Pages

Sunday, November 20, 2016

यात्रा स्मरण -जोमसोम मुक्ति नाथ 
शेखर ढुंगेल 

धत्तेरिका...!!! मेरो प्यारो उपत्यका (काठमाडौं)किन यसरि दिनानुदिन कुरूप विकृत हुदै गएको होला ?हेर्दा हेर्दै यसको प्राकृतिक सुन्दरता नस्ट भएर कंक्रिट को  जंगल मा परिणत भएको छ .कुनै बेला यो आखा ले देखेको थियो सडक बिभाग को ट्यांकर ले काठमाडौं को प्रमुख सडक हरु मा सडक बढार्ने र पानी छम्कने पनि गर्थ्यो .शहर बाहिर प्रसस्त हरियाली अनि खेतीयोग्य जमिन थियो .बिकास को अर्थ प्राकृतिक सौन्दर्यता ध्वस्त गर्नु होइन भन्ने कुरो हाम्रा नीति निर्माता र ब्यबसायी हरुले छिमेकी देश भारत  को राजधानी दिल्ली लाई मात्र हेरे पनि पुग्थ्यो ..मलाइ थाहा छ मेरो यस्तो तर्क को कुनै तुक पनि छैन तर ३० बर्ष देखि दिल्ही  को बदलिदो स्वरुप देखेको यो निरिह लाई भने त्यस्तो पो बिकास भन्न खसखस लागेको छ .२५ बर्ष पहिले Green City Delhi "अबधारणा लेराएर सुरु गरेको कार्यक्रम ले आज मूर्तरूप लिएको छ .दिल्ही साच्चीकै नमुना "हरित शहरपनि  भएको छ र भवन ,सडक ,सपिंग कम्प्लेक्स निर्माण मा  पनि अग्रपंतिमा नै छ के हामि ले तिनको सिको गर्न सक्दैनथ्यौ ?बिस्वको जुनसुकै देश मा पनि आफ्नो एतिहासिक महत्व राख्ने स्थान को मौकिकता लाइ जोगाइ राख्न निश्चित योजना लागु गरिएका छन् काठमाडौं उपत्यका जहाँ दर्जनौ पुरात्वतिक महत्व र युनेस्को बाट संरक्षित क्षेत्र हुदा हुदै पनि यस्तो विकृत र कुरूपता लाइ रोक्ने प्रयास नहुनु दुखद मान्नु  पर्छ .

जहाज बाट उपत्यका को विकृत स्वरुप देख्दा नै मैले माथि उल्लेखित सोच बनाएको थिए .जब बिमानस्थल मा उत्रिए वरिपरी सुकेको फुल का बोट ...ढलेका बिजुलीका पोल ,अस्तव्यस्त झारपात ..राम्रो देखु भन्दा भन्दै पनि सकिएन .अनि अध्यारो अध्यागमन को कक्ष ,बन्द भएका होलान सायद पसल कवल हरु र तोडफोड गरिएको जस्तो लाग्ने त्यो भित्र को फर्निचर को  उराठ लाग्दो  द्रिस्य ले पर्यटन बर्ष को उपहास गरि रहेको थियो .अध्यागमन को आगमन कक्ष को एउटा कुना मा पुराना लुगा हरु फ्याकिएको अबस्थामा थियो . फोटो खिच्छु भनेको "फोटो खिच्न मनाही "सूचना देखे र दुस्साहस गरिन .

मन ले जति सुकै "जननी जन्म भुमिस्य स्वर्गदापी गरियसी ,"मेरो प्यारो नेपाल ",मदरल्याण्ड ,फादरल्याण्ड ,वा ससुरालील्याण्ड  जे भने पनि शरीर लाइ  भने त्यहाँ को प्रदुषण सित लड्न वा अब खप्न मुस्किल हुने  भएछ ......गएको दुइ दिन पछी नै हाछ्यु हाछ्यु र ज्वरो ले लडाए पछी यो कुरो को महसुस  भयो .झन यस पटक आफ्नो पुरानो ठाऊ (कटुन्जे भक्तपुर ) न बसेर चाबेल तिर बस्ने भएको त् उफ  काठमाडौं को  दैनिकी ?केहि मुठ्ठी भर का सुकिला मुकिला लाई बाहेक काठमाडौं त् नर्क  भन्दा पनि खराब ठाऊ पो भै सकेछ त् ?बिजुली बत्ति को समस्या ,खानेपानी को हाहाकार,(मध्यरातमा उठेर धारा मा पनि थाप्ने हरु को कोलाहल ...झगडा ...).जाल साजी ,अपराधिक घटना (२० हज्जार मा मान्छे मार्न सुपारी लिने दिने रे )  धुलो एबम ध्वनि प्रदुषण ...आदि आदि देखे पछी  देश लाइ धारेहात लगाएर विदेश मा पलायन भएको भनेर धारेहात लगाउने स्वदेश मा बस्ने मेरा शुभ चिन्तक हरु को लागि नीति शास्त्री चाणक्य को यो भनाइ लाइ मैले जवाफ को झटारो  बनाएर दिए "चाणक्य ले भनेका छन् "जुन देश मा इमान्दार असल मानिस लाइ सम्मान मिल्दैन ,जुन देश मा जीवन यापन को लागि अबशर मिल्दैन ,जुन देश मा बन्धुत्वको को भावना मरेको छ ,जुन देश मा उचित शिक्षा को लागि सुबिधा छैन ,जुन देश मा भ्रस्ट अपराधी लाइ दण्ड दिदैनन जुन देश मा अति स्वार्थी मित्र र आफन्त  हरु रहन्छन त्यो देश परित्याग गर्दा पाप लाग्दैन ".

जे जस्तो होस् कुरूप होस् लंगडो होस् रोगि होस् देश त् मेरो हो त्यहि धुलो मा हुर्केको हो त्यहि बोल्न सिकेको हो त्यहि हिड्न जानेको हो जहाँ पुगे पनि पहिले म नेपाली हु अति आबस्यक ठाउमा भन्दा अन्त नेपाली नै बोल्छु .मौका पाउने बित्तिकै दौरा सुरुवाल र नेपाली को शान टोपी लगाउछु .दुखि छु चिन्तित छु देश को पीडा मा .अझै पुर्खा को सम्पति त्यहि छ त्यो लालच हटेको छैन लाग्छ कहिले कहिँ त् चरी झैँ भुरुरु उडेर पुगी हालु आफ्नो देश तर के गर्नु आफैले कोरेको गोरेटो  पछ्याउदै परदेश आई पुगियो अझै गन्तब्य निश्चित भै सकेको छैन दुइ बर्ष पछी फर्कन्छु भन्थे १० बर्ष नाघ्यो अब अर्को ५ बर्ष आफैले म्याद थपेको छु कसैले बिरोध गर्न पाउने छैन ...

प्रसंग यात्रा को  अगाडी बढाउ !नाक मुख मा गोर्हू वा अपराधी झैँ मास्क लगाएर बिभिन्न ठाउमा आवत जावत गरियो .दुइ चार घर जग्गा सम्बन्धि कागजात लाइ आबस्यकता अनुसार बनाइयो .मज्जा को कुरो के भने १० रुपिया सरकारी दस्तुर तोकिएको काम गर्न २० हज्जार नेपाली लाग्यो .प्रत्यक कर्मचारी मा कागज को कुन शब्द र अक्षर ले अड्काउन सकिन्छ वा घुमाउँन् सकिन्छ  भन्ने मात्र  ध्याउन्न हुन्छ .पैसा दिए नहुने पनि हुने नदिए हुने पनि नहुने त्यहाँ को तितो यथार्तता छ .उनि हरुले अत्तो थपेको कुरो लाइ मिलाएर लैजाने हो भने सर्जमिन मुचुल्का ,म्यादी सूचना ,सिफारिस र स्वीकृति को गोल चक्कर पुरा गर्न कम्तीमा मा तीन महिना लाग्छ अनि नदिएर भयो ?कर्मचारी को कुरो सुन्यो भने र पत्याउने हो भने झन बिरक्त र ताज्जुब लाग्छ उनि हरु पनि मासिक यति बुझाउने शर्त मा सरुवा भएर आएका हुन् रे दैनिक .....रकम बराबर हाकिम लाइ दिने पर्छ रे ..मुस्किल ले सात दिन मा काम तमाम गरेर काठमाण्डौ को प्रदुषित उकुस मुकुस बाट उम्केर कुनै हिमाली क्षेत्र घुम्न जाने बिचार भयो जुन पहिले नै सोचेको थिए .

मेरो यस पटक को भ्रमण को छनौट मुगु ,हुम्ला ,लुक्ला वा जोमसोम (मुक्ति नाथ दर्शन  )मध्य कुनै एक थियो .एकातिर उडान को अनिश्चितता अर्को तिर टिकट अप्राप्ति र  समय अभाब  को कारण अन्त मा मुक्ति नाथ सजिलो र छोटो बाटो लाग्यो र त्यहाँ को लागि प्रयत्न गरे .नेपाल का आन्तरिक उडान का बिमान कम्पनि हरु  ले एउटै गन्तब्य को लागि स्वदेशी लाइ एउटा र बिदेशी लाइ अर्कै मुल्य तोकेका हुन्छन .यसो सम्झे त्यस्तै मानसिकता भए विदेश मा हाम्रो कस्तो बिजोग हुन्थ्यो होला ?नेपाली लाइ २२ सय लाग्ने मा भारतीय लाइ ३३ सय र सार्क रास्ट्र भन्दा अन्यन्त्र का लाइ ५५ सय यस्तै नीति युरोप अमेरिका वा अन्य रास्ट्र ले अपनाए गोर्खाली को .....फाट्दैन थियो   होला ?  तर अर्को बिडम्बना के छ भने नेपाली लाइ सस्तो टिकट भने पनि बिदेशी को चाप हुने ठाउको लागि सके सम्म नेपाली लाइ निषेध नै गरिएको हुन्छ .र बिदेशी लाइ स्वागत गरिएको हुन्छ .

अग्नि ,तारा ,यति ,सिता  ,बुद्ध आदि पवित्र नाम का बिमान कम्पनि भए पनि तिनको नियत पवित्र छैन .बिदेशी को चाप हुने रुट को टिकट नेपाली लाइ सिधै छैन मात्र भन्छन वा महँगो तिर्ने भए कोसिस गर्नु पर्छ भन्छन .एउटा ट्राभल एजेन्सी ले काठमाण्डौबाट पोखरा को लागि कुनै पनि टिकट छैन मिल्यो भने २६-२७ सय लाग्छ भन्यो एक जना मित्र जो ट्रावल लाइन का साथी हरु चिन्दथे उनले  फोन गरे अनि जुन टिकट लाइ २६ सय भनेको थियो १७४५ मा घर मै लेराइ दिए .पोखरा त् पुगियो अब जोमसोम को टिकट को चिन्ता ..कुनै कम्पनि पनि टिकट छ भन्दैनन अर्को हफ्ता सम्म प्याक छ रे ? एउटा बिमान कम्पनि का कर्मचारी ले  भने चार्टर को मुल्य तिर्ने हो भने टिकट मिलाई दिन सक्छु  ३५ सय लाग्छ ..,,..भएन नेपाली स्टाइल ले काम गर्छ कि भनेर कास्की प्रहरी प्रमुख यादब राज खनाल लाइ फोन गरे (उनि मेरा पुराना साथी हुन् र फेसबुक मा निरन्तर सम्पर्क पनि हुन्थ्यो )हाकिम साब मुक्ति नाथ पुग्न आएको खोइ यहाँ त् टिकट नै पाउन गार्हो रहेछ केहि उपाय लाग्छ कि यहाँ को राज्य मा ?उनले  हास्दै वेलकम भन्दै भने एक छिन है म ५ मिनेट मा फोनं गर्छु .एक छिन पछी फोन आयो तारा(यति ) .....एयर को काउन्टर मा जानुस र टिकट लिनुस ...त्यहाँ पाइलट को नाममा बिशेष सुरक्षित टिकट हुदो रहेछ .तारा(यति ) ...एयर का सिनियर पाइलट बोध राज निरौला जी ...ले फोन गरि सक्नु  भएको रहेछ .
बिहान छ बजे पोखरा बाट जोमसोम को लागि तारा ..एयर को बिमान लाइ पाइलट निरौला जी ..ले बिस्तारै १२ हज्जार फीट माथि पुर्याए .जम्मा १८ मिनेट को त्यो रोमान्चकारी उडान मा माच्छापुछ्रे हिमाल को काख बाट सुन्दर हिमाली द्रिस्य देख्न पाउदा मन दंग भयो एक छिन संसार बिर्सायो पनि ..बिमान मा छिर्ने बित्तिकै एउटी लुखुरी नानी ले चकलेट र कान मा कोच्न कपास को ठोचो दिएकी थिइन.  यात्री सित  न हाइ न हुइ केहि न बोलि पाइलट ले जहाज लाइ तीन पाङ्ग्रे टेम्पु झैँ अगाडी हत्याए र   उडाएका थिए. रातभर  जहाज को पाइलट सिट क्याबिन मा निसुल्क मस्ती संग सुतेका ४-५ वटा लामखुट्टे लाइ सहायक पाइलट ले पालै पालो मृत्युदण्ड को सजाय दिन न भ्याउदै जहाज सरांग कोट  नाघी  सकेको थियो .....

दुवै तिर सुन्दर हिमाल धौलागिरी,निलगिरी माच्छापुच्छ्रे आदि  को रस्वादन गर्न न भ्याउदै दुवै तिर पहाड मा छोइएला छोइएला झैँ  जस्तो लाग्ने  खोच बाट जहाज जोमसोम बिमान स्थल उत्रियो .बिमान चालक बोध राज निरौला जी ले त्यहाँ मलाइ भोलि को टिकट को लागि पनि भनि दिनु भयो र म उनि प्रति अनुग्रहित हुदै धन्यवाद को औपचारिकता पुरा गरि बिदा लिए अनि मुक्ति नाथ जाने बाटो तर्फ लागे .जोमसोम  को सानो बजार बिच मा शेना को ब्यारेक पार  गरि काली गण्डकी माथि रहेको काठ को पुल (साँघु )काटेर गए पछी त्यहाँ दर्जनौ महिन्द्रा कम्पनि का १४ सिटे जिप पर्खिएर बसेका रहेछन .त्यहाँ पनि नेपाली लाइ २४५ भारतीय लाइ ५०० र बिदेशी लाई ७०० मोरु  को टिकेट लाग्ने रहेछ .

ट्रयाक मात्र खोलिएको (शेना ले )कच्ची गड्याङ गुडून्ग बाटो मा पानी  जहाज मा हल्लिए झैँ हल्लिदै काली  गण्डकी को तिरै तिर आधा घण्टा अगाडी पुगे पछी सुरु हुन्छ नागबेली उकालो  बाटो ...स्मरण रहोस यो काली गण्डकी नदी बिस्व कै एक मात्र अति गहिरो खोच मा बग्ने नदी हो . .कता कता मरुभूमि जस्तो लाग्ने  त्यो बाटो को दाया बाया हिम सृंखला हरु को सुन्दर द्रिस्य ले बिदेशी हरु त् झन रमाई रहेका देखिन्थे ती मध्य एक जोडी बर्लिन जर्मन र अर्को जोडी एरिजोना अमेरिका का थिए  .हामी सित केहि दक्षिण भारत (हैदरावाद)देखि आएका भक्तालु पनि थिए .उनि हरु को भनाइ मा भगवान शिभ का सबै पिठ दर्शन गरे पनि मुक्ति नाथ पिठ(शिब पार्बती मन्दिर ) दर्शन न गरे त्यो तिर्थ पुरा हुन्न रे (मुक्ति नाथ पिठ सित महा भारत  को पाण्डप हरु को  कथा जोडिएको छ )  त्यसको साथै यो पवित्र धार्मिकस्थल शताब्दीकोयौ देखि नै बौद्ध र हिन्दु धर्मालम्बी हरु को प्रसिद्ध तिर्थस्थल रही आएको छ .

करिब दुइ घण्टा को जिप यात्रा पछी  प्रसिद्ध देबस्थल मुक्ति नाथ नजिकै पुगिन्छ .जोमसोम बाट साथी बनेका थिए पोखरा बाट  आएका एक जोडी जो ब्यापार को सिलसिला मा एक हफ्ता देखि त्यहि बसेका रहेछन .मलाइ गफ गर्न र फोटो खिचाउन उनि हरु सहयोगी बनेका थिए ........जिप बाट ओर्लेर करिब १५-२० मिनेट उकालो चढ्नु पर्छ मन्दिर पुग्न जुन ३८०० मिटर को उचाई मा अबस्थित छ . तर त्यति हिड्न न सक्ने हरु को लागि स्थानीय युवा हरु ले मोटरसाइकल लाइ भाडा मा प्रयोग गर्दा रहेछन मोरु सय लिएर .हामि गफ गर्दै चारै तिर फैलिएको हिम सृंखलाहरु हेर्दै फोटो खिच्दै मन्दिर पुग्यौ .मन्दिर को तल अनि मुख मै दर्जनौ हिन्दी भाषी जोगी ?हरु ले डेरा जमाएका रहेछन नेपाली बोल्ने जोगी थिएनन त्यहाँ 

हिमाल को पवित्र सुन्दर काख मा रहेको यो धार्मिक स्थल (मन्दिर )को अगाडी कन्चन पोखरी छ वरिपरी अविरल कलल .कलल बगी रहेका १०८ धारा हरु को जल प्रबाह ले काठमाण्डौ काकाकुल यो मनुवा को यो मन लोभियो ....वाह कति मिठो पानी ?कसैले कुनै मिठो चिज मिसाई दिए जस्तो !त्यस्तो चिसो मा बगेको त्यो पानी भने मन तातो जस्तो भान हुन्थ्यो मुक्ति नाथ को जल सम्झेर धित मर्ने गरि पीए ..घारो को पानी ले  मन प्रफुल्ल भयो ...मन्दिर दर्शन गरेर हामि फर्कियौ जिप रोकेको ठाउँ तर्फ ....फर्कदै गर्दा एकछिन एउटा ठुलो ढुंगा माथि बसेर चारैतिर आखा घुमाए तल मार्फा गाउ पछाडि ४-५ सय मिटर माथि हिउ थुप्रिएको , वरिपरी सुन्दर हिम पर्बत हरु वाह मेरो नेपाल !एकाएक मेरो दिमागमा  नेपाल मा सम्भाबना नै सम्भावना हरु फुर्न थाल्यो धेत्त यस्तो देश छोडेर पनि कोइ विदेश जान्छ ?आफुले आफै लाइ प्रश्न गर्ने थाले .....कत्ति आन्नद छ यहाँ ?पुर्खाले त्यसै भनेका होइनन आधा पेट खाए पनि आफ्नो देश नै प्यारो हुन्छ .

मलाइ लाग्यो बास्तबमा अहिले को  नेपाल मा बिकृति ले न्युनतम चरमता को हद नाघी सकेको छ अब यो भन्दा खराब मा जाने बाटो छैन निश्चित रुप मा अब नेपाल सम्पूर्ण बिकृति फ्याकेर ,बढारेर अगाडी बढ्ने छ .नेपाल मा बिकास निर्माण का लाखौ ढोका हरु ले स्वागत गर्न पर्खी राखेका छन् लाखौ माइल सडक निर्माण ,हज्जारौ मेघावाट...बिजुली उत्पादन ,स्कुल स्वास्थ्य चौकी निर्माण ,केवल कार, होटेल खानेपानी योजना, पशुपालन ,कृषि उत्पादन ,जडिबुटी उत्पादन  का  कारखाना  हरु सुरु हुनेछन नेपाली लाइ विदेश जानु पर्दैन यहि रोजगारी पाउने छन् बरु बिदेशी हरु नया नया प्रविधि बेच्न हामी कहाँ आउने छन्  ...मैले महसुस गरे प्रत्यक नेपाली मा आज रास्ट्र प्रतिको जिम्मेवार नागरिक बन्नु पर्छ भन्ने भावना जागेको छ त्यसैले जनता देखि नेता सम्म मा इमान असल ,मेहिनती अनि सदाचारी  बन्ने छन् भन्ने आशा पलाएको छ ......अर्को १५ बर्ष मा नेपाल साच्चिकै स्वीजरल्याण्ड बन्ने निश्चित छ ... ..हा हा   यस्तै यस्तै के कल्पिदै थिए संगै आएका नेपाली जोडी ले  सर हाम्रो एउटा फोटो खिचिदिनुस न भने पछी म झस्के ...र उनि हरु को फोटो खिचिदिए ....म एक छिन कुनै बेला पुर्ब उप प्रधान बाम देब गौतम र काठमाण्डौ का पुर्ब मेयर केशब स्थापित लाइ सम्झन पुगे किन कि उनि हरु पनि नेपाल लाइ स्वीजरल्याण्ड भन्दा राम्रो बनाउन सकिने भन्दै यस्तै यस्तै गफ निक्कै हाक्थे ....

इमान्दारीपूर्वक भन्नु पर्दा बास्तवमा बिस्वको सर्बोच्च शिखर को देश ,हिमालै हिमाल को देश भने पनि मैले यो भन्दा अगाडी  पोखरा सारंगकोट बाट देखेको धौलागिरि ,माच्छापुच्छ्रे बाहेक नजिक बाट हिउ छोएको पनि थिएन अनेक हिमाल हरु को फोटो हेरेर नै रमाई रहेको थिए कहिले कहिँ बिदेशी सित   गफ गर्दा मेरो देश मा यस्तो हिमाल उस्तो हिमाल भन्दा उसले त् कति चोटी कुन कुन हिमाल पुगिस भनेर सोध्दा गर्धन ,कपाल कन्याउदै नाक खुम्च्याएर त्यहाँ पुगेको छैन भन्न लाइ दर्जनौ बहाना खोज्नु परेको थियो ...त्यसैले  पनि यस पटक कुनै न कुनै हिमाल नजिक पुग्ने वा छुने दृढ निश्चय गरेको थिए ..फर्केर पुरांग रानीपौवा (मुस्तांग )मा खाना खाइ सके पछी फेरी उही महिन्द्रा जिप मा जोमसोम फर्कियौ .४ बजे तिर जोमसोम आइ पुगियो .त्यहाँ मुस्तांग का पुर्ब सभापति समेत हुनु भएका आनन्द शेरचन जी ले संचालन गर्नु भएको होटेल स्नोल्याण्ड (जुन बिमानस्थल ढोका को ठिक अगाडी अबस्थित छ )बास बसियो .वहा सित गफ चल्दै गर्दा वहा कै पहल मा निर्माण भएको प्राकृतिक संग्रहालय समेत देखाउन लैजानु भयो जुन पुर्ब प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला ज्यु ले उद्घाटन गर्नु भएको रहेछ .त्यहि होटेल मा मौवा को तीनपाने र फापर को ढिडो खाएर रात बिताई भोलि पल्ट बिहान ७ बजे तारा (यति )एयर लाइन्स को बिमान बाट पोखरा फर्किए .....

No comments:

Post a Comment