Pages

Monday, March 2, 2020

गीत /गजल
जिन्दगि त्यति सहजै कंहा बित्छ र 
कति हण्डर कति पिडाका जंघार तर्नु छ  
धरामा धेरै आँशु थोरै हाँसो रित्याउनु छ  
काँडा माथि पाउ राखी लामो दुरी पार गर्नु छ 
जिन्दगि त्यति सहजै कंहा बित्छ र  ...

कति जुन समात्ने सपनाहरु देख्नु छ 
कति मन हँसाउने कल्पना गर्नु छ 
टुट्छ सपना फुटछन कल्पनाहरु जोड्नु पनि छ 
सम्झौता गरेर बिष पनि धेरै पिउनु नै छ  
जिन्दगि त्यति सहजै कंहा ..
..
कहिले होसमा कहिले बेहोसमा  रापमा जल्नु छ  
जलाएर आफै लाइ माया र खुसि खोज्नु छ    .
एक पल्ट  होइन धेरै पल्ट  ताउ बाट उम्केर मात्र पुग्दैन यहाँ 
 भुंग्रो माथि हाँसेर नाच्नु  पनि छ   
जिन्दगि त्यति सहजै कंहा बित्छ र .....
(०१/०६/२०२० xian china ) 


No comments:

Post a Comment