Pages

Saturday, October 20, 2018

प्रकृति र मानिस 
--------------------------
अजिब छ यो सृष्टिको नियति
 स्वबंशमा झगडा छ अंशको लागि 
मानिस मानिस द्वन्द छ स्वार्थको लागि 
तर प्रकृति ?
सुर्य चम्कन्छ सबैको लागि 
जात र धर्म दुखि र सुखी न भनि  
चन्द्रले शितल दिन्छ 
मेरो र तेरो गरिब र धनि न भनि 
बादल बर्षिँछ 
बाद र क्षेत्र महिला र पुरुष न भनि 
बिरुवाले अक्सिजन बाड्छ 
राजा र रंकसडक र महल न भनि 
तर मानिस ?
दोषी स्वयम्  छ  बाँकी सबै दोषी देख्दछ 
आफ्नो स्वार्थको लागि मानिसकै बलि चढाउछ
अनि बिजयी आडम्बर अट्टहास हास्ने गर्छ 
आफ्नो र आफन्त मात्र खोज्छ ...
मानबताबिहिन मानिस स्वार्थको मात्र वकालत गर्छ
मानिसले आफ्नो लागि  मानिसको स्वतन्त्रा खोस्छ 
तर प्रकृति ?निस्वार्थ सेवा मात्र बाँडी रहन्छ ..
नमन गर्छु तिमि लाइ 
निष्पक्षता समानता प्रतिबद्धता अनि निरन्तरता ....
अनि मानब भन्दा माथिको तिम्रो महानता प्रति   
मानिसको साथी मानिस मात्र फाइदाको लागि ?
तत्वबोध !
त्यसैले आज मानिस मानिस भन्दा टाढा 
जनवार र प्रकृतिको नजिक पुग्दै छ 
उन्मुक्त हाँसो खोज्न जंगल पस्दैछ 




No comments:

Post a Comment