Pages

Sunday, September 29, 2024

कविता - निर्मम हुन्छ "मन " निर्मम हुन्छ मन चंचल हुन्छ मन बादल झैँ स्वरूप बदल्दै दौडी रहन्छ मन कहिले आकास कहिले धर्ति कहिले समुन्द्र कहिले हावामा घुमी रहन्छ मन यो मन हो त एउटा नै लाग्छ कलिलै पनि छ खोइ किन किन फेरी धेरै निर्मम पनि हुँदो रहेछ मन धेरै फरक पार्दो रहेछ जिन्दगीमा यो मन लाइ "मन पर्नु " र "मन मर्नु"मा एक पटक मरे पछी मर्यो मर्यो ब्युत्दैन कुनै शर्तमा मन मन परे पछि पर्यो पर्यो छोड्न नै नसक्ने मन चाहे ग्रहण लागोस चाहे धर्ति फाटोस मन मरे पछी मर्यो मर्यो ब्युतदैन कहिले मन मन पर्नुको "आशक्ति "मन मर्नुको "विरक्ति "ले धेरै फरक पार्दो रहेछ जिन्दगीमा चाहे पश्चातापका घडा फुटून चाहे याचनामा शिर झुकून निर्मम बन्दो रहेछ भलै यो कोमल किन नहोस मन मरे पछी मर्यो मर्यो ब्युतदैन कुनै शर्तमा फेरी मन