Pages

Thursday, October 8, 2020

 कबिता -नियति निरन्तरताको 

उकुस मुकुस छ जिन्दगि 

कैयौ दोबाटोमा रुमलीएर

कतै छल्लिदै कतै झुक्कीदै 

एक्लै एक्लै 

हज्जार जंघार तर्दै 

अदृश्य खाडल हरुमा खस्दै भर्दै 

निरन्तरित छ एक्लै  एक्लै आह भर्दै 

प्रत्यक बिहानीको सुभारम्भ संगै 

जिउदो हुनुको अनुभूति बोकेर 

फेरी फेरी 

कैयौ रात  आँसुमा डुबुल्की मार्दै 

फेरी  अर्को बिहान बाच्ने रहरमा हाँसो पोत्दै 

दुखको बैशाखी टेकेर सुखको चौतारो खोज्दै 

हो मृग तृष्णा मेटिए झै लाग्छ कहिले कुनै पल 

उफ्फ़ झुक्किने नियतिको अर्को पाटो पो !

आट्टहास हाँसोको भुमरी भित्र 

पटाक्ष परिदृश्य समेट्दै 

एक्लै   हो एक्लै शहरहरुको भिडमा 

बिना पहिचानको एउटा मुर्दा शरीर 

अझै प्रेरित छ फेरी नया बिहानी भेट्ने 

नया क्षितिज रोज्ने 

भलै बोझ  माथि बोझ थपिदै रहोस 

चाहे कदम कदम मा तगारो तेर्सि रहोस 

पिडा बोक्ने कन्टेनर हु म जिन्दगि 

मज्जाले  बित्छ एउटा दिन बिष पिउदा पिउदै  

पिडा भिक्षा  दिने हरुको भिडमा मस्त हाँसेर 

फेरी 

नया किरण लाइ चुम्ने 

भोक अनि लालसा बोकेर 

हो जिन्दगीको यात्रा निरन्तरित छ् 

दुखको बैशाखीमा सुखको चौतारी खोज्दै 

एक मुठ्ठी सुस्केरा उन्मुक्त हाँसोमा निदाउन 

नियति निरन्तरित यात्रा जिन्दगीको 


No comments:

Post a Comment