Thursday, February 2, 2023
प्रवासिएका नेपाली
"प्रेम आचार्य "हरु बन्न नसकेका कायर हरु हुन्
हिंसात्मक बिद्रोह बाट बच्न भागेका कायर हरु हुन्
राज्य आतंक थेग्न नसकेका कायर हरु हुन्
नेताको ढोकामा दास झैँ उभ्भिन हिम्मत न भएका कायर हरु हुन्
भ्रष्टाचार अनियमितताले घांटी थिच्दा लड्न नसकेर उम्केका कायर हरु
हुन् आफु र परिवारको जिउने रहर मार्न नसकेका कायर हरु हुन्
राज्यको माया नपाएर विरक्तिएका कायर हरु हुन्
बहादुर हरु औलो न ठड्याउ तिनी कायर हरु लाइ
माटो बिर्सेका छैनन् भाषा भुलेका छैनन्
अझै ति कायर हरुले मातृभूमिमा आपद पर्दा
अगिल्लो मोर्चामा नै छन्
कायर हरु कायर हुनुको पिडा
देश हाक्ने बहादुर हरु लाइ के थाहा ?
कर्मभूमि भन्छ त् दोस्रो दर्जा
जन्मभूमि भन्छ त् नफर्की उतै जा
प्रेम आचार्य "बन्न नसकेर प्रवासिएका कायर हरु
Subscribe to:
Posts (Atom)