Pages

Sunday, June 3, 2018




इमान्दार हुनु को पासो 

कहिले काँही बिगत संझेर आफै लाइ सोध्न मन लाग्छ के दियो तेरो इमान्दारिताले ? जीवनभर दुख अभाब र संघर्ष ?समय साक्षेप र सुरक्षित अबस्थामा पनि परिस्थिति  लाइ चलाखीपूर्ण आफ्नो अनुकुल बनाउन नसक्ने मेरो कमजोरी हो वा मेरो जन्मनै इमान्दार हुन् को लागि भएको हो ?सोच्ने गर्छु र यहि एक पटक  आफु तर्फ फर्केको तिन औला ले सोध्छन तैले खोइ त् भैरब दाइको १०० रुपिया तिरेको ?  बाँकी आफ्नो इमान्दारीको केहि स्मरण उल्लेख गर्न लायक ठानेको छु 
१ सर्ब प्रथम र कहिले पनि बिर्सन नसक्ने गरि गढेको कुरो हो सार्बजनिक रुपमा (स्कुलमा शिक्षक हरुको अगाडी बोसिलो चोर बनेर  गालि खाएको ) सायद ५ कक्षामा  पढ्दै गर्दा को कुरो हुनु पर्छ अरनिको  निम्न माध्यमिक बिध्यालय दधिकोट भक्तपुर पढाइ संगै निर्माण समेत हुँदै थियो .एक दिन खाजा खाने समयमा  सिरुटारको  एक जना सहपाठी र  म डकर्मी हरुले एउटा कोठामा राखेको बोसिलो  लिएर डकर्मीको सिको गर्दै काठको  टुक्रामा बोसिलो ठोक्न थालेको थिए त्यो दृश्य एक जना शिक्षकले देख्नु भएको थियो  तर केहि भन्नु  भएको  थिएन .केहि छिन पछी घन्टी बज्यो म त्यो बोसिलो जहाको त्यहि राखी कक्षा कोठा भित्र पसे .सहपाठी त्यहि  थियो ...त्यो दिनको पढाइ सकियो म घर तिर लागे .भोलि पल्ट बिहान स्कुलमा प्राथना (राष्ट्रिय गित गाउने )कार्यक्रम सकिने बित्तिकै  मलाई प्रधानाध्यापकको कोठामा बोलाइयो र सोधियो किन बोसिलो चोरेको ?खोइ कहाँ छ ?हिजो बोसिलो चलाएको देख्ने शिक्षकले ठाडै खाइ हाले मेरो आँखाले देखेको तिमि हिजो बोसिलो चलाई रहेको थियौ बिहान डकर्मी हरु आउँदा बोसिलो देखेनन् काम रोकिएको छ कहाँ बोसिलो तुरुन्त लेराउ नत्र स्कुल बाट  निकाली दिन्छु     म  त्  पसिना पसिना   भए  रुन  थाले र भने  मैले त् त्यही छोडेर गएको कक्षा कोठामा गएको .....बढ्ता बोल्छौ  खुरुक्क  देउ बोसिलो  भन्दै हातमा रहेको निगालोको लठ्ठी तेर्स्याए बा ....मैले कान समात्दै भने मलाई थाहा छैन म बोसिलो त्यही छोडेर कक्षामा गएको हु न पत्याए  साथी लाइ सोध्नुस    अझ बढ्ता बोल्छौ खुरुक्क  फिर्ता गर्छौ  कि  तिम्रो भिनाजु हरु लाइ बोलाउ भयो अब कहाँ को कुरो कहाँ   इमान्दार मेहिनती भनेर स्कुलले छात्रवृत्ति  दिएको  बिध्यार्थी  तिमि चोर पो   ?थप्दै गए   मैले रुँदै रुँदै भने होइन होरेको छैन ....त्यहि बिचमा हेड़ सर (स्व.प्रेम प्याकुर्याल ) जाउ बोलाउ तिम्रो  साथी   लाइ   मैले त्यो सहपाठी लाइ बोलाएर लेराए    तिमि संगै थियौ रे हिजो  बोसिलो चलाउने बेलामा  तिमि लाइ त्यहि छोडी शेखर कक्षामा गएको रे तिमीले देख्यौ ?  साथीले केहि बोलेन   न बोलेको देखेर फेरी हेड सर ले  कराउनु भयो छिट्टो भन नत्र तिमि लाइ पनि निकाली दिन्छु स्कुल बाट    बल्ल उसले रुँदै   भन्यो      उसले नै स्कुलको  पछाडी रहेको बालुवाको थुप्रो मा लुकाएर राखेको रहेछ ...

२  २०४३ /४४ साल हुनु पर्छ म कालिमाटी प्रहरी चौकीमा कार्यरत थिए इन्चार्ज हुनु हुन्थ्यो  गोकर्ण बहादुर पाल पछी एस एस पी भएर अबकास हुनु भयो .त्यो दिनको घटना सम्झेर आज पनि जो सोझो उसकै मुखमा घोचो भन्ने उखान याद आउछ
एक दिनको कुरो हो  सायद तत्कालिन अबस्थामा सबै भन्दा ठुलो लुटको घटना थियो .विशालबजारको बाणिज्य बैंक वाट  दिउसो १ बजेको समयमा यू एस एड रबि भवनमा रहेको कार्यालयको तलब को लागि निकालेको रकम २ लाख ब्रिफकेस बैंकको काउन्टर बाट नै  खोसेर (लुटेर )एउटा समुहले लागेको थियो .अंचल प्रहरी कार्यालयले अलर्ट गर्यो उपत्यकाका सबै होटेल लाज चेक जांच गर्ने   साँझ पर्यो इन्चार्ज गोकर्ण पाल र म निस्क्यौ चेक गर्न   यसै क्रममा  तत्कालिन वडा प्रहरी कार्यालय ,इलाका प्रहरी हुँदै अहिले के पो भएको छ क्यारे जति नाम फेर्यो त्यति बदनाम बन्दै गएको नेपाल प्रहरी ..अर्थात  कालिमाटी वडा प्रहरी कार्यालय को ठिक पछाडी रहेको लक्ष्मी लजमा पुगेको  थियौ .यात्रीको सुची हेर्यौ  सबै बनारस पटना मोतिहारी का थिए ..इन्चार्ज पालले भन्नु भयो तपाइँ माथिल्लो तला हेर्नुस  म पहिलो तला हेर्छु 
एउटा कोठामा ढोका खुल्ला थियो  ५ जना लहरै ५ वटा खाटमा  सुतेका थिए  बोलाए ब्युझाए कोइ  बोल्दैनन सबै अत्यधिक रक्सि पिएर सुतेका रहेछन ..खाट मुनि हेरे एउटा सानो कालो ब्याग देखे  खोलेर हेरेको त् हज्जार हज्जार नोटको एक बिट्टा र केहि  भारतीय रुपिया रहेछ ...मैले तत्काल  इन्चार्ज लाइ बोलाए  नोटको प्रकृति हेर्दा अस्वाभाविक नै थियो शंका लाग्यो  र अर्को कोठा चेक गर्दा  अन्य तिन जना त्यस्तै अबस्थामा देख्यौ लजको कर्मचारी संग सोध्यौ सबै संगै आएका रहेछन  शंकाले थप नजिक पुर्यायौ .सोधपुछ गर्यौ कोइ के भन्थे कोइ के सबै बेहोसी जस्तो  हामीले नोट गन्यौ त्यहि ९० हज्जार रहेछ .ति सबै लाइ वडा प्रहरी कार्यालयमा लिएर गयौ .ब्रिफकेस लुटिने एन के प्रधान लाइ फोन गर्यौ नोटको हुलिया बतायौ उनि आए र भने हजुर नोट यहि हो .हाम्रो अधकल्चो काम लाइ उनले सफलता ठाने र तत्काल भने हजुर यो दुइ लाख भेट्टाए पछी म हजुर हरुको ट्वाइलेट  खराब रहेछ त्यो बनाइ दिन्छु  पाल सर ले भन्नु भयो हामीले हाम्रो काम गर्दैछौ  ..हामि तपाइँ संग केहि माग्दैनौ
कुटपिट धम्कि आदि इत्यादि जे गर्दा पनि उनि हरुले आफ्नो नाम र ठेगाना बताएनन मात्र बनारस र पटना बाट आएको  यहि भेट भएको एक अर्का लाइ चिन्दिनौ भने अंचल प्रहरी र अपराध अनुसन्धान शाखा हनुमानढोका लाइ तत्काल खबर गरेका थियौ सोधपुछ गर्दा गर्दै रातको १ बज्यो उनि हरु कोइ काम्ने कोइ मुख बाट फिज निकाल्न थाले  ...अनि हामीले अब भोलि  बिहान थप अनुसन्धान गर्ने भनेर खाना खाएर सुत्यौ 
भोलिपल्ट बिहान ६ नै बजे अंचल प्रमुख अच्युत चालिसे र अनुसन्धान प्रमुख भरत जी सी वडामा आएर इन्चार्ज र मलाई समेत थाहा नै न दिएर  उनि हरु लाइ कुटपिट गरेर बकाइ सकेछन  बाँकी एक लाख बल्खु विष्णुमति खोला पुल मुनि बालुवामा लुकाएर राखेको रहेछन त्यो पनि लेराइ सकेछन र  हामि लाइ उठाउदै भने हेर सुति रहेका छौ अझै यस्तो ठुलो घटनामा अनुसन्धान गर्नु पर्दैन ?हप्की दप्की लगाए अनि भने खोइ ब्रेकफास्ट को व्यवस्था छैन ?म स्वयम् मोटरसाइकलमा जवान लाइ साथमा  लिएर  गै  रन्जना न्युरोड पुगेर जेरी पुरी हलुवा किनेर लेराए फर्केर आउछु त्  भरत जी सी तत्कालिन प्रहरी निरीक्षक म सङ्ग जंगीए  खोइ पैसा पुरा छैन त्  उनि हरुको  अनुसार पैसा तिमि ले गनेको रे    कति पैसा कमि भयो ?मैले सोधे भारु ३ सय पुगेन   मनमा न राम्रो लाग्यो आफुले इमान्दारीपूर्वक काम गर्दा बगलीमा सबै पैसा हालेर चुपचाप  बसेको भए  भोलि पल्ट ति लुटेरा हरु आफ्नो बाटो लागि हाल्थे ....तर   भयो   उल्टो    म फेरी एक पटक जवान लाइ साथमा लिएर  लक्ष्मी लजमा गए झोला भेटेको खाट मुनि हेरे  आखिर त्यो पैसा त्यहि खसेको रहेछ ....लेराएर दिए ...चुपचाप लागे सबै ..
त्यैबेला इन्चार्ज पाल सरले अंचल प्रमुख चालिसे लाइ भन्नु भयो सर हाम्रो जवान को ट्वाइलेट अत्यन्त खराब छ बजेट छैन एन् के प्रधान जी ले बनाइ दिन्छु भन्नु भएको छ भन्नु भयो चालिसेले  भने धेत्त धेत्त प्रहरीले  आफ्नो काम गरे बापत त्यस्तो पैसा लिनु हुन्छ ?धेत्त    भने      र ति सबै लाइ पैसा सहित हनुमानढोका  लिएर गए  एन् के प्रधान जी पनि साथै जानु भएको थियो
पछी थाहा भयो अच्युत चालिसेले त्यस बेला कतै फेला वा बरामद भएको भगवतीको मुर्ति को लागि मन्दिर  बनाउने भनेर  एन के  प्रधान संग पटक पटक गरि ५० हज्जार लिए छन् पछी एन के जी प्रधान जी ले हामि लाइ भन्नु भएको थियो ..उल्टो जेरी सवारी ह्लुवाको  १५० रुपिया आफ्नो खर्च भयो   तर इमानदारीपूर्वक काम गरे बापत धन्यवाद दिएनन   
३  अर्को झन् हाँस उठ्दो र मुर्खता इमानदारीको  छ सम्झन लायक ४२ /४३ सालको हुनु पर्छ रामराजाले बम काण्ड मच्चाए पछी थानकोट घाटीमा अस्थायीरुपमा रुपमा प्रहरी चेक पोस्ट स्थापना गरिएको थियो र  उपत्यकाको  बिभिन्न इकाई बाट २/३ महिनाको लागि काजमा प्रहरी खटाइएको थियो .मेरो पनि पालो आएको थियो इन्चार्ज  हुनु हुन्थ्यो प्रहरी नायब उपरीक्षक म सहायक थिए .एकदिन बिहान ४/५ बजेको थियो काकडभित्ता बाट एउटा रात्रि बस आयो त्यो बसमा म स्वयम् ले चेक गर्न  चढे माघ महिनाको जाडोको समय थियो त्यसैले म सकेसम्म यात्री लाइ बाहिर निकाल्ने गर्दैनथे र सहायक हरु लाइ पनि सकेसम्म तल नझार्नु भनेर आदेश दिएको थिए .मेटल डिटेक्टर लिएर चेक गर्दै थिए .एकजना यात्रुको कांखीमुनि  ट्या ट्या गर्यो  के हो  भनेर  सोधेको  बच्चाको  खेलौना हो हजुर  केहि होइन भने ति यात्रीले   तर आफ्नो लागि शंका नै ठुलो हुन्थ्यो  मैले भने निकाल्नुस बाहिर उनले कानमा भने सर खेलौना हो छोदिनुस न भन्दै मेरो हातमा नोटको मुठो थमाउन खोजे   आफु लाइ पुगी हाल्यो  त्यो नोट सहित  उनलाई कठालोमा समातेर बाहिर निकाले पैसा गनेको त् ५३ हज्जार रहेछ सहायक लाइ इन्चार्ज बोलाउन पठाए वहा अलि माथि अस्थायी टेन्टमा सुत्नु हुन्थ्यो आउनु भयो ..के भयो भनेर सोध्नु भयो मैले उनले खेलौना भनेको चिज देखाए जीवनमा कहिले देखेको भए पो  वहाले भन्नु भयो यो त् गैंडाको खाग जस्तो छ यात्रीले  भने होइन हजुर यो खेलौना हो नक्कली  हो हजुर मैले काकडभित्ता मा किनेको म तीर्थयात्री हु किन दुख दिनु हुन्छ अरुण गुरुङ डीएस पी साहेब पनि सोझै मानिस लौ त्यसो भए तपाइँ यो यहि छोडेर जानुस हामि हनुमानढोका पठाएर चेक  गर्छौ ......त्यो मानिस बुर्कुसी मार्दै  बसमा चढ्यो .वहा फेरी सुत्न जानु भयो मैले एक जना सहायक लाइ त्यो खेलौना भनेको चिज हनुमानढोका मा बुझाउन पठाए 
दुइ दिन पछी त् हनुमानढोका अपराध अनुसन्धान कार्यालयको लामो चिठ्ठी पो आयो यो सामान को चेक गर्ने को हो कसको लापर्वाहिले किन के कति कारणले अभियुक्त लाइ छोडियो कार्यवाही किन नगर्ने ?हेहेहे डी एस पी अरुण गुरुङ साहेब र म मुख हेराहेर गर्यौ त्यो मान्छे ले वहा लाइ पनि कानमा कुरो नगरेको होइन तर ...खाइ न पाई ...केहि दिन काठमाडौं बाट बाहिर जाने सबै सवारी साधन चेक गरियो   त्यो यात्री थोडै म जस्तै मुर्ख थियो होला र फर्केर त्यहि बाटो आओस जब कि उसंग प्रसस्त पैसा थियो ...प्लेन बाट उड्यो होला सायद ..केहि दिन पछी इन्चार्ज र मलाई काज फिर्ता बोलाइयो हामीले कुनै बेइमानी नगरेको कारण कुनै कार्यबाही भने भएन  धेरै पछी पनि कतै अरुण गुरुङ सर लाइ भेट्दा हामि हास्थ्यौ  आफ्नो इमान्दारी  र मुर्खता संम्झेर 
४ इमान्दारीको अहमताले निम्त्याएको अर्को बितण्डा झनै सम्झना लायक छ ४७  सालको कुरो हो म बालाजु इलाका प्रहरी कार्यालयको प्रमुख थिए बहुदलीय ब्यबस्था पुनर्स्थापना पश्चात पहिलो ससदीय निर्वाचन को तयारी थियो संबिधान निर्माण भएको थियो .
नवरात्री सुरु भएको थियो .एकदिन  बिहान ७/८ बजे एकजना व्यक्तित्व नमस्कार गर्दै मेरो कार्य कक्षामा प्रवेस गर्नु भयो .मैले उठेर वहाको स्वागत गरे .कोइ आगन्तुक आएको बेलामा प्राय म आफ्नो कुर्सीमा बस्दैन थिए /आगन्तुक संगै बस्ने गर्थे .वहा लाइ पनि संगै बसौंन र चिया पियाउँन  सोच्दै थिए वहाले आफ्नो परिचय समेत दिनु भएन र भन्नु भयो म धेरै बेफुर्सदी थिए सर पनि आउनु भएन र म आफै आएको भन्दै मेरो हातमा दशैको शुभकामना कार्ड सहितको खाम राखी दिनु भयो .मैले खोलेर हेरे .खाम भित्र ५ सयको ४ वटा नया नोट रहेछ अर्थात २ हज्जार रुपिया मैले सोधे के हो यो ?वहाले भन्नु भयो दशैँ खर्च सर    उफ्फ़ आज सम्झन्छु त्यो मेरो मुखातापूर्ण ब्यबहार अनि मेरो साहस  सायद मुर्ख भएरनै होला बल आएको पनि ...मैले वहाको कठालो समातेर  बाहिर धकेल्दै भने के सोचेको ?के म खान न पाएर प्रहरीको जागिर खान आएको सोचेको ?बाबुको एउटा छोरो बुझिस जा कटुन्जेमा गएर  बुझ मलाई दशैँ मनाउन तिम्रो खर्च चाहिन्छ ?भन्दै बाहिर  पठाई दिए ....
पछी घुमुवा प्रहरी लाइ सोधे को मान्छे हुन् उनि  घुमुवा प्रहरीले भने सर उनि पुर्ब सहायक अन्चालाधिस हुन् मेघा उल (बालाजु औधोगिक क्षेत्र )का निर्देशक हुन् ..तिनै घुमुवा बाट  थाहा भयो   म भन्दा अगाडिकै सबै प्रमुख हरु प्रत्यक कारखानामा गएर हजुर दशैँ आयो घरमा केटाकेटी छन् प्रहरीको जागिर ले कसरि  दशैँ मनाउनु भन्दै  दशैँ खर्च उठाउने गर्ने गरेका रहेछन .त्यहि परम्परा धान्न म कतै न गएको कारण उनि आफै आएका रहेछन ....पछी थाहा भयो उनले हनुमानढोकाका तत्कालिन प्रमुख कुमार कोइराला लै भनेका रहेछन मेरो जीवनकालमा आज सम्म यस्तो इमान्दार प्रहरी भेटेको छैन मैले गरेको दुर्ब्यबहार लाइ पचाएर मेरो प्रसंसा गर्नु भएको रहेछ ...





No comments:

Post a Comment