Pages

Thursday, February 14, 2013


विदेश को मोह र सास्कृतिक  एबम पारिवारिक बिचलन 
शेखर ढुंगेल , ओमाहा नेब्रास्का 

हुन्  त्  बुढा पाका ले भन्ने गर्थे रे एक पटक विदेश न् भोगेको छोरो (तत्कालिन मानसिकता को कुरो  हो त्यो  आज त् छोरी लाइ  पनि सामेल गर्नु पर्छ ) मान्छे परिपक्व हुदैन रे त्यस पछी शेना वा प्रहरी  मा भर्ना हुनु पर्छ रे अनि परिपक्व हुन्छ रे खान लाउन को दुख नहुने र अहिलेको जस्तो बृहत प्रविधि को विकास  न् भएको तत्कालिन समाज  थियो त्यो  जसको मतलब दुख ब्यबधान शारीरिक परीश्रम को अनुभब ले मात्र मानिस मा परिपक्कता आउछ भन्ने आशय थियो होला  सायद ...तर अब समय परिस्थिति बदलियो ,मानिस का इच्छा आकांक्षा का नया नया श्रीषक दैनिक सृजना भै राखेका छन् .नया परिबेश ले छोरा र छोरी को बिभेद लाइ अन्त गर्दै समान अवसर को बाटो खुलाएर प्रोत्साहन गरि राखेको छ .अर्थात अन्य क्षेत्र मा झैँ  लाहुरे बन्ने प्रतिस्पर्धा मा नेपाली  महिला पनि  सामेल  हुने क्रम बढ्दो छ .


महाकबि देबकोटा ले शताब्दी अगाडी नै "लाहुरे "बन्ने रहर कारण र उसको पीडा को कथा "मुना मदन "मार्फत नेपाली समाज को आखा खोल्ने प्रयास गरेकै हुन् तर त्यो कथा र पात्र को मर्म किताब मै सिमित हुन् पुग्यो .बेलायत ले तत्कालिन भारत मा आधिपत्य जमाए देखि नै  नेपालि हरु लाहुरे बन्ने रहर बोकी भारत (तत्कालिन ब्रिटिशको आधिपत्य) मार्फत संसार भर पुगेका हुन् कति नेपालि ले  कुन लडाई मा कहाँ आफ्नो प्राण आहुति दिए नेपाल सरकार सित कुनै तथ्यांक छैन .भारत मार्फत गएका र त्यस बेला परिचय खुल्ने कुनै कागज पत्र को व्यवस्था न् भएका कारण नाम ले मात्र नेपाली वा गोर्खालि भनेर चिनिन्थ्यो स्वयम ले जन्म स्थान खुलाउन न् सकेको अबस्थामा ब्रिटिश हरुले भारतीय नै ठानिदिने वा उल्लेख गरि दिएको देखिन्छ   . बेलायति शासक को अधिनमा रहेको तत्कालिन  भारत पुगेका नेपाली हरु गोर्खाली फौज को नाम ले मात्र होइन साधारण मजदुर बनेर  भारतीय नागरिक कै हैसियत मा  फिजी ,बर्मा आसाम (भारत )थाइलाण्डमा पुगेका हरु धेरै उतै बसेको र नेपाली पुर्खा कता का हुन् समेत भुलिसकेका छन् . आज लाहुरे बन्ने हरुको प्रकार प्रक्रिया र स्वरुप बदलिएको छ लाहुरे बन्नै पर्ने मानसिकता  झनै भयानक बनेर उर्लिएको छ . देश मा लाहुरे बन्न दबाब मुलक बाताबरण नै बनेको छ .देशमा  एउटा बेरोजगार  युबक बिदेसिन सकेन भने बाबु आमा श्रीमती र सन्तान ले समेत हुतिहारा भन्दै  हेलित गर्ने सस्कार मा वृद्धि भएको छ .राज्य नै लाहुरे बनाउने योजना को  नीति नियम बनाउन सक्रिय छ .राज्य संचालन को जिम्मा लिएका हरु नै व्यक्तिगत अर्थोपार्जन मा लिप्त भएर कोइ मानब तस्करी गर्ने त् कोइ लाहुरे बन्ने लाइ आफ्नै राहदानी बेच्न समेत सक्रिय छन् .जसले गर्दा तत्काल लाइ व्यक्तिगत र राष्ट्र लाइ केहि राहत दिए पनि समाज को लागि भने दीर्घकालिन प्रभाब पार्ने गरि पारिवारिक र सास्कृतिक बितण्डा को डरलाग्दो पहाड बनेर स्थापित हुदै गएको छ .

देश का युवा युबती बिबिध बाध्यात्मक बहाना  को भारि बोकेर बिदेशिएका कारण आज पहाडी क्षेत्रका  गाउ घरमा लास उठाउने क्षमता भएको तन्नेरी हरु को खडेरी परेको समाचार सामान्य  जस्तो भै सक्यो .हिजो कुर्ता सुरुवाल र सारी  अनि दुबोको माला र टिका मा सजिएर बिदेशिएका चेली हरु  बुर्का ओढेर  फर्केको दृश्य पनि नौलो रहेन .खाडी मुलुक मा काम मा गएका युवा युबती  मध्य १५% ले त्यहि को धर्म (आस्था )अपनाएको तथ्यांक अनि कतिपय युबती ले त्यहि को पुरुष सित बिबाह गरि बच्चा च्यापी फर्कने हरु को संख्या पनि बढ्दो छ .र बिदेशिने नया पुस्ता मा गोमास भोजन गर्न बाध्यता को कुरो गर्ने चाख्न प्रोत्साहित हुने  हरु को बाहुल्यता पनि बढ्दैछ..अहिले काठमाण्डौं मा  " हलाल मासु "खोज्ने नेपालि  हरु को संख्या अकल्पनीय तरिका ले वृद्धि भैराखेको जानकार हरु बताउछन .स्वदेशी धर्म (आस्था )को अबमुल्यन र अन्य आस्था प्रति आकर्षण हुने प्रवृति को त् झनै बाढी आएको छ .व्यक्तिको स्वतन्त्रता को कुरो भनेर यो प्रवृति लाइ सामान्य रुपमा लिनु नै बुद्धिमानी ठान्ने हरु कम छैनन् तर कालान्तरमा हाम्रो जस्तो सानो जन संख्या भएको देश मा सास्कृतिक बिचलन एबम  समाज बिखण्डनको प्रलयकारी दिन आउने  सम्भाबना बढेर गएको देखिन्छ .झन विदेश मै जन्मे हुर्केका सन्तति हरु मा पुर्खौली आस्था र सस्कृति बिस्तारै धुमिल हुदै  जाने कुरोमा समाज शास्त्री हरु एकमत छन् .

अब  विदेश मोह ले निम्त्याएको  पारिवारिक बिचलन एबम बिखण्डन का अस्वाभाविक कथा व्यथा तर्फ लागौ .श्रीमान विदेश मा श्रीमती स्वदेश मा वा श्रीमती विदेश मा श्रीमान स्वदेश मा भएको अबस्थामा स्वदेस वा विदेश मा एक अर्को बिपरित लिंगी तर्फ को संबन्ध को घटना हरु लाइ त् आज को नेपालि समाज ले सहजै पचाउने भइसकेको छ .त्यस्तो पारिवारिक बिचलन लाइ महत्व पनि दिन छाडी सकेका छन् .केहि दुखान्त घटना बाहेक अन्य अबस्थामा पारपाचुके गर्ने हरु को तथ्यांक पनि आकासिदो नै छ .र उत्पन्न बिकृति र परिणाम हामीले दैनिक संचार माध्यम वाट थाहा पाएका नै छौ .तर म यो लेख मा विदेश मा लामो समय पछी मिलन पस्चात को बितण्डा हरु को केहि  प्रतिनिधि पात्र र मानसिकता अनि परिणाम लाइ  प्रकाश पार्ने धृष्टता गर्दैछु 

एउटा सु शिक्षित संपन्न परिवार का सुशिक्षित दम्पती कथित खानदानी परिवार का अन्य दाजु भाइ को दाजो मा कमजोर अर्थ आर्जन को पेशा भएका कारण ले कसको कमाइ धेरै कसको कमाइ थोरै को पारिवारिक प्रतिस्पर्धा वाट बिचलित भएर श्रीमती ले विदेश गएर अरु देवर जेठान नन्द भाउजु भन्दा धेरै कमाएर देखाउने उनीहरुको  भन्दा ठुलो घर बनाउने सपना देख्छिन र श्रीमान बच्चा लाइ छोडेर विदेश पस्छिन .उनले ५/६ बर्ष सम्म बिबिध प्रकार को दुख हण्डर सहेर श्रीमान र सन्तान को भबिस्य चम्काउने सपना देखि रहिन .उता श्रीमान र सन्तान को खर्च भर्दै .र यता ठुलो खर्च अनि परिश्रम लगाएर एकदिन सपरिवार लाइ विदेश मा बोलाउन सफल भईन .पुनर्मिलन अनि सपरिवार मिलेर हासी  खुसि विदेश मा आनन्द को जीवन बिताउने  श्रीमती को सपना साकार भएको हफ्ता दिन पनि न् पुग्दै विस्तार बिस्तार टुक्रिन थाल्यो .एक त् कथित स्वधान्य अनि शिक्षित श्रीमान लाइ विदेश आउने चाहना नै थिएँन् श्रीमती र सन्तान को जिद्धिले आइत हाले उता कुर्सि मा गफ हाकेर खान अभ्यस्त भएको अधबैसे लाइ यहाँ सुन्य  वाट सुरु हुने यथार्तता लाइ आत्मसाथ गर्न सकेनन .उनमा  मजदुरी गर्ने इच्छा जाग्न सकेन .उनको सहपाठी देखि सहकर्मी सम्म कै बाक्लो भिड रहेको त्यहा कसले उनको कान मा गलत शन्देश दियो वा उनमा  रहेको शंकालु बिषले  काम गर्न थाल्यो वा पत्नी को मेहिनत र सक्रियता ले उनलाई हिनताबोध हुन् थाल्यो उनि श्रीमती माथि खनिन थाले . रक्सी खाएर मात्तिने त् उनको दैनिकी नै थियो हरेक साझ जब उनि काम वाट आऊथिन  श्रीमान को रुखो प्रश्न तेर्सिन थाल्यो . लौ भन तेरो कति वटा ब्वाई फ्रेन्ड छन् ?त् जो सित नि हास्छेस नाचछेस कसैले आखा लगाएंन त् ?त् त्यतिकै बसिस त् यत्रो बर्ष ?अरुका स्वास्नी भन्दा धेरै कसरि कमाइस तैले ?आदि आदि ........

श्रीमती रुदै स्पस्टिकरण दिने श्रीमान न् पत्याउने यहाँ ब्वाई फ्रेन्ड्स गर्ल फ्रेन्ड्स न् राखेका कोइ छैनन्  रे फलाना कि छोरी ..तिलाना को श्रीमती ...?उदाहरण दिदै शंका को भरमा पत्नी लाइ लान्छना लगाएर प्रगाडित गर्न थाले सन्तान ले  पनि बाबु कै साथ दिए . .म यहाँ इन्डियन को नोकर बन्न आएको हो र म नेपाल को यस्तो मान्छे उस्तो मान्छे ग्यास स्टेसन लिकर पसल मा काम गरे मलाई  साथी भाइले के भन्छन ? भन्दै उनले काम गर्दै गरेनन .क्रमस कलह बढ्दै गयो एक अर्का प्रतिको ब्यबाहर मा नकारात्मकपन बढ्न थाल्यो .श्रीमान कहिले नेपाल त् कहिले विदेश आउदै सन्तान लाइ भेट्दै  फर्कन्छन .कानुनि रुपले संबन्ध बिच्छेद न् भए पनि भावनात्मक रुपले पति पत्नी धेरै टाढा भै सकेका छन् .बाबु ले हुर्काएका सन्तान ले बाबु को पक्ष लिदै एकदिन  आमा लाइ हातपात समेत गरे.बिगत को सपना र आज को परिणाम देखेर उनि दुखि मात्रै होइन मानसिक रुपले बिक्षिप्त नै भएकी छिन .

एक अर्का नेपाली  आफ्नो पेशागत योग्यता को आधारमा विदेश आइ पुगे .सन्तान लाइ काठमाडौंमा उच्च शिक्षा दिलाउने र ठुलो घर बनाउने योजना बोकेर .जती कमाउथे बरु मिले थप ऋण काटेर पनि नेपाल पैसा पठाई रहन्थे . श्रीमती र सन्तान को इच्छा र फर्माइस पुरा गर्न कुनै कसर बाकि राखेनन खर्च को हिसाब पनि मागेनन .एकदिन घर कै अर्को सदस्य ले तेरी श्रीमती एकछिन घर मा बस्दिन बाहिर केटा लिएर हिद्छे भनेर सुनाइ दिएछन श्रीमान छाना वाट खसे जस्तै भए .श्रीमती लाइ फोन मा  जथाभाबी गालि गलोज गर्न थाले .आखिर श्रीमती घर मा बस्न अत्यास लागेर  र भोलि विदेश गैयो भने काम लाग्छ भनेर कसैले सल्लाह दिएको रहेछ त्यसैले उनि ब्युटीसियन तालिम लिन गएकी रहिछन .उता श्रीमती लाइ पनि कसैले तेरो पोइ त् अर्कै केटी सित बसेको छ रे भनेर सुनाइ दिएछ.श्रीमती को रुवाइ धुवाई सुरु भयो बच्चा को अगाडी तेरो बाउ ले मलाइ घर न् घाट को बनाए भन्दै कराउन थालिन .अवस्था यस्तो आयो अब बच्चा पनि बाउ सित फोन मा कुरा  नगर्ने भए .यसैबिचमा श्रीमान ले विदेश को स्थायी बसोबास को अधिकार प्राप्त गरे परिवार बोलाउन कागज पठाए तर उनि हरु आउदैनौ भन्न थाले .अन्त मा नेपालमा र यहाँ पनि कोइ शुभ चिन्तक ले सम्झाए कि आफुले न् देखेको कुरो अरु ले भनेको भर मा विश्वास गर्नु हुदैन .

आएको भोलिपल्ट देखि नै श्रीमान ले खर्च को हिसाब किताब मागे सन्तोष भएनन अनि भन्न थाले सबै पैसा नाठो लाइ खुवाएर सिध्याइस ?तलाई बोलाउने इच्छा नै थिएँन् यी सन्तान को लागि मात्र बोलाएको हु तलाई तेरो नाठो वाट अलग पार्न बोलाएको हु .श्रीमती पनि कम थिइनन कथित उपल्लो थर कि मुख फर्काइन  त् पनि त् कम छैनस नि अर्की  राखेको छस अनि किन मलाइ बोलाउनु पर्यो त् ?म तेरो भर मा खान आएको पनि होइन सिप सिकेको छु आफ्नो खुट्टा मा उभिएर खान सक्छु ..हफ्ता दिन नबित्दै श्रीमती ले खाना बनाउन छोडी दिईन् श्रीमान ले ग्रोसरी किन्न छोडिदिए ...श्रीमती र बच्चा भोकै समेत परे झगडा ले उग्ररुप लियो श्रीमती बच्चा मिलेर भकुरे पनि .........केहि दिन पछी श्रीमती  बच्चा सहित अलग्गै बस्न थालिन पछी संबन्ध बिच्छेद भयो .


एउटी  कथित धनाड्य को छोरी ले गरिब किसान को छोरा सित प्रेम बिबाह गरेकी थिइन .लोग्नेको कमाइले माइती बराबर को भौतिक सुबिधा परिपूर्ति हुने न् देखेपछी पैसा कमाउने सुख सुबिधा भोग्ने लालचमा  बच्चा समेत बोकेर एक्लै विदेश पुग्छिन .काम दिने छिमेकी मुलुक को नागरिक को माया लाइ स्वीकारेर उसैसित बस्न थालिन .केहि बर्ष लगाएर उनले त्यहि स्थायी बसोबास को कागज हात पारिन नेपाल को श्रीमान लाइ बोलाइन पनि उनको पोल धेरै दिन टिक्न सकेन श्रीमान ले थाहा पाए झगडा हुनु नै थियो भयो बच्चा जिम्मा लगाएर उनि नया श्रीमान सित नै बस्न थालिन पछी कानुनि प्रक्रिया पुर्याएर संबन्ध बिच्छेद भयो पतिले पनि छ महिना न् बित्दै अर्को बिहे गरे .

अर्को अस्वाभाबिक प्रतिनिधि कथा ,सामान्यत मध्यम बर्गीय स्तर भन्दा माथिको पारिवारिक पृष्ठभूमिका व्यक्ति ब्यबसायिक घाटा को कारण आफ्नो कथित सुबिधा सम्पन्नताको को आडम्बर जोगाउन मुस्किल अनि सन्तान लाइ  अभाब को महसुस नहोस उनि हरुले रोजेको स्कुल मा स्तरीय शिक्षा दिन असमर्थता को अवस्था सृजना नहोस भन्ने अभिप्राय ले विदेश हानिन्छन्. कुनै प्राबिधिक दक्षता न् भएका उनि रेस्टुरा ,पेट्रोल पम्प जता पायो त्यतै काम गरेर कमाएको मात्रै ले नपुगी  ऋण काटेर पनि   उही आडम्बर देखाउने नाम चलेको स्कुल कलेज मा सन्तान को महँगो  शिक्षा ,आडम्बर धान्न श्रीमती को बिन्दास गर गहना ,पार्टी खर्च को लागि  पैसा पठाई रहन्थे . .त्यसको बाबजुद उनले स्थायी बसोबास को लागि संघर्ष पनि गरि राखे र .आधा दशक बित्नै लाग्दा सपरिवार  विदेश आउन सफल भए .सुरु का केहि महिना रमाइलै सित बित्यो .अशिक्षित तर आडम्बर मा आशक्त श्रीमती को पुरानो रोग थियो श्रीमान लाइ सधै शंकाको घेरामा राख्ने अनि चियो गर्ने .स्वदेश मै पनि धेरै पटक कुनै दिन घर ढिला आएको वा कुनै रात कतै गएको बहाना मा कसैले भनेको सुनाएको भन्दै ब्यबसायिक वा सहकर्मी वा महिला मित्र को नाम जोडेर श्रीमान लाइ सताउने हप्काउने गर्थिन .व्यक्तित्व का  धनि र सामाजिक सेवा मा रुची राख्ने श्रीमान सबै सित बिशेष गरि महिला सित बोलेको हासेको वा कुनै काम बिशेष ले भेटेको पच्दैन्थ्यो श्रीमती को त्यो रोग जिउदै रहेछ .इमेल मा कुनै महिलाले डियर भनेर  सम्बोधन गरेको देख्ने बित्तिकै श्रीमती को टाउको दुख्ने रोग रहेछ .के हो ?को हो त्यो ?निक्कै डियर डियर छ नि ?किन गरेकी ?आदि आदि .श्रीमती को त्यस्तो  ब्यबहार ले  उनि दिक्क हुन्थे तर केहि बोल्दैनथे .दिनभर टिभी को हिन्दी सिरियल अनि नेपाल मा झैँ  घन्टौं फोन मा हुन्छ कि .सुतेर हुन्छ दिन काट्ने काम गर्न कुनै जागर रुची न् राख्ने उनि वाट श्रीमान ले कुनै सहयोग को आशा गर्न पनि छोडेका थिए .तर बिस्तारै उनमा मानसिक तनाब बढ्न थाल्यो कमाइ एक खर्च तिन हुदा उनि अतालिने अवस्था आइ पर्यो .नेपाल को सम्पति बेचे .

एकदिन कुनै एक  भद्र महिलाले उनको स्थायी बसोबास को कानुनि प्रक्रिया को कागज हेरेर सल्लाह दिनु पर्यो भनि भेट्न गरेको अनुरोध लाइ नाइँ भन्न नसकेर गएका थिए .साझ घर फर्कदा त् श्रीमती को अनुहार ज्वाला मुखी जस्तो सन्तान हरु  उठेर कोठा भित्र पसेको देख्दा श्रीमान लाइ निक्कै चिन्ता  पिडा र ग्लानि भएछ .उनको तनाब झन् बढ्यो . भोलि पल्ट रात काम वाट फर्केका के थिए मुख मा गास हाल्ने मौका समेत नदिएर श्रीमती ले ति महिला सित भएको फोन को समय  र पटक को लिस्ट को कागज देखाउदै भनिछन लौ भन तेरो यो आइमाई सित के संबन्ध छ ?यतिका पटक त्यो सित फोन मा कुरो गर्नु को मतलब के ?तलाई त्यो सित हिड्नु थियो त् हामि लाइ बोलाइस किन ?भन्दै बच्चा हरु को गाडी रुन कराउन थालिछिंन् .श्रीमान ले दिएको स्पस्टिकरण  र निर्दोषिताको अनुनय ले श्रीमती लाइ आस्वस्त  पार्न सकेन .अब श्रीमती र सन्तान एकातिर श्रीमान एक्लो  एकातिर उनि हरु को नकारात्मक व्यवहार र टाढापन गहिरिदै गयो.घरमा दैनिक नै बिस्फोट को जस्तो बाताबरण भयो .सन्तान ले पनि आमा कै गलत सोच मा साथ दिएकामा पति  बिक्षिप्त नै भए यस्तो असमझदारी ब्यबहार को   फलस्वरूप परिवार मा संबन्ध चिसिदै गयो  श्रीमती मा डिप्रेसन र पतिमा मानसिक तनाब बढ्यो र अन्तमा निरास भएर श्रीमान स्वदेश फर्किए .

 माथिका केहि प्रतिनिधि पात्रको कथाले के मनोदशा  दर्शाउछ भने लामो समय को बिछोड ,मानसिक उतार चढाव ,बाताबरण को प्रभाब , यथार्तता को नजिक पुग्नु भन्दा भनेको सुनेको को आधारमा  धारणा सृजना गरि त्यसैलाइ बलियो बनाउने सोच ले प्रसय पाएको देखिन्छ .श्रीमान श्रीमती संबन्ध एक अर्का प्रतिको माया स्नेह र विश्वास मा टिकेको हुन्छ कोइ पति वा पत्नीले शंका वा  कसैले भनेको सुनेको आधारमा एक अर्का लाइ आरोप र प्रगाडित गर्छन भने स्वदेश वा विदेश मा आज को व्यस्त दैनिकी र तनाब को कारण संबन्ध मा बिचलन लेराउन सहायक न बन्ने कुरै भएन .  श्रीमान वा श्रीमती ले  विदेश वाट कमाएर पठाएको पैसामा बिन्दास खर्च गरि आफ्नो सामाजिक परिबेश मा स्वतन्त्र रुपमा हिडी राखेको श्रीमती वा श्रीमान लाइ विदेश को नौलो परिबेश मा कदम कदम मा यो र त्यो गर्नु हुन्छ गर्नु हुन्न आदेश निर्देशन खटन पटन  निषेध वा बन्देज  अनि सुझाब ले भित्र भित्रै आफ्नो अनभिज्ञता लाइ कमजोरी को नाम दिने अनि स्वदेश को टोल छिमेक आफन्त हरु सित को गफ गाफ भेट घाट मा जुन रमाइलो आनन्द हुन्छ त्यो सम्झेर  विदेश मा झन काम नगर्ने हरुले  त् एक प्रकार को जेल नै महसुस गर्न पुग्छन ..टाढा हुने बा वा आमा  को दुख सित सन्तान हरु परिचित हुन्नन कुटोस लछार पटार किन नगरोस बच्चा हरु जो सित धेरै समय बिताउछन उसैलाई धेरै माया र बिस्वास गर्छन नजिक ठान्छन नजिक हुन्छन   बाउ आमा बिच मा पुल बन्नु पर्ने सन्तान हरु एउटा किनार लाइ मात्र विश्वास गर्न पुग्दछन अनि  एक अर्का प्रति टाढा  वा असमझदारी को खाडल गहिरो बन्दै गएको  देखिन्छ.र परिणाम पारिवारिक  बिखण्डन मा पुगेर टुंगिएको छ .

आज हामी   नेपाली मा जसरि विदेश मोह को लहर छाएको छ त्यसरी नै हाम्रो सामाजिक सास्कृतिक मौलिकता एबम पारिवारिक सम्बन्धमा बिचलन र बिखण्डन को शृंखला पनि द्रुतगतिमा आगाडी बढी राखेको छ .हामि हाम्रा छिमेकी राष्ट्र जस्तो विशालकाय भौगोलिकता र जन घनत्व बोकेको देशका होइनौ .हाम्रो सामाजिक संरचना एउटा पारिवारिक जस्तो छ मेची को र महाकाली को मानिस अर्थात् सुदुर पुर्ब र सुदुर पश्चिम का किन नहुन  धेरै नजिक को अपनत्व राख्छौँ  परिचित छौ  नेपाल मा आज पनि यातायात ,संचार ,र बिद्युत को  सहि ब्यबस्थावान गर्ने हो भने आ आफ्नो पुर्ख्यौली थलो मा दुइ छाक खाने र परिवार लाइ आश्रय दिन घर बनाउन जमिन को अभाब छैन .परिवार बिछोड जस्तो पीडादायी व्यथा को कारक तत्व बोकेर विदेश भौतारिनु रुचिकर नहुदै पनि बाध्यता का शिकार बनेर बिदेशिनु परेको छ .मलेसिया कतार र साउदी मा पुगेका नेपालि हरु को दुखान्त घटना हरुले त् लाग्दछ बिदेशिनु पर्ने नेपालि लाइ कसैको श्राप नै लागेको छ र राजनैतिक अस्तव्यस्तता ,अपराध बन्द हडताल हाम्रा लागि  बहाना  मात्र हुन् .एउटा जिउदो मानिस को परिचय भनेको उसको समाज मा स्थापित  आस्था ,भाषा ,भेष सस्कृति नै हो उसले नै देश चिनाउने हो देश को परिचय लाइ जिवन्त राख्ने हो उही नै विखण्डित र बिचलित भयो भने समाज र सस्कृति कसरि बचाउने ?यो व्यक्तिगत न भै राष्ट्र को समस्या हो देश का नीति निर्माता ठेकेदार हरु ले यो मर्म बुझी तदनुरुप योजना बनाएर कार्यान्वयन गरि दिए उल्लेखित दुवै प्रसंग जस्ता समस्या लाइ न्युनिकरण गरि सुख शान्तिमय समाज को निर्माण र सास्कृतिक संरक्षण गर्न सहयोग पुग्ने थियो .







कहाँ छन जिम्मेवार नागरिक ?

शेखर ढुंगेल 

नेपाल को दश  बर्षे पीडादायी जन युद्ध १२ बुद्धे सम्झौता मार्फत जनता को भावना अनुरुप शान्तिपूर्ण बाताबरण बन्ला रास्ट्र ले सकारात्मक फड्को मार्ला नागरिकले मानबिय  मुल्य र मान्यता को कानुनि राज पाउलान भने जुन अपेक्षा थियो त्यो आशा र विश्वासमा  अब फेरी तुषारापात हुदै गएको आसंका बढेको छ .पछिल्लो राजनैतिक  अवस्था पुनः ५ बर्ष अर्थात बृहत शान्ति सम्झौता हुनु  भन्दा अगाडी को अवस्था मा फर्केको र शान्ति र संबिधान निर्माण प्रक्रिया ठप्प भएकोमा  चिन्ता व्यक्त हुदैछ .

२०५२ साल वाट  राजनैतिक सतह मा आएको वा बिकसित भएको राज्य को शासकीयस्वरुप ,राजनैतिक संयन्त्र ,संबिधान को प्रकार अनि संघिय  वा एकात्मक राज्य व्यवस्था  को विवाद बृहत शान्ति सम्झौता ,संबिधान सभा को निर्बाचन ,अन्तरिम संबिधान पस्चात परिबर्तन को लागि जन युद्ध लडेको माओबादी  स्वयम ले एक पटक सहमतीय र  अर्को पटक बहुमतीय सरकार को नेतृत्व गरि सक्दा पनि विवाद समाधान को कुनै लक्षण देखिएको छैन र स्वयम माओबादी आन्तरिक र बाह्य द्वन्द को भुमरीमा परेको छ .माओबादी कै आन्तरिक द्वन्द ले गर्दा उसले हस्ताक्षर गरेका कैयौ शर्त हरु कार्यान्वन भएका छैनन .एक कदम अगाडी र एक कदम पछाडी गर्दै बिबादित मुद्धा हरु जही को तही छन् .संबिधान निमार्ण को समय तालिका सर्बोच्च अदालत को ब्याख्या अनुसार अब ४ महिना मात्र बाकि छ यो समयावधि मा पुरक त् के आंशिक स्वरुपको संबिधान को पनि मुख देख्न पाउने सम्भावना क्षीण भैसक्यो .स्वयम संबिधान निमार्ण समिति का अध्यक्ष ले यो कुराको पुस्टि गरि सकेका छन् .पुर्ब लडाकु हरु को ब्यबस्थापन ,कब्जा घर जग्गा को फिर्ता जस्ता कार्यान्वयन नजिक पुगेको मुद्धा लगायत शासकीयस्वरुप र संघियता को आधार र संख्या जस्ता महत्वपूर्ण विवाद को पनि समाधान हुन् सकेको छैन .

जेष्ठ १४  २०६९ पछी के त् ?नेपाल को राजनीति कता जान्छ ?जनता ब्याकुल छन  पछिल्लो राजनैतिक  अवस्था झन अस्थिर र खतरनाक बन्दै गएको छ .माओबादी नेतृत्व को सरकार को जन सत्ता लाइ मान्यता दिने निर्णय पस्चात त् माओबादी इतर का १७ राजनैतिक दल ले घेरा हाल्न पुगेका छन् बाताबरण यति उत्तेजित भै सक्यो कि कांग्रेस सभापति ले त् माओबादी जंगल पसे हुन्छ भनेर धम्क्याउने र उत्तेजित बनाउने कुरो गरि  सके . जनता  लाइ शान्ति र संबिधान निर्माण को प्रक्रिया प्रति आस्वस्त पार्नु को साटो राजनैतिक दल हरु एक अर्का लाइ दोष थुपारेर आफु चोखो हुने गैर्ह जिम्मेवार कार्य मा अभ्यस्त भएका छन् .सदन सरकार र सडक मा माओबादी को बर्चस्व छ .बिगत ५ बर्ष यता शेना बाहेक प्रहरी र प्रशासन , संचार ब्यबसायिक घराना एबम  कलाकार समेत लाइ आफु मा आकर्षित गर्न सफल भै सकेको माओबादी ले शहर छोडेर जंगल जाला त् ?जादैन के अब सत्ता कब्जा को अभिष्ठ पुरा गर्न लाग्छ ?अन्तिम लडाई लड्छ ?वा शेना अगाडी आउछ ?कि यी दुइ शक्ति फेरी लड्न सुरु गर्छन ?वा कि क्षेत्रीय  र जातीय युद्ध मा देश होम्मिन्छ ?वा कि फेरी २०४७ साल को संबिधान फर्किन्छ ?तर कसरि र कसले सम्हाल्ने त्यस पछी को विषम परिस्थिति ?यस्ता अनुत्तरित र अनिश्चितता को राजनैतिक  चपेटामा  जनता निचोरिएका छन् .

देश लाइ प्रगति र स्थायी  शान्ति को बाटो मा लैजान त्यहाँ बिध्यमान विसंगति लाइ समाप्त  वा परिमार्जित गर्दै यो बाद वा  सिदान्त को बाटो अपनाए लक्ष मा पुगिन्छ भन्ने राजनैतिक बिबाद कहिले शान्ति पुर्बक हुन्छ त कहिले हिंसात्मक अनि कुनै पनि पक्ष ले आफ्नो अनुकुल वा अफ्नो अभिस्ट पुरा गर्न साम दाम दण्ड भेद को नीति नीति लिनु बिस्व राजनीति को बिशेषता नै हो .तर आज सम्म को बिस्व राजनैतिक इतिहास हेर्दा यो ब्यबस्था  नै अकाट्य ठिक वा यो व्यवस्था  नितान्त गलत भन्न सक्ने अवस्था पनि छैन र मिल्दैन पनि अझ भन्ने हो भने कुनै पनि राजनैतिक सिदान्त वा व्यवस्था राज्य संचालन को साधन मात्र हो साध्य होइन जुन समयानुकुल जन भावना अनुरुप परिबर्तित वा परिमार्जित हुदै जान्छ .गुण नै गुण वा अबगुण नै अबगुण भएको राजनैतिक सिदान्त कतै लागु भएको छैन .सम्बन्धित देश को सामाजिक संरचना ,चेतना को स्तर र नेतृत्व बर्ग को दुरदर्शीता ,क्षमता इमान्दारिता   एबम समय को माग मा निर्भर हुन्छ .साम्यवादी व्यवस्था भएको उदयमान नव शक्ति राष्ट्र चिन र ससदीय व्यवस्था (प्रजातान्त्रिक )भएको बिसाल देश भारत को बिच मा रहेको नेपाल ले आफ्नो मौलिक मूल्य र मान्यता ,आफ्नै ऐतिहासिक बिशेषता ,स्वाधिनता र सार्वभौमिकता लाइ कायम राख्दै अगाडी बढ्न कस्तो राजनैतिक  व्यवस्था वा  शासकीय स्वरुप लागु गर्दा ठिक हुन्छ गम्भीर भएर सोच्नु पर्छ .

देश को यस्तो दुबिधापूर्ण अबस्थामा राजनीतक दल र नेतृत्व को बिचमा विवाद भैराखेको अनि देश भने नेतृत्व बिहिन हुन् पुगेको अबस्थामा छ .  (स्मरण रहोस कुनै पनि दल का कार्यकर्ता नेतृत्व बर्ग को पकड मा छैनन् )देश कहाँ पुग्छ कुन तत्व ले कसरि परिचालन गर्छ थाहा नै हुदैन .तसर्थ यस्तो विषमा परिस्थिति बाट देश लाइ सहज र शान्तिपूर्बक निकास दिन देश  भित्र कै अनुभबी कानुनबिद ,प्रशासक र प्रबुद्ध  नागरिक को मुख्य भूमिका र दायित्व हुनु पर्छ  भन्दा अन्यथा नहोला .नेपाल को लागि कस्तो राजनैतिक व्यवस्था ,कस्तो शासकीय स्वरुप र कस्तो संघियता लागु गर्नु पर्छ भनेर सल्लाह सुझाब र दबाब दिन  को लागी राजनैतिक बाद र सिदान्त बाट माथि उठेको र देश र जनता को लागि समर्पित एउटा कुनै भरपर्दो र बिस्वासिलो  निष्पक्ष समुह नदेखिनु बिडम्बना नै मान्नु पर्छ .

देश का पुर्ब  प्रधान न्यायाधीश ,न्यायाधिश ,पुर्ब सभामुख हरु , सासद हरु ,पुर्ब प्रधान शेनापति हरु ,  बरिष्ठ प्रशासक हरु ,पुराना बरिष्ठ पत्रकार हरु को देश प्रति को दायित्व के सरकार ले पदमा आसिन गराएर भत्ता र सुबिधा उपलब्ध गराउदा सम्मको लागि लागि मात्र थियो त ?त्यस पछी सरकारी कोष बाट भत्ता बुझी रहेका वहा हरु जस्तो बरिष्ठ नागरिक को दर्जा प्राप्त नागरिक हरुले  राष्ट्र अप्ठ्यारो मा परेको बेलामा कुनै दायित्व  निर्बाह गर्नु पर्दैन वा जिम्मेवारी बन्दैन ?परिबर्तित अवस्था मा बिबादित बिषय र दल हरु को असमझदारी लाइ नजिक लेराउन पुलको काम गर्न यस्तो बरिष्ठ नागरिक ले चासो दिनु पर्ने होइन ?देश र जनता को चाहना के हो ?त्यसको गम्भीर मुल्याँकन र बिश्लेषण गरि दल हरु लाइ प्रभावकारी तरिकाले सम्झाउने बुझाउने र दबाब दिने एउटा भर पर्दो विद्वत बर्ग वा समुह खोइ ?आज राज्य भिड बाट नियन्त्रित र निर्देशित छ सडक मा मुस्लो न झोसी के जायज के नाजायज सरकार ले बुझ्दै न बुझ्ने सुन्दै न सुन्ने अवस्था सिर्जना भएको छ .राजनैतिक नेतृत्व को नियन्त्रण  बाट बाहिर भै सकेको यस्तो अराजकता लाइ ब्यबस्थित गर्न देश को अनुभबी प्रबुद्ध बर्ग अगाडी आउनु पर्छ .

हामि प्रजातन्त्र र जनाधिकार को निस्चितता को कुरो गर्छौ तर नेपाल मा २००७ र २०४७ मा प्राप्त जनाधिकार को व्यवस्था किन टिकेन ?त्यसको गम्भीर बिश्लेषण र मुल्यांकन गरि दोष लाइ सच्याउने र प्रवृति लाइ परिमार्जित गर्न दल र नेता ले अझै आत्म मुल्यांकन न गरेको अवस्था मा उनि हरु को  आखा खुलाउन प्रबुद्ध नागरिक को गहन भूमिका हुनु पर्छ .गलत सस्कार र मनोब्रिती का नेताहरु  लाइ राजनीति बाट टाढा राख्न शसक्त भूमिका खेल्नु पर्छ .पंचायती व्यवस्था निरंकुस र बिकृतिपूर्ण भयो जन भावना अनुकुल भएन भन्दै ठुलो आन्दोलन गरेर बिस्व कै उत्कृष्ठ संबिधान बनायौ भनियो तर त्यसको  ५ बर्ष पनि नबित्दै   त्यो भन्दा पनि उत्कृष्ठ ब्यबस्था दिन्छौं भन्दै माओबादी ले पीडादायी जन युद्ध सुरु गर्यो .दश बर्षे जन युद्ध सफल वा  असफल के  भएको थियो वा  शसस्त्र हिंसात्मक बाटो परिबर्तित गरि माओबादीले अफ्नो अभिस्ट पुरा गर्न   सम्झौता लाइ हतियार वा माध्यम मात्र बनाइएको हो अझै स्पस्ट भै सकेको छैन 

देश मा जातीय र क्षेत्रीय स्वाधिकार सहित को प्रान्त(राज्य ) को नारा चर्किएको छ .धार्मिकता , जातियता र क्षेत्रीयता को धुवा दार विवाद उठेको छ .यस्तो राष्ट्रिय अस्तित्व नै समाप्त हुने प्रकार को विवाद लाइ अब न त स्वयम माओबादीको एकल सरकार (एकतन्त्रीय निरङ्कुश सत्ता ) न त माओबादी इतर का कथित प्रजातान्त्रीक (ससद बादी )दल हरु वा शेना को कदम कुनै पनि एक पक्ष को हात मा शासन को बागडोर पुगे पनि समाधान सहज हुने अवस्था देखिएको छैन .सबै दल र नेतृत्व प्रति जनता को विश्वास खस्किएको छ .यस्तो अबस्थामा जनता को वास्तविक र बहुमत भावना लाइ समेटी राजनैतिक दल हरु लाइ एक ठाउ एक मत र एक नीति मा एकत्रित गर्न पुर्ब न्यायाधीश ,पुर्ब  प्रशासक, पुर्ब शेनापति पुर्ब  सभामुख पुर्ब सासद बरिष्ठ पत्रकार अनि बरिष्ठ जेष्ठ नागरिक हरुले एउटा मंच निर्माण गरि पुल को काम गर्नु पर्छ .बिध्यमान सामाजिक ,धार्मिक बिकृति लाइ CIVIL ACT बनाइ परिमार्जित गर्ने र सबै बर्ग लाइ राज्य को दृष्टिमा समान छौं भनि आस्वस्त र बिस्वस्त पार्ने काम यो अनुभबी जेष्ठ  नागरिक हरुको सामुहिक प्रयास  बाट हुन् सक्छ . साधारण लेख पढ गरेका भारतीय शेना का पुर्ब सबारी  चालक "अन्ना हजारे "ले पुर्ब कानुन मन्त्रि ,बरिष्ठ कानुनबिद , पुर्ब राजदुत हरु ,बरिष्ठ प्रशासक साथ मा लिएर सामाजिक सेवा लगायत आज बिसाल भारत को भ्रस्टाचार बिरोधि बिधेयक (लोक पाल बिल )बनाएर पेश गर्ने काम को नेतृत्व गर्न सक्छन भने के नेपाल मा कोइ त्यस्तो राष्ट्र प्रति समर्पित र राष्ट्र प्रतिको जिम्मेवारी महसुस ,दायित्व बोध गर्ने इमान्दार पुर्ब न्यायाधिश ,पुर्ब सभामुख ,पुर्ब शेनापति ,पुर्ब प्रशासक,पुर्ब राजदुत , पत्रकार  वा कोइ प्रबुद्ध व्यक्तित्व निस्कन सक्दैन ? के नेपाल आमा ले त्यस्तो सपुत जन्माएकी छैनन् ?यो काल खण्ड मा ?अन्धो समर्थन मा राजनैतिक दल हरु लागि तालि पिट्ने वा दल हरु को कमजोरी र बिकृति  लाइ मौन बसेर देखेको न देख्यै वा सुन्या न सुन्यै गर्ने बरिष्ठ नागरिक हरुको प्रवृतिले "खराबी लाइ "प्रोत्साहित गरि राखेको छ .राष्ट्र को यस्तो  विषम परिस्थिति मा हिजो बिभिन्न पदमा बसेर अनुभब सम्हालेका र सो बापत भत्ता बुझिरहेका समुह ले सामुहिक रुपमा देश को हितार्थ राजनैतिक दल र नेतृत्व लाइ सहि बाटोमा डोर्याउन गहन भूमिका खेल्नु पर्छ .यस्तो समय मा छात्रवृत्ति पाएर विदेश अध्ययन मा आएर स्वदेश न फर्किएका तमाम प्रबुद्ध बर्ग ले पनि अफ्नो दायित्व हमसुस गरि आफ्नो दृष्टिकोण सम्प्रेषण गर्नु पर्छ .पत्रकार रबिन्द्र मिश्र हुन् कि बिज्ञ महाबिर पुन वहा हरु लाइ पछ्छ्याउनु पर्छ .तमासा मात्र हेरेर बस्ने र कुनै योगदान नपुर्याउने ?कोठे गफ र चिन्ता ले के गर्छ ?जब सम्म सतह मा कार्यान्वयन गर्न गर्दैनौ भने ?

बिदेशी नियोग ,आइ एन जी ओ ,वा सरकार को सल्लाह मा नेपाल को राजनैतिक  स्थायित्व ,स्वाधिनता र शान्ति को जग बलियो बन्दैन .नेपाल र नेपाली बलियो बन्दैनन .नेपाली को एकता बिना कुनै पनि नीति सिदान्त वा व्यवस्था टिकाउ हुदैन .तसर्थ इतिहास ले आज देश मा त्यस्तो रास्ट्र प्रेमी स्वाभिमानी इमान्दार र राष्ट्र हितमा समर्पित एउटा निष्पक्ष नेतृत्व को खोजि गरि राखेको छ .जेष्ठ १४ २०६९ पछी को नेपाल को भबिस्य प्रति अनेक शंका आशंका त्रास को कालो बादल छाएको छ .त्यस्तो कालो बादल हटाउन जिम्मेवार नागरिक हरु को समुह अगाडी आइ दल र नेतृत्व हरु लाइ एकसुत्र मा(एउटै टेबुल ) राख्दै उन्नत नेपाल को भबिस्य प्रति आशा जगाउन ठोस र सर्ब सम्मत हुने मार्ग खोज्नु परेको छ.कहाँ छन् राज्य बाट भत्ता खाइ रहेका  जिम्मेवार बरिष्ठ नागरिक ? .


 


समय संगै कानुन र सोच पनि ब्यबहारिक हुनु पर्छ 
शेखर ढुंगेल 

बहु चर्चित श्रीमती गीता ढकाल हत्या काण्ड ले नेपाली समाज एक पटक अकल्पनीय रुपले स्तम्भित भयो .यो हत्या काण्ड बढी चर्चित हुनु मा घटना को  बीभत्सता मात्र थिएन राज्य बाट तलब भत्ता खाने  एउटा संबेदनशिल र जिम्मेवारी पदमा रहेको व्यक्ति अभियुक्त हुनु पनि थियो .साना ठुला सबै संचार माध्यम ले घटना पस्चात अभियुक्त रंजन कोइराला को नानि देखिकै सबै न राम्रो पक्ष लाइ गहन अध्ययन गरेझै बाहिर लेराए .नागरिक दैनिक मा के पि ढुंगाना ले मृतक गीता ढकाल लाइ पर पुरुष सित भारतको  आगरा स्थित प्रसिद्ध .ताजमहल मा देखेको र फोटो समेत खिचेको / भएको खुलासा गरे भने नेपाली पोस्ट का सम्पादक एबम प्रकाशक गिरिस पोखरेल ले "गीता को जस्तो नियति अरु नेपाली  ले भोग्न न परोस "भन्दै लेख मार्फत सहानुभूति संगै पिडा व्यक्त गर्नु भयो .अन्य कोइले अभियुक्त कोइराला ले बाहिर कान्छी राखेको ले जेठी लाइ यातना दिएको भने त कतिले सम्पति कै कारण विवाद र घटना लाइ बल पुर्याएको भनेर लेखेका छन् .

हाम्रो समाज मा बिबिध कारण ले  पारिवारिक मनमुटाव मा हुने त्यस्तो हत्या घटना नया भने थिएन .प्रतिनिधि पात्र र कथा मात्र नया हो .यस्ता पारिवारिक विवाद र  बिभत्स घटना बर्षौं देखि सुनिदै देखिदै आइ रहेछौ .कति  घटना चर्चा मा आउछन कति आउदैनन फरक त्यति मात्र हो .यो बिभत्स हत्या काण्ड को कारक अभियुक्त भए पनि घटना को कारण र पृष्ठभूमि को सुक्ष्म अध्ययन र बिश्लेषण गरि अर्को गीता को हत्या रोक्न वा अर्को रंजन कोइराला जस्तो अभियुक्त  न जन्मियोस भनेर अब हाम्रो समाज मा अबस्थित पारिवारिक वा बैबाहिक जीवन सम्बन्धि पुरानो मान्यता र कानुन लाइ परिबर्तन गर्न ढिला र अनिबार्य भैसकेको छ .गीता हत्या काण्ड ले हाम्रो समाज मा रहेको अनेकौ कानुनी एबम सामाजिक  अबधारणा हरु अबैज्ञानिक वा असफल भएको प्रमाणित गर्दछ र यो काण्ड ले हाम्रो पारिवारिक संरचना र मान्यता लाइ समयानुकुल परिबर्तन गर्नु अनिबार्य भएको समेत संदेश दिएको छ समाज लाइ सचेत हुन् घच्घच्याएको छ  .मुलुकी ऐन लगायत का अशबंडा वा सम्पति को अधिकार का अबधारणा लाइ समेत समयानुकुल परिबर्तन गरि बदलिएको बाताबरण ,मानसिकता अनि सोच लाइ तदनुरुपको व्यवहार मा लागु गर्न वा मान्यता दिलाउन राज्य ले कानुन तर्जुमा गर्ने र समाज का सचेत अगुवा हरु ले सहजीकरण गर्ने नीति लिनु पर्ने अवस्था आइ सकेको देखिन्छ .साथै पारिवारिक वा दम्पती सम्बन्धि बिबाद लाइ  लाइ हेर्ने निकाय एउटै , बैज्ञानिक ,ब्यबहारिक अनि अधिकार सम्पन बनाउनु अप्रेको छ .मुद्धा एउटा  बादी प्रतिवादी एउटै तर एउटै मुद्धा धेरैले हेर्ने वा सरोकार राख्ने बिबादस्पद स्थिति को तत्काल अन्त हुनु जरुरि छ .महिला माथि  पुरुष को हिंसात्मक गतिबिधि को कुरो अशिक्षित वा गरिबी   वा नेपाल जस्तो देश मा मात्र न भएर  संसार मै ब्याप्त छ पुरुष ले  यस्तो  दुर्भाग्यपूर्ण आरोप खेप्नु पर्ने  अबस्थाको पछाडी प्रकृतिले नै ठुलो भूमिका खेलेको छ किन भने पुरुषको शरीरमा त्यस्तो जिन (हार्मोन) हुन्छ जसको कारण महिला भन्दा पुरुष बढी आक्रामक आवेग र निर्णय क्षमता राख्दछन  .महिलामा आक्रामक भावना भए पनि निर्णय गर्ने क्षमता कम हुनाले मात्र हो महिलाले पुरुष माथि आक्रमण नगरेका . .तसर्थ पारिवारिक हिंसाको रोकथाम को लागि समाजमा बिध्यमान बिसंगतिपूर्ण कानुन सोच र परम्परा लाइ परिमार्जित गर्दै ब्यबस्थित गर्नु जरुरि छ .त्यसको साथै बिगत केहि समय देखि देश को राजनैतिक अस्थिरता को कारण जिम्मेवार संयन्त्र पनि आसातित रुपमा क्रियासिल न भएको तर एन जी ओ र आइ एन जी ओ हरु भने समानान्तर सरकार को रुपमा सक्रिय भएको अबस्थाले गर्दा पारिवारिक समस्या लगायत धेरै मुद्धा हरु मा त्यस्ता गैर्ह सरकारी सस्था हरुले अनाबस्यक हस्तक्षेप गरि अर्थ को अनर्थ बनाइ रहेछन .अबैधानिक रुपले राज्यको जिम्मेवारी लाइ आफ्नो हता मा लिने काम भएका छन् .यस्ता सस्था हरुको काम सम्बन्धित बिषय मा शिक्षा दिने सचेतना बढाउने र पिडित पक्ष लाइ कानुनि उपचार को लागि सहयोगी मात्र बन्न सक्छ .पक्ष वा बिपक्ष लाइ बयान लिने ,लिखत गराउने धम्कीदिने काम गर्नु अधिकारकर्मी वा सहयोगी को नाम मा गैर्ह कानुनि काम हो र यो प्रवृति तत्काल बन्द हुनु पर्छ .

सर्ब प्रथम त बयस्क महिला वा पुरुष जो २१   बर्ष नाघेको छ उनि हरुको जीवन सम्बन्धि निर्णय गर्ने उनि हरुको व्यक्तिगत स्वतन्त्रता एबम  अधिकार को पूर्ण सुरक्षा गर्दै निर्णय गर्न स्वतन्त्र छोडी दिनु पर्छ .उनि हरु को व्यक्तिगत स्वतन्त्रता र न्याय को लागि मानसिक वा भावनात्मक असन्तुष्टि लाइ शान्ति मा बदल्न स्वेच्छा ले जो कोइ सित सम्बन्ध राख्न सक्ने कानुन को वा सामाजिक सचेतना  तर्जुमा गर्नु जरुरि छ .हाम्रो समाज का बुज्रुक हरु ले गम्भीर भएर सोच्नु पर्ने के छ भने हिजो बिकृति भनिएको बिषय(महिला ले लगाउने कपडा ,समाज मा घुलमिल गर्ने , पेय पदार्थ पिउने चुरोट पिउने ,डिस्को नाच्ने ,परपुरुष वा महिला सित  घुम्ने(डेटिङ) महिला वा पुरुष मित्र बनाउने प्रचलन सामान्य भै सक्यो अझै भन्नु पर्दा   बिबाह पुर्ब संगै बस्ने वा बिबाह पुर्ब बच्चा समेत जन्माउने आदि ) आज सस्कृति बनि सक्यो . हिजो अस्लिल भनि परिभाषित बिषय( छोटो कपडा लगाउने ,सार्बजनिक ठाउमा  चुम्बन  गर्ने ,मात्र होइन  हुदा हुदा बयस्क चलचित्र  खेल्ने पात्र हरु   समेत समाज मा प्रतिष्ठित जीवन बिताई रहेछन )आज 'शालिन 'भै सक्यो .दम्पति बाहेक का महिला पुरुष सहकर्मी ,सहपाठी को रुपमा मा एक अर्का का घनिष्ठ मित्र को रुपमा सहयात्रा  मा चल्नु पर्ने अनिवार्यता त छदै छ महिला र पुरुष बिच को मतभेद पनि न्यून हुदै गएको छ . समाज लाइ ब्यबस्थापन गर्ने जिम्मेवारी बोकेको राज्य का संयन्त्र ,कानुनबिद ,र अधिकारकर्मी ले गम्भीर भएर  सोच्नु पर्ने  अध्ययन गर्नु पर्ने अनि  मुल्यांकन गर्नु पर्ने कुरो के पनि  हो भने बैबाहिक बन्धन मा बाधिएका महिला वा पुरुष किन परपुरुष वा परस्त्री सित सम्बन्ध राख्न जान्छन ?आफ्नो श्रीमती वा श्रीमान सित सन्तुस्ट हुन् नसक्नु को कारण के हो ? महिला वा पुरुष को गल्ति क्षमा वा सम्झौता लायक छ छैन ?अर्को सोचनीय पक्ष के छ भने आज का नेपाली नारि अवला छैनन् श्रीमान को टाउको मा तबला बजाउन सक्षम भै सकेका छन् .महिला अधिकार को लागि लड्ने मा अब शिक्षित र शहर केन्द्रित महिला मात्र न भएर गाउ गाउ का अशिक्षित भनिएका चेली ले पनि बन्दुक र खुडा चलाउन सिकेका छन्  त्यति मात्र होइन आज समाज मा बिपरित लिंगी मात्र न भै समलिंगी  हरु पनि "दम्पति "को रुपमा बस्ने र सामाजिक न्यायिक मान्यता स्थापित गर्ने प्रयास मा छन् .भोलि समलिंगी दम्पति बिच पनि जन्म घर वा एक आपस ले कमाएको वा संयुक्त लगानी को  सम्पति को बिषय मा विवाद सुरु हुन्छ अझ उनि हरुले पालेका बच्चा को भबिस्य कसरि सुरक्षित राख्ने ? त्यता पनि राज्यले र अधिकार कर्मीले  समय मा नै सोचेर  र तदनुरुप ब्यबहारिक कानुन बनाउनु पर्छ ..

पारिवारिक हिंसाको प्रसंग अनि गीता हत्या काण्ड को सन्दर्भ मा हामीले हाम्रो परम्परागत  सोच र मान्यता लाइ बदल्नु ढिला भैसकेको महसुस हुन्छ  .हिन्दु समाज को परम्परा अनुसार "जीवनभर एक अर्का को साथ रहने विश्वास घात् नगर्ने ,एक अर्का लाइ माया गर्ने पत्नी पतिबर्ता हुने पति ले जीवनभर  उनको पालन पोषण गर्ने विश्वास दिलाई बाचा गरिन्छ" अझ "पति लाइ माइती खलक ले "पाले पुण्य मारे पाप "भनि धार्मिक आस्था र डर दुवै को सम्झना गराइन्छ पनि  तर बिबाह को केहि महिना वा बर्ष पस्चात  दुइ मध्य एक ले बाहिर सम्बन्ध राख्न पुगे वा विचार मिलेन वा अन्य कुनै   कारण बाट   दम्पतिको सम्बन्ध बिग्रियो भने कुनै पक्ष को बाहिर सम्बन्ध भए न भएको प्रमाण खोज्ने तिर वा सामाजिक अबधारणा देखाएर वा जिम्मेवारी र अधिकार को पछि  लागेर दुवै लाइ मानसिक रुपले लामो समय  प्रगाडीत् गर्नु भन्दा अलग्गै बस्न सहयोगी भूमिका खेल्ने बाताबरण तयार गर्नु पर्छ . कुनै त्यस्तो कारण ले एक अर्का प्रति माया विश्वास वा भावना टुट्छ भने त्यस्तो दम्पती लाइ एकै छत् मुनि बस्न कति गार्हो हुन्छ त्यो मनोदशा लाइ सम्बोधन गर्नु पर्छ पुरुष पक्ष लाइ बलियो र महिला पक्ष लाइ कमजोर ठानी पुरुष लाइ  सो सम्बन्ध मा सजाय गरे पनि तितो सत्य त् के छ भने यहाँ घर वा बाहिर कि दुवै महिला पिडित हुने स्थिति छ .यो त् भयो दुइ मध्य एक ले  घर बाहिरसंबन्ध   राखेको कुरो तर पारिवारिक वा महिला हिंसा को कारण त्यो मात्र हुँदैन फरक सोच विचार को कारण फाटेको मन पनि हुन् सक्छ .

दम्पती मा एक  अर्का प्रतिको विश्वास माया र भावनात्मक सम्बन्ध बिग्रे पछी क्षमा वा सम्झौता को को स्वस्फुर्त उपयाहरू सफल हुन् सकेन भने  अलग बस्न ढिला गर्नु हुदैन .र सन्तान भएको अबस्थामा सन्तान को भबिस्य अनि सामाजिक आडम्बर भन्दै जबर्जस्ति साथ रहने जुन नाटक गरिन्छ त्यसले झनै अप्रिय दृश्य समाजमा  देखाएको हुदा त्यो पुरानो सोच मा परिबर्तन गरि समय मिलाएर पाली पालो आमा /बुबा ले भेट्ने संगै राख्ने ममता दर्शाउने बाताबरण बनाउने कानुन र अबधारणा लागु गर्नु जरुरि छ .प्रेम वा मागी बिबाह भयो तर केहि समय पस्चात कुनै कारण ले एक अर्का बाट शान्ति र सन्तुस्टी प्राप्त गर्न सक्दैनन भने सामाजिक वा पारिवारिक आडम्बर लागि  वा कोइ सुभ चिन्तक को रुपमा अगाडी आएको पात्रको कुरो मा लागेर दुबैले आफु लाइ पिडित राख्नु वा बनाउनु  हुदैन र स्वतन्त्र भएर बस्ने वा बस्न दिन सहायक भूमिका एक अर्काले खेल्न सक्यो भने राम्रो हुन्छ .आफ्नो  व्यक्तिगत जीवन को लागि निर्णय आफै गर्नु पर्छ भन्ने सोच लाइ बढावा दिने काम कानुन र अधिकारकर्मी ले गर्नु अनिबार्य छ .बिबाहित दम्पति मध्य जो सुकै एउटा पक्ष ले बाहिर सम्बन्ध राख्नु को अर्थ हुन्छ त्यहाँ" दुइ मध्य एक वा दुवै सन्तोष र सुखी छैनन् "तब कुनै भावनात्मक बहाना बनाएर टुटेको मन संगै रहनु को अर्थ छैन उल्टो अनर्थ मात्र हुन्छ भन्ने कुरो हामीले कैयौ घटना देखेर अनुभब गरि सकेका छौ .सम्बन्ध बिच्छेद पस्चात खास गरि महिला ले सम्मान पुर्बक समाज मा जीवन यापन गर्न पाउने अनि दोस्रो बिबाह गर्न प्रोत्साहित हुने सामाजिक अबधारणा लाइ अगाडी बढाउनु पर्ने भएको छ .जस्तो भनौं न हाम्रो समाज मा पहिले  पहिले "तेरो बाबु को बिहे देखाई दिन्छु भन्थे "अर्थात् दोस्रो बिबाह को कल्पना समेत थिएन वा बाबु वा आमा ले दोस्रो बिबाह गर्नु भयानक अपराध हो जस्तो लाग्थ्यो तर पश्चिमेली समाज मा आमा को वा बाबु को दोस्रो तेस्रो वा चौथो बिबाह मा सामान्य रुपले लिएर सन्तान हरुले  खुसि साथ रमाइलो मान्दै सहयोग गरि राखेका हुन्छन .अब हामी कहाँ पनि त्यो सामान्य बन्दै गएको छ र हामीले मर्यादित बनाउन सक्यौ भने यस्ता दुस्परिणाम मा न्युनिकरण हुन् सक्छ .

आज समाज मा दम्पति बिच मै प्राकृतिक नियम पुरा गर्न लाग्दा एक  पक्ष लाइ अनिच्छा हुदा 'बलात्कार "भयो भनेर  परिभाषित हुदै छ .कैयौ घटना का पछाडी को पृष्ठभूमि अध्ययन गर्दा थाहा हुन्छ हाम्रो समाज मा के कस्ता चलाखी वा मानसिकता ले काम गरि राखेको हुन्छ र कसरि घटना घट्न पुग्छ .परस्त्रीगमन बाट भर्खर घर फर्केको पुरुष को अनिच्छा अनि कामाग्नी महिला ले आफ्नो  इच्छा लाइ परिपूर्ति गर्न खोज्दा आफु लाइ बलात्कार गरेको उजुरी गर्ने पुरुष हुन् वा परपुरुष सित कामइच्छा पुरा गरि साझ घर फर्केकी महिला सित पतिले धर्म निभाउन खोज्दा पत्नी ले आफ्नो   इच्छा बिरुद्ध हुनु बलात्कार हो भन्दै उजुरी गर्नु यस्तो अबस्थाको मनोबैज्ञानिक बिश्लेषण र बिबेचना गरि अब कानुनि उपचार र सामाजिक अबधारणा मा परिबर्तन गर्नु पर्छ . पछिल्लो दुइ  दशक देखि नेपाल मा पनि महिला अधिकार को अभियान /आन्दोलन शसक्त रुपमा उठेको छ .तर केहि बिडम्बना पनि देखिदैछ  एकातिर.राज्यको दृष्टिमा महिला र पुरुष लाइ समान मूल्य र मान्यता को स्थान मा राखियोस भनिन्छ अर्को तिर अबैज्ञानिक र अव्यबहारिक माग पनि उठेको छ .एउटा उदाहरण हेरौ आज महिला अधिकारकर्मी समुह श्रीमान वाट पाउनु पर्ने सम्पति को हक र अधिकार को अलावा माइती पक्ष वाट पनि छोरा हरु सरह नै सम्पतिको हक लाग्नु पर्छ भनि आक्रामक भएर लागेका नै छन् .यो प्रवृति ले के संकेत गर्छ भने हाम्रो सामाजिक र पारिवारिक संबन्ध मा पीडादायी चिरा बढी रहेको छ .दिदीबहिनी र दाजु भाइ को मधुर संबन्ध मा पनि तुषारा पात हुने मात्र होइन त्यो संबन्ध पनि हिंसात्मकरुपमा अगाडी बढ्दै छ .जिम्मेवारी वाट बिमुख र अधिकार को लागि हाम्रो पारिवारिक संबन्ध मा चिसोपन बढ्दै छ .तसर्थ राज्य ले सम्पति को आधिकारिता सम्पति जोड्ने को मात्र हुने र अंश बन्डा वा वितरण पनि अधिकार प्राप्त व्यक्तिको स्वेच्छा मा छोडिदिनु पर्छ .बाउ आमा को सम्पति मा स्वत छोरा वा छोरी जाने नीति नियम कानुन  गर्नु पर्छ .र दम्पतिको हक मा समेत दुवै को आम्दानि को स्रोत पारदर्शी बनाएको मा कमाउने को हक लाग्ने नियम बनाउनु पर्छ .सन्तान भएको अवस्था मा उनीहरुको हेरचाह र शिक्षा व्यहोर्न सक्ने भए कमाइ हेरेर  अन्तरास्ट्रिय अबधारणा अनुरुप बाबु वा आमा को दायित्व अन्यथा २१ बर्ष न पुगुन्जेल शिक्षा स्वास्थ्य आदि को जिम्मेवारी सरकार ले लिनु पर्छ .यहाँ बच्चा को भबिस्य भन्दै टुटी फुटी  सकेको मन पनि  जबर्जस्ति  संबन्ध वा नाता जोडेर बस्नु पर्दा नै यस्तो अप्रिय घटना का शृंखला हरु भएको तथ्य लाइ राज्य ले सम्बोधन गर्नु पर्यो .बिध्यमान मा सर्बोच्च अदालत को प्रतिबेदन अनुसार ८०% मुद्धा सम्पति को अंश बन्डा ,वा घर जग्गा को स्वामित्व सम्बन्धि छन् .कतिपय अंश बन्डा का मुद्धा हरु पीडक वा पिडित को मृत्यु पस्चात मात्र टुंगो लागेको जल्दो बल्दो समस्या र झन्झट लाइ  लाइ राज्यले आधुनिक प्रविधि र परिभाषा प्रयोग गरि सहज बनाउनु पर्छ .

प्रविधि को बिकास संगै हाम्रो  सामाजिक सोच र मान्यतामा परिबर्तन आएको छ जुन राज्य वा कुनै पक्ष ले न रुचाउदा पनि रोकिने होइन . यो यथार्तता लाइ बेलैमा महसुस गरि ब्यबहारिक र  छिटो छरितो  कानुन  को तर्जुमा गर्नु पर्छ .२१ बर्ष उमेर पुगेको महिला वा पुरुष लाइ उनि हरुको जीवन लाइ आफु खुसि स्वतन्त्र निर्णय गर्न दिनु पर्छ .यस्तो बिषयमा सरकार , नागरिक समाज वा अधिकारकर्मी हरुले समय मा नै  सक्रियता देखाउनु पर्छ .माथि उल्लेख भए झैँ हिजो जुन कुरो बिकृति भनिन्थ्यो वा लाग्थ्यो आज सस्कृति भै सक्यो हिजो को अस्लिलता आज शालीनता मा रुपान्तरित भै सक्यो भने राज्य ले सोच्नु पर्छ यस्ता बिषय मा राज्य स्वयम संबेदनशिल हुनु पर्छ अनि मात्र यस्ता दुखद घटना हरु नियन्त्रित वा  न्युनिकरण हुदै जान्छ.




.

 “चेतनसिल “ नागरिक बिना देश बन्दैन
शेखर ढुंगेल
मानब सभ्यता को इतिहास आलेख ले अहिले २१ औं शताब्दी भनेको छ र इश्वी सम्बत भन्दा हामि नेपाली  ५६ वर्ष अगाडी छौ .जस्लाई हामि मानब सभ्यता को पछिल्लो उच्च अवस्था भन्दै कतै गर्ब त् कतै शर्मनाक पनि महसुस गर्दै छौ .भन्न त् भन्छौं आज को चेतनसिल समाज तर अफ्रिकी देखि नेपाल सम्म का  दर्जनौ देश हरु का  कथा व्यथा पीडा का समाचार सुन्दा लाग्दछ हामी अझै आदिम युगी क्रूरताकापूर्ण मानसिकता भन्दा अगाडी बढ्न सकेका छैनौ .प्रविधि को बिकास वा उपभोग मात्र लाइ सभ्यता भन्न मिल्दैन .सभ्यता त् मानबिय सस्कार र  ब्यहबार हो .यसरि हेर्ने हो भने गौतम बुद्ध र जिसस क्राइस्ट भन्दा पछाडी अर्को सभ्य मानब  जन्मेको अनुभूति नै हुदैन .यी दुइ महामानब भन्दा बाहेक अरु सबै ले स्वार्थ चतुर्याई धुर्त्याई मात्र सिकाए र जसको हात मा शक्ति थियो उसले आफु अनुकुल इतिहास लेखायो र लेखाउने क्रम नियमित छ .जघन्य अपराध र क्रुरता लाइ न्याय को लडाई  भन्ने बिडम्बनापूर्ण मानसिकता ले संसार अझै पिडित छ ग्रसित छ .
२१ औं शताब्दी को चेतन सिल समाज वा संसार ?एउटा ढोंग र पाखण्ड मात्र हुन् पुगेको देखिन्छ . .अफ्रिकी राज्य केन्या देखि नेपाल सम्म बोक्सी को आरोप मा जिउदै जलाउने नांगै घुमाउने मल मुत्र खुवाउने क्रम रोकिएको छैन .ल यी त् भए व्यक्तिगत अबचेतनाका घटना तर बिस्व लाइ हेरौ आज को बिस्व राजनीति “धार्मिक “मतभेद को युद्धमा चुर्लुम्म डुबेको छ .बिस्व का दर्जनौ देश जातीय विवाद र युद्ध ले रगत मा डुबेका छन् .जातीय विवाद मा तेरो र मेरो अधिकार र अंश को लडाई लाइ मानबिय मूल्य भन्दा माथिल्लो स्थान दिएका छन् के यहि हो त् चेतना र सभ्यता ?हाम्रो जस्तो देश अनि आज को अवस्था लाइ हेर्दा डा .प्रा . प्रमाण पात्र धाराक व्यक्तित्व हरु समेत जात र धर्म को पक्ष बिपक्ष को नेतृत्व गरि नागरिक हरु मा बिभाजन लेराउने खेल मा सम्मिलित हुनु दुखद र बिडम्बनापूर्ण हो .”चेतनसिल र सभ्य “ को मर्म लाइ बुझ्ने हो भने स्वामी बिबेकानंद ले भन्नु भए झैँ “मानब सेवा भन्दा ठुलो अर्को  धर्म छैन “र स्त्री र पुरुष भन्दा अर्को तेर्सो जात छैन “हामीले अझै बुझ्न सकेका छैनौ अनि कसरि  हामि चेतनसिल ?सभ्य ?”समान मानबिय मूल्य र मान्यता “को सोच एबम चेतनसिलता लाइ एकातिर पन्छाएर हामि  जातिगत विशेषाधिकार भन्दै लडी राखेका छौ जुन बास्तबमा २१ औ शताब्दी मा हाम्रो समाज को कलंक साबित हुदैछ .
संसार को इतिहास हेर्यौ भने जुन सुकै बिकसित  देश त्यहाका मिहिनेती ,कर्तव्यनिष्ठ ,इमान्दार नागरिकको उदाहरणीय सोच र ब्यबहार अनि सृजनात्मक कार्य योजना बाट मात्र बनेको देखिन्छ .चेतनसिल एबम इमानदार नागरिक न् भएको देश मा नै शासक असफल र बदनाम पनि  भएको देखिन्छ .देश बनाउन सकारात्मक सोच भएका नागरिक को बाहुल्यता र एकता चाहिन्छ नेता होइन . आज को दिन सम्म हाम्रो देश का नागरिक हरुले रास्ट्र प्रतिको आफ्नो जिम्मेवारी महसुस गर्न सकेका छैनन् भन्ने कुरो को प्रमाण देश को बर्तमान अस्तव्यस्त अवस्था ,बढ्दै गएका अमानबिय एबम अपराधिक घटना हरुले देखाई नै रहेको छ .आलोचना र बिरोध को बिबिध नकारात्मक रुप मात्र हाम्रो सस्कार बन्यो तर सहयोग र सदभाब को चेतनासिल हावा हाम्रो मन मस्तिष्कमा पस्न सकेको छैन र हामि झनै उल्टो बाटो ,उल्टो क्रुरतापूर्ण ब्यबहार प्रदर्शन गर्न मै उत्साहित र प्रोत्साहित भै राखेका छौ .जसले हाम्रो अब्चेतना  वा अपरिपक्वता प्रमाणित गर्दै छ .
जब सम्म प्रत्यक नागरिक मा देश सबै को साझा हो. सबै ले  बिना भेदभाव समान अवसर पाउनु पर्छ .देश प्रति सबै को समान दायित्व छ .सामुहिक भावना र एकता वाट मात्र देश को अस्तित्व कायम राख्न ,शान्ति बहाल गर्न र समय साक्षेप राजनैतिक अपेक्षा पुरा हुन् सक्छ भन्ने तर्फ ध्यान आकर्षित हुँदैन तब सम्म शासक वा नेतृत्व वा व्यवस्था वा बाद लाइ मात्र दोष दिएर वा च्याप्न खोजेर केहि हुन्न .जब हामि स्वयम गलत नेतृत्व को चयन गर्छौ अनि नेतृत्व लाइ दोष दिनु को के अर्थ ?आज को अबस्था मा हाम्रो समाज का नागरिक ले गम्भीर भएर सोच्नु पर्ने भएको छ कि “ बिबिध जन जाति ,भाषा धर्म (आस्था )रास्ट्र को साहित्य ,संगित ,सस्कृति अनि परिचय दिने सुगन्धित रंगी बिरंगी फुलहरु हुन् “अब यसमा बिषाक्त मलजलहाली दियो  वा भडकाउने जलप (मानसिकता )ले रंग्याई दियो भने “मानब सभ्यता कै “कलंक “बन्ने सम्भाबना पनि हुन्छ .जातीय वा धार्मिक युद्ध व्यहोरी सकेका वा व्यहोरी रहेका अन्य राष्ट्र वाट हामीले पाठ सिक्न सक्ने क्षमता राख्न सक्नु पर्छ .
निस्चय नै यो एउटा गहन र गम्भीर प्रश्न हुन् सक्छ के हो त् चेतना अनि सभ्यता ?यसको परिभाषा त्यति सजिलो र सहज पनि छैन .तर एउटा चेतनसिल वा सभ्य मानिस को सोच  र समझदारीपूर्ण ब्यबहार ले समाज मा सधै उदाहरणीय सकारात्मक पक्ष लाइ को बाटो देखाई रहेको हुन्छ .छोटकरीमा भन्नु पर्दा “आफ्नो कारण ले अरु लाइ दुख बाधा असुबिधा नहोस “भन्ने सोच र ब्यबहार नै चेतना र सभ्यता हो .समाज का बुज्रुग हरु भन्ने गर्थे सिंह र सर्प जस्ता खतरनाक भनिएका प्राणि पनि बिहान सबेरै सुर्य नारायण को प्राथना गरि आशिर्बाद  माग्ने गर्छन रे “हे सुर्य भगवान हिजो जस्तै आज पनि कुनै मनुवा को अगाडी पर्नु नपरोस “त्यस्तै सोच प्रत्यक मानिस (नागरिक )ले पनि बनाएर “हे भगवान आज दिनभर मेरो कारण ले अर्को मानिस लाइ कुनै दुख बाधा र असुबिधा भोग्नु नपरोस “भन्ने र ब्यबहार मा देखाउने हो भने चेतना र सभ्यता त्यहि नै हुन्छ यस्तो सोच भएका नागरिक हरुको बाहुल्यता भए पछी  समाज मा स्वत ‘सहयोग र  सदभाब “को व्यवहार लागु हुन्छ .भ्रस्टाचार ,अनियमितता ,भेदभाब अनैतिकता ढिला सुस्ती आफै हट्छ .जिम्मेवारी  बोध हुन्छ र तदनुरुप काम हुन्छ .हामीले भन्ने गरेको सभ्य समाज  वा देश पनि यस्तै सोच भएका नागरिक हरुको बाहुल्यता ले नै बनेका हुन् .
चेतना र सभ्यता को ब्यापक परिभाषा गर्नु पर्दा ठुलै किताब तयार हुन् पुग्छ तर हाम्रो देश को सन्दर्भ र आज को आबस्यकता  लाइ जोडेर साधारण उदाहरण देखाउनु पर्दा “शहर बजार मा अफ्नो घर निर्माण गर्दा पैदल यात्री लाइ असुबिधा हुने गरि ढुङ्गा माटो इँटा राख्नु गलत हो ,सडक मा टायर बाल्नु सडक अबरोध पुर्याउनु हुन्न ,रास्ट्रीय वा व्यक्तिगत सम्पति मा क्षति पुर्याउन हुन्न ,अरुको व्यक्तिगत मामिला मा अनाबस्यक हस्तक्षेप गर्नु हुन्न अरुको सम्पति लुट्न हुन्न  ,देश को नीति नियम कानुन को मर्यादा गर्नु पर्छ रास्ट्र सेवक हरु लाइ इज्जत दिनु पर्छ भन्ने देखि नैतिकहीन राजनीति गर्नु हुन्न ,झुठ र भ्रम मा जनता लाइ पार्नु हुन्न ,राजनीति भनेको देश निर्माण गर्न राष्ट्रिय एकता रास्ट्रीय स्वाभिमान कायम राख्नर नागरिक लाइ सुबिधा ,सुख दिनु भन्दा अरु स्वार्थ राखेर खेलिने खेल हुनु हुन्न भन्ने सोच को विकास र व्यवहार हुनु पर्छ भन्ने  नै हो .हामीले चुन्ने नेता अफ्नो बिबेकले खाएको राष्ट्र प्रति बफादार छ कि  छैन मुल्यांकन गर्न सक्ने नागरिक आज को आबस्यकता हो .गणेश प्रवृति त्याग्नु पर्छ आफ्नो योग्यता र क्षमता ले पाउने भन्दा अरुको भाग खोसेर खानु हुन्न भन्ने सोच भएको नागरिक आज को आबस्यकता हो .आफ्नै योग्यता र क्षमता मा निर्भर आर्जन मा सन्तोष रहने नागरिक आज को आबस्यकता हो .भ्रस्ट आचरण लाइ त्याग्ने र घृणा गर्ने बहिस्कार गर्ने  चेतना भएको नागरिक आज को आबस्यकता हो
चेतनसिल र सभ्य नागरिक ले हमेशा आफ्नो मुल्यांकन अरुको आखा बाट गरिरहेको हुन्छ .अरुको चाहना बिपरित आफु ले आफै लाइ प्राथमिकतामा राख्नु गलत हो भन्ने बुझेको हुन्छ .आफ्नो योग्यता र क्षमता को मुल्यांकन गर्न चेतनसिल नागरिक सक्षम हुन्छ त्यसैले आफु भन्दा योग्य र क्षमता को उसले हमेसा आदर र सम्मान गर्छ .समाज लाइ अगाडी बढाउने आधार पनि यहि हो .योग्यले उचित स्थान मा अवसर पाउनु पर्छ भन्ने मान्यता राख्दछ र योग्य को भाग खोस्न तिकडम गर्नु हुदैन भन्ने चेतनसिल नागरिक को सोच हो .
आज नेपाल छटपटाई रहेको छ चेतनसिल बिबेकसिल र सभ्य नागरिक को अभाब मा ,हामि समाज र राष्ट्र प्रतिको जिम्मेवारी भन्दा व्यक्तिगत, पारिवारिक र समुह को स्वार्थ केन्द्रित सत्ता र शक्ति को लागि लडी राखेकाछौ समाज लाइ गुट उपगुट मा बिभाजन गरि राखेका छौ जुन राष्ट्रहित  बिपरित हुन् पुगेको छ . डा .प्रा .बिबिध पक्ष का बिज्ञ हरु जस्लाई राष्ट्र को चेतनसिल पक्ष मानिन्छ जो राष्ट्र का गौरबशाली सम्पति पनि हुन् उनि हरु अहिले कि त् चुप चाप छन् कि त् कुनै गुट वा समुह लाइ भडकाउन व्यस्त छन् .राष्ट्र प्रतिको उत्तरदायित्व बहन गर्न सचेत भएको पाइएको छैन .तसर्थ चेतनसिल जिम्मेवार नागरिक उत्पादन गर्न जापान ले ७ दशक अगाडी नै अपनाएको वा लागु गरेको जस्तो  CIVIC   SENCE  ACT. बनाएर लागु गर्नु ढिला र अनिबार्य भै सकेको छ .




-

आडम्बर नै हो दुख को सागर 
शेखर ढुंगेल

मानबिय स्वभावत उसको आबस्यकता इच्छा अनि महत्वाकांक्षा का उडान लाइ उचाई दिने क्रम मा अगाडी बढ्दै गर्दा "No point to return "जस्तो अहम्ता वा आडम्बरी भावना ले मन मा दरिलो स्थान ओगट्न पुग्छ .जुन भावना मन मा गढे पछी मानब लाइ हमेशा दुख ,अभाब महसुस गराउने वा जीवन नै अपूर्ण भयो भन्ने मानसिकता ले ग्रस्त पार्दछ .अनि अनेक बिकृति र सम्झौता को सहारा मा जीवन लाइ अगाडी बढाउन प्रेरित गरि राखेको हुन्छ .

संसार मा प्रचलित उपभोगता बादी सस्कार र होडबाजीले आडम्बर लाइ प्रोत्साहित गरि राखेको छ .समाज मा भएको मानबिय जीवन को बर्गिकरण अनि उच्चस्थ हरुले भोगेका सुबिधा उनि  हरु को जस्तो शालिन एबम शौखिन जीवन को अनुशरण र प्रतिस्पर्धा गर्ने  रहर अनि रहर पूर्तिका लागि आफ्नो योग्यता र क्षमता ले न् भ्याए पनि सहयोग ,ऋण ,सापटी लाइ सहायक बनाउदै अगाडी अगाडी बढ्ने मानब स्वभाब उसैलाई थाहा हुदैन कहाँ पुग्ने ?के कस्तो सम्झौता गर्ने ?आकांक्षाका सिढी हरु चड्दा चड्दै समय ले यसरि कोल्टे फेरी सकेको हुन्छ की प्राप्त उपलब्धि लाइ  प्रयोग वा उपयोग गर्न न् सक्ने अबस्थामा पुर्याई सकेको हुन्छ .आफ्नो क्षमता र स्रोत भन्दा बढी को अपेक्षा र आडम्बर  प्रदर्शन गर्ने मानसिकता ले जीवन भर अपूर्णता र संकट मात्र निम्त्याई राखेको हुन्छ .

मानब स्वयम ले सिर्जित सबै भन्दा ठुलो चिन्ता र दुख उसले बोकेको "मैले आर्जे "मैले कमाए " "म ठुलो भए " भन्ने भ्रम नै हो .त्यहि भ्रम ले मानब को मन मस्तिष्कमा हमेशा त्यति नै तल झरिन्छ की भन्ने त्रास ले सधै सताई रहन्छ .जति माथि पुगे भन्ने भावना मन मा बिकसित हुन्छ त्यतिनै तल झर्ने चिन्ता पनि तसर्थ यस्तो चिन्ता र दुख बाट मुक्ति पाउने उत्तम उपाय "आडम्बर को परित्याग "नै हो .बास्तबमा मानब ले बुझ्नु पर्ने साधारण कुरो के भने जसरि प्रत्यक नया बिहान एउटा नौलो मुस्कान लिएर आउछ त्यसै गरि प्रत्यक साझ एउटा अध्यारो र सुस्तता बोकेर पनि  आउछ .हो त्यसै गरि उपलब्ध "अभिस्ट "पनि अर्को  दिन न् बित्दै  मुल्यहिन बन्छ र फेरी  अर्को "अभिस्ट "को चाहना मा दौडिने मात्र होइन उपलब्ध "अभिस्ट "को रक्षार्थ त झन चिन्तित बन्छ .यहि मानबिय स्वभाब ले गर्दा नै मानब सधै अपूर्ण रहेको हो .अभाब महसुस गरि दुखि रहन्छ .

बिस्व मा असाधारण निर्णायक क्षमता भएका मानब हरु कम जन्मिन्छन .जो अन्य आम मानिस भन्दा फरक थिए र हुन्छन .मानब सृष्टि को निरन्तरता कायम रहे सम्म उनि हरुको नाम उदाहरण बनेर रहन्छ .जसले 'पद र प्रतिष्ठा को आडम्बर लाइ तिरस्कार गरि आफ्नो जीवन लाइ समस्त मानब जीवन को सेवा र उद्धार को लागि समर्पण गरे .महात्मा गौतम बुद्ध ,महात्मा गान्धी ,स्वामी बिबेकानंद जस्ता मानब नक्षत्र हरु जो महा मानबको श्रेणी मा पर्दछन .उनि हरु को उद्गार र जीवन् सैली  लाइ अनुशरण गर्नु सुखमय जीवन को लागि अनिबार्य छ .

सामान्य मानब सधै "आडम्बर "बाट पिल्सिएको हुन्छ .आडम्बर कै रक्षा को लागि उसले धुर्त ,भ्रस्ट ,कपटी ,बाटो अबलम्बन गर्छ .मानबता बिरुद्ध को काम गर्छ .सदाचार ,सदभाब ,सहयोग अनि सत्य र त्याग बाट बिमुख भै लालची बन्छ .अपराध गर्छ र जीवन को अन्तिम पर्दा बन्द नहुन्जेल सम्म  अपूर्ण र अभाब भावना  ले ग्रस्त हुन्छ .आडम्बर बाट मुक्ति र सुख प्राप्ति को लागि त्याग र सन्तोषी भावना नै प्रमुख मार्ग हो .जब आडम्बर ,द्वैष र इर्श्या त्यागेर मानब सत्य को बाटो अबलम्बन गर्छ मानबता ,सत्यता ,सदाचार ,सदभाब ,प्रेम, दया बाड्न थाल्छ अनि सदाको लागि "तल झर्छु " की भन्ने चिन्ता बाट मुक्त भै माथि उठ्छ .

यो यथार्तता बाट मानब अनभिज्ञ पनि छैन की "मानिस को जीवन कहिल्यै पूर्ण हुँदैन केहि न् केहि को अभाब ,केहि न् केहि को दुख र चिन्ता ले कसैलाई छोड्दैन .साधारण मानब को त के कुरा  राजा महाराजा र अथाह सम्पति का मालिक हरु का कथा व्यथा बाट स्पस्ट हुन्छ की कोइ यहाँ पूर्ण हुँदैन मानब यदि पूर्ण हुदो होत सायद भगवान को अस्तित्व कायम रहन्न थियो होला .जीवन को चक्र लाइ एकछिन यसरि हेरौ त "कुनै बेला एक छाक टन्न मासु भात खाने रहर बोकेको मान्छे प्रगतिको पहाड चड्दै जब सिंगै खसी काटेर अरु लाई  भोज खुवाउने लहड गर्न सक्षम बन्छ त्यसै बेला डाक्टर  ले उसलाई खसीको मासु (रातो)  खान निषेध गरेको पर्ची र औषधि थमाई सकेको हुन्छ .जुन बेला एउटा मानिस निर्धक्क र निडर भएर सडक मा मिठो सपना बोकेर मस्त निदाउने गर्थ्यो .त्यहि मानिस सुन को पलंग उपयोग गर्ने क्षमतावान बन्न पुग्दा निन्द्रा नलागेर छट पटाई रहेको हुन्छ .मानब जिन्दगीभर कुनै निश्चित पद प्रतिष्ठा वा सम्पतिको मात्र स्वार्थ राखेर कुद्छ कुद्छ अनि जब सो प्राप्त हुन्छ त्यसै बेला पद फुस्कने ,सम्पति घट्ने चिन्ता ले ग्रस्त बन्छ ."समय" र "सम्पति"यी दुइ यस्तो चिज हुन् जो जस्तो सुकै मै हु भन्ने शक्तिशाली व्यक्ति ले  मुठ्ठीमा राख्न सक्दैन .कुन बेला आउछ र कुन बेला जान्छ पत्तै हुँदैन र सधै कसैको साथ मा पनि बस्दैन ..

मानब ले अफ्नो उचाई कायम राख्न सेवा ,सत्य ,सदभाब ,प्रेम ,क्षमा ,सहयोग र त्याग को बाटो र ब्यबहार अपनाउनु नै सुखमय जीवन को गन्तब्य हुन् जान्छ ."आडम्बर र आशक्ति "ले झुठ ,बिकृति, असन्तोष ,चिन्ता र दुख लाइ मात्र सहयोग पुर्याउछ .शान्तिका अग्रदुत महात्मा गौतम बुद्ध दरबार को आडम्बर त्यागेर सामान्य मानब जीवन मा झरेर समस्त मानब को सुख र शान्ति को लागि अफ्नो जीवन लाइ परित्याग गरेकै  कारण सधै सधै सधै को लागि माथि उठी महा मानब बनेका हुन् .महात्मा गान्धी टाई सुट को रवाफ लत्याएर देश भक्ति को लागि जीवन परित्याग गरेकै कारण महान बनेका हुन् .को के थियो र कहाँ पुग्यो हिसाब हेर्ने हामी को हौ ?कसको के थियो ? कसले के लिएर गयो र म के लिएर जान्छु ?यो ख्याल गर्नु पर्छ  .

आडम्बरी जिवान् सैली र ब्यबहार लाइ समाज ले सधै नकारात्मक रुपले हेरेको हुन्छ .जस्तो भनौ एउटा नेता वा प्रशासक पद मा रहुन्जेल राज्यले जुन सुबिधा दिएको हुन्छ सेवा निवृत भए पछी पनि त्यहि पद र सुबिधा को आडम्बर कायम राख्न अनियमित तरिकाले अर्थात् भ्रस्टाचार गर्नु पर्ने हुन्छ .समाज लाइ उसको हैसियत त् थाहा नै हुन्छ .आडम्बर त्यागी आफ्नु हैसियत अनुसार को जीवनसैली मा समाज मा घुलमिल गर्ने को त् समाज ले झनै आदर सम्मान नै गर्छन .अनि अनियमितता गर्ने को जस्तो कुन बेला कानुन को फन्दा मा परिने हो भनि आत्मबल लाइ निहुर्याएर चिन्तित हुनु पनि पर्दैन .

सुख एबम मन को शान्ति को लागि जीवन मा आफ्नो क्षमता अनुसार को सन्तुलन कायम गर्न  आडम्बर र अहम्ता को त्याग गर्नु अनिबार्य  छ .जीवन लाइ सन्तुलित गर्न महात्मा गौतम बुद्ध को केहि महान शन्देस लाइ स्मरण गर्नु उचित हुन्छ "स्वास्थ्य जीवन को सबै भन्दा ठुलो उपहार हो ,सन्तोष सबै भन्दा ठुलो सम्पति हो र बफादारी सबै भन्दा सुमधुर सम्बन्ध हो " "जो सित जे छ त्यहि बताओस बढाई चढाई न् बताओस र अर्का को इर्श्या न् गरोस " "जो सित जति धेरै आशक्ति(आशा र चाहना ) छ उसको त्यतिनै धेरै दुख र संकट हुन्छ "

मानब जीवन को अर्को सत्य के हो भने सबै आ आफ्नै प्रकार  र श्रेणी का अभाब  बोकेर हिडेका हुन्छन .सृंखलाबद्ध हेर्ने हो भने जब मानिस को भोक प्यास र शारीरिक भौतिक सुख पुरा हुन्छ चिन्ता बढ्छ त्यसको सुरक्षा को जब सुरक्षित अबस्थामा पुग्छ उ प्रेम को भोको हुन्छ (बुबा ,मुमा ,श्रीमान /श्रीमती ,बाल बच्चा ,आफन्त मित्र आदि )त्यस पछी अर्को भोक सुरु हुन्छ उसको "आत्म सम्मान ,बर्चस्व वा प्रतिष्ठा को यी सबै भोक पुरा भयो भने त्यस पछी मानिस मा "आत्म सिद्धि" को भोक जाग्छ यसरि सम्पूर्ण जीवन चक्र अपूर्णता मै बित्छ तसर्थ झुठो आडम्बर बोकी दुख को सागर मा डुबुल्की मार्नु  भन्दा आडम्बर त्यागि समाज मा  सदाचार , सदभाब ,प्रेम ,सहयोग को हात  बढाएर 'सन्तोष "लिन सक्नु मा नै जीवन सार्थक हुन्छ .



No comments:

Post a Comment