Monday, December 30, 2024
कबिता -तब मैले च्याते प्रमाणपत्र हरु
-----------------------------------
मैले त् च्याति दिए प्रमाणपत्र हरु
पढेका ति पुस्तकमा नेताको ढोका कुर्न निषेध थियो
पढेका ति पुस्तकमा योग्यको भाग खोस्नु पाप लेखिएको थियो
पढेका ति पुस्तकमा इमान्दार हुन् सिकाईएको थियो
पढाउने ति गुरुहरु भ्रष्टाचार गर्नु नर्कमा पर्नु हो भन्नु हुन्थ्यो
पढेका ति अनागीनत पुस्तकमा इमान्दारितानै मानिसको गहना लेखिएको थियो
पढेका ति पुस्तकमा अरु लाइ ठग्नु नखानु पोल्छ एकदिन लेखिएको थियो
चाङ्गका चाङ्ग पुस्तक हरु अनि थानका थान प्रमाणपत्र हरु हेरे
कुनै प्रमाणपत्रमा सफलताको लागि
नेताको तलुवा चाट्नु पर्छ लेखेको पाइन्
प्रमाणपत्र संगै मैले बिबेक पनि बन्धक राख्नु पर्ने भए
सफलता पाउन घुष लिने दिने गर्नु पर्ने भए
किन चाहियो यो यी ज्ञान र बिकेक बिनाका प्रमाणपत्र हरु
ति पुस्तक ति गुरु सबै झुठा रहेछन
त्यसैले म जहाँ छु त्यहाँ यी प्रमाणपत्र हरुको सम्मान छैन
जहाँ बौद्धिक दासत्व स्विकार्नेको भन्दा ज्ञानको मूल्य छैन
सबै प्रमाणपत्र धुजा धुजा पारेर च्याति दिए
जुन प्रमनापत्रको ज्ञान जीवनमा कहिले काम आएन
बिबेकनै बन्धक राख्नु परे पछी
आर्जित ज्ञान काम न आए पछी
मैले बिहान ४ बजे उठेर कलेज धाएको प्रमाणपत्र
मैले चप्पल घिसार्दै स्कुल पुगेर आर्जित ज्ञान
भ्रष्ट नेता प्रशासकको पाउमा चढाउनु पर्ने भए
मैले आर्जन गरेको बिबेक कुशसकको कित्तामा धितो राख्नु पर्ने भए
लाजै पचाएर यी प्रमाणपत्र हरु किन च्याप्नु ?
त्यसैले आज सबै ति प्रमाणपत्र च्यातिदिए
अब मलाई छुट छ लुट्न
अब मलाइ छुट्छ तलुवा चाट्न
अब मलाइ छुट छ नेताको ढोका चोटा कुर्न
अब मलाई छुट छ लज्जाहिन बन्न
अब मलाई छुट छ भ्रष्टाचार गर्न
अब मलाई छुट छ बिचौलिया बन्न
त्यसैले आज च्याति दिए ति सबै प्रमाणपत्र
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment