समय
हास्दै आयो माया साटौ भन्यो
म मायाको भोको हासेरै सहर्ष स्वीकार गरे
उल्टो छातीको घाउमा नुनचुक दलेर गयो
निको पार्ला दुखेको खिल भनि गदगद थिए
उल्टो उखेल्नै नसक्ने गरि मुटुमा किला ठोकेर गयो
म त् पिडा बोक्ने कन्टेनर थिए उसलाई थाहा थियो
साथमा रही भारि केहि हल्का गरि देला भनेको त्
उल्टो सुस्तरी चल्ने मुटुको धडकन झनै बढाएर गयो
मुटु मेरो एक्लै रहदा यसै जलेको नै थियो
बिहानको घाम संगै कोमलता बनि शितलता देला भनेको त्
बिहानको घाम संगै कोमलता बनि शितलता देला भनेको त्
मध्यान्ह नहुदै उल्टो निर्मम बनेर यो छाती डडाएर गयो .......
समय आफु त् निर्मम नै थियो मलाई समेत निर्मम बनाएर गयो