Pages

Monday, December 30, 2024

न्यायाधिश थकित मुद्रामा बार्दलीमा बसेर आकास नियाल्दै थिए एक हुल आधुनिक पहिरनमा पितृसत्ता मुर्दाबाद पितृसत्ता मुर्दाबाद नारा लगाउदै चोक तिर लागे न्यायाधीशले आजै ससुराबा को आधा सम्पति बिधवा बुहारी लाइ अपाहिज श्रीमानको आधा सम्पति श्रीमती लाइ छुट्याई दिने दोस्रो श्रीमानको आधा सम्पति छुट्याई दिने दाइजोमा आएको बुहारीको सम्पति (बाबुको सम्पति ) अरुको हक नलाग्ने आदेशका केहि थान मुद्धा टुंग्याएर घर फर्केका थिए त्यो हलमा ऋण काढेर कलेज पढाउने किसानकी छोरी थिइन त्यो हलमा श्रीमान लाइ पत्तै नदिकन सम्पति बेचेर हिड्ने नेत्री थिइन् त्यो हलमा श्रीमान फेर्दै हिड्ने सामाजिक अभियन्ता थिइन् त्यो हलमा माई बडी माइ राइट भन्दै छोरी गर्भ पतन गराउने महान समाजसेवी थिइन् त्यो हलमा श्रीमान अर्की सङ्ग लाग्यो भन्दै सन्तान छोडी सम्बन्ध बिच्छेद गरि आधा अंश कुम्ल्याई अर्काको श्रीमान संग लिभिङ्ग टुगेदर बस्ने पनि थिइन् यी मुद्दा टुंग्याउने न्यायाधिशले लामो स्वास फेरे जिउदो लास माथि अंशको मुद्दा ठोक्ने हक दिने ति पितृसत्ता मुर्दाबाद न्यायाधिश अट्टहास हाँसे आकास रुन थाल्यो पितृसत्ताको BE HALF मा पितृसत्ता सिनु बनेको छ अंश लुछ्ने

No comments:

Post a Comment