Monday, December 30, 2024
न्यायाधिश थकित मुद्रामा
बार्दलीमा बसेर आकास नियाल्दै थिए
एक हुल आधुनिक पहिरनमा
पितृसत्ता मुर्दाबाद पितृसत्ता मुर्दाबाद
नारा लगाउदै चोक तिर लागे
न्यायाधीशले आजै
ससुराबा को आधा सम्पति बिधवा बुहारी लाइ
अपाहिज श्रीमानको आधा सम्पति श्रीमती लाइ
छुट्याई दिने
दोस्रो श्रीमानको आधा सम्पति छुट्याई दिने
दाइजोमा आएको बुहारीको सम्पति (बाबुको सम्पति )
अरुको हक नलाग्ने आदेशका
केहि थान मुद्धा टुंग्याएर घर फर्केका थिए
त्यो हलमा ऋण काढेर कलेज पढाउने किसानकी छोरी थिइन
त्यो हलमा श्रीमान लाइ पत्तै नदिकन सम्पति बेचेर हिड्ने नेत्री थिइन्
त्यो हलमा श्रीमान फेर्दै हिड्ने सामाजिक अभियन्ता थिइन्
त्यो हलमा माई बडी माइ राइट भन्दै छोरी गर्भ पतन गराउने
महान समाजसेवी थिइन्
त्यो हलमा श्रीमान अर्की सङ्ग लाग्यो भन्दै सन्तान छोडी
सम्बन्ध बिच्छेद गरि आधा अंश कुम्ल्याई
अर्काको श्रीमान संग लिभिङ्ग टुगेदर बस्ने पनि थिइन्
यी मुद्दा टुंग्याउने न्यायाधिशले लामो स्वास फेरे
जिउदो लास माथि अंशको मुद्दा ठोक्ने हक दिने
ति पितृसत्ता मुर्दाबाद न्यायाधिश अट्टहास हाँसे
आकास रुन थाल्यो
पितृसत्ताको BE HALF मा
पितृसत्ता सिनु बनेको छ अंश लुछ्ने
कविता - प्रतिक्षा मृत्यु उत्सव
ए त्यो त् जिउदो लास हो त्
अन्दाज हुन्न रैछ ठोक्छन अंश मुद्धा
हाहाहा बैगुनी दुनिया
स्वार्थमा किन यो हदको भनिभुत कठै
स्वास फेर्दै छ कि रोकियो उसको
जिउदै छ कि निर्जीव भैसक्यो
त्यो मुढोले फल दिन छोडेको बर्षौ भयो त्
न सम्बन्ध न सम्पर्क बेखर त्यो जिउदो लास
तैपनि सम्पतिको मुद्धा
मुर्दा हो त्यो तिम्रो लागि जानी जानी
सुको त्यो ढुटोले फल दिन सक्दैन बुझी बुझी
अंशको मुद्धा वाह वाह वाह तिम्रो सोच
दशकौ अगाडी अब ब्युझदैन भनेर झ्याली पिटी पन्छाएको
एउटा जिउदो लास माथि अझै गिद्दे नजर
प्रतिक्षा उसको मृत्यु उत्सब को ?
जुडो छउन्जेल मुख हेर्दिन भन्ने
कात्रो पन्छाएर हेर्छन सायद ढुक्क हुनु छ
किनकि यो लास कतै भोलि उठ्ने त् होइन
भोलि अंश मुद्धा ठोक्नु छ
पाखण्डी आँशु प्रदर्शन हुन्छ म नै हु हकदार भन्न
बिमानस्थलमा देखेको छु लास खोसा खोस
घाटमा देखेको छु दागबत्तिको मुस्लो खोसा खोस
हाहाहा लैङ्गिक श्रेष्ठताको त्यो आडम्बरी प्रतिफल
जिउदै र मरे पछी एउटा लास
अंशको लागि मृत्यु कुरी रहेका प्यारा आफन्त हरु
जिउदो लास हाँसेको देख्न सक्दैनन्
रमाएर बाँचेको देख्न सक्दैनन्
हाय अंश हाय सम्पति लास खोसा खोस छ
घरमा तमासा छ घाटमा तमासा छ
अंशको नाता कति निर्मम ?
भोलि उत्सब मनाउन लिलामीमा चढेको छ
लास घेराउमा छ अंशियार हरुको
युगौ युग भयो श्रवण कुमार न जन्मेको
बाबा फ्याकेर आमा च्यापेर
सम्पतिको खेलौना बनाउने आधुनिक श्रवण कुमार हरु
गए ति सति जाने दिन
सम्पतिको लागि मानबता सति गएको छ
कानुन लगाएर घर निकाला गर्ने सन्तान
मृत्यु प्रतिक्षामा उत्सब मनाउन
त्यो जिउदो लास
जसले आफ्नै आत्म सम्मानको चोट सहयो
आफ्नै स्वाभिमानको घांटी रेट्यो
परिवार र सन्तानको भबिस्य बनाउन
के त्यो सिर्फ सिर्फ अंशको ढिको बन्न
अंशको लालपुर्जा बन्न ?
त्यो जिउदो लास
कहिल्यै आफ्नो जीवन बाच्न पाएँन
जिम्मेवारी र दायित्वको भकारी भर्दा भर्दा
शिथिल उत्तरार्धमा
लुट्न उद्धत छन् अंशियार
अंशको हकदाबी ठोक्न
हेहेहेहेहे आफन्त हरु
त्यो जिउदो लासले कसरि स्वास फेरी रहेछ
कुनै अन्दाज भएन
एक चिम्टी मलहम लगाउने
दायित्व बोध भएन
आज घेरेका छन् चारैतिर
अंश मुद्धा ठोक्न
खबरदारी छ "रोक्लास स्वास " हामि लाइ अंश जिम्मा नलगाई
प्रेममा सति जानेको भावना
क्रान्तिकारी परिबर्तित भएको छ
लास माथि मुद्धा ठोक्न प्रेरित छ
सम्पर्क सम्बन्ध बिहिन जिउदो लास
अंश मुद्दामा दलित छ
यहा आज नाताको अर्थ बदलिएको छ
जिउदो लास बनाएर अंश खोज्ने लहड छ
वाह रे वाह आधुनिक मानब
गर्छ प्रतिक्षा मृत्युको उत्सब मनाउन
(बिस्व प्रसिद्ध साहित्यकार लियो टाल्स्टाय र बिस्व प्रसिद्ध टेक्सटाइल कम्पनि "RAYMOND" का मालिक विजयपत सिन्घानिया आदि लाइ सम्झदै)
--------
कबिता -तब मैले च्याते प्रमाणपत्र हरु
-----------------------------------
मैले त् च्याति दिए प्रमाणपत्र हरु
पढेका ति पुस्तकमा नेताको ढोका कुर्न निषेध थियो
पढेका ति पुस्तकमा योग्यको भाग खोस्नु पाप लेखिएको थियो
पढेका ति पुस्तकमा इमान्दार हुन् सिकाईएको थियो
पढाउने ति गुरुहरु भ्रष्टाचार गर्नु नर्कमा पर्नु हो भन्नु हुन्थ्यो
पढेका ति अनागीनत पुस्तकमा इमान्दारितानै मानिसको गहना लेखिएको थियो
पढेका ति पुस्तकमा अरु लाइ ठग्नु नखानु पोल्छ एकदिन लेखिएको थियो
चाङ्गका चाङ्ग पुस्तक हरु अनि थानका थान प्रमाणपत्र हरु हेरे
कुनै प्रमाणपत्रमा सफलताको लागि
नेताको तलुवा चाट्नु पर्छ लेखेको पाइन्
प्रमाणपत्र संगै मैले बिबेक पनि बन्धक राख्नु पर्ने भए
सफलता पाउन घुष लिने दिने गर्नु पर्ने भए
किन चाहियो यो यी ज्ञान र बिकेक बिनाका प्रमाणपत्र हरु
ति पुस्तक ति गुरु सबै झुठा रहेछन
त्यसैले म जहाँ छु त्यहाँ यी प्रमाणपत्र हरुको सम्मान छैन
जहाँ बौद्धिक दासत्व स्विकार्नेको भन्दा ज्ञानको मूल्य छैन
सबै प्रमाणपत्र धुजा धुजा पारेर च्याति दिए
जुन प्रमनापत्रको ज्ञान जीवनमा कहिले काम आएन
बिबेकनै बन्धक राख्नु परे पछी
आर्जित ज्ञान काम न आए पछी
मैले बिहान ४ बजे उठेर कलेज धाएको प्रमाणपत्र
मैले चप्पल घिसार्दै स्कुल पुगेर आर्जित ज्ञान
भ्रष्ट नेता प्रशासकको पाउमा चढाउनु पर्ने भए
मैले आर्जन गरेको बिबेक कुशसकको कित्तामा धितो राख्नु पर्ने भए
लाजै पचाएर यी प्रमाणपत्र हरु किन च्याप्नु ?
त्यसैले आज सबै ति प्रमाणपत्र च्यातिदिए
अब मलाई छुट छ लुट्न
अब मलाइ छुट्छ तलुवा चाट्न
अब मलाइ छुट छ नेताको ढोका चोटा कुर्न
अब मलाई छुट छ लज्जाहिन बन्न
अब मलाई छुट छ भ्रष्टाचार गर्न
अब मलाई छुट छ बिचौलिया बन्न
त्यसैले आज च्याति दिए ति सबै प्रमाणपत्र
Thursday, October 31, 2024
हामिमा किन बिस्वको सबै भन्दा न्यूनस्तरको बिबेक (IQ ) ? सुधार्ने हो ? आउनुस सुरु गरौ उच्च बिबेक (IQ )को स्तरमा पुग्न
यो अति गहन मानब चेतनाको बिषय हो। आउनुस यो ज्योतिर्मय पर्वको उत्सब संगै संकल्प गरौ। यो बुद्ध भूमिमा हामि सबै भन्दा न्यूनस्तरको बिबेक (IQ )को दर्जामा हुनु लज्जास्पद हो अब सुध्रने संकल्प गरौ। ठुलो कुरो छैन मात्र प्रत्यक दिन बिहान एउटा मुलमन्त्र स्मरण गर्ने गरौ कि " आज मेरो कारणले अर्को कोइ कसैले दुख पिडा असुविधा र नोक्सानी व्यहोर्न नपरोस सम्भव भए निस्वार्थ सेवा सहयोग गर्ने अवसर मिलोस"
यो मूल मन्त्र नेता सरकार प्रशासक र प्रत्यक नागरिकले मनन र कार्यन्वयन गर्ने हो भने हामि पनि जापानिज सरह कै दर्जामा रहन सक्दैनौ र ? यहि मूल मन्त्र भित्र पर्छ राज्यले निर्बाह गर्नु पर्ने धर्म प्रशासकको जिम्मेवारी र नागरिकको ब्यबहार अनि अनुशासन यो सोचले स्थान पाउदा अनियमितता भ्रष्टाचार खुट्टा तान्ने प्रवृति ठगि धुर्त्याई फट्याई चतुर्याई ढोके प्रवृति स्वत हट्छ र सुशासन आउछ सहजता सुबिधा प्रेमिल सहयोगी समाज निर्माण हुन्छ हामीमा त्यो चेत देखाउने योग्यता छ कि छैन त् ? आफ्नो नाम(नेता सरकार प्रशासक नागरिक ) सम्झेर म म भनौ मेरो दायित्व हो म गर्छु प्रण गरौ।
शुभ त्योहार आजको दिन शुभ रहोस सफल रहोस
Friday, October 25, 2024
लक्ष्मी तिमीमा सत् सत् नमन
--------------------------------
नेपाली साहित्यिक आकासमा
चम्कि रहेको ज्योति हौ तिमि
तिमि लक्षि ज्ञानको कुञ्ज
तिमि लक्ष्मी मानवताको सागर
आधा पेट राखी आफु लाइ
गरिब लाइ बाड्दै हिड्ने तिमि सन्त
त्यो दिन त्यो पल
यो बिसाल धरामा
एउटा अखण्ड ज्योति बनेर आयौ
लक्ष्मी तिमि सरस्वतीको अबतार बनेर आयौ
तिम्रा ति कारुणिक सृजना
तिम्रा ति प्रेम पिडा वात्सल्यका भकारी
प्रेरणाका अबिरल मुहान बन्यो
आफै लाइ जलाएर
अरु लाइ ज्योति छर्यौ
तिम्रो ज्ञान कुञ्जको ज्योति
तिम्रो महिमा इतिहास भूगोल
नेपाल र नेपाली रहुन्जेल
बिस्व आकासमा चम्कि रहोस
भावपूर्ण श्रद्धा सुमन
आजको दिनमा यो शिर झुकाई
हार्दिक हार्दिक नमन छ लक्ष्मी तिमीमा
Wednesday, October 16, 2024
लघु कथा - मृगतृष्णा
चिन्तामणि गाउको चौतारो तर्फ जादै थियो। मुस्कान लाइ झ्याल बाट कतै जिज्ञासा पुर्बक हेरी रहेको देख्यो।
मुस्कान -कता के हेर्दैछौ चिन्तामणि ?
चिन्तामणि -ए मुस्कान हेर न त्यहा दुइ हुल मानिस यता उता भौतारी रहेका
मुस्कान -ए म चिन्छु नि तिनी हरु लाइ सधै देख्छु म त् चौतारोमा तिनी हरु लाइ
चिन्तामणि - मुस्कान भन त् मलाइ पनि को हुन् तिनी हरु तिमि चिन्छौ भने
मुस्कान -सुन चिन्तामणि त्यो एक हुल हो सम्पतिमा नै बास्तबिक जीवन छ भन्दै सम्पति खोज्न भौतारिएर दौड़ीएका तिनी हरु लाइ ध्यान योगको चासो छैन आर्जनको हिसाबमानै मस्त रहेका अनि अर्को हुल हो प्रसस्त सम्पति भएका तर बास्तबिक जीवन के हो भनेर खोज्दै छानी छानी गुरु खोज्दै ध्यान योग गरेर शान्ति निम्त्याउन हिंडेका
चिन्तामणि -ओह त्यसो पो हो अनि त्यहि कुनामा सूचना पाटीमा एक जना साधुको भनाइ लेखिएको छ नि त् "मृगतृष्णा हो जीवन " पढेंन छन र तिनी हरुले ?
मुस्कान -हेहेहेहे चिन्तामणि तिमि पनि त्यो कुनामा बेवारिस रहेको शन्देश कसले पढ्ने ? पढे पनि यो भौतिक दुनियाको बन्धनमा फसेको संसारले कसरि बुझ्ने ?
एक पछी अर्को आकांक्षा थपी रहन्छ मानिस जीवन मृगतृष्णा हो भनेर सन्तोष रहने जात होइन नि त् मानिस
ल म पनि लागे त्यतै है।
Monday, October 14, 2024
बेसरोकारको प्रश्न
प्रश्न नगरेकै भए जाति हुन्थ्यो
बेसरोकार कै थियो प्रश्न
थक थक भयो अहिले
किन सोधे होला त्यो प्रश्न
बित्थामा शंकाको भकारी बोकाई दिए
प्रश्न माथि प्रश्न नै प्रश्न
आफै नाजवाफ छु न सोधेको भए हुन्थ्यो त्यो प्रश्न
बास्तबमा नै बेसरोकारको प्रश्न
एक हुल जम्मा भए छन्
अनुसन्धान गर्न मेरो त्यो बेसरोकारको प्रशं
बुझिस रे नि त्
अ अ त्यहि त् है
ए हो त् मैले पनि सुनेको त्यो प्रश्न
हावा चलेको थिएन
पात हल्लिएको थियो
ढेडु बच्चा लाइ हाँगामा खेलाउदै थियो
उफ्रदै थियो
पात हल्लियो लाग्थ्यो रुख ढल्दै छ
त्यहाँ प्रश्न माथि प्रशं थियो
हावा नचली पात कसरि हल्लियो थपियो जिज्ञासा
अनि
हेर्दा हेर्दै शंकाले एउटा छानो खसाल्यो
जग भत्कायो
सबै तितर बितर भयो
सर्बनास भयो
आखिर बेसरोकारको त्यो एउटा प्रश्न
नगरी दिएको भए के जान्थ्यो ?
Monday, October 7, 2024
हामि गरिब नेपाली भएको कारण ले होइन
हामि गरिब भौगोलिकता ले पनि होइन
हामि गरिब हिन्दु भएको कारण ले होइन
हामि गरिब जातीय विभेद ले पनि होइन
हामि गरिब हाम्रो दुर्भाग्य ले होइन
हामि गरिब भयौ किनकी !हाम्रो सोचाइ दरिद्र भयो
देश मा लुटेरा हरु ले शासन गरे
देश मा आखा भएका तर बिबेकहिन अन्धा हरुले शासन गरे
देश मा कुर्शी को लागि देशै बेच्ने लोभी पापी हरु ले राज गरे
अब हामि उठौ !
दासत्व रुपी मानसिकता बाट माथि उठौ
नालायक नेतृत्व हरु लाइ बहिस्कार गरौ
गणेश प्रवृति त्यागौ
र
दुरदर्शी सक्षम सच्चा नेपाल बादी युवा लाइ अगाडी बढाउ !
आशिर्बाद पाउ !
यो जिन्दगि चङ्गा बनाइ पाऊ......!
जिन्दगि तिमि मलाई चङ्गा जस्तै बनाइ देउ
जिन्दगी लाइ चङ्गा जस्तै बनाउन पाऊ
खिच्छ कोइ बिस्वासले त्यतै जान पाउ
छोड्छ कोइ सक्ने सम्म स्वतन्त्र भै उड्न पाउ
कुनै पल रुखमा झुन्डिन पर्ला रमाई रमाई झुल्न पाऊ
कुनै पल छतमा बजारिन पुग्दा सुस्ताएर आराम गर्न पाऊ
आफ्ना कोइ भए आकासमा पुग्दा रमाउने गर्छन् हेर्न पाऊ
दुश्मन भए म माथि पुग्दा जिन्दगीको धागो काट्ने छन् चिन्न पाऊ
आफ्नो र दुश्मन दुवै खुसि हुने मलाइ चङ्गा जस्तो बनाइ देउ
चिन्ता लिएर एउटा जिन्दगि लाइ आफै किन जलाई रहू
जलाउन खोज्छन कोइ भने एकै पटक घाटमा भेट्ने भन्न पाऊ
जिन्दगि कस्सिदा पनि छुट्दा पनि खुसि हुने तिमि जस्तो बनाइ पाऊ
म पनि तिमि जस्तै बन्न पाऊ
जिन्दगि .. चङ्गा ...तिमि जस्तो बन्न पाऊ.................
यहि आशिर्बाद पाउ ,,,,,,
Tuesday, October 1, 2024
Sunday, September 29, 2024
कविता - निर्मम हुन्छ "मन "
निर्मम हुन्छ मन
चंचल हुन्छ मन
बादल झैँ स्वरूप बदल्दै दौडी रहन्छ मन
कहिले आकास कहिले धर्ति
कहिले समुन्द्र कहिले हावामा घुमी रहन्छ मन
यो मन हो त एउटा नै लाग्छ कलिलै पनि छ
खोइ किन किन फेरी धेरै निर्मम पनि हुँदो रहेछ मन
धेरै फरक पार्दो रहेछ जिन्दगीमा
यो मन लाइ "मन पर्नु " र "मन मर्नु"मा
एक पटक मरे पछी मर्यो मर्यो ब्युत्दैन कुनै शर्तमा मन
मन परे पछि पर्यो पर्यो छोड्न नै नसक्ने मन
चाहे ग्रहण लागोस चाहे धर्ति फाटोस
मन मरे पछी मर्यो मर्यो ब्युतदैन कहिले मन
मन पर्नुको "आशक्ति "मन मर्नुको "विरक्ति "ले
धेरै फरक पार्दो रहेछ जिन्दगीमा
चाहे पश्चातापका घडा फुटून
चाहे याचनामा शिर झुकून
निर्मम बन्दो रहेछ भलै यो कोमल किन नहोस मन
मरे पछी मर्यो मर्यो ब्युतदैन कुनै शर्तमा फेरी मन
Tuesday, August 13, 2024
हजुर हरु लाइ थाहा छ नि ?
अन्न (भात रोटि साग दाल ,,,,)
खानु भन्दा बढी समय पकाउन लाग्छ
पकाउन भन्दा बढी समय कमाउन लाग्छ
कमाउन भन्दा बढी समय एक एक दाना उमार्न लाग्छ
त्यसैले जुन महल जहाँ हुनु हुन्छ
अन्न उमार्ने किसान प्रति आभार व्यक्त गर्नुस
र जे उपलब्ध छ खुसि खुसी मनले खानुस
र अन्न न फ्याकु आज बिस्वको ४० % मानिस
दुइ छाक खाने रहरमा छन् ,,,,,
आजको दिन शुभ रहोस सफल रहोस अरुको भलाइमा रहोस
Saturday, August 10, 2024
Wednesday, August 7, 2024
Monday, August 5, 2024
गीत
लुक्यो लुक्यो लुक्यो हेर आज
चन्द्र पनि लाज मानि
देखेर तिम्रो बेमानी बानि
खोइ के भो हरे टाढा भयो तिमि थानै नदि
आज भोलि पर्सि भन्दै बिर्से अब त् रुनै पनि
भयौ तिमि टाढा टाढा जती नै मैले
आफ्नो आफ्नो भने पनि
कति माया गर्थ्यौ तिमि छाउथ्यौ म् मा लता बनि
उभिएर चौतारी मा कुर्थ्यौ मलाइ दिनौ भरी
खोइ के भो दैब हरे !
भयौ तिमि ..टाढा थानै नदि
झरना बनि बग्थ्यौ तिमि शितल छर्दै म् नै माथि
फूल बनि हास्थ्यौँ मनमा गर्दै माया मन मानि
खोइ के भो दैब हरे भयौ तिमि .....
कविता -न पोख् बह अर्को सङ्ग !
लाग्छ होला कस्लाई पोखु खै मनको बह
कोइ होलान र कठै भन्ने कतै यहाँ ?
आफ्नो भन्ने कोइ हुन्थे त
न पोखीकनै बह बुझी हाल्थे
सान्त्वनाको हात बढाई सक्थे
उसलाई भन्यो खिस्स गर्छ
आफनै पीडाको भकारी खोलि दिन्छ
अर्को लाइ भन्यो व्यङ्ग गर्छ
ज्ञान र सल्लाह दिन्छ
पीडा माथि पीडा थपिन्छ
कस्तो रहेछ यो दुखि जिन्दगि
कति दिन दबाउ मन को व्यथा
आडम्बरी हासो देखाएर हिड्छु
बिल्कुल एक्लो भयो जीवन
मर्दै गयो अब त बाच्ने रहर
दिन दिन मरेर बाच्नु भन्दा
मर्नु जाति भन्छन
खै रहर गर्ने लाइ थुती लान्छ
आफु लाइ त सम्झेंन् त्यसले
आफु लाइ जिउदै जलाई
कति दिन अरु लाइ न्यानो बाट्नु
पल पल सेकिएर आशुको रापमा
यो जिन्दगि अब कति दिन धान्नु
आफ्ना ले कुरो न् बुझे पछी
गार्हो हुदो रैछ जीवन काट्न
खै कायर भयो यो मन पनि
सकिन अंगाल्न मृत्यु लाइ
कस्लाई पोखु खै बह मन को
आफ्ना ले कुरो न् बुझे पछी
पराइ लाइ पोखेर त् अनर्थ हुन्छ
नपोख पिडा अर्को सङ्ग
पर्ख उज्यालो बिहान
कालो बादल फाट्न देउ
हाँसेर हेरी राख तमासा दुनियाको
आफ्नै संसार बनाउ त्यहि राज गर
मनको मालिक बनेर
Saturday, July 27, 2024
किन सानो ठुलो को कुण्ठा अहंकार र आडम्बर ?
सबैले खाने अन्न उम्रने धरा एकै हो
सबैले उज्यालो लिने सुर्य एकै हो
सबैले लिने स्वास प्रस्वासको हावा एकै हो
सबैले पिउने पानीको स्रोत एकै धर्ति हो
सबैको लागि बिहानी एकै पटक रात एकै पटक हो
सबैको लागि चन्द्रमा एकै हो आकास एकै हो
सबैको रगतको रङ्ग एकै हो शरीर एकै हो
सबैको जन्म एक पटक मात्र र मृत्यु निश्चित हो
सबैको आफन्त र नाताको सम्बन्ध घाट सम्म मात्र हो
जोडे जति होइन खर्चेको सम्पति मात्र तिम्रो हो
मृत्यु पछि पनि तिमि लाइ नाङ्गै बनाउने आफ्नैले हो
बुद्धले जन्म लिएको यो नेपाल धर्तिमा
कति धेरै कुण्ठा कति अहंकार र आडम्बर किन हो ?
इगोइज्मले व्यक्ति र समाजमा असहिष्णुता बढाउने हो
मैले अर्कोको अस्तित्व अस्विकार गर्दा मेरो पनि अस्वीकृत हुने हो
किन कुण्ठा अहंकार र आडम्बर ?
आहा जिन्दगि क्या मज्जा
बिर्सदा क्या मज्जा
म को हु अरु को हुन्
नाता कुटुम्ब बिहिन एक्लो बनि
बिर्सी देउ क्षणभर सारा संसार
आहा जिन्दगि क्या मज्जा
को आफ्नो को पराइ
को धनि को गरिब
को सानो को ठुलो
आडम्बर र कुण्ठा फ्याकी
सम्पति र शक्तिको आशक्ति त्यागि
बिर्सी देउ आफु लाइ नै क्षणभर
आहा जिन्दगि क्या मज्जा
कहाँ थियौ कहाँ पुग्ने हो र ?
कति कमायौ कति गुमायौ
छोडी नाफा नोक्सानको हिसाब
बिर्सी देउ क्षणभर
आहा जिन्दगि क्या मज्जा
न देउ दोष नगर गुनासो
न दाज आफु लाइ अरु संग
वास्ता नगर कसले के भन्छ
यो संसार बिर्सेर सुन्यतामा हराई
बाँचेर हेर त् क्षणभर
आहा जिन्दगि क्या मज्जा
Friday, July 19, 2024
गिज्याउने आँशु !
गिज्याए जस्तो लाग्छ
कहिले काँही टपकिएर आँशुले पनि
कारण
म संधै मेरै लागि रोए
आफुले आफै लाइ माया गरेर रोए
आफै लाइ दुखि बनाएर रोए
आफ्नै पिडा उनेर रोए
त् के गरे ?
जब मेरो आँशुमा अर्को अर्को आँशु झर्दैन
म कैले रोए अरुको दुखमा ?
म कैले रोए अर्कोको खुसीको लागि ?
मकैले रोए र अर्कोको पिडामा ?
बरु मेरो आँशुले कसैको स्वतन्त्रता हरेको छ
कतै मेरो आँशुले कसैको बाटो छेकेको छ
कतै मेरो आँशुले कसैको पर्खाल बनेको छ
त्यसैले होला
मेरो कहिले काँही तप्किने आँशुले
मलाई नै ब्यङ्ग गरे जस्तो लाग्छ
धेत्त
आफ्नै माया ले कोइ आँशु झर्छ
कहिले अर्कोको पिडामा रोएर हेर त्
अनि त्यो आँशुको मुल्य हुन्छ
झार्यौ त् झार्यौ आफ्नै आँशु आफ्नै लागि
त्यसको मुल्य तिमीले बाहेक अरुले
कसले तिर्छ ?
तसर्थ बेअर्थमा नझार आँशु
बित्थामा गिज्याउने छन् हुन्छ अनर्थ
--
शुभ प्रभात.....
म छु र पो .संसार छ !
म छु र पो मेरा छन्
मित्र छन् शत्रु छन्
संसारमा म छु र पो गुनासो छ
दिन र रातको नियतिसँगै
लेखा जोखाको तराजुमा
सुखी हाँस्नेहरूसित
उन्माद बाँडिरहेछन
दुखी रुनेहरू सित
बिस्मात पोखिरहेछन
जिन्दगी, घाम छायाको कुरा गर्छन
दुख र सुखको आँशु झार्छन
कथाहरू साझ बिहान बदलिरहन्छन
बहाना हरु पानी र आगो झैँ
मुर्त अमुर्त घेराभित्र
गन्तब्यहरू निरन्तरित छन्
कोही दोबाटोमा, कोही गोरेटोमा
गुनासाका झिटी गुन्टा फुकाउँछन्
आरोप प्रत्यारोप गर्छन
पछ्याउदै क्षितिजका छायाहरू
रहरका ठुला ठुला भारी बोक्छन
सुस्ताएर चौतारीमा बाँकी बाटो हेर्छन
घामको झुल्कोसँगै अस्तित्व मेटी जाने
शीतको थोपा जस्तै हो जीवन भन्छन
हाँस्दा हाँस्दै ओइलाई जाने फूलहरू
काँडासित भँवराको गुनासो पोख्छन
फेरी निरन्तरित नयाँ बिहानीसँगै
नयाँ गन्तब्य, उही नियमितता
नियतिको छायालाई पछ्याउदै
गुनासोको भारी बिसाउन तछाडमछाड
एउटा सिंगो संसार छ अगाडि
बादल झैँ बदलिने नियति हरु सित
सम्झौतामा रमाउनु छ
फुल रस्वादंन को आकांक्षामा
काँडा सित मितेरी लगाउनु पनि छ
म छु, संसार छ र पो
गुनासा छन्, बहाना छन्
आफ्ना भन्छन पराइ भन्छन
हरेक दिन कोइ भेटछन् कोइ छुटिन्छन
अनिश्चित यात्रा लम्ब्याउन
अनेक पात्र हरु कदम कदममा आउछन
गुनासो गर्छन आक्रोश पोख्छन माया पोख्छन
जिउने बहाना जीवन्त राख्छन
नत्र त ... !
Subscribe to:
Posts (Atom)