Monday, December 30, 2024
न्यायाधिश थकित मुद्रामा
बार्दलीमा बसेर आकास नियाल्दै थिए
एक हुल आधुनिक पहिरनमा
पितृसत्ता मुर्दाबाद पितृसत्ता मुर्दाबाद
नारा लगाउदै चोक तिर लागे
न्यायाधीशले आजै
ससुराबा को आधा सम्पति बिधवा बुहारी लाइ
अपाहिज श्रीमानको आधा सम्पति श्रीमती लाइ
छुट्याई दिने
दोस्रो श्रीमानको आधा सम्पति छुट्याई दिने
दाइजोमा आएको बुहारीको सम्पति (बाबुको सम्पति )
अरुको हक नलाग्ने आदेशका
केहि थान मुद्धा टुंग्याएर घर फर्केका थिए
त्यो हलमा ऋण काढेर कलेज पढाउने किसानकी छोरी थिइन
त्यो हलमा श्रीमान लाइ पत्तै नदिकन सम्पति बेचेर हिड्ने नेत्री थिइन्
त्यो हलमा श्रीमान फेर्दै हिड्ने सामाजिक अभियन्ता थिइन्
त्यो हलमा माई बडी माइ राइट भन्दै छोरी गर्भ पतन गराउने
महान समाजसेवी थिइन्
त्यो हलमा श्रीमान अर्की सङ्ग लाग्यो भन्दै सन्तान छोडी
सम्बन्ध बिच्छेद गरि आधा अंश कुम्ल्याई
अर्काको श्रीमान संग लिभिङ्ग टुगेदर बस्ने पनि थिइन्
यी मुद्दा टुंग्याउने न्यायाधिशले लामो स्वास फेरे
जिउदो लास माथि अंशको मुद्दा ठोक्ने हक दिने
ति पितृसत्ता मुर्दाबाद न्यायाधिश अट्टहास हाँसे
आकास रुन थाल्यो
पितृसत्ताको BE HALF मा
पितृसत्ता सिनु बनेको छ अंश लुछ्ने
कविता - प्रतिक्षा मृत्यु उत्सव
ए त्यो त् जिउदो लास हो त्
अन्दाज हुन्न रैछ ठोक्छन अंश मुद्धा
हाहाहा बैगुनी दुनिया
स्वार्थमा किन यो हदको भनिभुत कठै
स्वास फेर्दै छ कि रोकियो उसको
जिउदै छ कि निर्जीव भैसक्यो
त्यो मुढोले फल दिन छोडेको बर्षौ भयो त्
न सम्बन्ध न सम्पर्क बेखर त्यो जिउदो लास
तैपनि सम्पतिको मुद्धा
मुर्दा हो त्यो तिम्रो लागि जानी जानी
सुको त्यो ढुटोले फल दिन सक्दैन बुझी बुझी
अंशको मुद्धा वाह वाह वाह तिम्रो सोच
दशकौ अगाडी अब ब्युझदैन भनेर झ्याली पिटी पन्छाएको
एउटा जिउदो लास माथि अझै गिद्दे नजर
प्रतिक्षा उसको मृत्यु उत्सब को ?
जुडो छउन्जेल मुख हेर्दिन भन्ने
कात्रो पन्छाएर हेर्छन सायद ढुक्क हुनु छ
किनकि यो लास कतै भोलि उठ्ने त् होइन
भोलि अंश मुद्धा ठोक्नु छ
पाखण्डी आँशु प्रदर्शन हुन्छ म नै हु हकदार भन्न
बिमानस्थलमा देखेको छु लास खोसा खोस
घाटमा देखेको छु दागबत्तिको मुस्लो खोसा खोस
हाहाहा लैङ्गिक श्रेष्ठताको त्यो आडम्बरी प्रतिफल
जिउदै र मरे पछी एउटा लास
अंशको लागि मृत्यु कुरी रहेका प्यारा आफन्त हरु
जिउदो लास हाँसेको देख्न सक्दैनन्
रमाएर बाँचेको देख्न सक्दैनन्
हाय अंश हाय सम्पति लास खोसा खोस छ
घरमा तमासा छ घाटमा तमासा छ
अंशको नाता कति निर्मम ?
भोलि उत्सब मनाउन लिलामीमा चढेको छ
लास घेराउमा छ अंशियार हरुको
युगौ युग भयो श्रवण कुमार न जन्मेको
बाबा फ्याकेर आमा च्यापेर
सम्पतिको खेलौना बनाउने आधुनिक श्रवण कुमार हरु
गए ति सति जाने दिन
सम्पतिको लागि मानबता सति गएको छ
कानुन लगाएर घर निकाला गर्ने सन्तान
मृत्यु प्रतिक्षामा उत्सब मनाउन
त्यो जिउदो लास
जसले आफ्नै आत्म सम्मानको चोट सहयो
आफ्नै स्वाभिमानको घांटी रेट्यो
परिवार र सन्तानको भबिस्य बनाउन
के त्यो सिर्फ सिर्फ अंशको ढिको बन्न
अंशको लालपुर्जा बन्न ?
त्यो जिउदो लास
कहिल्यै आफ्नो जीवन बाच्न पाएँन
जिम्मेवारी र दायित्वको भकारी भर्दा भर्दा
शिथिल उत्तरार्धमा
लुट्न उद्धत छन् अंशियार
अंशको हकदाबी ठोक्न
हेहेहेहेहे आफन्त हरु
त्यो जिउदो लासले कसरि स्वास फेरी रहेछ
कुनै अन्दाज भएन
एक चिम्टी मलहम लगाउने
दायित्व बोध भएन
आज घेरेका छन् चारैतिर
अंश मुद्धा ठोक्न
खबरदारी छ "रोक्लास स्वास " हामि लाइ अंश जिम्मा नलगाई
प्रेममा सति जानेको भावना
क्रान्तिकारी परिबर्तित भएको छ
लास माथि मुद्धा ठोक्न प्रेरित छ
सम्पर्क सम्बन्ध बिहिन जिउदो लास
अंश मुद्दामा दलित छ
यहा आज नाताको अर्थ बदलिएको छ
जिउदो लास बनाएर अंश खोज्ने लहड छ
वाह रे वाह आधुनिक मानब
गर्छ प्रतिक्षा मृत्युको उत्सब मनाउन
(बिस्व प्रसिद्ध साहित्यकार लियो टाल्स्टाय र बिस्व प्रसिद्ध टेक्सटाइल कम्पनि "RAYMOND" का मालिक विजयपत सिन्घानिया आदि लाइ सम्झदै)
--------
कबिता -तब मैले च्याते प्रमाणपत्र हरु
-----------------------------------
मैले त् च्याति दिए प्रमाणपत्र हरु
पढेका ति पुस्तकमा नेताको ढोका कुर्न निषेध थियो
पढेका ति पुस्तकमा योग्यको भाग खोस्नु पाप लेखिएको थियो
पढेका ति पुस्तकमा इमान्दार हुन् सिकाईएको थियो
पढाउने ति गुरुहरु भ्रष्टाचार गर्नु नर्कमा पर्नु हो भन्नु हुन्थ्यो
पढेका ति अनागीनत पुस्तकमा इमान्दारितानै मानिसको गहना लेखिएको थियो
पढेका ति पुस्तकमा अरु लाइ ठग्नु नखानु पोल्छ एकदिन लेखिएको थियो
चाङ्गका चाङ्ग पुस्तक हरु अनि थानका थान प्रमाणपत्र हरु हेरे
कुनै प्रमाणपत्रमा सफलताको लागि
नेताको तलुवा चाट्नु पर्छ लेखेको पाइन्
प्रमाणपत्र संगै मैले बिबेक पनि बन्धक राख्नु पर्ने भए
सफलता पाउन घुष लिने दिने गर्नु पर्ने भए
किन चाहियो यो यी ज्ञान र बिकेक बिनाका प्रमाणपत्र हरु
ति पुस्तक ति गुरु सबै झुठा रहेछन
त्यसैले म जहाँ छु त्यहाँ यी प्रमाणपत्र हरुको सम्मान छैन
जहाँ बौद्धिक दासत्व स्विकार्नेको भन्दा ज्ञानको मूल्य छैन
सबै प्रमाणपत्र धुजा धुजा पारेर च्याति दिए
जुन प्रमनापत्रको ज्ञान जीवनमा कहिले काम आएन
बिबेकनै बन्धक राख्नु परे पछी
आर्जित ज्ञान काम न आए पछी
मैले बिहान ४ बजे उठेर कलेज धाएको प्रमाणपत्र
मैले चप्पल घिसार्दै स्कुल पुगेर आर्जित ज्ञान
भ्रष्ट नेता प्रशासकको पाउमा चढाउनु पर्ने भए
मैले आर्जन गरेको बिबेक कुशसकको कित्तामा धितो राख्नु पर्ने भए
लाजै पचाएर यी प्रमाणपत्र हरु किन च्याप्नु ?
त्यसैले आज सबै ति प्रमाणपत्र च्यातिदिए
अब मलाई छुट छ लुट्न
अब मलाइ छुट्छ तलुवा चाट्न
अब मलाइ छुट छ नेताको ढोका चोटा कुर्न
अब मलाई छुट छ लज्जाहिन बन्न
अब मलाई छुट छ भ्रष्टाचार गर्न
अब मलाई छुट छ बिचौलिया बन्न
त्यसैले आज च्याति दिए ति सबै प्रमाणपत्र
Subscribe to:
Posts (Atom)