Pages

Thursday, May 26, 2016

अचानो 

सक्ने भए  बोल्न अचानो त्यो 
बगाउदै आशु कति पीडा पोख्थ्यो होला !
सुनेर गीत सायद पीडा दिने निर्दयी पनि 
धुरु धुरु रुन्थ्यो होला 
चोटैचोट ले खिएको उसको जीवन गाथा 
कुन भाखा मा  सबै लाइ सुनाउथ्यो होला ?
झुल्के घाम देखि साँझ सम्म  पीडा दिएर हास्ने लाइ 
चस्केको मन को बह कसरि  सुनाइ हिड्थ्यो होला 
कसले बुझ्छ उसको पीडा कठै 
उ त् रोइ बस्छ एकान्त पाए पछी  सधै 
जाओस पनि कहाँ  चोट दिने   बाहेक 
को   पो   छ   र   उसलाई  भन्ने   कठैबरा 

No comments:

Post a Comment