Pages

Friday, February 1, 2013



लघु कथा- हित हुन्छ भने कठोर निर्णय गर्न सक्नु पर्छ 

एकादेश मा एउटा राजा थिए .उनि आफ्नो राज्य मा कहाँ के भै रहेको छ भनेर बुझ्न भेष बदलेर  स्वयम गाउ गाउ घुम्ने गर्दथे .
घुम्दै जादा एकदिन बाटोमा एक अन्धो माग्ने मानिस भेट भयो .
उ धेरै दिन भयो खाना न् खाएको केहि पैसा देउ  र तिन कोर्रा हानि देउ भन्दै माग्दै थियो .
राजा उसको नजिक पुगे र सुन को सिक्का दिए .माग्ने मानिसले  खुसि  हुदै भन्यो .म धेरै दिन देखि भोकै थिए अब यो सुन को सिक्का  ले पेट भरि थरि थरि का भोजन खान्छु .
राजा ले भने जाउँ बाबा पेट भरि भोजन गर .अनि यो पनि  भन तिमि लाइ कुन ठाउमा दैनिक भोजन गर्न सुबिधा हुन्छ म त्यहाँ तिम्रो सधै को लागि भोजन को ब्यबस्था मिलाई दिन्छु .
माग्ने मानिस ले भने त्यो त् ठिक छ  तर मेरो एउटा शर्त छ .त्यो शर्त पुरा गरि दिने हो भने मात्र म भोजन गर्छु .
राजा ले आश्चर्य मान्दै सोधे कस्तो शर्त बाबा ?
माग्ने मानिस ले भने यो म सित भएको कोर्रा लिउ र मलाइ तिन कोर्रा हान .अनि मात्र म खाना खान्छु .
राजा धर्म संकट मा परे !यस्तो गरिब अनि निर्दोष लाइ कोर्रा हान्ने ?यो  त् घोर अपराध हो ! उनले भने बाबा मलाइ यो पाप न् बोकाउ बिना कसुर कसरि म तिमि लाइ कोर्रा हान्न सक्छु ?
तब माग्ने मानिस रिसाए  जब सम्म मलाइ कसैले तिन कोर्रा हान्दैन म खाना खाँदिनबरु  नखाएरै  मर्छु भन्दै  त्यो सुन को सिक्का पनि फ्याकिदिए !
राजा ले आफनो सल्लाह कार सित सोधे म के गरु ?यो निर्दोष गरिब अन्धो मानिस लाइ कसरि कोर्रा हान्नु यो त् अनर्थ हुदैन ?
सल्लाहकार ले भने महाराज को काम प्रजा को हित गर्नु हो उनको ज्यान बचाउनु कर्तब्य हो .उनले खाना खाएर जीवन दान पाउछन् भने   त्यो पनि त् पुण्य र कल्याण को काम भयो .
महाराज "हितकारी काम हुन्छ भने कठोर निर्णय  त् गर्नै  पर्छ !
उनको सल्लाहकार को भनाइ लाइ स्विकार गर्दै राजा ले तिन कोर्रा हाने .
माग्ने मानिस खुसि भयो . सिक्का फिर्ता लियो र भोजन को लागि तयार भयो 
.

No comments:

Post a Comment