Pages

Monday, October 14, 2013

एउटा गाउको सानो परिवार मा साबित्री केहि महिना अगाडी मात्र दुलहि बनेर भित्रिएकी हुन् .केहि महिना त् सासु बुहारी बिच को सम्बन्ध सुमधुर रह्यो तर केहि महिना बिते पछी  भने एक अर्का मा सानो सानो कुरो मा पनि आरोप प्रत्यारोप ,दोष देखाउदै  झगडा हुन् थाल्यो  .सधैँ को कच् कच् र विवाद ले वाक्क भएर साबित्रीले पति लाइ भनिन पति वाट पनि झगडा को समाधान ननिस्के पछी साबित्रीले सोचिन यो सासु बुढी लाइ नमारी अब मैले सुख पाउदिन .
यस्तै सोच लिएर साबित्री आफ्नो मिल्ने साथी को घर गइन् र आफ्नो बिलौना गरिन अनि साथी सित सासु लाइ मार्ने बिष दिन अनुरोध गरिन .
साबित्री  को कुरो सुने पछी विद्वान साथीले समस्या समाधान पनि सोचिन र भनिन हेर साथी साबित्री यसरि सिधै बिष खुवाएर मार्यौ भने तिमि लाइ पनि जेल मा हाल्छन त्यसैले म सित एउटा बिशेष औषधि छ त्यो दिन्छु यो औषधिले बिस्तार बिस्तार काम गर्छ अरु लाइ शंका पनि हुन्न यो औषधि ले सासु लाइ  मार्न  ६ देखि ८ महिना लाग्छ प्रत्यक बिहान आफैले खाना पकाएर त्यो खाना  मा यो औषधी हालेर दिने गर्नु पर्छ  .तर यो अबधि कसैले शंका न् गरोश त्यसैले तिमि ले आफ्नो व्यवहार  लाइ एकदम बदल्नु पर्छ .यो अबधि भर तिमीले सासु सित मुख लाग्नु  हुन्न राम्रो ब्यबहार गर्नु पर्छ  .जे भने पनि सहनु पर्छ र मिठास बोलेर जवाफ फर्काउनु पर्छ .भ्याए  सम्म घर को सबै काम आफै गर्नुपर्छ . सबेरै उठेर सासु लाइ चिया नास्ता  बनाएर खुवाउनु पर्छ ताकी अरु लाइ तिमीले बिष खुवाएर मारिन भन्ने शंका गर्ने मौका नमिलोस ..
साथीको कुरो सुनेर साबित्रीले भनिन बुढी चाँडै मर्छिंन्  भने म यस्तो दुख गर्न राजि छु यो के दुख हो र ?भन्दै खुसि हुँदै औषधि को पोको लिएर घर आइन्
भोलि पल्ट बिहानै देखि बुहारी साबित्री को ब्यबहार बदलियो  बोलि बदलियो .सासुले अर्हाएको काम हासेर गर्न थालिन .सासुले अनाबस्यक कराउँन्  थाले पनि दुइ चार महिना कि पाहुना त् हुन् नि भनेर सोच्दै हाँसेर टाली दिन थालिन .मिठास पूर्ण बोलि र ब्यबहार  गर्न थालिन.सासु आमा तपाइँ आफ्नो छोरी लाइ कती माया गर्नु हुन्छ ?मलाइ पनि त्यस्तै व्यवहार गर्नुस  म पनि तपाइँ लाइ आमा जस्तै ब्यबहार गर्छु नि भन्न  थालिन  
बुहारी को मिठासपूर्ण बोलि र बदलिएको राम्रो व्यवहार देखेर अब सासु पनि गालि होइन माया गर्न थालिन .छिमेकी  को मा बुहारी को कुरो काट्न छोडेर अब प्रसंसा गर्न थालिन .सासु बुहारी को व्यवहार आमा छोरी को जस्तै प्रेमपूर्ण स्नेह पूर्ण र सहयोगात्मक हुन् थाल्यो .सासु बुहारी आमा छोरी झैँ हास्ने रमाउने मिल्ने एकले अर्को लाइ काम मा सघाउने गर्न थाले .एक अर्का ले केहि समय न् देखे पनि दुवै लाइ एक अर्का को अभाब महसुस हुन् थाल्यो .
बुहारी साबित्री को मनमा  सासु प्रति यति धेरै माया बढ्यो कि अब सासु मर्ने हुन् कि भन्ने डर र चिन्ता ले सताउँन्  थाल्यो .
एक दिन मौका मिलाएर हत्तार हत्तार गर्दै साबित्री साथी को घर मा पुगिन र हात जोड्दै रुदै भन थालिन साथी म वाट ठुलो भुल भयो म त् मेरो सासु आमा बिना बाच्न नै सक्दिन . मेरो सासु मरिन भने त् म बाच्न सकिदिन म एक्लो हुन्छु लौन जसरि भए पनि मेरो सासु लाइ खुवाएको बिष ले काम नगर्ने  मेरो सासु आमा लाइ केहि नहुने औषधि  दिनु पर्यो  .मेरो सासु आमा लाइ बचाउनु पर्यो !!!!
यो त् हुनु नै थियो 
विद्वान साथीले हास्दै भनिन .मैले तिमि लाइ बिष दिएकै थिएन .त्यो त् तिम्रो सासु लाइ फाइदा हुने स्वास्थ्य बर्धक जडीबुटी थियो .
दुस्मन लाइ मार्न बिष वा हतियार जरुरत पर्दैन .बस प्रेम गर माया गर सहयोगी बन "आफु भित्र रहेको बिषाक्त सोच र ब्यबहार लाइ प्रेममय स्नेहमय र मिठास मा बदल्न सक्यौ भने यो संसार मा कोइ कसैको दुस्मन हुने छैन "
जाउ सासु आमा सित मिलेर आफ्नो घर स्वर्ग बनाऊ .....
"शुभ बिजय दशमी २०७० "

Thursday, June 13, 2013

आउनुस अब सकारात्मक रुममा धार्मिक परम्परा लाई पनि परिमार्जित गरौ 
धेरै छन् परिमार्जित् गर्न ढिला भएका बिषय अहिले लाई एउटा थिति बसालौं 
आज हाम्रो समाज एकातिर भोक र गरिबी  र महंगाई सित  लडी रहेछ 
त्यहि अर्को तर्फ बार्षिक अरवौंको चामल (अक्षेता ),फल ,जौ ,तिल ,तेल अनि फुल र अन्य खान योग्य बस्तु धर्म को नाम मा फ्याकी रहेका छौ .
आउनुस ब्यबस्थित गरौ .चढाउनु  पर्ने चिज बस्तु लाई अब खुल्ला होइन कि पोका (प्याकेट )मा नै चढाउने गरौ ताकी त्यो खेर न् जाओस र संकलित गरेर बेची  मठ मन्दिर को कोष मा जम्मा गर्न पनि सकिन्छ वा फल दुध जस्ता बस्तु आबस्यक पर्ने (needy people )लाई  बाडेर धार्मिक अनुष्ठान (मठ मन्दिर )लाई समाज सेवा को लागि स्रोत को रुपमा परिबर्तन गर्न सकिन्छ 
अनुमान गर्नुस त् एक दिन मा पशुपति नाथ मा कती चामल कती दुध कती फल जौ तिल तेल र पुष्प अबिर केसरी नरिवल आदि इत्यादि  चढाउने गर्दछौ ?महिना मा कती ?बर्ष भरिमा कती ?खोलामा फ्याकिने ति अरबौ को बस्तु लाई सदुपयोग गर्न ब्यबस्थित गर्न ढिला भै सक्यो 
त्यस लाई खुल्ला रुपमा पूजा को नाम फ्याक्नु भन्दा पूजा पनि हुने र सदुपयोग पनि हुने (खेर जान नदिने )गर्नु बुद्धिमानी होइन र ?बर्ष को २५ अरब को चामल आयात  गर्छौँ तर लगेर फ्याक्छौ तर त्यसै लाई सदुपयोग पनि त् गर्न सकिन्छ नि होइन ?धर्म  पूजा पाठ मठ मन्दिर लाई समाज उपयोगी र समाजसेवी तर्फ उन्मुख बनाऊ यस मै समाज र देश को कल्याण हुन्छ 

"परिबर्तन को लागि नागरिक आचार संहिता "(Norms of strong civic sense )अभियान .

Wednesday, June 5, 2013

अब जागौं अब उठौ आऊ बीर नेपाली !

अब जागौं अब उठौ 
सुन्दर देश बनाउन बिउझौ अब नेपाली 
छोडौ द्वन्द जात छुवाछुत र बिभेद को 
हाम्रो एउटै शान्त घर नेपाल 
हाम्रो एउटै जात नेपाली 
कोइ छैन उच निच आँगन एउटै हो हिमाली 
आऊ हात् मा हात् समाउ हें बिर नेपाली 
बिदेशी पस्ने सिमा मा पर्खाल बनौ/ बनाउ 
दुष्ट हरु को प्रवेश रोकौ आफ्नो घर बचाऊ 
गाएर शान्ति को गीत बुद्धत्व लाई जोगाउ 
अब फर्क बिदेशिएका सपुत नेपाली 
बिदेशी को राज भयो देश मा अब त् हटाउ 
केहि अर्थ रहेन पठाएको रेजिमेन्ट को 
जब सो भन्दा बढीको आयात गरी रहेछौ 
हाम्रा ठुला फाँट रसिला छन् अझै 
हामि निर्यात गर्न सक्छौ फलफूल र सागपात 
हामि निर्यात गर्न सक्छौ मासु र खाध्यान
हामि निर्यात गर्न सक्छौ जडीबुटी 
हामि निर्यात गर्न सक्छौ जल बिध्युत 
हामि आत्म निर्भर हुन् सक्छौ हाम्रै पौरखले 
हामि देश बनाउन सक्छौ हाम्रै शिपले 
रोकौ टाई सुट को आयात हामि संपन्न नहुन्जेल 
रोकौ बिदेशी मध्यपान धुम्रपानको  आयात हामि समृद्ध नहुन्जेल 
आऊ अब एउटा क्रान्ति गरौ 
कलम कापी र पुस्तक हात् हात् मा पुर्याउन 
आऊ  अब एउटा क्रान्ति गरौ 
प्रत्यक मा "समान मानबिय मुल्य र मान्यता को "मर्म बुझाउन 
आऊ अब  एउटा क्रान्ति गरौ 
प्रत्यक नेपाली को पहुचमा औषधिमुलो पुर्याउन 
आऊ अब एउटा क्रान्ति गरौ 
बिबेकसिल ,सभ्य ,सदाचारी ,शान्त सालिन नागरिक बनाउन 
आऊ अब एउटा क्रान्ति गरौ 
जोगाउन्  हाम्रो  मौलिक अनुपम धर्म / सस्कृति 
कसैले लुट्न लुटाउन  न् पाओस हाम्रो घर हाम्रो खेति 
एउटै शान्त घर हाम्रो नेपाल हामि सुन्दर सालिन नेपाली 
अब उठौ अब जागौ आऊ बीर  नेपाल 



Shekhar Dhungel (शेखर ढुंगेल)

Friday, May 24, 2013


जिन्दगि त् देखि अब  तंग त् आयो 
"तैपनि बाच्नु को बिकल्प भेटिएन 

आँखा देखि धेरै आँशु त् बग्यो 
तैपनि हास्नु को बिकल्प भेटिएन 
-- 

Sunday, May 19, 2013

हामि आफ्नो आफ्नो अधिकार को कुरो गर्छौँ एक आपस मा लड्छौं  तर  हाम्रो अधिकार त्यस बेला मात्र सुरक्षित हुन्छ जब हामि अरुको अधिकार पनि सुरक्षित राख्न चिन्तित र सक्षम हुनेछौ .
अन्यथा आज म बलियो छु अर्को को अधिकार खोस्छु भोलि अर्को बलियो हुन्छ मेरो अधिकार खोस्छ .
यसरि लुट्ने र लुटिने क्रम मात्र चली रहन्छ कसैको पनि अधिकार सुरक्षा हुँदैन .र जति सुकै र जस्तो सुकै पद्दति परिबर्तन भए पनि अर्थ राख्दैन जब सम्म हाम्रो प्रवृति परिबर्तन हुँदैन ..
नेपाल को बिगत ६३ बर्ष को राजनैतिक इतिहास ले यो प्रमाणित गरी सक्यो होइन र ?

"परिबर्तन को लागि नागरिक आचार संहिता "(norms of strong civic sense )अभियान 

Monday, May 13, 2013

 कविता -म नेपाली जब ब्युझिए 

आज म नेपाली ले कस्तो सपना देखे 
म नेपाली त् हराए हराए 
मेरो देश समेत हराएको देखे 

म नेपाली विदेश तिर भागी रहेको 
म नेपाली अरु को भाषा बोल्न  व्यस्त रहेको 
म नेपाली बिदेशी भेष मा कतै हराई रहेको 
म नेपाली अरु को सस्कृति मा भिज्दै रमाई रहेको 

उफ्फ उफ्फ यो  कस्तो सपना ?
मेरो देश मा अर्कै  भाषा बोल्ने भिड  छिरी सकेको 
मेरो देश मा अर्कै धर्म ले झन्डा गाडि  सकेको 
मेरो देश मा बिदेशी सस्कृति शासन गरी  सकेको 
न् त् म मेरो देश का नेता को बोलि को भाषा बुझ्छु 
न् त् मेरो देश का नेता मा नेपाली भेष देख्छु 
न् त् मेरो देश का नेता मा नेपाली पन र मन  देख्छु 

मेरो सगरमाथा ज्वाला निकाली रहेको थियो 
मेरो लाली गुराँस डढेर भटाभट लड्दै थियो 
मेरो बौद्ध स्तुपा धर धर आँशु खसाली रहेको थियो 
मेरो झरना हरु मा तातो खरानी झर्दै थियो 
मेरो नदि हरु लाभा बोकी स्तम्भित थियो 

म त् मस्त थिए निन्द्रा मा कसैले ढोका ढक ढकायो
मैले उसको भाषा बुझ्न सकिन 
मैले ऊ को थियो चिन्न सकिन 
जब उसले मेरो नागरिकता खोस्न थाल्यो 
तब !
म नेपाली  ब्युझिए मेरो होस् खुल्यो 
देखे !
म नेपाली  को मुख मा भ्रस्टाचारी को घोचो थियो 
म नेपाली  को हात् मा  दलाल को हथकडी थियो 
म नेपाली को खुट्टामा बिदेशी को "मुढा"थियो 
म नेपाली को आँखा मा भ्रम को पट्टि थियो 
म नेपाली को अन्तरात्मा र बिबेक किनिएको थियो 
म नेपाली को नेपाली पन को अस्तित्व लुटिएको थियो 
म नेपाली ले केहि गर्न सकिन 
म नेपाली को भाषा बुझ्ने कोइ थिएन 
म नेपाली हराई सकेको रहेछु मेरो देश भित्र 
म नेपाली को देश नेपाल हराई सकेको रहेछ भूगोल भित्र 
उफ्फ आज म नेपाली ले किन यस्तो सपना देखे !


Saturday, May 11, 2013

http://www.janapukar.com/news-2013-05-12-06-03-05-3887.html

news of bimochan and donation tolt.dekendra thapa family ru 10 hajjar