Pages

Sunday, November 20, 2016

यात्रा स्मरण -घोडा को राजधानी मा नेपाली सम्मेलन 

अमेरिका को मध्य पश्चिम र दक्षिण पुर्बी राज्य मा बसोबास गर्ने नेपाली हरु को संगठन (ANMA/NASeA) को सयुक्त सम्मेलन सेप्टेम्बर ३ देखि ५ तारिख २०१० मा केन्टुकी राज्य को लेक्जिन्टन (LEXINGTON)शहर मा हुन् गै राखेको थियो .मलाइ यो सम्मेलन मा अन्तरास्ट्रिय नेपाली साहित्य समाज को तत्वाबधानमा राखिएको साहित्य गोष्ठीको संयोजक तोकिएको थियो .ओमाहा बाट करिब १४ घण्टा को सडक यात्रा बाट पुगिने सो शहर मा सुरु मा साथी युब राज पोखरेल ,रबिन्द्र अधिकारी ,पूर्ण बिस्वकर्मा अनिल ढुंगेल संगै जाने तय भएको थियो तापनि एक हफ्ता अगाडी क्रमस सबैको कार्यक्रम रद्ध भयो र म एक्लै जाने मा परे. एक्लै १४ घण्टा सडक यात्रा गर्न रहर हुने कुरो त भएन त्यसैले जहाज बाट यात्रा गर्ने निधो गरे .

सेप्टेम्बर ३ तारिख साझ लेक्जिन्टन पुग्ने समय तालिका मिलाएर ओमाहा  बाट अपरान्ह १.४० को उडान बाट DETROIT ,MISIGAN त्यहाँ बाट लेक्जिन्टन ब्लु ग्रास बिमानस्थल को लागि यात्रा सुरु भयो .ओमाहा बाट CRJ 700 सेरिज को ५८ सिटे सानो जहाज ले आकाश मा हल्का हल्का कावा खेलाउदै समय मा नै Detroit बिमानस्थल मा उतारी दियो .बिमानस्थल मा उत्रेर फोन को स्वीच अन गरेको त भ्वाइस मेल को चांग देखे .ति मध्य एउटा भने अब को उडान ढिलो भै ५.३५ साझ को सट्टा ७.१५ साझ सरेको भन्ने बिमान कम्पनि ले खबर गरेको रहेछ .भर्खर ४.१५ भएको छ अब कता जाने ?तिन घण्टा कुर्नु पर्ने भयो .उता बिमानस्थल मा लिन आउछु भन्नु भएको साथी लाइ उडान ढिला भएको खबर गर्न फोन गरे लागेंन भ्वाइस मेल मा नया उडान समय बताई दिए .

यो फुर्सद को समय लाइ यहि यात्रा लाइ लेख्ने काम गरेर बिताउनु पर्यो भनि ल्यापटप निकाले तर धेरै उडान हरु ढिला भएको कारण सबै यात्रु  ल्यापटप मै व्यस्त भएका ले बिजुली को प्लग नै उपलब्ध हुन् सकेन .जसै तसै एक घण्टा बितेको थियो ..त्यसै बिच सो उडान को यात्री हरु लाइ आह्वान भयो ७.१५ बजे उड्ने भनेको बिमान ६ बजे नै उड्दै छ अनि ढोका  पनि १६ बाट ३६ मा बदलिएछ .घडी हेरेको ५.४० बजेको थियो म लगायत सबै हत्तार हत्तार ढोका नम्बर ३६ तर्फ हस्यांग फस्यांग गर्दै  कुदेर गयौ .लगभग १२ मिनेट को कुदाई पछी ढोका नम्बर ३६ मा पुगियो .सबै चेकिंग काउन्टर मा लाइन बद्ध भयौ .तब सुनियो परिचारिकाको को मधुर स्वर 'माफ गर्नु होला बिमान मा प्राविधिक समस्या देखिएको ले विज्ञ हरु चेक गर्दैछन तयार हुने बित्तिकै खबर गर्ने छौ तपाइँ हरु को धर्यता को लागि धन्यवाद असुबिधा को लागि क्षमा पर्थी छौ "
फेरी नजिकै को एउटा कुना मा गैर बसे .यहानेर झट्ट मलाइ मह जोडी को १५ गते प्रहसन याद आयो "बिमानस्थल पुग्दा बिमान ढिलो उड्ने खबर कुर्दा कुर्दा एक छिन निदाउदा त्यहि बेला मा उनि हरुको उडान छुटेको थियो र गाडी बाट गएका थिए ......"

आफु लाइ त्यसतै समस्या !उता प्रमोद जी लाइ ढिला हुने भयो भनि खबर छोडे फेरी लौ है उड्नै लागे सवा घण्टा मा आइ पुग्दै छु भनेर खबर छोडे अब के भन्ने ?कति बजे उड्ने हो ठेगान छैन ..बल्ल बल्ल उही पहिलेको ढिलो समय ७.१५ मा बिमान ले जमिन छोड्यो आखिर मानबिय र प्राविधिक समस्या कहाँ पो हुन्न र ?बिमान चालक ले आफ्नो निश्चित उचाई मा बिमान लाइ पुर्याए पछी फेरी एक पटक माफ माग्दै सबै लाइ धर्यता गरेको मा आभार व्यक्त गरे र भने हामि लाइ उपलब्ध बिमान मा समस्या देखिएका ले समय मा उडान भर्न सकेनौ .सामान्यतया १ घण्टा १५ मिनेट को उडान भएता पनि आज म द्रुत गतिमा उडान गरेर ५५ मिनेट मै पुर्याउछु भन्दै CRJ200सेरिज को ५८ सिटे जहाज को गति तिब्र पारे अनि सकुसल ब्लु ग्रास बिमानस्थल मा अबतरण गराई दिए 

बिमानस्थल बाहिर आएर फोन गरे .प्रमोद जी ले एक छिन हावा खादै गर्नोस म आउदै छु भन्नु भयो .पहिले प्रतक्ष्य परिचय थिएन प्रमोद जी सित . .साहित्यिक कार्यक्रम को वहा  सह संयोजक रहनु भएको ले कार्यक्रम तयारि सम्बन्ध मा फोन मा मात्र  कुरो भएको थियो .चिकित्सा प्रयोगशाला मा मास्टर्स गर्नु भएको प्रमोद जी लाइ साहित्य प्रति निकै रुची रहेछ .कार्यक्रम को पुस्तिका ,संकलित कविता (इमेल बाट प्राप्त ) प्रिन्ट गर्नु पार्ने भएकाले हामी पहिले प्रमोद जी को अफिस मा गयौ .त्यस पछी वहा को निक्कै जोड मा फेरी घर मा गयौ र साझ को खाना खायौ .होटेल पुग्दा रात को ११ बाजी सकेको थियो .एउटै कोठा मा मिलेर बस्ने सल्लाह भएकोले अ ने सा स का वर्तमान अधक्ष्य ग्यानेब्द्र गदाल जी मलाइ कुरेर बसी रहनु भएको थियो .वहा शाकाहारी हुनु हुन्छ त्यसैले हामीले प्रमोद जी को घर बाट खान लिएर गएका थियौ .

त्यहा सयुक्त कार्यक्रम को प्रमुख संयोजक राजेन्द्र खतिवडा जी पनि कुरेर बसी रहनु भएको थियो .साथै ANMA अधक्ष्य मुकेस सिंह ,NASeA अधक्ष्य राजा घले ,क्यालिफोर्निया बाट आउनु भएको समाज सेवी एबम नेपाली भैकन पनि अमेरिकी राजनीति मा( डेमोक्र्याटिक दल को तर्फ बाट स्थानीय (Tracy City)काउन्सिल सदस्य उम्मेदवार बन्नु भएको)पहिलो व्यक्तित्व रोजर अधिकारी ,गोबिन्द गिरि "प्रेरणा ", गिरिजा गौतम ,अम्बिका अधिकारी हरु रहनु भएको  नेपाली परम्परा को निरन्तरता लाइ कायम राख्न उपलब्ध ठुलो बोतल मा रातो ,कालो सेतो पहेलो तिनपानेको व्यवस्था गर्नु भएको कोठा तर्फ डोर्याइयो .बिहान ३ बजे सम्म गफ र तीनपाने रित्याउदै बल्ल कोठा मा पुगियो .

भोलि पल्ट अर्थात् सेप्टेम्बर ४ तारिख शनिबार दिउसो ३ बजे देखि साहित्यिक कार्यक्रम संचालन गर्नु थियो एउटै कोठा (बल रुम )बाहेक अरु कोठा उपयुक्त देखिएन तर त्यहाँ कार्यक्रम हरु जुधेको ले समस्या पर्यो .संयोजक भन्नु हुन्छ अर्को कार्यक्रम संचालक सित सल्लाह गर्नुस वहा हरु भानु हुन्छ उहु कहाँ हुन्छ ?मलाइ यहि गर्नु पर्छ .आफुले महामहिम राजदुत डा शंकर प्रसाद शर्मा ज्यु लाइ यहि कोठा मा आमन्त्रित गरेको थिए .बल्ल "धर्म सभा "कार्यक्रम का संयोजक डा तिलक श्रेष्ठ जी ले एक घण्टा मा कार्यक्रम सकिदिने बाचन दिनु भयो र एक घण्टा पछी भए पनि उपयुक्त कोठा मा अ ने सा स को तत्वाबधान मा आयोजित बृहत साहित्यिक कार्यक्रम सम्पन्न गर्यौ .करिब दुइ घण्टा ४५ मिनेट चलेको सो कार्यक्रम भरि महामहिम राजदुत ज्यु बडो धर्यता पुर्बक बसी दिनु भएको थियो .अ ने सा स को तर्फ बाट हामीले वहा लाइ सम्मान पत्र पनि बुझाएका थियौ .यसै क्रम मा साहित्यकार एबम गीतकार पल्पसा जी सित भेट भयो .र वहा ले कविता प्रतियोगिता को मुल्यांकन समिति मा बसी दिन मैले गरेको अनुरोध लाइ स्वीकार गर्नु भयो अन्य दुइ सदस्य हरु मा भारती गौतम र नम्रता गुरागाई हुनु हुन्थ्यो .नेपाल  बाट आउनु भएका बरिष्ठ साहित्यकार रमेश खकुरेल जी ले कार्यक्रम लै निक्कै रोचक बनाउनु भएको थियो .

साहित्यिक कार्यक्रम सकिदा न सकिदै साझको खाना (डिनर )र सो को लगत्तै नेपाल बाट आउनु भएका प्रसिद्ध हास्यकलाकार हरु दीपक राज गिरी ,दीपाश्री निरौला ,बिमल अधिकारी (ट्वाकेन्द्र ) तथा साथ मा प्रसिद्ध गायक यम बराल ,निलिमा तुलाधर र लोक गायिका सुनिता दुलाल हरु को सास्कृतिक कार्यक्रम थियो .त्यस कार्यक्रम मा पनि अ ने सा स कोलोराडो  शाखा को तर्फ बाट कलाकार हरु लाइ महामहिम राजदुत डा शंकर शर्मा ज्यु को हात बाट सम्मान स्वरुप प्रससा पत्र दिने कार्यक्रम थियो त्यो पनि ज्ञानेन्द्र गदाल जी ले मेरै जिम्मा लगाउनु भएको थियो ..त्यसैले हत्तार हत्तार साझको खाना खाएर सास्कृतिक कार्यक्रम तर्फ लाग्यौ ..सास्कृतिक कार्यक्रम को मध्यान्हमा महामहिम राजदुत को हात बाट तितो सत्य एबम गायक कलाकार लाइ प्रससा पत्र वितरण कार्य सम्पन्न गरे .भोलि  पल्ट सो समाचार कान्तिपुर दैनिक मा सचित्र पाउदा खुसि लाग्यो . त्यो दिन नौ बजे देखि महामहिम राजदुत ज्यु  बिभिन्न कार्यक्रम मा लगातार भाग लिइराख्नु भएको थियो .वहा को सरल र सहज ब्यबहार ले धेरै लाइ प्रभाबित परेको थियो .


लेक्जिन्टन शहर को मध्य भाग मा रहेको १९ तले हिल्टन होटेल को १७१७ नम्बर को कोठा मा हामि बसेका थियौ .त्यहाँ बाट शहर को धेरै भाग देख्न सकिन्थ्यो .होटेल संगै जोडिएको लेक्जिन्टन सम्मेलन केन्द्र को बिशाल भवन जोडिएको रहेछ .कलाकार हरु लाइ बस्ने ठाऊ (कोठा )को अन्यौल ले गर्दा दिउसो हाम्रै कोठा मा समान राखी कार्यक्रम मा जानु भएको थियो तर अहिले सम्म पनि त्यो अन्योलता कायम नै रहेछ र हाम्रो कोठा मा आउनु भयो .आयोजक हरु ले वहा हरु लाइ कार्यक्रम गरे बापत निश्चित प्रतिशत रकम दिने सम्झौता भएको रहेछ .वहा हरु त्यहि बसी फोन मा बिभिन्न मान्छे हरु सित रकम उपलब्ध गरौंन सम्पर्क गर्दै हुनु हुन्थ्यो .बिहान को दुइ बाजी सकेको थियो यम बराल जी कहिले संयोजक प्रमुख राजेन्द्र खतिवडा जी लाइ त कहिले राजा घले त कहिले मुकेश सिंह जी लाइ फोन गर्दै भोलि बिहान ६ बजे को उडान भएको ले अहिले नै हिसाब गरि रकम पाउन भन्दै हुनु हुन्थ्यो ..यसले उसलाई र अनि उसलाई गर्दै मा आधा घण्टा बित्यो र अन्त मा मुकेश जी ले तल कोठा मा आउँन भन्नु भयो .दीपक जी र यम जी तल गए पछी ज्ञानेन्द्र जी र म पल्टियौ .

यम जी र दीपक जी कोठा मा आउनु भयो एक घण्टा पछी र भन्नु भयो एक छिन सुतेर हिड्ने मैले सोधे तपाइँ हरु को उडान कहाँ बाट हो लेक्जिन्टन बाट कि लुइस्भिल बाट ?दीपक जी भन्नु भयो ह त्यो त थाहा छैन .खोइ टिकेट ?नलिना सित छ .थाहा भयो कि उडान लुइसभिल बाट रहेछ जहाँ पुग्न एक घण्टा २० मिनेट लाग्छ ३.४० भै सकेको थियो .सुत्ने होइन चल्ने भन्दै सब लाइ हत्तार हत्तार गरि तयार हुन् भने र लबी मा गए त्यहाँ बाट लुइसभिल बिमानस्थल  को लागि सटल सर्भिस रहेन छ .ट्याक्सी लाइ सोधे मिटर मा २३० डलर लाग्छ रे यसो गोर्खाली पारा को गफ दिएको ४५ डलर घटाएर लागि दिने भयो जसबेला ४.१५ भएको  थियो .वहा हरु लाइ बिदा गरेर कोठा मा आए .आयोजक हरु को कडा मिहिनेत को बाबजुद निम्ताइएका  कलाकार हरु हरु को खाने बस्ने र यातायात व्यवस्था सम्बन्ध मा वहा हरु अनभिग्य वा निस्क्रिय जस्तो अनुभब गरेर जानु भएको थियो कलाकार हरु .

सेप्टेम्बर ५ तारिख २०१० बिहान नौ बजे नै साहित्यकार एबम गीतकार पल्पसा जी को फोन आयो .वहा को दिदि भिनाजु शसी जी र राज कुमार राइ जी ले आज मलाइ लेक्जिन्टन शहर जसलाई "घोडा को राजधानी Horse Capital Of The World ) पनि भन्दो रहेछ घुमाई दिने भन्नु भएको थियो .मिजासिलो अनि सहयोगी भावना का धनि राइ दम्पति अनि पल्पसा जी ले स्थानीय बिभिन्न प्रसिद्ध ठाऊ घुमाई दिनु भयो .केन्टुकी राज्य को लेक्जिन्टन र लुइसभिल बिस्वा प्रसिद्ध घोडा दौड प्रतियोगिता हुने ठाऊ हो जहाँ बेलायति महारानी को समेत समुस्थिति हुने गर्दो रहेछ .बिभिन्न नाम का ( Horse park ,Horse Farm ,KeenLand race course)Horse park हरु को भ्रमण गराएर रे जी ले वहा को घर मा लिएर जानु भयो दिन को खाना त्यहि खायौ .राज कुमार राइ दम्पति ले दार्जिलिंग सम्झाउने गरि सुँगुरको सुकुटी ,काँक्रोको अचार को रस्वादन गराउनु भएको थियो . त्यतिकै मा ज्ञानेन्द्र जी को प्लेन छुटेको ले एकलाई पर्नु भएछ साझ को मात्र अर्को उडान भएको हुदा वहा लाइ साथ दिन हामी  होटेल फर्कियौ .

यो सम्मेलन को बिबिध पक्ष मध्य "बिष्णु माया परियार को महिला अधिकार सम्बन्धि मार्मिक प्रसंग ,अर्की शसक्त वक्ता थिइन बुना दाहाल (दृष्टि बिहिन ) उनले दृष्टि बिहिन हरु को समस्या ,चाहना ,भावना अनि क्षमता लाइ बडो भाबपूर्ण तरिकाले प्रस्तुत गरेकी थिइन .छिरिंग शेर्पा जी को प्रस्तुती "सेभ दि हिमालय "को कार्यक्रम पनि महत्व पूर्ण थियो .यो सम्मेलन लाइ आयोजक हरुले बरिष्ठ नेपाली अमेरिकन प्राध्यापक स्व .मोहन नारायण श्रेष्ठ को सम्झना मा समर्पित गरेका थिए .बिभिन्न सस्था मा आबद्ध समाज सेवी श्रेष्ठ को ०९-१४-२००७ मा ६८ बर्ष को उमेर मा देह्बसान भएको थियो ..

आयोजना स्थल बिस्तारै पातलिदै थियो .आयोजक हरु ले त्यो अन्तिम दिन को साझ स्थानीय कलाकार को प्रस्तुती  एबम डिजे गोर्खाली को समेत कार्यक्रम राखेका थिए ..ढिलो सुरु भएको सास्कृतिक कार्यक्रम को रौनक बढ्दै थियो .डिजे को उत्साह सुरु हुनै लाग्दा रात को १२ बजेको संकेत सहित होटेल को सुरक्षा कर्मचारीले बन्द गर्न आदेश दिए .जति अनुनय गरेर सिर्फ १०  मिनेट को समय माग्दा पनि नो नो सरि सरि प्लिज स्टप राइट नाउ  ..भनेको ले सबै बाहिरियौ .

बाहिर आयोजक हरु राजा घले ,मुकेश सिंह अनि राजेन्द्र खतिवडा जी ले कोठा मा थप रमझम को व्यवस्था गर्नु भएको रहेछ .सबै त्यता लाग्यौ ..त्यहाँ पनि केहि छिन पछी सुरक्षा कर्मचारी आइ पुगे हल्ला भयो भन्दै सबै लाइ आ आफ्नो कोठा मा जाने आदेश दियो .बिहान को २ त बाजी सकेको रहेछ ६ बजेको उडान थियो . ५ बजे त उठ्नु नै थियो .बिहान ५ बजे नै राइ जी लाइ उठाए .वहा ले ब्लु ग्रास बिमान स्थल सम्म पुर्याई दिनु भयो .राइ दम्पति अनि पल्पसा जी प्रति म धेरै कृतज्ञ भएको छु सहयोग को लागि .लेक्जिन्टन बाट मेम्फिस र त्यहाँ बाट ओमाहा को लागि उडान भरे दिन को ११.४० मा इपिली बिमानस्थल  ओमाहा आइ पुगे .अमेरिका को प्रत्यक राज्य मा केहि न केहि बिशेषता रहेको थप अनुभब यो सम्मेलन को कारण भएको भ्रमण ले गराएको छ 

No comments:

Post a Comment