Pages

Monday, December 30, 2024

कविता - प्रतिक्षा मृत्यु उत्सव ए त्यो त् जिउदो लास हो त् अन्दाज हुन्न रैछ ठोक्छन अंश मुद्धा हाहाहा बैगुनी दुनिया स्वार्थमा किन यो हदको भनिभुत कठै स्वास फेर्दै छ कि रोकियो उसको जिउदै छ कि निर्जीव भैसक्यो त्यो मुढोले फल दिन छोडेको बर्षौ भयो त् न सम्बन्ध न सम्पर्क बेखर त्यो जिउदो लास तैपनि सम्पतिको मुद्धा मुर्दा हो त्यो तिम्रो लागि जानी जानी सुको त्यो ढुटोले फल दिन सक्दैन बुझी बुझी अंशको मुद्धा वाह वाह वाह तिम्रो सोच दशकौ अगाडी अब ब्युझदैन भनेर झ्याली पिटी पन्छाएको एउटा जिउदो लास माथि अझै गिद्दे नजर प्रतिक्षा उसको मृत्यु उत्सब को ? जुडो छउन्जेल मुख हेर्दिन भन्ने कात्रो पन्छाएर हेर्छन सायद ढुक्क हुनु छ किनकि यो लास कतै भोलि उठ्ने त् होइन भोलि अंश मुद्धा ठोक्नु छ पाखण्डी आँशु प्रदर्शन हुन्छ म नै हु हकदार भन्न बिमानस्थलमा देखेको छु लास खोसा खोस घाटमा देखेको छु दागबत्तिको मुस्लो खोसा खोस हाहाहा लैङ्गिक श्रेष्ठताको त्यो आडम्बरी प्रतिफल जिउदै र मरे पछी एउटा लास अंशको लागि मृत्यु कुरी रहेका प्यारा आफन्त हरु जिउदो लास हाँसेको देख्न सक्दैनन् रमाएर बाँचेको देख्न सक्दैनन् हाय अंश हाय सम्पति लास खोसा खोस छ घरमा तमासा छ घाटमा तमासा छ अंशको नाता कति निर्मम ? भोलि उत्सब मनाउन लिलामीमा चढेको छ लास घेराउमा छ अंशियार हरुको युगौ युग भयो श्रवण कुमार न जन्मेको बाबा फ्याकेर आमा च्यापेर सम्पतिको खेलौना बनाउने आधुनिक श्रवण कुमार हरु गए ति सति जाने दिन सम्पतिको लागि मानबता सति गएको छ कानुन लगाएर घर निकाला गर्ने सन्तान मृत्यु प्रतिक्षामा उत्सब मनाउन त्यो जिउदो लास जसले आफ्नै आत्म सम्मानको चोट सहयो आफ्नै स्वाभिमानको घांटी रेट्यो परिवार र सन्तानको भबिस्य बनाउन के त्यो सिर्फ सिर्फ अंशको ढिको बन्न अंशको लालपुर्जा बन्न ? त्यो जिउदो लास कहिल्यै आफ्नो जीवन बाच्न पाएँन जिम्मेवारी र दायित्वको भकारी भर्दा भर्दा शिथिल उत्तरार्धमा लुट्न उद्धत छन् अंशियार अंशको हकदाबी ठोक्न हेहेहेहेहे आफन्त हरु त्यो जिउदो लासले कसरि स्वास फेरी रहेछ कुनै अन्दाज भएन एक चिम्टी मलहम लगाउने दायित्व बोध भएन आज घेरेका छन् चारैतिर अंश मुद्धा ठोक्न खबरदारी छ "रोक्लास स्वास " हामि लाइ अंश जिम्मा नलगाई प्रेममा सति जानेको भावना क्रान्तिकारी परिबर्तित भएको छ लास माथि मुद्धा ठोक्न प्रेरित छ सम्पर्क सम्बन्ध बिहिन जिउदो लास अंश मुद्दामा दलित छ यहा आज नाताको अर्थ बदलिएको छ जिउदो लास बनाएर अंश खोज्ने लहड छ वाह रे वाह आधुनिक मानब गर्छ प्रतिक्षा मृत्युको उत्सब मनाउन (बिस्व प्रसिद्ध साहित्यकार लियो टाल्स्टाय र बिस्व प्रसिद्ध टेक्सटाइल कम्पनि "RAYMOND" का मालिक विजयपत सिन्घानिया आदि लाइ सम्झदै) --------

No comments:

Post a Comment