Pages

Saturday, June 2, 2018

चर्चा जेठी दुलहीको
केहि समयहफ्ता  पहिले बेलायती राजकुमार ले आफु भन्दा ४ बर्ष जेठी चर्चित कलाकार  लाइ दुलही बनाए त्यो भन्दा केहि महिना अगाडी ७० जवान दुलही संग ३९ बर्षिय जवान दुलहाले बिहे गरेको खबरको  भिडियोले  सामाजिक संजालमा निक्कै ठुलो चर्चा पाएको थियो .एक जमानामा निक्कै चर्चित एबम ख्याती कमाएकी नायिका मनिषा कोइरालाले आफु भन्दा १० बर्ष कान्छो दुलहा संग बिहे गरिन  फ्रेन्च राष्ट्रपति इमानुयलले आफु भन्दा २४ बर्ष जेठी सम्बन्ध बिच्छेद भएकी आफ्नै शिक्षिका सङ्ग  बिबाह गरे . यी र यस्ता त् पछिल्ला प्रतिनिधि पात्र मात्र हुन् इतिहास का धेरै कालखण्डमा यस्ता बिबाह भएका छन् र नया कुरो पनि रहेन तर  यहाँ चर्चा गर्न लागेको प्रशङ्ग केहो भने शास्त्र देखि बर्तमान सम्म संसारको सबै समाजमा स्वाभाविक रुपमा जेठो दुलहा र कान्छी दुलही हुने सामान्य नियम वा मान्यता रहेको देखिन्छ तर अस्वाभाविक रुपमा जेठी दुलही र कान्छो दुलहा भएको बिषय भने चर्चामा आउने गर्छ .
 स्वाभाविक वा प्राकृतिक रुपमा रहेको कान्छी दुलही जेठो दुलाहा हुने सामाजिक परम्परा लाइ तोड्दै जेठी दुलही रोज्ने वा कान्छो दुलाहा रोज्ने कारण के के हुन् सक्छ ?सामाजिक बहसको बिषय पक्कै हो र हुनु पर्छ र भएको छ .समाजमा यस्ता धेरै घटना हरु छन् बढी उमेरका धनाढ्य महिला हरुले आफ्नो घरमा काम गर्न राखेको सहायक ,सवारी चालक देखि बिजुली बत्ति बनाउन आउने टेलिफोन बनाउन आउने कम उमेरका युवा हरु आफ्नो योन तृष्णा मेटाएको देखि बर्तमानमा जवान युबा लाइ भाडामा लैजाने वा पाल्ने प्रवृति पनि हाम्रो समाजमा पनि  बढी रहेको चर्चा छ .यहाँ सम्म कि बिहे नै गरेको झैँ घरमा लगेर पाल्ने समेत गरेको देखिएको छ तर त्यस्तो  उमेरले जेठी दुलही र कान्छो दुलहाको  बिहे एकाध बर्ष मात्र टिकेको पाइन्छ  हाम्रो समाजमा एक चर्चित कलाकार लाइ बिबाहित र सम्बन्ध बिच्छेद गरेकी ब्यबसायी  जेठी दुलहीले घरमा लगेर पालेको तर दुइ बर्ष पनि त्यो सम्बन्ध टिक्न सकेन .यहाँ प्रश्न  उठ्छ आज सम्म बिस्वमै  किन दुलहीले बिहे गरेर दुलहा लाइ आफ्नो  घरमा लैजाने परम्परा बसेंन ? किन महिलाको सम्पति वा कमाइमा निर्भर हुन् बिस्वको कुनै समाजको  पुरुषले ले स्वीकार गर्न सकेको छैन ?दुलहा भन्दा दुलही २० बर्ष कान्छी हुन् नहुने मुलुकी ऐन बनाउने हाम्रो समाज त् झन् जेठी दुलही कान्छो  दुलहा प्रवृति लाइ लै सहजतापुर्बक लिने कुरो पनि भएन 
के हुन् सक्छ त् जेठी दुलही र कान्छो दुलहाको बिहेको कारण सामाजिक आर्थिक सास्कृतिक परम्परा संग जोडिएको यो प्रशङ्ग ले समाजमा उठाएका केहि प्रश्न हरु यस बिषयमा अमेरिका युरोपका धेरै प्राध्यापक हरुको बिष्लेषण अनुसार केहि यस्ता तथ्य हरु वा कारण  रहेको निष्कर्ष निकालिएको छ .
१ सम्बन्ध बिच्छेद भएका वा बहु पुरुष संग शारीरिक सम्बन्ध राखेका वा राख्ने गरेका महिला हरुले आफ्नो योन तृष्णा मेटाउन नै आफु भन्दा कम उमेरको दुलहा वा योन सम्पर्कको लागि कम उमेरको  पुरुष  साथि रोज्ने गरेको देखिन्छ उमेरले  जेठी दुलहीले आफ्नो  योन तृष्णा तृप्तिको लागि कम उमेरको केटो खोज्ने र उसको व्यवहार अतिनै मायालु  र योनक्रिडा अतिनै आक्रामक  र सदभाबपूर्ण हुने वा रहने भएकोले कम उमेरका दुलहा एक पटक सम्पर्कमा आए पछी निकै प्रभावित हुने कारण नजिकिने गरेको देखिन्छ .यस्तो बिबाह वा सम्बन्धमा जेठी महिला नै योन क्रियामा बढी सक्रिय वा पहिले अगाडी बढ्ने गरेको भुक्तभोगी हरु संगको छलफल बाट बुझिएको छ 
२  उमेरले जेठी दुलही प्रतिको आकर्षण योन तृष्णा सम्पतिको लालच वा चर्चित हुने  सोचले प्राथमिकता पाएको हुन् सक्छ जुन दुवै पक्षमा लागु हुन्छ त्यसैकारणले होला  आफु भन्दा गरिब  र जेठी महिला सङ्ग बिबाह वा योन सम्पर्क साथि बनाएको भने कतै भेटिएको छैन 
३ -केहि युवक हरुले आफ्नो आर्थिक दुरावस्थाको सुधार वा मुक्तिको लागि आफु भन्दा जेठी सङ्ग प्रेम वा बिबाहको वा सम्पर्क समयको लागि लालायित भएको पनि अध्ययनले देखाएको छ त्यस्ता युवकले बिधवा वा सम्बन्ध बिच्छेद गरेर बसेकी आफु भन्दा जेठी महिला लाइ प्रेम जालमा पारेको देखिन्छ केहि नेपाली युवाहरुले पनि अमेरिका अस्ट्रेलियामा आफु भन्दा धेरै बढी उमेर कि महिला सङ्ग बिहे गरेका छन् त्यसको पछाडी एकल महिलाको अगाध सम्पति को लालच आफ्नो दुरावस्था बाट  र स्थायी कागज बनाउने अभिष्ट नै प्रमुख कारक रहेको देखिन्छ 
४ लामो समय सम्म  पुरुषको सम्पर्कमा रहन असफल वा अनिच्छुक  तर अत्यधिक योन तृष्णा ले विक्षिप्त जेठी महिलाले आफु भन्दा कान्छो दुलहा वा योन सम्पर्क साथी प्रतिको चाहना रहेको क्यालिफोर्नियाका एक समाजशास्त्री एबम प्राध्यापक बताउछन 
५ -योन तृप्ति र रोमान्स नै आफु भन्दा कान्छो दुलहा रोज्ने अर्को  प्रमुख कारण हो जसलाई कथित प्रेमको झुठो संज्ञा दिने गरिन्छ तर धेरै घटनाको अध्ययन ले स्पस्ट पारि सकेको छ कि यस्तो बिबाह वा सम्बन्ध लामो समय न गएको  र अस्थायी प्रकारको भएको देखिन्छ 
६ -केहि जोडीमा भने दुबैमा फरक उमेरको सङ्ग अर्थात जेठी महिला र कान्छो पुरुष सङ्गको योन सम्पर्क को अनुभब बटुल्ने चाहना मात्र पनि रहेको खुलेको छ 
७ -कुनै घटनामा भने आफुले मन पराएको आफु भन्दा जेठो पुरुषले अपहेलना गरेको वा तलाई कसले पत्यौछ ?भनेको वा बेवास्ता गर्दा "इगो "साध्न पनि प्रलोभन मा पारेर आफु भन्दा कम उमेरको केटा सङ्ग बिबाह वा योन सम्पर्कको लागि साथी बनाएको पनि देखिन्छ  तर पनि उमेरको धेरै फरकको कारण एक अर्काको रुची वा सोखमा समेत फरकपन हुने भएकाले यस्तो प्रेम वा सम्बन्ध दिर्घकालिन न रहेको देखिन्छ 
८ -केहि घटना भने आफु लाइ हेर्ने सहयोग गर्ने आफु सरहको पुरुष साथी न पाउदा निरास भएर पनि आफु भन्दा कम उमेरको केटो लाइ प्रभावमा पारेर बिहे गरेको वा संगै बसेको देखिन्छ .यस प्रशङ्गमा भने जेठी महिला हरुको शारीरिक आकर्षण  र सम्पति एबम  चर्चित  व्यक्तित्व हुनुको कारण कम उमेरको पुरुष हरु लालायित भएको देखिन्छ .
९ कतिपय घटनामा  भने  आफुले रोजेको  वा मन परेको  आफ्नो सामनाको  केटीले  धोका दिएको   सम्बन्ध  बिच्छेद  भएको  कारण योन निरासा वा विक्षिप्त भएका युवा हरुले पनि आफु भन्दा  जेठी महिला सङ्ग सम्पर्क राख्ने गर्दा रहेछन त्यस्तो महिला प्राय बिधवा वा सम्बन्ध बिच्छेद गरेर बसेकी लाइ प्रभावमा पार्दा रहेछन जुन दुबैको अस्वाभाविक योन तृष्णा मेटाउने अभिष्ट मात्र भएको सम्बन्धित बिषयमा अध्ययन गरेका  बिस्व बिध्यालयहरुका प्राध्यापक हरुको निचोड छ. योन तृष्णाले विक्षिप्त महिला हरु सजिलै जवान पुरुष हरु प्रति आकर्षित  हुँदा रहेछन जसरि आफु भन्दा धेरै कम उमेरकी युवती प्रति पुरुस विक्षिप्त रुपमा आकर्षित हुने वा योन लालच राख्ने गर्छन .यस्ता बिबिध कारण हरुका पछाडी जेठी महिला र कम उमेरको पुरुषको बिबाह भएको घटनाहरु छन्  सामान्यया  जेठी दुलही सुन्दरता प्रति आकर्षण ,वा चर्चा वा सम्पति प्रतिको लालच वा पागलपन हो भन्ने हरुको कमि छैन . प्रेममा उमेर बाधक हुँदैन भन्ने हरु पनि छन् तर केहि बर्ष पछी टुट्ने त्यो वा त्यस्तो बिबाह पागलपन नै हो भन्ने हरु कै बहुमत देखिन्छ कैयौ बिधवा वा सम्बन्ध बिच्छेद गरि बसेका एकल महिला हरुले एक वा दुइ भन्दा बढी योन सम्पर्कको लागि साथी बनाएको वा घरमा कुनै बहानामा राखेको वा कार्यालयको सहकर्मी सङ्ग आफ्नो चाहना पुरा गराएको  पाइएको छ हुन् त् हाम्रो भन्दा योन बिषयमा स्वतन्त्रता भएको समाजमा योन तृप्तिको लागि बहु साथि राख्ने वा बनाउने वा भाडामा बोलाउने प्रसङ्ग नया पनि होइन . 

 - बिस्वब्यापी रुपमा नै दुलही जेठी न भएर कान्छी नै हुने वा हुनु पर्ने परम्पराको पछाडिको कारण के हो ? प्रसिद्ध  बिस्वबिध्यालय हरुका सम्बन्धित  बिज्ञ धेरै प्राध्यापक वा केहि प्रबुद्ध व्यक्तित्व हरु को अध्ययन अनुसन्धान एबम समबन्धित पात्र हरु सङ्ग  छलफल गर्दा यस्तो निष्कर्ष निस्किएको हो .
 -सामान्यतया समाज वा व्यक्तिगतरुपमा  पुरुष बिबाह पश्चात आफ्नी श्रीमतीको संरक्षकत्व वा जिम्मेवारी बहनकर्ता वा  संरक्षण भरपोषण लगायतका सबै जिम्मेवारी बहन गर्नु अनिबार्य  र नैतिक दायित्व सोच्छ तर जेठी दुलहीले के  आफु भन्दा कान्छो सङ्ग बिहे गरे पछी त्यो दायित्व निर्वाह गर्छन त् ?वा आफु भन्दा कान्छो दुलहा बाट परम्परागत सुरक्षा र संरक्षण खोज्छन ?उमेर  संगै अनुभब र भोगाईले आफु भन्दा कान्छोको भर पर्नु वा सुरक्षा र संरक्षण खोज्नु के प्राकृतिक न्याय वा परम्परा अनुरुप हुन्छ त् ?वा कान्छो  उमेरको दुलाहाको सुरक्षा संरक्षण अनि भरण पोषण गर्छन ?वा उमेर ले जेठी दुलहीको सुरक्षा संरक्षण गर्ने दायित्व बहन गर्ने कि नगर्ने ?सोचाइमा हुने फरकपनले यस्तो बिहे दिर्घकालिन हुन् नसक्ने हुन्छ ५ बर्ष सम्मको अन्तर लाइ मानसिक रुपमा समान र समझदारीमा एक रुपता हुन् सक्ने र सो भन्दा बढी जेठी दुलही र कान्छो उमेरको दुलहा बिचमा ब्यबहारिकतामा समझदारी हुन् नसक्ने सम्बन्धित बिज्ञ हरुको राय छ 
 समाजशास्त्री एबम मनोबिद हरु भन्छन सामान्यतया दुलहा र दुलहीको उमेर धेरै फरक हुनु हुँदैन सोच र मानसिकता समानता हुनु उमेर फरक हुँदा सोचाई को  धार फरक हुन्छ त्यसैले सक्दो नजिक फरक उमेरको र बढी उमेरको दुलहा कम उमेरको दुलही बिहे गर्ने परम्परा चलेको हो कारण बिस्वको कुनै पनि देशको कानुनले दुलहा लाइ दुलही प्रति सुरक्षा संरक्षण को जिम्मेवारी बहन गराउने अनिबार्य नीति बनाएको छ र  दुलही बनेर दुलाहाको घरमा जाने भन्ने नै छ र त्यसको अर्थ पुरुषले   दुलहीको सम्पूर्ण दायित्व निर्वाह गर्ने  वा उठाउने भन्ने पनि  हो .अर्को शब्दमा श्रीमान श्रीमतीको अभिभाबक पनि हो उमेरको हिसाबले अर्को लाइ सम्मान र मर्यादा गर्ने सामाजिक नियम हो यस अर्थले पनि हिजो देखिनै कम उमेरको दुलही र बढी उमेरको दुलहाको परम्परा बसेको हो .तसर्थ  जेठी दुलही र कम उमेरको .दुलहाको बिहे अस्वाभाविक र प्राकृतिक नियम बिपरित हो . कम उमेरको दुलहाले खोज्ने आफ्नो आर्थैक सहजता र बढी उमेरकी महिलाको योन तृष्णाको लालचा भन्दा धेरै उमेर फरक जेठी दुलही र कान्छो दुलहाको सम्बन्धको  बिशेष रुपमा कुनै त्यस्तो अपबाद बाहेक अर्को कारण न रहेको बिज्ञ हरुको अनुसन्धान बाट थाहा भएको छ .

1 comment:

  1. The Best 7 Casino Locations - MapyRO
    Find your 목포 출장샵 favorite slot 성남 출장샵 machines in the casino. We have 문경 출장샵 the best slots in the country, along with over 이천 출장안마 100 titles 대전광역 출장샵 to play, including JackpotCity's greatest hits.

    ReplyDelete