Pages

Thursday, February 14, 2013


आस्था को सम्मान गरौ हस्तक्षेप रोकौ 
शेखर ढुंगेल 

आज विस्वका बिभिन्न भाग मा धार्मिक जातीय र भाषिक जस्ता मानब सभ्यताका आधारभूत विशिष्टता का बिषय लाइ लिएर बिबाद द्वन्द अनि गृहयुद्ध भैराखेको छ .इस्ट टिमोर .कोसोभो,इथोपिया ,सोमालिया, प्यालेस्टाइन आदि जल्दा बल्दा उधाहरण हुन् .नेपाल पनि आज यस्तै बिषय मा प्रभाबित र पिडित भै राखेको छ .र स्थानीय र अन्तरास्ट्रिय समुदाय ले यो खेल मा गहन भूमिका खेली राखेका छन् .भिन्न भूभाग ,भिन्न आस्था को संरचना लाइ खल्बलाएर आफु अनुकुल बनाउने अभियान मा केहि स्वधान्यम सम्पन्न राष्ट्र वा उनि हरु बाट निर्देशित स्वदेशी राजनीतिज्ञ र नागरिक हरु समेत  अन्धाधुन्द लहै लहै मा लागि परेका छन् .

धार्मिक होस् वा राजनैतिक यो दुवै बिषय मानब जीवन को एक अर्का का पुरक भएर जकडिएको हुन्छ .यी दुवै बिषय ले प्रत्यक व्यक्ति माथि जन्म संगै  प्रभाब परेको हुन्छ .र उसको जीवन को परिचय को एउटा प्रमुख आधार नै त्यहि बनेको हुन्छ .बिस्व को कुनै कुना मा पुग्यो भने पहिले व्यक्ति को समाज अर्थात् देश सोध्छ अनि उसको आस्था अर्थात् धर्म सोध्छ त्यसैले प्रत्यक व्यक्ति को लागि आफ्नो जन्म थलो र आस्था प्रति अगाध मोह हुन्छ प्रभाब हुन्छ  देश वा विदेश मा उसको परिचयात्मक  अस्तित्व भनेकै उसको भाषा ,उस्को  आस्था (धर्म ),र उसको देश र सस्कृति मात्र हो जुन व्यक्ति जहाँ पुगे पनि उसको  नस नस मा बगिरखेको हुन्छ .

मानिस  को चेतना र प्रविधिले गर्दा आज संसार को एउटा कुना मा भएको राम्रो न् राम्रो बिषय वा घटना को प्रभाब र जानकारी अर्को  कुनामा बस्ने ले थाहा पाई रहेको हुन्छ .तसर्थ बिगत शताब्दीयौ  शताब्दी देखि नै बिबिध समाज ले भोग्दै आएको परम्परागत उचित अनुचित निती वा सस्कार को अध्ययन बिश्लेषण गर्ने  नेतृत्व वा चेतनसिल नागरिक ले  सभ्य समाज को लागि  स्थापित गरेको मान्यता के हो भने यो ब्रमाण्ड मा "मानब सेवा भन्दा दोस्रो कुनै धर्म छैन " र "स्त्री र पुरुष भन्दा तेस्रो कुनै जात छैन "हामीले देखेको .मानेको सभ्य समाज र बिकसित मुलुक को राजनीति को मूल आधार पनि "मानबिय मूल्य र मान्यता "नै हो ..र प्रत्यक सचेत नागरिक को पनि त्यस्तै  सोच र ब्यबहार भएको समाज को अपेक्षा रहेको हुन्छ .नेपाल लगायत अहिले जहाँ जहाँ धार्मिक अर्थात् "आस्था "र जातीय एबम भाषिक द्वन्द भै राखेको छ त्यो समाज को नेतृत्व ले आफ्ना नागरिक लाइ भ्रम को जालो मा फसाई रहेको स्पस्ट छ .नेतृत्व बर्ग स्वयम बिबेकसिल र चेतनसिल नहुदा  त्यो समाज अकल्पनीय भुमरी मा फस्न गएको कैयौ उदाहरण हाम्रो सामु छन् .

समाज वा देश को लागि काम गर्छौ भन्ने नेतृत्व वा उनीहरु का सहायक नागरिक हरु ले बुझ्न र बुझाउनु पर्ने गम्भीर कुरो के हो भने "धर्म "वा जात भनेको प्राचिन समाज जुन बेला संबिधान निती ,नियम ,राजा ,मुखिया ,प्रशासन ,प्रहरी शेना र जेल समेत थिएन त्यो अवस्था को समाज लाइ ब्यबस्थित गर्न तत्कालिन समाज का  अग्रज ले तत् तत् समाज को लागि एउटा "आस्था "को केन्द्रबिन्दु (ग्रन्थ ")बनाएर समाज लाइ डोर्याउने आधार बनाएका हुन् .पछी त्यहि आस्था  को ग्रन्थ लाइ धर्म को नाम दिइएको हो .त्यहि आस्था को ठेली नै समाज निर्माण को आधारभूत मार्ग दर्शन रह्यो .जसले राम्रो काम लाइ "धर्म " र न् राम्रो काम लाइ "पाप "भनि परिभाषा गर्यो अनि धर्म गर्ने  स्वर्ग र पाप गर्ने नर्क जान्छ भन्दै राम्रो काम गर्न प्रोत्साहन र न् राम्रो काम गर्न निरुत्साहित गर्ने  मनसाय राखेको  थियो  कुनै अलौकिक शक्ति ले निर्माण गरेर दिएको होइन "आस्था "अर्थात् धार्मिक ग्रन्थ .को किताब . यसरि मनोबैज्ञानिक प्रभाब पारी समाज लाइ ब्यबस्थित गर्न खोजिएको थियो ...संसार को जनसख्या को बृद्धि एबम तत्कालमा मा व्यवस्था गरिएको "आस्था "को ठेली(धार्मिक ग्रन्थ ) ले ती समाज मा  प्रभाब पार्न छोडी मानिस हरु ले स्वच्छन्द गतिबिधि गर्न थाले पछी सम्बन्धित समाज ले अफ्नो समाज अनुकुल आधुनिक निती नियम हरु को  तर्जुमा बिकास गर्दै  गएका हुन .तर पनि प्रत्यक समाज को निती नियम संबिधान त्यो समाज को धर्म अर्थात् "आस्था "बाट प्रभाबित छ  आज को समाज को लागि स्वर्ग भनेको "शान्तपूर्ण "सुव्यस्थित" समाज र नर्क भनेको अराजकता र अपराध पूर्ण समाज नै हो .

यो यथार्तता लाइ पन्छाएर आधुनिक समाज का धार्मिक मुखिया वा नेतृत्व कर्ता हरु आज सम्म पनि "जात ,धर्म र भाषा को बारेमा गलत ब्याख्या गर्दै मानब मानब को द्वन्द गराएर आफु लाइ अगुवा मा स्थापित गर्न चाहन्छन जुन नितान्त गलत बाटो हो .नेपाल को सन्दर्भ जोड्नु पर्दा झनै नमिठो अनुभब हुन्छ .हामीले सिक्न र बुझ्न नसकेको कुरो के हो भने हिन्दु समाज को आस्था को ग्रन्थ झैँ इशाई समाज को ग्रन्थ बाइबल मा पनि पहिलो टेस्टमोनी को प्रभाब रहुन्जेल बलि प्रथा .मुर्ति पूजा जस्ता मान्यता कायम थिए .जिसस क्राइस्ट को असाधारण मृत्युदण्ड पस्चात  त्यस बेला सम्म को समाज ले गरेको अनुभब को आधार मा बाइबल को संशोधन गरि गलत "आस्था "लाइ हटाएका हुन . मुस्लिम समाज मा त् आज सम्म पनि समाज को धार्मिक मुखियाले अपराधी घोषणा गरेमा मानिस लाइ समेत  रेटेर मृत्यु दण्ड समेत दिइन्छ जसरि " क्रस " आकार लाइ अफ्नो "आस्था "को चिन्ह मान्ने हरु दर्जनौ समुह मा बिभाजित छन् तर पनि एक अर्काको "आस्था"मा हस्तक्षेप होइन सम्मान गर्दछन  त्यसै गरि ओम्  आकार लाइ" आस्था '(धार्मिक )चिन्ह मान्ने हरु सबै एक हुन तर अनेक बहाना मा एक अर्का को बिरोध र हस्तक्षेप गर्न क्रियासिल छन् यो नै अबिबेकीपन  को  डरलाग्दो रुप भएर हाम्रो समाज मा छाएको छ .

 हाम्रो समाज को "आस्था "को ग्रन्थ अपरिवर्तित रह्यो .यस भित्र का बिकृति ज्यु का त्यु रहे जसले गर्दा आज सम्म बिशेष गरि नेपाल र भारत मा जात भात र धर्म को द्वन्द कायम नै रहेको छ .इशाई हरु अहिले पनि आस्था को हिसाब ले दर्जनौ समाज मा विभक्त भए पनि एक अर्का को "आस्था "को सम्मान गर्ने मा उदाहरणीय बनेका छन् तर उनि हरु नै अर्का को "आस्था "मा प्रहार गरि आफु अनुकुल बनाउन गलत ढंग ले सक्रिय भएका छन् जुन आज को संसार को द्वन्द मध्य एउटा प्रमुख कारण बन्न पुगेको छ .

नेपाल मा बिगत दुइ  दशक देखि हाम्रो समाज को 'आस्था "माथि पनि स्वदेशी देखि बिदेशी सम्म ले बिभिन्न बहाना मा सक्रिय रुपमा हस्तक्षेप गर्दै अनादिकाल देखि को "आस्था "मा प्रहार र बिखन्डन गर्न अनेक बहाना को खेति गरि राखेका छन् .र समाज का  केहि स्व धोषित विद्वान बर्ग पनि हस्तक्षेप कारी का सहायक बन्न पुगेका छन् .जसको प्रतिफल नेपाल को सामाजिक विशिष्टता ,एकता चकनाचुर हुदै गएको छ .जुन आफ्नो "आस्था "मा हुर्केको एउटा स्वाभिमान नागरिक को लागि पिडादायक अवस्था छ र यो र त्यो न् भै पाउने तीन करोड नेपाली नै पिडित बन्दै गएका छौ .

हाम्रो समाज लाई युगानुकुल आधुनिक सभ्य समाज मा प्रवेश गराउने हो भने धार्मिक "आस्था " वा जाति बिशेष लाइ बिशेष अधिकार वा प्राथमिकता मा  राख्ने अभियान होइन "सबैमा समान मानबिय मुल्य र मान्यता "को भावनात्मक प्रभाब पार्ने  तर्फ समाज लाइ आग्रसर गराउनु पर्छ .सामाजिक रुपान्तरण आयातित धर्म सस्कृति लाइ हस्तक्षेप गर्ने छुट दिएर होइन आफै परिमार्जित र परिस्कृत हुन सक्नु पर्छ .प्रत्यक समाज को मानब बिकास क्रम मा 'आस्था "प्रतिको विश्वास र लगाव नियमित हुदै जान्छ र आफ्नो समाज को परिचय समेत  निरन्तरता  कायम हुन्छ .कसैको परिचय नै समाप्त हुने गरि गरिने हस्तक्षेप नै मानब समाज को कलंक पनि बन्दै गएको छ  . राजनीति माथि धार्मिक "आस्था " को प्रभाब र अबिबेकपूर्ण नेतृत्व को कारण संसार को धेरै भाग मा निर्दोष नागरिक हरु ले आफ्नो आहुति दिनु परेको छ .

आज नेपाली समाज पनि अत्याधुनिक बिकसित र सभ्य समाज को "सस्कार "र ब्यबहार को जानकारी राख्न सक्षम भै सकेको छ र सोहि अनुरुप आफु लाइ रुपान्तरित गर्न लालयित छ .राम्रो प्रविधि संगै असल प्रवृति भित्र्याउन कुसल नेतृत्व को चयन  र चेतनसिल ,बिबेकसिल नागरिक समाज को निर्माण तत्काल को आबस्यकता हो .माथि उल्लेख गरिए झैँ धर्म वा धार्मिक अर्थात् सामाजिक  "आस्था " र मानब जात को पूर्ण सम्मान गर्दै सहभागिता , समानता मुलक अग्रगामी सामाजिक  रुपान्तरण को लागि शान्तिपूर्ण सह अस्तित्व को उदाहरण र ब्यबहार देखाउने बाताबरण सृजना गर्न नेतृत्व बर्ग चुक्नु हुदैन .यस्तो संबेदनशिल बिषयमा बिदेशी वा अर्को "आस्था "बाट प्रभाबित समुह बाट हुने नकारात्मक प्रभाब पार्ने  हस्तक्षेप रोक्नु पर्छ .अझ राजनैतिक दल बिशेष ले समाज मा  द्वन्द र विवाद हुने बिषय आफ्नो एजेन्डा बनाउने हो  भने त् समाज र देश कै अस्तित्व बचाउन गार्हो हुन्छ ." आस्था "प्रत्यक व्यक्ति र समाज को परिचय को एक मात्र आधार रहेको छ र त्यो "आस्था "माथि चोट पुग्ने गरि हस्तक्षेप गर्ने  काम कुनै कतै बाट हुनु हुदैन 

No comments:

Post a Comment