Pages

Thursday, May 26, 2016

                                                   Subject: राष्ट्रियता र लोकतन्त्र अनि नेपाल


नेपाल नागरिक   स्वतन्त्रता अनि अधिकार   र   राष्ट्रिय   स्वाभिमान   स्वाधिनता सार्बभौम अस्तित्वको लडाइमा   फसेको  ७  दशक  पुग्न  लाग्यो .बिस्वको  १७ औ  जेष्ठ  देश  नेपालको   यो   नियति लज्जास्पद र   विडम्बनायुक्त  छ .नेपाल  आज हाम्रो  बौद्धिक  अपाङ्गता र  पराधिनता को पछिल्लो उदाहरण बन्न  पुगेको छ  न त्  हामि  लोकतन्त्रको सस्थागत गर्न सक्षम भयौ न  त्  राष्ट्रियता प्रति ढुक्क हुन् सकेका छौ .लोकतन्त्रको  नाममा भारतको वा  यूरोपियानको हस्तक्षेप वा  राष्ट्रियताको नाममा भारत बिरोधि भावना नेपालीमा किन छ ?र अब कतिन्जेल ?२००७ को परिबर्तन पश्चात ७ दशक सम्म  निरन्तर भारत बिरोधि सेन्टिमेन्ट को  राजनीति दुवै देशको हितमा छैन .यो  भावना किन अन्त हुन्  सकेको छैन ?यस बिषयमा भारतको मात्र एक तर्फी दोष छ वा हाम्रा कथित नेतृत्व वा शासक हरुको कमजोरी पनि छ ?नेपालमा  छिमेकी वा  बिदेशीको हस्तक्षेपको लागि   बाताबरण  र   सहजताको   ढोका खोल्ने  को   हो  ?नेपालले इष्ट इन्डिया कम्पनि (ब्रिटिश)सित युद्ध नै  लडेर आफ्नो सार्बभौमिकता लाइ  अक्षुण राख्न सफल भएको थियो भने भारत् स्वतन्त्र भए पश्चात् बिबिध बिषयमा अविस्वास  वा असमझदारी अनि   भुबनौटको   कारण धार्मिक सास्कृतिक भाषिक जस्ता  अनेक बिषयमा सबै भन्दा नजिक को  मित्रता  भएर  पनि  सधै थिचोमिचो वा असमझदारीको बाताबरण सृजना हुनु  दुवै देशको हितमा छैन .शासक हरुले बिगत ७ दशक अगाडी देखिनै नेपालको राष्ट्रियता माथि भारतीय खतरा मात्र देखाउदै आयो तर युरोपियन अमेरिकन अनि चिनिया खतरा लाइ छायामा पार्यो .आज परिणाम यहाँ सम्म आइ पुग्यो कि स्वयम् भारत नेपालमा उपस्थित यूरोपियन अमेरिकन र चिनिया मार्फत उसको राष्ट्रिय सुरक्षामा समेत  खतरा महसुस  वा ससकित हुनु पर्ने अबस्थामा हामीले पुर्याई दिएका छौ .नेपाल ले अब कि सिधा सिधा यो यो सन्धि सम्झौता खारेजी वा यो यो बुंदा खारेजी परिबर्तन वा परिमार्जित गरौ भन्न सक्नु पर्यो कि अब चुप लागेर परिस्थिति लाइ सामना वा  ब्यबस्थापनका बिकल्प निर्माण गर्नु पर्छ .राष्ट्रियताको नाममा भारत बिरोधि सुगा रटाइ अन्त हुनु  पर्छ .राजनैतिक व्यापारको लागि नागरिक सतहमा पुग्ने गरि वैमनस्यता बढ्ने बढाउने प्रवृतिको अन्त हुनु  पर्छ .दुइ छिमेकीको सुरक्षा चासो लाइ नेपालले पुलको रुपमा रहेछ सम्बोधन अनि बिस्वस्त पारि दुइ छिमेकी लाइ नजिक पुर्याउन अहम् भूमिका खेल्नु नै नेपालको राष्ट्रियता लाइ बलियो र सम्बृद्ध पार्ने उत्तम बिकल्प हुन्छ .

जात क्षेत्रीयता र बाद भन्दा माथि उठेर प्रत्यक नागरिक जो राष्ट्र प्रतिको जिम्मेवारी लाइ बिबेकपूर्ण तरिकाले सम्बोधन गर्न चाहन्छन .सत्तामा पुग्न र सत्ता जोगाइ राख्न दक्षिणको "समर्थन "वा बिरोधको कुरो किन उठ्छ ?तराईबासी नेपालि लाइ बिहारी (भारतीय )को बिल्ला किन र कतिन्जेल भिराइ रहने ?परिभाषित  हुनु पर्छ र स्पस्ट हुनु पर्छ .समय समयमा बिभिन्न दल बिभिन्न सम्झौताको कुरो उठाउने अनि  राष्ट्रबादी हुने धुर्त्याईपूर्ण नाटक मन्चन हुन्छ तर न त् पंचायत न त् बहुदल पश्चात कमुनिष्ठ ले अनि स्वघोषित उग्र राष्ट्रबादी नारा बोकेको एमाओबादी ले  कुनै सन्धि सम्झौता खारेज गर्ने संसोधन वा परिमार्जित गर्ने गराउने प्रयास गर्यो  .फेरी किन अझै भारत बिरोधि सेन्टिमेन्ट लाइ जिउदो वा निरन्तर दिन अभिप्रेरित छौ ?उपचार बिहिन बनाएर यो सेन्टिमेन्ट लाइ जिउदो किन राखी रहेका छौ ?गम्भीर विस्लेषण गरेर टुंगो लगाउनु ढिला भैसकेको छ कहिले  माटो लाइ छोएर देश र देशबासीको नाममा राजनीति गर्ने कसम खाने ?केहि राजाबादी र कमुनिष्ट हरुले लोकतन्त्रबादी हरु लाइ दक्षिणको को छिमेकी को दलाल भनेर राजनीति गर्ने ?अनि कहिले त्यो  आरोप बाट लोकतन्त्रबादी मुक्त  हुने  ? नेपालको राष्ट्रियताको  नाममा जोडिएको अर्को बिषय हो नागरिकता यस  बिषयमा  जति  दक्षिण तिरको कुरो  उठ्छ   त्यति  उत्तरको  उठेको  छैन तर गृह मन्त्रालयमा  समेटिएको र  न समेटिएको तथ्यांक  लाइ स्वतन्त्र अध्ययन गर्ने हो भने उत्तर पनि दक्षिण तिर  जतिकै अंगिकृत वा अनियमितता बाट ग्रसित छ .तसर्थ अब नेपालले पनि अमेरिका बेलायत अस्ट्रेलिया को   झैँ नागरिकता वितरण गर्दा बंसज होस् वा अंगिकृत लाइ  सामुहिकरुपमा राष्ट्रिय झन्डा मुनि राष्ट्रिय गित गाएर  न्यायाधिसको अगाडी "देश प्रति इमान्दार रही काम गर्ने छु देश हित बिपरित काम गर्दिन "भनेर शपथ खुवाउने नियम बनाउनु परेको छ साथै अंगिकृत लाइ ३ देखि ५ बर्ष अस्थायी नागरिकता दिने र उसको चालचलन नेपाल को हित बिपरित छैन भन्ने लागे मात्र स्थायी नागरिकता दिने गर्नु पर्छ .

लोकतन्त्र र  राष्ट्रियताको कुरो गर्दा नेता बि पी र राजा महेन्द्रको स्मरण गर्नु पर्ने हुन्छ ..बि पी र महेन्द्र थप १० बर्ष मात्र बाँची दिएको भए प्रजातन्त्र र राष्ट्रियता मजबुत हुन्थ्यो नेपाल बिस्वकै अनुकरणीय रुपमा बिकसित हुन्थ्यो .बि पी र महेन्द्रले नै नेपालको स्वतन्त्र ,स्वाधीन सार्वभौमसत्ता अस्तित्व लाइ बिस्व सामु चिनाउन सफल भए त्यसको बिरुद्ध कहिले बि पी को बिरुद्ध महेन्द्र त् कहिले महेन्द्र ,बिरेन्द्र बिरुद्ध बिपी प्रयोग भए ..यो कुरो महेन्द्रको देहान्त पश्चात २०३३ सालमा बि पी लाइ महसुस भयो र उनि स्वदेश फर्किए जनमत लाइ स्वीकार गरे ..बि पी को एउटा कमजोरी अहिले महसुस हुन् पुग्यो उनले आफु पछिको उत्तराधिकारी तयार गर्न असफल भए यदि एक कुसल उत्तराधिकारी तयार गर्न सकेको भए पंचायत पश्चात प्रजातन्त्र मार्फत नेपाल झन् अनुकरणीय रुपमा प्रगति तर्फ अगाडी बढ्थ्यो त्यसो हुन् सकेन  र  लोकतन्त्र  कमजोर मात्र  असफल  नै   भयो र  कारण स्वार्थी अदुरदर्शी सत्तालिप्त झुण्ड को रुपमा लोकतान्त्रिक  भनिएका दल हरु  अगाडी बढे  त्यहि नै आजको यो बिडम्बनायुक्त परिणाम हो ...६३ पछी त् कांग्रेस लगायतका दलहरु  लोकतन्त्र को आवरण मा मात्र रहे कट्टरपन्थी  माओबादीको एजेन्डाको पुच्छर भएर देश दोहन गर्न बाहेक लोकतन्त्र र  राष्ट्रियता बलियो बनाउन ध्यान गएको छैन  ....लोकतन्त्र र  राष्ट्रियता सम्बृद्ध राष्ट्र निर्माणको दुइ प्रमुख अधारसिला वा खम्बा  हुन् राष्ट्रियता बिहिन लोकतन्त्र र  लोकतन्त्र बिहिन राष्ट्रियताको कल्पना गर्न सकिदैन .यी दुइ बिषयको मिलन एकता र स्थायित्वले नै देशले काचुली फेर्न सक्छ .अहिले   मेची  महाकालीमा  धेरै पानि बगिसक्यो बि पी र महेन्द्रको  परिकल्पना गर्न सकिदैन .नागरिकको मानसिकतामा ठुलो परिबर्तन आइसक्यो तसर्थ समय साक्षेप लोकतन्त्र र ग्लोबलाइजेसन को अबधारणा अनुरुप राष्ट्रिय स्वार्थ लाइ सर्वोपरी राखी राष्ट्रियता लाइ  फराकिलो रुपमा परिभाषित गर्नु पर्ने अवस्था छ .
नेपाल  जस्तो गरिब  सानो अनि  भुपेरिबेष्ठित राष्ट्रको लागि आफ्नो  स्वाधिनता सार्वभौमसत्ता र  स्वतन्त्र अस्तित्व लाइ जोगाइ राख्नु हमेसा चुनौतीनै रहेको हुन्छ .यस्तो सानो देशको लागि उसको राष्ट्रियता भनेको उच्चस्तरीय शान्त कुटनीति मार्फत चलाखी पुर्बक देश लाइ आत्मनिर्भर बनाउनको लागि आकर्षित गर्नु हो जस्तो राजा महेन्द्रले गरेका थिए .महेन्द्रले अमेरिका तत्कालिन  रसिया महासंघ लगायत  चिन भारत बेलायत जापान जर्मन फ्रान्स जस्ता देश हरु लाइ निरंकुस राज्य व्यवस्था भनेर बिरोध को  बाबजुद देश निर्माणको लागि आकर्षण गर्न सफल भएका थिए .त्यसको  बाबजुद देश हित बिरुद्ध कुनै देशलाई कुनै गतिबिधि गर्ने छुट थिएन."देश भनेको चारै तिर रेखांकित कुनै भूभाग मात्र  होइन देश भित्र उसको मौलिक धर्म ,सस्कृति सामाजिक परम्परा भाषा  भेष जस्ता  विशिष्टता हुन्छ त्यसमा  पनि नेपाल जस्तो देशको त्  आफ्नै मौलिकता छ यसलाई बचाई राख्नु पनि राष्ट्रियताको अर्को महत्वपूर्ण पाटो हुन्छ .नर्वे जापान जस्ता नेपाल  जस्तै पुराना देश हरु आज आफ्नो मौलिक सस्कृति र  परम्परा लाइ कसरि जोगाउने भनेर नया नया आप्रबासी नीति सोच्दैछन नेपालको लागि त् झनै गम्भीर हुनु पर्ने स्थिति छ तर यहाँ नेतृत्व बर्ग बिबेकहिन र गैर्ह जिम्मेवार भएर प्रस्तुत हुन्दैछन  जुन  धेरै चिन्ताको बिषय भएको छ .
आज नेपालको परिस्थिति हेर्ने हो  भने  राष्ट्रियता  र  लोकतन्त्र माथिनै  खतराको तरवार झुण्डिएको स्पष्ट देखिन्छ .बिस्व इतिहास हेर्ने हो  भने लोकतन्त्रको सबै भन्दा ठुलो दुष्मन "भ्रस्टाचार "हो  भने राष्ट्रियताको दुष्मन बिदेसीको उपस्थिति वा चलखेल हो अहिले यी दुवै बिषय नेपालि राजनीतिको श्रीषस्थ स्थानमा छ .यस्तो अबस्थामा प्रश्न उठेको छ  कसरि बचाउने लोकतन्त्र ?कसरि बचाउने राष्ट्रिय स्वाधिनता ?.तसर्थ लोकतन्त्र र  राष्ट्रको माया लाग्छ /गर्छु यी दुइ बिषय प्रति म इमान्दार छु  भन्ने  कोइ नेता छ  भने "भ्रष्टाचारको अन्त  र आन्तरिक  राजनीतिमा  बिदेशीको उपस्थिति(हस्तक्षेप ) लाइ सुन्यमा झार्ने पहिलो र  अनिबार्य काम गर्न सक्नु पर्छ .नेपालले राष्ट्रिय स्तरका जल सम्पदा  ,आयोजना अनि ब्यापार को  लागि  एउटा निश्चित नीति तयार पार्नु पर्छ जुन जो सुकैको सरकार रहेको अवस्था भए पनि निर्देशित नीति अनुरुप निर्णय गरोस .नेपालको जल सम्पदामा छिमेकी चिन र भारत अनि अमेरिकाको समेत गहिरो चासो रहेको तथ्य सबै सामु छ त्यसैले नेपालले एउटा सर्ब सम्मत नीति तय गर्नु अनिबार्य छ .ताकी जुन दलको सरकार बने  पनि तदनुरूप निर्णय होस् र  सम्बन्धित  बिषयमा राष्ट्र विभाजित नहोस यहि नै हो राष्ट्रियता ...राष्ट्रिय समस्याको बारेमा राष्ट्र भित्र एकता खोज्नु अनिबार्य छ र राष्ट्र भित्रनै समाधान खोज्नु पर्छ .राष्ट्रियता बलियो बनाउने एक  मात्र सुत्र राष्ट्रिय एकता नै हो तसर्थ निषेधको राजनीति बन्द गर्नु र राजनैतिक  वा जातीय समुह बीच सदभावपूर्ण बार्ता मार्फत निष्कर्ष निकाल्नु पर्छ .

२१ औ शताब्दीको सभ्य सुसस्कार युक्त सुशासनको लागि, अनुकरणीय लोकतन्त्रको लागि ,  राष्ट्र र रास्ट्रीय एकताको लागि अब नेपालले दुइ छिमेकी लाइ समदुरीमा राख्ने समान दृष्टिकोण राख्ने र  उनीहरुको विकासलाई नेपालको लागि सदुपयोग गर्ने गराउने तर अहस्तक्षेपकारी नीति लाइ सम्मानपुर्बक ब्यबहारमा कार्यन्वयन गर्न गराउन उच्चस्तरीय कुटनीति अपनाउनु पर्छ .छिमेकी देश हरु सितको सुमधुर सम्बन्ध नै राष्ट्रियताको सुरक्षा अनि लोकतन्त्रको संरक्षणको लागि उचित हुन्छ .देश भित्रको झगडा अनि राजनैतिक अस्थिरता ले नेपालको राष्ट्रियता र लोकतन्त्रको   स्थायित्व लाइ कमजोर बनाइ रहेको छ र नेपालि लाइ बिदेसी हरुले सहयोग र सल्लाहको नाममा विभाजित गर्न सफल भएको अहिलेको  अवस्था बाट देश लाइ मुक्त गर्न सबै राजनैतिक दल हरुले गम्भीरतापूर्वक सोच्ने र निर्णय गर्नु पर्छ .

No comments:

Post a Comment