आत्म सुद्धि क़ा लागी केही चिंतन
शेखर ढुंगेल
आउनुस एक छीन समाज को दुस्ट्याई, धुर्त्याई , फटायी , लोभ लालच , इर्स्या घमंड लाई थाती राखी " मरेर बाच्ने की बाचेर मर्ने'उपाय को लागी केही चिंतन मनन गरौ . समाज मा सृष्टी को अनादी कल देखि नै लोभ मोह क़ा कारण कतिपय बांछित , अबान्छित कर्म कु कर्म हरु भै राखेका छन . जस्लाई मानबिय र दानबिय स्वभाब को रूप मा परिभाषा गरिएको छ . प्रत्यक मानिस भित्र यस्ता गुण कुनैं न कुनै कुना मा बिध्यमान हुन्छ . मानिस को आबस्यकता , इच्छा अनि आपूर्ति बिच को खेल नै जीवन हो . यो खेल मा कस्तो इच्छा र आपूर्ति को सीमा निर्धारण गर्छ ब्यक्ति ( मानिस) ले त्यस मा नै ब्यक्ति को स्वभाब र ब्यबहार ले समाज मा स्थान प्रभाब पार्ने गर्दछ . र स्वयम ब्यक्ति को परिचय समेत निर्धारण गर्दछ . समाज को खेल को एउटा सानो हिस्सा लाई संबोधन गर्दै गीता मा लेखिएको छ " जब मानिस को इच्छा पूरा हुदैन तब उ आक्रोशित हुन्छ , मानिस मा क्रोध त्यस बेला आउछ जब उसको इच्छा मा रुकावट बाधा अड़चन आउछ "अर्थात सम्पूर्ण समस्या को जड़ ' ब्यक्ति को अस्वभाबिक इच्छा आकांक्षा" नै हो .
एक जना बिद्द्वान ले मानिस को स्वभाब लाई यसरी उल्लेख गरेका छन " जिउदो को प्रससा गर्न भयाई न भयाई छ उसलाई मरेका लाई समबेदना किन दिन्थ्यो ? फाईदा दिने हरु वरिपरी झुम्मिएको बेला बे मतलब को मानिस को दुःख उसले किन सोच्छ ?'' अर्थात मानिस स्वार्थी हुन्छ र उसको प्रत्यक कदम स्वार्थ को लागी अगाड़ी बढ़ी राखेको हुन्छ . जायज स्वार्थ ले ब्यक्ति र समाज को भलो गरी राखेको हुन्छ भने नाजायज स्वार्थ ले अर्को ब्यक्ति , समाज र स्वार्थ लाई प्रगाडित गराई राखेको हुन्छ . गीता को १६ . २९ खंड मा उल्लेख गरिएको छ ' काम क्रोध लोभ देखि बच्नु पर्छ . नर्क र स्वर्ग अन्यत्र होइन यही जीवन र यही पृथ्वी मा नै छ .अनियंत्रित लालच पूरा गर्न दौडने मानिस लाई बार बार असफलता हात लाग्दछ. त्यस्तो मान्छे शंका गर्ने , भ्रममा पर्ने , असहनसिलता र क्रोधी हुन्छन् . जब सम्म मानिस यस्तो इच्छा मा आशक्त रहन्छ उसको जीवन नर्कमय नै हुन्छ "". गीता कै २.६३ खंड मा भनिएको छ " मानिस मा क्रोध बाट सम्मोह उत्पन्नं हुन्छ , सम्मोह बाट स्मृति मा भ्रम स्रीजना हुन्छ भ्रम व़ा शंका ले मानिस को बुद्धि नस्ट हुन्छ र अन्तमा स्वयम नस्ट हुन्छ. सम्मोह त्यस्तो क्रोध को अबस्था हो जस बेला ' ब्यक्ति ले सोच्दछ की म जे गर्दै छू ठीक गर्दै छू बाकि सबै गलत देख्द्छ र अरु को कुरा सुन्ने र बुझने क्षमता समेत नस्ट भै सकेको हुन्छ , त्यस्तो ब्यक्ति ले के उचित के अनुचित भनी बिबेक प्रयोग गर्न सक्दैन अनि बिबेक हिन् बनेर स्वयम नस्ट हुन्छ .
समाज मा खराबी को बिऊ रोपने हरु प्रसस्त छन यसको बीजारोपण गर्न सजिलो छ जसरी घर भत्काउन. असल कुराको बिऊ रोप्नु र उमार्नु एउटा घर बनाउनु जती कै गार्हो छ . यस सन्दर्भ मा भारतीय दर्शन शास्त्री स्वामी राम तीर्थ भन्छन "" मानिस हरु जो अरु को खराबी सोच्छन , बोल्छन , तर एउटा धुर्ब सत्य कुरो के भने जतिसुकै गोप्य ठाऊ मा त्यों बिशाक्त भावना को बिऊ बमंन गर व़ा रोप , जती सुकै बिस्वास पात्र भनिएको मित्र लाई कसैलाई न भन्नु है भनी कसम खुवाएर गलत कुरा , अर्को लाई बिगारने कुरा , गर एक दिन समय ले निर्मम र कठोर बनेर त्यों दुस्ट बिचार र कर्म को बदला मा सजाय गरेर नै छोड्छ गलत नियति को भन्दाफोर भएर नै छोड़छ .
आज को समय मा संसार का नर नारी लाई खड्किएको एउटा समस्या हो सच्चा मित्रता . मित्रता को बारेमा परिभाषा गर्दै पंडित राम चन्द्र शुक्ला भन्नु हुन्छ " मानिस मानिस बिच हुने निस्वार्थ र सच्चा मित्रता मा ऊच्चकोटि को बैध्य ले ( आधुनिक डाक्टर ) गर्ने उपचार पछि को आराम भन्दा उत्तम र महँगो सेवा भाब , त्याग हुन्छ , एउटा असल भन्दा असल आमा को भन्दा माया , सहन , धर्यता, कोमलता ,क्षमा र त्याग हुन्छ . कहा खोजने त्यस्तो मित्र ? त्यों मित्र छ आफै भित्र आफ्नै मन भित्र रहेको बिस्वास , प्रेम लाई बाडन सक्नु पर्छ . लिने र प्रयोग गर्ने होइन दिने र सहयोगी हुने भावना स्वयम मा हुनु पर्छ . यसै सन्दर्भ मा महात्मा गाँधी भन्नु हुन्छ "
जून मानिस मा नैतिकता , इमान्दारिकता , धर्यता हुँदैन र स्वार्थ मात्र लुकेको हुन्छ त्यस्तो मानिस को कोई मित्र हुदैन कोई आफ्नो हुदैन र त्यों मानिस ले अरुले भन्दा स्वयम ले नै धेरै नोकसान पुर्याई राखेको हुन्छ'' .
त्यों मेरो मित्र हो त्यों ठीक छ , त्यों सीत कुरा मिल्दैन त्यों ठीक छैन त्यसको संगत न गर्नु त्यों देखि होसियार हुनु , मलाई बिस्वास गर्नु त्यस लाई बिस्वास गर्न सकिन्न , त्यों काम हुँदैन त्यसको पछि न लाग्नु यस्ता सबै कुरा एउटा क्षुद्र चित्त भएको मानिस ले मात्र गर्छ . उदार मन , ठुलो चित्त भएको मानिस को लागी त सारा संसार कोसबै मानिस असल मित्र हुन्छ ,कसै लाई ख़राब देख्दैन . उसले हमेसा अरुको भलो मात्र चिताएर काम गर्दछ .यो कुरो महोपदेश मा उल्लेख गरिएको छ .
अन्तमा सत्य साईं बाबा भन्नु हुन्छ ' संसार मा बांच यसरी की संसार को लोभ लालच इर्ष्या लाई मन बाट निकाली फ़्याकिदेउ , अनि तिमी लाई बिबेकी बनाउद छ , , सदाचारपूर्ण बिबेक को प्रयोग ले नै मानिस को आत्म शान्ती को बाटो निर्माण गर्दछ .
अस्तु
परिबर्तन को लागि नागरिक आचार संहिता (norms of strong civic sense )