Pages

Saturday, October 20, 2018

यहाँ मन्दिरको प्रसाद खाने र आराधना गर्ने भन्दा
> अध्यारो मा  रमाउने र लुट्ने हरु को भिड छ
> अनि कहाँ पाइन्छ सुख र मानबता ?
>
> यहाँ चुसेर अरु को रगत पसिना
> आफु मात्र मोटाउने चलन चलेको छ
> अनि कहाँ खोज्ने प्रेम र भाइचारा को महानता ?
>
> यहाँ आफ्नै घर जलाएर
> छिमेकी लाइ बोलाइ आगो ताप्ने हरु को राज छ
> अनि कसरि बच्छ मौलिकता र स्वाधिनता ?
>
> यहाँ अमृत (दुध )पिउने को भन्दा
> बिष (रक्सी)पिउने हरुको बाहुल्यता छ
> अनि कसरि पाइन्छ सदाचार र संबेदनशिलता ?
>
> यहाँ खोसेर अरुको भाग
> आफ्नै भाग माथि थप्ने हरुको लडाई छ
> अनि भोका ले मात्र गाएर शान्ति को गीत पाइन्छ शान्ति कहाँ ?
>
> यहाँ पुर्खाले जोडेको हिरा मोति (माटो )फ्याकेर
> अर्काको आगन मा ज्याला थाप्न जाने हरुको लर्कन छ
> अनि कसरि जोगाउने आस्था र अस्मितता ?

No comments:

Post a Comment