"जिउदो छदै म आफैले धेरै आँशु झारी सकेको छु
अब मेरो मृत्युमा कसैले आँशु नझारी दिए नै म खुसि हुन्छु "
"जिउदो छदै मनग्य स्वर्ग मैले भोगी सकेको छु
मेरो मृत्यु पछी स्वर्ग को कामना नगरी दिए नै म खुसि हुन्छु
बाचुन्जेल काँडा नै काँडा को बाटो हिँडे
मरे पछी फुल चढाएर के गर्नु
यात्रामा कतिपटक लडे तमासा बने आफै उठे
मरे पछी उठाउने मलामीको भिडको के अर्थ ?
म त् मारेर बाँचेको मान्छे
मरे पछि अमर रहुन कामना के गर्नु ?
बुझ्नै सकिन बाचुन्जेल जीवनको गाथा मेरो
मरे पछी चर्चा परिचर्चा गर्नुको के अर्थ ?
बाचुन्जेल मेरो खराबी मात्र खोजि रह्यौ
मरे पछी कठै भनि गुण गान ?हाहाहा
यस्तो पाखण्डी समाजमा जिउननै सकस छ