Pages

Monday, November 3, 2014

कविता -मौनता भित्र एउटा आँधि

कविता -मौनता भित्र एउटा आंधी

मौनता भित्र प्रज्वलित
उराठलाग्दो ज्वालामुखी
मरुभूमिको आकाश माथि
एउटा चट्यांग
बिना बर्षात को
अनि  तिक्तता
फेरी एउटा मौनता
अँध्यारो हुस्सु चिर्दै
अपेक्षा र उपेक्षाको दलदल
कर्तब्य बिमुढ़
तुषारो रोएको  रुख
सिरेटो लाइ सिरक बनाइ
एउटा अर्को ऋतु को खोजि
निरस साँझ
चमेरा  हरु सित
सत्संग गर्दै
अर्ध मुर्छित
अर्को बिहान कुर्दै
मुल्यहीन तर्क हरु
पत्थरको बस्ति मा
कोइलाको शहर झैँ
रहर बोकी जीवन धान्न
एउटा उपाय
मौनता भित्र प्रज्वलित
ज्वालामुखी लाइ
सिरेटो को सिरक

No comments:

Post a Comment