ले बुद्धत्व ग्रहण अनि प्रचार प्रसार गर्न संसार भर मिसिनरी न पठाई दिएको भए ,भारतीय दार्शनिक भासु बन्धु ले जापान मा प्रचार प्रसार  न गरि दिएको भए अनि तत्कालिन चिनिया यात्री ....र अनेकौ भारतीय मिसिनरिले ले लगातार  बर्षौ  सम्म बिभिन्न देश मा बुद्धत्व को  प्रचार प्रसार नगरिदिएको भए सायद गौतम बुद्ध लाइ नेपाली ले नै चिन्दैन थे होलान .तितो सत्य के हो भने हामीले गौतम बुद्ध नेपाल मा जन्मिएका हुन् भनि गर्ब गर्नु बाहेक उनको नाम उज्वल बनाउन  आज सम्म केहि पनि गरेका छैनौ .न त् हामीले उनको सत्य निष्ठा ,शान्ति ,निस्वार्थ ,त्याग सेवा र अहिंसा को नीति सिदान्त लाइ अपनाउन सक्यौ पुर्खाले त् केहि गरेनन गरेनन तर उनको नाम बेचेर भने आफ्नो स्वार्थ पुरा गर्न भने लागेनन तर हिंसा हत्या लुट सत्ता स्वार्थ र व्यक्तिगत स्वार्थ वाट ग्रस्त बर्तमान पुस्ता (कसैले अन्यथा न लिनु बेस किन कि आज बिस्व मा नेपाल हिंसा हत्या अपहरण लुट भ्रस्टाचारी  जस्ता अपराध ग्रस्त देश भनेर चिनिन्छ ) भने व्यक्तिगत स्वार्थ पूर्ति गर्न गौतम बुद्ध को नाम बेच्न उद्धत भएको छ जुन बिडम्बना र  खेदजनक हुन् पुगेको छ. अहिले को यो विवाद ले पनि संसार को सामु गौतम बुद्ध को उपहास मात्रै गरेको छ  .लुम्बिनी अर्थात् गौतम बुद्ध र माओबाद  दुइ बिपरित सिदान्त र व्यवहार को यो  समागम नै यसै पनि बिबादित हुने नै भयो त्यसमा पनि हाम्रो अधैर्य मानसिकता ले झनै लुम्बिनी को अबमुल्यन र गौतम बुद्ध प्रति व्यंग गरि राखेको छ .
वान कि मुन लाइ लुम्बिनी भ्रमण गराएर वा लुम्बिनी विकास सम्बन्धि योजना को अधक्ष्य बनाएर  पुकदा ले घोषणा गरेको महत्वाकांक्षी योजना आउने भए सबै नेपालीको हितमा नै हुन्थ्यो अन्यथा संसार को सामु उनि झुठा साबित हुन्थे अबिस्वसिलो हुन् पुग्थे मात्र होइन  उनको राजनैतिक भबिस्य समेत दाउमा पर्थ्यो तर त्यो समय सम्म कुर्ने धर्यता हामि मा न् हुदा नेपाल बदनाम, लुम्बिनी बदनाम,राजनीति बदनाम मात्र भएको छ . वान कि मुन नेपाल आउथे कि आउदैन थे लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति का अधक्ष्य बन्न चाहन्थे वा चाहदैनथे त्यो बुझ्ने मौका अगाडी नै हामीले बिरोध को शंख फुक्यौ.हाम्रो  राजनीतिको दुर्घन्ध संसार मा पुर्यायौ .सम्भवत वान कि मुन नेपाल आउदैनन अब. यो  संगै पुकदा को अरबौ को योजना सत्य थियो कि झुठ त्यो पनि गर्भ मै रहने भयो .


No comments:

Post a Comment