Pages

Thursday, February 14, 2013


" गर्न नहुने केहि काम "
शेखर ढुंगेल 
मानिसहरु जीवन यात्रा को क्रम मा जानेर वा नजानेर यस्तो काम पनि गर्न पुग्दछन जसको कारण ले आफ्नो  निजि जीवन को लक्ष प्राप्तिमा बाधा पुग्न जान्छ .बाटो अल्मलिन्छ .वा अबरुद्ध हुन् पुग्दछ .नगर्नु पर्ने त्यसता काम हरुको लामो सुची नै हुन् सक्दछ तर मानिस ले दैनिक रुपमा आइ पर्ने त्यस्ता काम नगर्न  वा सोच लाइ बढावा नदिन सचेत हुनु आबस्यक छ .कतिपय मानिस हरुको  स्वभाव नै  सकारात्मक हुन्छ .सकारात्मक सोच का मानिस हरु दुख ,नोक्सान आइ पर्दा पनि शान्त र सुखिनै रहन सक्ने क्षमता का हुन्छन् .दुख साथ भन्नु पर्दछ समाजमा त्यस्ता स्वभाबका मानिसहरु छन्  जो नकारात्मक सोच र कार्यशैली लाइ आफ्नो सफलताको बाटो बनाउने गर्दछन. जसले गर्दा हमेशा विवाद, तनाब ,दुख एबम अशान्तिको भारी मात्र बोक्छन र अन्तमा जीवन असफल बनाउदछन् .सुकरात ले आफ्ना शिष्य लाइ सफलता को रहस्य बताउदै भानु भएको थियो "सफलता को लागि मानिस यसरि नै लाग्नु पर्दछ जसरि हरपल मानिस स्वास लिन चाहन्छ ".

बौद्ध धर्म गुरु दलाइ लामा भन्नु हुन्छ "मानिसको जीवन आज को  दिन र अर्को दिन जस्तै हो एउटा साथी छुट्छ अर्को भेटिन्छ एउटा दिन सकिएर अर्को दिन आए जस्तै एउटा विश्वास मरेर अर्को आशा पलाए जस्तै " अर्थात् समय सधै एउटै हुदैन आज को दुख भोलि सुखमा बदलिन्छ आज को सुख भोलि दुख मा बदलिन्छ . संसार मा जन्मने प्रत्यक व्यक्तिको केहि न् केहि लक्ष हुन्छ. व्यक्तिको उमेर ,समय  र तत्कालीन सामाजिक बाताबरण अनुसार लक्ष को प्रकार फरक फरक हुन्छ .भनौ एउटा बिद्यार्थीको लागि उच्च अंक लेराएर परीक्षामा  उत्कृष्ठ हुनु तत्काल को ठुलो र महत्वपूर्ण लक्ष हुन्छ भने एउटा ब्यबसायीको लागि अधिकतम मुनाफा नै लक्ष हुन्छ .त्यसतै एउटा राष्ट्र सेवक को लक्ष सम्बन्धित सेवा को उच्च तहको पद  सम्म पुग्ने हुन्छ.  तर मानिस ले आफ्नो लक्ष मा बिचलित हुनु हुदैन र  लक्ष प्राप्तिको लागि व्यक्तिमा योग्यता प्रतिबद्धता लगन धर्यता समय र आफ्नो मानसिक उर्जा  जस्ता महत्वपूर्ण बिषय मा ध्यान दिनु आबस्यकता पर्दछ .त्यसको बाबजुद आफ्नो लक्ष प्राप्ति को लागि मानिस ले  केहि निम्न उल्लेखित कार्य नगरेमा मात्र पनि लक्ष प्राप्ति वा व्यक्तित्व विकास गर्न ठुलो सहयोग पुग्दछ .आफ्नो लक्षित उदेश्य पुरा न् भए पनि मानिस दुखि हुनु पर्दैन .

एक -अरुमा भर पर्ने काम नगर्ने 
कुनै उदेश्य प्राप्तिको लागि अरुमा भर पर्ने काम जीवन को सबै भन्दा पीडादायक हुन्छ .नीति शास्त्री चाणक्यले ले भनेका छन् "अरुमा भर पर्नु जस्तो दुख अरु केहि हुँदैन ".धेरै मानिस हरु शुरु गरेका राम्रा र असल काम वा सफल हुने काम पनि अरुको कारण ले बिग्रेको वा असफल भएको देखिएको छ .हाम्रो समाज मा कहावत नै छ 'आफुले गरे  पुरा काम अरु लाइ लगाए आधा काम "नकारात्मक परिणाम हात लागे पछी अरु लाइ घाती वा अबिस्वसिलो भनेर  दोष दिनु त् आफुले आफै लाइ व्यंग गर्नु र  दुखित बनाउनु  मात्र हो .तसर्थ आफ्नो लक्ष प्राप्तिको लागि आफ्नो TASK लाइ समय सिमा अन्तर्गत पुरा गर्न सक्ने र आफ्नो योग्यता अनुसार को काम मा मात्र हात  हाल्नु पर्छ र सफलता वा असफलता को जस अपजस पनि आफैले लिदा एक प्रकार को CONFIDENCE बढ्न जान्छ र अर्को बाटो वा अर्को काम (लक्ष )तय गर्न हौसला बढाउदछ .

जीवन एउटा संघर्ष मात्र होइन CHALLENGS पनि हो भन्ने सम्झी आगाडी बढे एक त् आफुमा आत्माबिस्वास वृद्धि हुन् जान्छ अर्को आत्मनिर्भर बन्न पनि सहायक हुन्छ .अरुको मद्धत ले प्राप्त सफलता मा क्षणिक खुसि वा आनन्द मिले पनि दिर्घकालिन  भबिस्य प्रति निश्चित हुन् सकिदैन .तसर्थ मानिस ले  कहिले पनि  अरुको भरमा बस्नु हुदैन वा अरु को भरमा पर्नु हुदैन .केहि काम  गर्ने वा केहि कमाउने लक्ष राख्दा मानिस ले आफ्नो  "योग्यता +दक्षता +मानसिक  उर्जा + प्रतिबद्धता +समय =पैसा "को सुत्र लाइ आत्मसात गर्नु पर्दछ .

दूई -आफु लाइ अरु सित दाज्ने काम नगर्ने
जीवनमा केहि कमि हुँदैन भने आबस्यकता को महशुस पनि हुँदैन .कमि र अभाब प्रत्यक मानिस को जीवन मा हुन्छ .राजा महाराजा ,धनाड्य ब्यापारी वा साधारण मानिस सबैमा आ आफनै प्रकार को अभाब अनि आबस्यकता खड्किएको हुन्छ .सबै को मन मा थप अरु थप अरु को चाहना ले बास गरेको हुन्छ .महान मनोबैज्ञानिक (Phychologist ) मास्लो का अनुसार मानिस को जीवन निम्न ५ प्रकार को आबस्यकता को वरिपरी घुमी रहेको हुन्छ १ - शरीर को आबश्यकता (भोक ,प्यास र योंन् )२ -जीवन को सुरक्षा ३ -सम्पर्क र प्रेम को चाहना ४ -आत्म सम्मान वा प्रतिष्ठा को को लालच ५ आत्म सिद्धि .भनिन्छ मानिस ले आफ्नो कमि लाइ शक्तिमा परिबर्तन गर्दछन .उदाहरण को लागि Albert Einstein र Abraham Lincoln को नाम लिन सकिन्छ .अझ भनिन्छ मानिस मा सपूर्णता हुने हो भने त् यहाँ इश्वर नाम को अस्तित्व समेत रहदैन्थ्यो .
मानिस को जीवन लाइ नजिक बाट गौण अध्ययन कर्ता ले के निस्कर्ष निकालेका छन् भने मानिस को धेरै दुख को कारक तत्व  स्वयम को न् भएर अर्काको खुसि भएको देखिन्छ .सबैले सबै को आन्तरिक असलियत थाहा पाएका हुदैनन .अनि अर्को मानिस को महंगा  कार ,ठुलो घर ,लवाइ खवाई जस्ता  बाहिरी आडम्बर सित आफ्नो आन्तरिक असलियत अवस्था लाइ दाज्ने गर्दछन र आफ्नो अपूर्णता मा दुखि हुने गर्दछन .तर एक्कै छिन अर्काको  बाहिरी आडम्बर भित्र को याबत झुठ ,धोखा ,अनैतिकता ,भ्रष्टता सित आफ्नो इमान्दारिता ,नैतिक आचरण र सदाचार तौलिने हो भने जीवन गर्ब गर्न लायक ,उच्च मनोबलयुक्त हुन्छ र शान्त हुन्छ . महात्मा गौतम बुद्ध ले भन्नु भएको छ "सन्तोष नै सबै भन्दा ठुलो सम्पति हो " .त्यो सम्पति संसार को कुनै पनि  असन्तोषी र आडम्बरी ले पाउन सक्दैन .तसर्थ मानिस ले आफु लाइ कहिले पनि अर्का को आडम्बर सित दाज्ने गर्नु हुदैन जसले आफु लाइ दुखि अपूर्ण वा हिन भावनायुक्त बनाएर लक्ष को बाटो बिचलित गराइदिन्छ .आफ्नो योग्यता .क्षमता  समय अनि प्रतिबद्धता मा निर्भर वा विश्वास गरेर त्यसमा नै सन्तोष हुन सक्नु पर्दछ आफु लाइ  अरु सित दाजेर सधै कमजोर वा अपूर्ण मानसिकता बोक्नु हुदैन जसले गर्दा आफु अनुकुल र आफ्नो क्षमता को सफल हुने काम समेत  छुट्दै जान्छ .मानिस झन झन पछाडी पर्ने  र असफल हुने गर्दछ .जीवन को अपूर्णता र अभाब नै मानिस को अगाडी बढ्ने प्रेरणा हो .

तिन -अरुको कुरो काट्ने व्यंगमा रमाउने गर्न हुँदैन 
हुन् त् हाम्रा पुर्खा वा बुज्रुकहरु ले हामि लाइ सुनाउदै आएका हुन् कि कसैका सामु पनि अर्का को कुरो  काट्ने वा खिस्सी गरेर रमाइलो गर्नु अनुचित हो .यदि कोइ कसैको दुख वा केहि कमजोरी मा व्यंग गरेर हासो उडाई रहेको छ भने त्यस्तो मा कहिले पनि साथ दिनु हुँदैन . कुरो काट्दै जादा केहि अनाबस्यक केहि अति र केहि नितान्त गोप्य राखी दिनु पर्ने कुरो पनि फुस्किन सक्छ र सो कुरो अर्को मित्र ले त्यस्तै कुरो काट्ने मानिस मार्फत खबर पाउछ अनि भएको मित्रता टुट्ने वा एक अर्का मा अबिस्वास गर्ने अवस्था आइ पर्दछ . विचार गर्नु पर्ने कुरो के भने हामि जती सहज तरिकाले मुख बाट शब्द निकाल्दछौ त्यो शब्द चाहेर पनि फिर्ता हुँदैन त्यसैले आफनै वा अरुको बारेमा कम र सन्तुलित तरिकाले बोल्ने स्वभाब को बिकास गर्नु पर्छ .स्पस्ट के हुनु पर्छ भने मेरो अगाडी अरुको कुरो काट्ने वा व्यंग को हासो उडाउने ले अरुको अगाडी मेरो पनि कमि कमजोरी को कुरो काट्ने वा  हासो उडाउने गर्छ .यस्ता प्रवृतिका मानिस सित संगत नै नगर्ने वा टाढा रहने गर्नु पर्छ .तसर्थ आफ्नो व्यक्तित्व विकास  र समाज मा असल नागरिक भै सफलता हासिल गर्न अरुको कुरो काट्ने ,मजाक उडाउने काम गर्नु हुन्न र त्यस्ता को संगत समेत गर्नु हुदैन .जसले मानिस लाइ तनावमुक्त गरि अफ्नो लक्ष हासिल गर्न समाज बाट सहयोग वा सकारात्मक भावनायुक्त सम्मान मिल्दछ र उ सफल हुन्छ .

चार -आफ्नो लक्ष वा चासो भन्दा बाहिर को कुरो मा ध्यान नदिने 
यो संसार का प्रत्यक मानिस मा केहि गर्ने आ आफनै प्रकार को लक्ष वा चाहना हुन्छ .र मानिस ले आफ्नो लक्ष वा चाहना हासिल गर्न उपाय को खोजि वा प्राप्त उपाय लाइ अबलम्बन गर्दछ .जसलाई  प्राप्त गर्न कठोर परिश्रम, धर्यता, दृढता प्रतिबद्धता वा कोइ कोइ त् तपस्या समेत भन्न  रुचाउदछन.आफ्नो घोषित लक्ष वा चाहना प्राप्त गर्न मा नै तन मन र घन लाइ केन्द्रित गर्नु पर्छ अनि मात्र सफल हुन् सकिन्छ .तसर्थ अफ्नो लक्ष र चाहना भन्दा बाहिर को बिषयमा वा कुरो मा मन लाइ FOCUS नगर्नु राम्रो हुन्छ .यो कुरो मा ध्यान दिने मानिस SELF IMPROVEMENT को बाटोमा द्रुत गतिमा अगाडी बढ्न सक्तछ र आफ्नो लक्ष हासिल गरि उ खुसि र आनन्दित हुन् सक्दछ .

पाच -बिगत को नकारात्मक प्रभाब लाइ अगाडी राख्न नहुने 
यो संसार मा सबै मानिस सधै सफल हुदैनन .न् त् सबै मानिस लाइ  सधै दुख नै  दुख वा सुखै  सुखले साथ दिएको छ . अध्यारो डर लाग्दो रात पछी उज्यालो र आशा बोकेर  बिहान आए झैँ समय को परिबर्तन संगै राजा का  छोरा पाजी र पाजी का छोरा राजा हुन्छन र  भएका पनि  छन् .कतिपय मानिस हरु आफ्नो बिगत को दुख ,नोक्सान वा दुखद घटना सम्झेर चिन्ता मा रहने ,तनाव मा हुने गर्दछन .यो स्वभाब  ले मानिस लाइ  असफल बनाउने र सधै नैरास्य बनाउने गर्दछ .र साथी आफन्त हरु लाइ  बारम्बार बिगत को कथा व्यथा सुनाएर  दुखित बनाउने पनि गर्दछन त्यो राम्रो होइन .अरु लाइ सुनाएर सहानुभूति पाउनु को बदला सुझाब र अर्ति दिन थाल्ने छन् जसले बिगत को दुख लाइ सुख मा बदल्न सक्दैन . आफ्नो  व्यथा सुनाएर दुखि बनाउनु भन्दा हसाउने उपाय खोज्नु पर्छ र स्वयम हास्नु पर्छ . जीवन  हो यसले  पहिले परिक्षा लिन्छ अनि पाठ सिकाउछ .बिगतका तिता मिठा घटना बाट जति पनि  पाठ सिक्न सक्छौ सिक्ने र अगाडी बढ्ने गर्नु पर्छ .तसर्थ बिगतमा फस्ने होइन उम्कने हो .जो बित्यो बित्यो  त्यो बिगत लाइ सुत्ने भन्दा अगाडी ढोका बाहिर ,कार्य क्षेत्र मा कम्पाउण्ड  बाहिर नै छोडिदिने गर्नु पर्छ .बर्तमान को सहि सदुपयोग र भबिस्य लाइ आशा र सुख को कल्पना मा पाल्नु पर्दछ .बिगत  लाइ बिर्सेर अगाडी बढ्नु पर्छ ."भन्छन एउटा मिठो मुस्कान ले दुस्मन लाइ सजिलै मार्न सकिन्छ रे तर  बिरक्त अनुहार र बोलि  ले अनाबस्यक पिडा  देखाए मित्र पनि टाढा भाग्छन रे .

 सम्पूर्ण नेपाली र संसार नै   सुखद र शान्तिमय बनोस 

 





No comments:

Post a Comment