Pages

Thursday, February 14, 2013


भिडले न्याय दिदैन

राजनीतक अस्थिरता ,प्रशासनिक निस्क्रियता अनि जहाँ पनि राजनीतक हस्तक्षेप ले गर्दा हाम्रो समाज को न्याय  सम्पादन कार्य कमजोर  र विकृत मात्र हुन् पुगेको छैन भिड बाट न्याय खोज्ने जस्तो बिडम्बनायुक्त मानसिकता पनि दिनानुदिन प्रोत्साहित हुदै गएको छ .कानुन सम्मत र नियमित निर्णय गर्न अधिकार प्राप्त अधिकारी ले आफ्नो पदीय दायित्व इमान्दरिपुर्बक निभाउनु को साटो राजनीतक दल वा तिनकास्थानीय वा केन्द्रिय नेता भनौदा हरु को मुख  वा मानसिकता ताक्ने निर्क्रिस्ट र सोच ले उचित र निष्पक्ष कार्य (न्याय )सम्पादन हुन् न् सकेको कुरो तितो सत्य हो .निष्पक्ष न्यायि सम्पादन गराउन जिम्मेवार नागरिक को बिबेकपूर्ण सहयोग अनिबार्य हुन्छ .

भिडले बितण्डा मच्चाउदै न्याय माग गर्ने वा भिडले नै सजाय दिने  वा सजाय को हद तोक्ने जस्तो दुर्भाग्यपूर्ण घटना हरु पंचायत काल देखि नै हुदै आएको छ .भक्तपुर मा  भिड ले कर्ण ह्योजु को   हत्या  गर्यो अनि तत्कालिन प्रधान मन्त्रि  मरिचमान सिंह सम्मिलित भिड ले "हत्यारा लाइ फासी दे " को नारा लगाउदै जुलुस निकाल्दा  यो लेखक  लाइ ठिट लागेको थियो .सरकार प्रमुख नै भिड को नेतृत्व गरेर कार्यबाही को माग गर्ने यस्तो दुखद हास्यास्पद कार्य संसार मा सायद बिरलै होला .भिड मानबिय संबेदनशिलता प्रति "अन्जान "र गैर्ह जिम्मेवार" हुन्छ भिड ले तत्काल क्रिया र प्रतिक्रिया माग्ने गर्छ जुन  सहि न्याय सम्पादन को लागि परिपक्व  हुदैन 

.मेरो सम्झना भएको दुइ वटा घटना को स्मरण गराउन चाहन्छु .पंचायत काल को अन्तिम समय तिर हो बिरगंज को प्रहरी ले एक महिला लाइ भाइ को हत्या गरेको आरोप मा समात्यो .अभियुक्त महिला पक्ष ले भाइ ले आत्म हत्या गरेको र प्रहरी ले फसाउन खोजेको आरोप लगायो .काठमांडौ बाट नानि मैया दाहाल को नेतृत्व मा बिरगंज मा हंगामा भयो त्यसको असर काठमाडौंमा समेत  परेको थियो .तर त्यस बेला को प्रशासन केहि हद सम्म कानुन सम्पादन गर्न स्वतन्त्र र सक्षम  थियो र अनुसन्धान गर्न सफल भयो .अन्त मा अबिबाहित  ति महिला ले आफ्नो भारतीय प्रेमि सित शारीरिक सम्पर्क गर्दा को दृश्य  भाइ ले देखेको र उसले अरु लाइ भनि दिन्छ भन्ने डर ले झुन्ड्याएर मारेको साबिती बयान थिइन .

अर्को झन अचम्म पार्ने घटना छ .काठमांडौ कै भीमसेन टोल को कुरो हो .करिब ३/४ सय को भिडले एउटा पुरुष लाइ रगतताम्ये हुने कुट्दै जन सेवा प्रहरी मा लेराए र भने यसले फलानी को घर कोठा मा गएर बलात्कार गर्यो .पिडित भनिएको महिला को उग्रता देख्न लायक थियो उनको श्रीमान त्यो पुरुष लाइ मुक्की ठोक्दै नै थिए .भिड प्रहरी को जिम्मा लागेर फर्के पछी सोध पुछ गर्दै जादा पत्ता लाग्यो कि पिडित भनिएको महिला ले नै अभियुक्त भनिएका पुरुष लाइ घर मा बोलाएकी थिएन राजि खुसि मै उनि हरु को अबैध सम्बन्ध भएको थियो तर त्यसै बेला लोग्ने आईपुगे छन् र  महिला ले चलाखिपुर्बक उल्टो उनै पुरुष माथि जबर्जस्ति गरेको भन्दै चिच्याउन थाले पछी लोग्ने को साथ पाएकी रहिछन .

अहिले विदेश बाट फर्केकी एउटी महिला लाइ बलात्कार गरेको र दमौली मा संगै सुतेकी  श्रीमती बिहान मृत भएको घटना चर्चा मा छ किन कि त्यसले भिड जम्मा गरेको छ .दमौली कि मृतक महिला पक्ष का ले उनको लोग्ने माथि हत्या को किटानी जाहेरी दिएको छ भने अनुसन्धान को लागि पुर्पक्ष मा राख्ने जिल्ला न्यायाधिस को बिरुद्ध लोग्ने पक्ष को परिवार ले दमौली बजार बन्द .पृथ्वी राजमार्ग मा चक्काजाम गरि बितण्डा  मच्चाएको छ .राज्य ले कसरि न्याय सम्पादन गर्ने ?

कतै हामि मानबिय संबेदनशिलतामा  बहकिएर स्वयम असम्बेदंसिल, बिबेकहिन र   हिंसात्मक बन्दै  गएका त छैनौ ?अनुसन्धान लाइ सघाउने अनि सत्य तथ्य बुझेर मात्र प्रतिक्रियात्मक काम गर्ने  बिबेकसिल र जिम्मेवार नागरिक को खडेरी परेको हो त् ?अनि घटनास्थल मा पुग्ने सम्बन्धित हरु सित प्रतक्ष अप्रतक्ष बुझेर त्यसको बास्तबिकता जन समक्ष पुर्याई भिड तन्त्र लाइ निरुत्साहित गर्नु पर्छ भन्ने जिम्मेवारी बोध भएको देखाउने संचार को पनि अभाब महसुस भएको छ ..नेपाल को सन्दर्भमा भन्नु पर्दा भडकाउने समाचार धेरै र सत्य तथ्य खोज मुलक समाचार भने छायाँ मा पर्ने गरेको छ , बिस्व सामु लज्जित बनाउने यस्तो मध्य युगिन भिड तन्त्र बाट देश लाइ मुक्त गर्न "नागरिक आचारसंहिता (NORMS OF STRONG CIVIC SENSE )लाइ कार्यान्वयन मा लेराउन वा ब्यबहारमा देखाउन संचार कर्मी र शिक्षित  बर्ग ले समुदाय मा दायित्वपूर्ण भूमिका निर्बाह गर्न सक्छन यदि प्रत्यक व्यक्तिले राष्ट्र प्रति को आफ्नो दायित्व के हो खोज्ने बुझ्ने र पुरा गर्नु पर्छ भनेर सोच्ने  हो भने ....


No comments:

Post a Comment