Pages

Thursday, May 26, 2016

गीत 
म हारेर तिमि जित्छ्यौ भने एउटा जीवन हारी दिन्छु 
सधै सधै तिम्रै जित होस् म हार मै खुसि रहन्छु 

आँशु जति देउ मलाई मेरो खुसि तिमि लाइ दिन्छु 
म रूए नि सधै हास्नु तिमि, म लडे नि अगाडी बढ्नु तिमि 
म हारेर ..............

फुल सित तिमि हाँस्दा काँडा सितै रमाउला म 
लत्याई तिमि कतै पुग्दा 
फुल बिछ्याई दोबाटोमा कुरौला  म
 म न हुदा तिम्रो खुसि बढ्छ भने 
टाढा टाढा पुगौला म सधै सधै को लागि @
म हारेर ..........................

तिम्रै लागि रात रात भर तारा गनी बसौला म 
तिम्रै लागि खोला खोला बगर बनि कुदौला म
 म मरेर तिम्रो आयु बढ्छ भने 
जहिले भन्छ्यौ मरी पनि दीउला म  
म  हारेर ...................

No comments:

Post a Comment