Pages

Friday, June 1, 2018

समय 
समय अचानक हास्दै समिप आई  माया साटौ भन्यो 
म मायाको भोको हासेरै  बिनाशर्त सहर्ष स्वीकार गरे 
उल्टो छातीको घाउमा नुनचुक दलेर पत्तै नदिकन गयो 
निको पार्ला मुटुमा दुखेको पुरानो खिल भनि गदगद थिए 
उल्टो  उखेल्नै नसक्ने गरि मुटुमा किला ठोकेर  पो गयो 
म त् पिडा बोक्ने कन्टेनर थिए उसलाई थाहा थियो 
साथमा  बसेर  भारि केहि हल्का गरि देला भनेको त् 
उल्टो सुस्तरी चल्ने  मुटुको धडकन झनै बढाएर गयो 
मुटु मेरो  एक्लै रहदा हरपल  यसै  जलेको नै थियो
बिहानको घाम संगै कोमल बनि केहीबेर संगै खेल्यो   
मध्यान्ह नहुदै उल्टो निर्मम बनेर  यो छाती डढाएर  गयो .......
समय आफु त् निर्मम नै थियो मलाई समेत निर्मम बनाएर गयो 

No comments:

Post a Comment