Thursday, February 2, 2023
Tuesday, January 5, 2021
मधुर मिलनका
मिठो सम्झनाका तरंग हरुमा
मन्द सुस्केरा हाल्दै
नस नस मा प्रफुष्टित
प्रेमका अंकुर हरुमा
स्खलित प्रेमको अनुभूति गर्दै
जीवनको भानिभुत स्वर्गादी चरमोसुख
मनमा सजिएको ति पल हरु
एकान्तमा चित्रित हुन्छन
चलचित्रको पर्दा झै
अनि तन झंसग हुन्छ
पसिना पसिनामा बग्छ
ति प्रणयका श्रीन्खला हरुको
अन्त भएको धेरै भयो
पाखण्डी चरित्रका
पर्दा भित्रका भग्नावेस
रहस्यमय हुन् पुग्छन
कतै आँशु त् कतै याचनाका
पन्ना भित्र गुम्सिएको
झुठो प्रेमको कलापूर्ण नाटक
पर्दा अगाडी पछाडी बसेर
वितरित कपटपूर्ण प्रेम
रस चुस्ने छोक्रा फ्याक्ने
सबैको हुने कसैको नहुने
प्रेमको त्रास बिहिन बिस्वास
उफ्फ़ उफ्फ़
सुर्य लाई हत्केलाले छेकेर
गोप्यताको कथा सुनाउने
विश्वास को आत्महत्या
झुठो पाखण्डी प्रेम
Thursday, October 8, 2020
म र राजनीति
म मानबियता भन्छु उ पद र पैसा भन्छम सस्कार भन्छु उ भ्रष्टाचार गर्छ
म इमान्दारिता भन्छु उ अनियमितता भन्छ
म सदाचार भन्छु उ आडम्बर पाल्छ
म नम्रता भन्छु उ अहंकार बोक्छ
म त्याग भन्छु उ आर्जान मात्र सोच्छ
म धार्मिकता भन्छु उ हिँसा रोज्छ
म सेवा भन्छु उ लालच रोप्छ
म निष्ठा भन्छु उ फाइदा मात्र हेर्छ
म पहिले देश र नागरिक भन्छु उ परिवार र आफन्त भन्छ
म आत्माको आज्ञा भन्छु उ दिमागको खेल भन्छ
म राज्यकोषमा अर्थ थप्छु उ रित्याउने गर्छ
त्यसैले
म र राजनीति नदीका दुइ किनारा भयौ
सहयात्रा कहिले भएन
म वारि वारि उ पारि पारि
म उसलाई हेर्छु उ मलाइ हेर्छ
आज
म गुमनाम उ चर्चामा
म सडकमा उ महलमा
म भय रहित जीवन बाँची रहेछु उ सुरक्षा घेरामा
म शान्त छु उ तनाव र त्रासमा
म र राजनीति ,,,,,,,,,,,,,,,,,
कबिता -नियति निरन्तरताको
उकुस मुकुस छ जिन्दगि
कैयौ दोबाटोमा रुमलीएर
कतै छल्लिदै कतै झुक्कीदै
एक्लै एक्लै
हज्जार जंघार तर्दै
अदृश्य खाडल हरुमा खस्दै भर्दै
निरन्तरित छ एक्लै एक्लै आह भर्दै
प्रत्यक बिहानीको सुभारम्भ संगै
जिउदो हुनुको अनुभूति बोकेर
फेरी फेरी
कैयौ रात आँसुमा डुबुल्की मार्दै
फेरी अर्को बिहान बाच्ने रहरमा हाँसो पोत्दै
दुखको बैशाखी टेकेर सुखको चौतारो खोज्दै
हो मृग तृष्णा मेटिए झै लाग्छ कहिले कुनै पल
उफ्फ़ झुक्किने नियतिको अर्को पाटो पो !
आट्टहास हाँसोको भुमरी भित्र
पटाक्ष परिदृश्य समेट्दै
एक्लै हो एक्लै शहरहरुको भिडमा
बिना पहिचानको एउटा मुर्दा शरीर
अझै प्रेरित छ फेरी नया बिहानी भेट्ने
नया क्षितिज रोज्ने
भलै बोझ माथि बोझ थपिदै रहोस
चाहे कदम कदम मा तगारो तेर्सि रहोस
पिडा बोक्ने कन्टेनर हु म जिन्दगि
मज्जाले बित्छ एउटा दिन बिष पिउदा पिउदै
पिडा भिक्षा दिने हरुको भिडमा मस्त हाँसेर
फेरी
नया किरण लाइ चुम्ने
भोक अनि लालसा बोकेर
हो जिन्दगीको यात्रा निरन्तरित छ्
दुखको बैशाखीमा सुखको चौतारी खोज्दै
एक मुठ्ठी सुस्केरा उन्मुक्त हाँसोमा निदाउन
नियति निरन्तरित यात्रा जिन्दगीको
कबिता -धेत्त जमाना के आयो ?
धेत्ता जमाना के भयो तलाई
नांगै हिड्न रमाउन थालिस ?
के छ यार यो लंगुटीमा !होइन त्
म च्यापेर कुदया कुदयई छु
तर हातमा लाग्यो सुन्य ,,,,
नालायक असफल कमजोर
जो कुदयो नांगै हिम्मत गर्यो
उ त् सफलताको शिखरमा
कति वाह वाह कति प्रिय त्यो नाङ्गोपन
सामाजिक नैतिकताको त्यो सानो झुम्रो
असहायको फांसीको गाँठो जस्तो
धेत्त जमाना कस्तो नाङ्गो हिड्नु पर्ने
अनि चर्चित उही सफल उही
शिखर चुम्ने उही
लाक्षी लंगुटी भिर्ने त्यो
हेर उसको असफलता हेर उ दबेको
हेर उ देश छोडेर भागेको
कहिले आउला लंगौती बचाउ बिद्रोह ?
अनि
नाङ्गा बादशाह को साम्राज्यमा
लंगौती उत्पादन होला
अनि देश लंगौती उत्पादनमा
आत्मनिर्भर होला
अनि
नाङ्गा मुक्त बन्ला
धेत्त जमाना के यस्तो आयो
नाङ्गा हरुले वाहि वाहि तालि पायो ,,,,,,
Wednesday, September 23, 2020
म जहिले रेष्टुरामा खान्छु सके सबै सिध्याउने गर्छु नसके घरमा लेराएर खान्छु ,प्लेटमा पनि फोहोर देखिने गरि छोड्दिन र हाते कागजले टेबुल पनि सफा गरि दिन्छु ,
घरमा चाहिने भन्दा केहि कम मात्र खाने कोसिस गर्छु र खाइ सके पछी प्लेट र कचौरा पखालेर पिउने गर्छु अनि मात्र आफुले खाएको आफै माझ्ने गर्छु एक सिता अन्न फ्याक्नु पाप गरे जस्तो लाग्छ ,यो मेरो सृष्टिकर्ता प्रतिको सम्मान र आभार हो ,कहिले सोच्नु भएको छ ?एक गेडा लाई एक बाला एक झुप्पा एक घोगा र एक मुठा साग बन्न कति समय कति मेहनत र कति खर्च भएको हुन्छ र तपाइले कति व्यहोर्नु भएको छ ?
जापानिजको हरुको भने थप अर्को सकारात्मक धारणा पनि रहेछ त्यो के भने रेष्टुरामा खाना पटक्कै न मिठो भए वा लागे पनि न फ्याक्ने खान मन न लागे वा नमिठो भएर बाँकी रहे घर लिएर जाने कारण "टेबुलमा छोड्दा अर्को ग्राहक ले त्यो खाना न मिठो रहेको सोच्न सक्छ र अर्डर नगर्न सक्छ र रेष्टुरा लाइ हानि हुन् सक्छ,,,"
Tuesday, September 22, 2020
मेरो एउटा साथी ,,,,,