Pages

Sunday, February 3, 2013


टिठ लाग्छ ! टिठ लाग्छ 

टिठ  लाग्छ नेता देखि हामि सम्म 
असहिष्णु बन्दै गएको देख्दा 

टिठ  लाग्छ एक ले अर्को लाइ 
पुर्ब राजा देखाउदै चेतावनी दिएको सुन्दा 

ठिट लाग्छ नेता  ले अर्को नेता  लाइ 
नत्थी लाउने/गलहत्याउने भनेको सुन्दा 

टिठ  लाग्छ देश को साँचो बिदेशी लाइ सुम्पेर 
आफु आफु लडी रहेको बिकृति देख्दा 

टिठ  लाग्छ देश /जनता दाउमा राखी 
कुर्शी को लागि झगडा गरि रहेको देख्दा 

टिठ  लाग्छ देश बनाउछु भन्ने हरु नै 
१७ औं जेस्ठ प्यारो देश भताभुंग पारेको देख्दा 

टिठ  लाग्छ आफनोपन मा गर्ब गर्न छोडी 
अरु को नक्कल गर्न नै प्रतिस्पर्धा भएको देख्दा 

टिठ  लाग्छ बर्तमान लाइ डढेलो लगाएर 
भबिस्य हराभरा बनाउछौ भन्ने हरु ले राज गरेको देख्दा 
-- 

No comments:

Post a Comment