Pages

Wednesday, October 16, 2024

लघु कथा - मृगतृष्णा चिन्तामणि गाउको चौतारो तर्फ जादै थियो। मुस्कान लाइ झ्याल बाट कतै जिज्ञासा पुर्बक हेरी रहेको देख्यो। मुस्कान -कता के हेर्दैछौ चिन्तामणि ? चिन्तामणि -ए मुस्कान हेर न त्यहा दुइ हुल मानिस यता उता भौतारी रहेका मुस्कान -ए म चिन्छु नि तिनी हरु लाइ सधै देख्छु म त् चौतारोमा तिनी हरु लाइ चिन्तामणि - मुस्कान भन त् मलाइ पनि को हुन् तिनी हरु तिमि चिन्छौ भने मुस्कान -सुन चिन्तामणि त्यो एक हुल हो सम्पतिमा नै बास्तबिक जीवन छ भन्दै सम्पति खोज्न भौतारिएर दौड़ीएका तिनी हरु लाइ ध्यान योगको चासो छैन आर्जनको हिसाबमानै मस्त रहेका अनि अर्को हुल हो प्रसस्त सम्पति भएका तर बास्तबिक जीवन के हो भनेर खोज्दै छानी छानी गुरु खोज्दै ध्यान योग गरेर शान्ति निम्त्याउन हिंडेका चिन्तामणि -ओह त्यसो पो हो अनि त्यहि कुनामा सूचना पाटीमा एक जना साधुको भनाइ लेखिएको छ नि त् "मृगतृष्णा हो जीवन " पढेंन छन र तिनी हरुले ? मुस्कान -हेहेहेहे चिन्तामणि तिमि पनि त्यो कुनामा बेवारिस रहेको शन्देश कसले पढ्ने ? पढे पनि यो भौतिक दुनियाको बन्धनमा फसेको संसारले कसरि बुझ्ने ? एक पछी अर्को आकांक्षा थपी रहन्छ मानिस जीवन मृगतृष्णा हो भनेर सन्तोष रहने जात होइन नि त् मानिस ल म पनि लागे त्यतै है।

No comments:

Post a Comment