Pages

Saturday, October 20, 2018

प्रकृति र मानिस 
--------------------------
अजिब छ यो सृष्टिको नियति
 स्वबंशमा झगडा छ अंशको लागि 
मानिस मानिस द्वन्द छ स्वार्थको लागि 
तर प्रकृति ?
सुर्य चम्कन्छ सबैको लागि 
जात र धर्म दुखि र सुखी न भनि  
चन्द्रले शितल दिन्छ 
मेरो र तेरो गरिब र धनि न भनि 
बादल बर्षिँछ 
बाद र क्षेत्र महिला र पुरुष न भनि 
बिरुवाले अक्सिजन बाड्छ 
राजा र रंकसडक र महल न भनि 
तर मानिस ?
दोषी स्वयम्  छ  बाँकी सबै दोषी देख्दछ 
आफ्नो स्वार्थको लागि मानिसकै बलि चढाउछ
अनि बिजयी आडम्बर अट्टहास हास्ने गर्छ 
आफ्नो र आफन्त मात्र खोज्छ ...
मानबताबिहिन मानिस स्वार्थको मात्र वकालत गर्छ
मानिसले आफ्नो लागि  मानिसको स्वतन्त्रा खोस्छ 
तर प्रकृति ?निस्वार्थ सेवा मात्र बाँडी रहन्छ ..
नमन गर्छु तिमि लाइ 
निष्पक्षता समानता प्रतिबद्धता अनि निरन्तरता ....
अनि मानब भन्दा माथिको तिम्रो महानता प्रति   
मानिसको साथी मानिस मात्र फाइदाको लागि ?
तत्वबोध !
त्यसैले आज मानिस मानिस भन्दा टाढा 
जनवार र प्रकृतिको नजिक पुग्दै छ 
उन्मुक्त हाँसो खोज्न जंगल पस्दैछ 




यहाँ मन्दिरको प्रसाद खाने र आराधना गर्ने भन्दा
> अध्यारो मा  रमाउने र लुट्ने हरु को भिड छ
> अनि कहाँ पाइन्छ सुख र मानबता ?
>
> यहाँ चुसेर अरु को रगत पसिना
> आफु मात्र मोटाउने चलन चलेको छ
> अनि कहाँ खोज्ने प्रेम र भाइचारा को महानता ?
>
> यहाँ आफ्नै घर जलाएर
> छिमेकी लाइ बोलाइ आगो ताप्ने हरु को राज छ
> अनि कसरि बच्छ मौलिकता र स्वाधिनता ?
>
> यहाँ अमृत (दुध )पिउने को भन्दा
> बिष (रक्सी)पिउने हरुको बाहुल्यता छ
> अनि कसरि पाइन्छ सदाचार र संबेदनशिलता ?
>
> यहाँ खोसेर अरुको भाग
> आफ्नै भाग माथि थप्ने हरुको लडाई छ
> अनि भोका ले मात्र गाएर शान्ति को गीत पाइन्छ शान्ति कहाँ ?
>
> यहाँ पुर्खाले जोडेको हिरा मोति (माटो )फ्याकेर
> अर्काको आगन मा ज्याला थाप्न जाने हरुको लर्कन छ
> अनि कसरि जोगाउने आस्था र अस्मितता ?

Wednesday, October 17, 2018

हे माता हे जननी हे महिला सृष्टि सारथि ..
मत्थर हौ नम्र बन सोच त् एक पटक ..
त्यहि पुरुष छ र त् आमा बनि गर्ब गर्दैछ्यौ 
त्यहि पुरुष छ र त् छोरी बनि देवी झैँ पुजित छ्यौ 
त्यहि पुरुषकै कारण सृष्टिको निरन्तरतामा सहभागी छ्यौ 
त्यहि पुरुष छ र न त् तिम्रो श्रीमान छन् 
बुबा छन् भाइ दाइ छन् अर्थात् तिमि सुरक्षित र संरक्षित छ्यौ 
मायाको परिभाषा छ त्यहि छ परिवार त्यहि छ 
सृष्टिले समानता दिएकै छ 
थाहा छ एक बिना अर्कोको अस्तित्व छैन 
त्यो महान समानता लाइ सद्भावपूर्ण ,सहयात्री भै सहभागी बन 
कोइ कुनै कुण्ठाले बिचलित होला स्नेह दिएर बाटोमा लेराउ 
लहै लहैमा लागेर सामाजिक मन्दिर का पहरेदार 
कतै छोरा कतै बुबा कतै श्रीमान कतै दाजु भाइ बिरुद्ध 
भडकीने नगर ............ 

Tuesday, July 10, 2018

ओहो अनायस उस्लाई गुन्द्रुक ढिडो अनी लप्सीको अचार् याद आउँछ साच्चिक्कै मुखनै रसाउँछ उस्को । चिठ्ही लेख्न सुरु गर्नुअघि एकछिन तकियामा राखी कलमलाई मुखमा हल्का च्यापी मुग्लाने सोच मग्न हुन्छ । के लेखौं  के न लेखौं  ? सुखको काल्पनिक कथा लेखौ कि दु:खको यथार्थता । एकछिन फेरी कोल्टे फेर्दछ र ऊठि टेबुलमा हात राखी आज दिल खोलेर मनको कुरा भोगेको कुरा सबै लेखी दिन्छु आखिर परिवारले पनि थाहा पाउन कि मुग्लान सजिलो रैनछ पैसा सजिलोसित कमाइदो रैनछ भनेर ।

लेख्न सुरु गर्दछ, हे चाउरी परेकी बुढी आमा ! बिदेशबाट खाउ लाउ सोख गर भनेर त्यत्रो पैसा खन्या दिदा पनि तिमी किन झन झन सुक्दै छ्यौ ? मेरो चिन्ता नगर तिमी बर्गरसित आलुतामाको याद मिसाइ  खाँदाको स्वादै अर्कै हुन्छ के थाहा तिमीलाई ? ढाड सेकिने गरी बोराका बोरा प्याज काट्नै परे पनि खट खट हरियो डलर गन्दाको मज्जा अर्कै छ त्यो बुझ्दिनौ तिमी ! त्यता बस्या भे कस्को अहार भै सकिन्थ्यो होला कमसे कम यहाँ ज्यान त बच्या छ । अँ तिमी पल्ला घरे काइला बाको छोरा को कुरा गर्दै थियौ नि उ त लाग्यो माथितिर यतैबाट खबर त पाइ सक्यौ नै ? पातलि रुदै बिलौना गर्दै होलिन् होइन ? ठुलै सपना थियो उ बिचराको पहिले साहुबाट धितो राखेको भिर पाटो बारी चुक्ता गर्ने , जस्ताको छानो भएको दुई तले घर बनाउने , छोरा छोरीलाई शहरको राम्रो स्कुलमा पढ्न पठाउने खादा पनि परिवार बच्चाकै कुरा गर्दथ्यो सुत्दा पनि तिनीहरुकै सपना देख्दथ्यो । अर्को साल त पक्कै फर्कने है भनी मलाई बेला बेलामा सोधी रहन्थो कठै बिचराले अर्को साल देख्न नै पाएन ।

त्यसैले यो पटक रामो राम पहिले जस्तो ढाटेको होइन दसैं मा आउछु । बरु ल भन तिमीलाई के कोसेली लेराइ दिउ ? मामाको छोरा कर्णेको खबर नि पाएकी हौली नि उस्ले त यही कि गाई खाने कि छोरी बिहे गर्योो नि धर्म पनि परिवर्तन गर्योी उस्ले अब बाउ आमाको काज कृया पनि नगर्ने भो ! के जानु नेपाल के छर त्यहा भन्दछ । सधैंको मारकाट, लूट, बन्द र हडताल त्यस्तो पनि देश हो ? पो भन्दछ त उ आज भोली । बिहे गरेपछी त सुको बचाउन न सकेको गुनासो पनि गर्दै थियो अस्ती, स्वास्निको फर्माइस पुरा गर्न नसके छोडि देली भन्ने डर रे उस्ले छोडि दिए उ यहाँ बस्न पनि पाउदैन यहाँको नियमले त्यसैले उसलाई हामी भन्दा स्वास्निको चिन्ता छ ।

कस्तो-कस्तो हुन्छ बिदेशमा सुन बुढी आमै ! बिर्खे बाका छोरीको कुरा पनि सुन अरुलाई मैले भनेको न भन्नु नि ? खै के कुरा मिलेन छ आफ्नो बुढासित बच्चा सच्चा जिम्मा देर उनी त लागि छन हाम्रै छिमेकी देशको भैयासित । अब त संपर्क नै छैन उनीसित पोहोरसम्म भाइटीका लगाइ दिएकी थिन । अ कती अर्काको कुरा गर्नु आफ्नै कथा पोख्दछु तिमीलाई, मलाई थाहा छ तिमी पर्खि रहन्छ्यौ हरेक दिन पिढीमा आमा भन्दै कहिले आइपुग्ला छोरा भन्दै , कहिले काही त टप्किन्छ होला आसू होइन ? मेरो सम्झना गर्दै । गाली पनि गर्दी हौली नि मोरो निस्ठुरीले बिर्स्यो मलाई भन्दै ? कुरो त्यसो होइन , म कसरी बिर्सन सक्छु तिमीलाई कठै ? ल तिमी नै भन त बिर्खेको छोराले मुग्लानबाट हेर कत्ती पैसा कमाएर लेरायो त सुती मात्र राख्दछ्स मोरा भनेकी होइनौ ? यहाँ आबारा भएर बराल्लेर बस्नु भन्दा त बिदेसै गए पनि हुन्थ्यो केही त सिक्दथ्यो कि ? अरुका छोरा पनि गएका छन नि म सहेर बसौला जा मोरा केही गर भनेकी होइनौ तिमीले ? मलाई पढाउन धितो राखेको पाखाबारी कसरी छुटाउने त्यो पनि त चिन्ता थियो नि ? अब त्यहाँ  बसेर आफ्नो योग्यताले स्थान न पाउने भएपछी मुग्लानिनुको बिकल्प खोइ ? नेपाल सरकारले सोच्ने फुर्सद पाएको देखिन्न बरु आफ्ना मान्छे लगाएर हुन्छ कि आँफै लागेर हून्छ नेपाली युबालाई खसी बोका झै यो देशमा र उ देशमा बेच्न मा नै खुशी छ अझै नेपाल सरकार यस्तो सरकारदेखे कि सुनेकी छ्यौ कतै ?परिस्थितीले म जस्ता हज्जारौ, लाखौं धकेलिएका छन बिदेश मा रहर त कसैको देख्दिन कोइ ज्यान जोगाउन कोइ व्यबहार मिलाउन कोइ बित्रिष्णा मेटाउन वाध्य भै बसेका छन ।

कति स्वादिलो हुन्थ्यो तिमीले पकाएको मिठो पिठो , कतिआनन्द आऊदथ्यो आगन चौतारी , मेला पर्ब गर्दा ? सम्झी ल्याउदा मन धुजा धुजा हून्छ । हो एउटा सत्य हो मेरो वर्तमान बन्धकीमा परेको छ भविष्यमा सुख पाउने रहरमा खोट मेरै होला म किन देशमा बिक्न सकिन जो बिकेर दिन दुई गुना रात चार गुनाको फट्को मार्दै कमाउने धन्दा गर्दैछन । तर के गर्नु आफ्नो सिफारिस गरिदिने कोइ थिएन ? मलाई थाहा छ तिमी अस्ताउन लागेकी जुन हौ मेरो मुख हेरेरै मर्ने तिम्रो धोको बाहेक तिम्रो अरु इच्छा आकांक्षा मरी सकेका छन । तिमी गल्दै गएकी छौ यो सन्जोग जुर्दछ कि जुर्दैन खै ? रात दिनको काम कामले म पनि शिथिल भै सकेको छु । एकमन त लाग्दछ अहिल्यै उडिहालु रुखो सुखो जे मिल्दछ खाइ शान्त सित बसू तर साहुको कर कर चुक्ता भा खोइ ? त्यहाँ आएर हत मुख जोर्ने उपाय पनि छैन नि त के गर्नु ?यो न आउने बहाना होइन मेरो यथाथर्ता हो । चाडपर्ब आउँछ  शरीर यहाँ छ मन त्यहाँ हून्छ । साझ बिहान तिम्रै चिन्ताले सताउँछ । तिमी सम्पन भएकी भए किन पठाउथ्यौ र मुग्लान हामीलाई होइन ? सम्हाल आँफैलाई मेरो चिन्ता नगर एक दिन पक्कै आउँछु म तिमीलाई भेट्न झुठो म बोल्दिन ।

Sunday, June 3, 2018

के थाहा यहाँ समयले मानिस लाइ कहिले कहाँ पुर्याउछ 
को सङ्ग छुटाउछ को सङ्ग भेटाउछ 
कहिले रुवाउछ कहिले हसाउछ 
कहिले आफै लाइ पोल्छ यो जिन्दगि 
कहिले कसैको विस्वासमा बाच्ने गर्छ यो जिन्दगि 
एउटा बिस्वास एउटा आस्था 
समर्पण र साथले रमाउछ यो जिन्दगि 
कसैको प्रतिक्षामा पनि फक्रिन्छ मायाको जिन्दगि 
टाढै सहि दुइ शरीर धडकन त् सङ्ग संगै छ 
छाया बनि एक अर्का लाइ स्पर्श गर्दै जीवन्त छ यो जिन्दगि 

मृत्यु सम्बाद
दिलमान ब्युतियो !हँ दिलमानको लास ब्युतियो ?
ए सुन हौ गाउले हो दिलमान ब्युतियो !भर्खर 
होइन ३ /३ दिन मुर्दा भैसकेको दिलामानाको लास कसरि ब्युतियो ?ओह घोर आश्चर्य के अनर्थ हुन् लाग्यो यो गाउमा ?के कलियुग भनेको यहि हो ?मुर्दा ब्युतियो मुर्दा ब्युतियो !!
अब बित्यास हुने भयो यो गाउमा के के अनिष्ट हुने हो अब मरेको दिलमान ब्युतियो आओ ए गाउले हो आओ यहाँ बित्यास हुन् लाग्यो आओ ..
हो र भन्या साच्चिक्कै मुर्दा भएको दिलमान ब्युझियो ? हो हो साच्चै हो दिलमान मुर्दा बाट ब्युझियो  गाउमा कोलाहल भयो पल्लो गाउ सम्म हल्ला फैलियो 
बुढाबुढीहरु आफ्ना साना नानि हरु लाइ घर भित्र लुकाउन थाले .कोइ डराएर भाग्दै थिए त् कोइ ब्युतिएको दिलमान हेर्न दौडेर आउदै थिए कमिलाको ताँती जस्तो गोरेटोमा आउने र जानेको भिड लाग्न थाल्यो सबको मुखमा यहि छ मुर्दा ब्युतियो दिलामान् को   मुर्दा ब्युतियो  अब गाउमा के के बित्यास हुने भो के के अनिष्ट हुने हो ....?.

 दिलामान भर्खर ब्युतिएको थियो उ मरेको तिन दिन पछी वरिपरी तमासेको भिड लागेको थियो .बिहानीको मिर्मिरे उज्यालोमा गाउमा हल्ला मच्चियो ..मरेको दिलामान् ब्युतियो 
कसैले दिलमान सित बोल्ने सहस गर्न सकेका थिएनन मात्र ब्युतिएको दिलामान् को वरिपरी झुम्मिएका थिए  दिलमान ब्युतिएर तुलसीको मोठ अगाडी परालमा कात्रो ओढाएर राखेको अवस्था बाट कात्रो फ्याकेर उठी फलैचामा गएर बसेका थिए  तमासेहरु बढ्दै थिए .श्रीमतीले चुरा फुटाइ सकेकी थिन .सेतो बस्त्र लगाई सकेकी थिन कहिले आफ्नो हातको नाडी हेर्छिन छाम्छिन त् कहिले सिउदोमा हात पुर्यौछिन अनि एकसरो सेतो लुगा लगाएको आफ्नो शरीर लाइ के गर्नु गर्नु आपदमा पार्छिन उनि ..छोरा अनि गाउले हरु चुपचाप नै थिए .दिलमानले सबै लाइ नियाले अनि श्रीमती लाइ भने भने लौ लौ जाउ एक कप तातो चिया बनाउ त् ! टोलाई रहेकी दिलामानकी श्रीमती निशब्दनै भित्र पसिन .

वरिपरी झुम्मिएका सबैमा कौतुहल थियो अब के हुने हो ?मनमा त्रास थियो केहि पो गर्ने हुन् कि ?भुत पो हुन् कि ?अब के गर्ने होला ....
दिलमान फेरी बोले ए बुढी चिया पाकेन अझै ?भोक पनि लागेको छ छिट्टो लेउ ...
यत्तिकैमा छोरा कुलमान डराई डराई नजिक गए र काँधमा हात राखेर सोधे बा तपाइँ लाइ कस्तो छ ?ठिक हुनु हुन्छ ?हामि लाइ सम्झेर फर्किएर आउनु भएको हो ?कसरि भयो यस्तो चमत्कार बा ?हेर्नुस त् गाउने हरु भयभित भएर हेरी रहनु भएको छ 
दिलामान् ले छोरा कुलमान को हात समातेर अझै नजिक तानेर संगै बसाले अनि छोराको हात आफ्नो हातमा लिंदै भने मलाई केहि भएको छैन बाबु छोरा म एकदम ठिक छु जस्ताको तस्तै छु मेरो चिन्ता नगर ..अनि गाउले हो तिमि हरु पनि  केहि प्राबिधिक गडबडीले तिमि हरुले मलाई मरेको सोचेको होला होइन ?म ठिक छु म अझै ३५ बर्ष बाच्छु मेरो मर्ने बेला भएकोंनै छैन
छोराले भने अनि बा स्वास फेर्नु भएको थिएन नाडी रोकिएको थियो .आँखाको नानि पनि बन्दथियो  शरीर पनि त् चिसो भएको थियो .मर्नु नै भएको हो भने बैधले पनि सबैको ठहर थियो  अनि हामीले कात्रो ओढाई दिएको हो बा .कसरि यस्तो भयो त् बा .?हामीले त् कान्छो भाइले  मुग्लान बाट  बा को अन्तिम दर्शन गर्न आउछु भनेकोले मात्र न जलाएको हो बा ..

गाउले हरुले पनि अब अलि अलि त्रास मुक्त हुँदै नजिक आएर बसे दिलामानको कुरो सुन्न थाले दिलमान सामान्य थिए भुत जस्ता थिएनन हात खुट्टा बोलि जस्ताको तस्तै थियो .हाउ भाउ सामान्य पहिलेको जस्तै थियो .बुढीले चिया संगै भुटेको गंहू र सेतो भटमास अनि टिम्मुर हालेको खुर्सानीको अचार पनि थालमा राखेर लिएर आइन र आफ्नो बुढाको हातमा थमाई दिन .दिलमान स्वादले खान थाले .यत्तिकैमा पल्लो घरको साइलोको श्रीमतीले दिलमानको श्रीमतीको हात समातेर भित्र लगिन .केहि क्षणमै दिलमान कि श्रीमती पनि पहिले जस्तै चुरा धागो अनि रातो पहिरन लगाएर बाहिर आइन .सबैको मनमा खुसि छायो ...छोरा श्रीमती संगै गफ गर्दै दिलमानले भने   ए काईला ए बीरबहादुर  जाउ जाउ अब आफ्नो घर जाउ मेरो चिन्ता नगर म देखि डराउँन पनि पर्दैन  म जस्ताको तस्तै छु त्यहि हू ...केहि समय मुर्दा सरह भएको मात्र हु .जाउ जाउ सबै घर जाउ कति काम बितेको होला ?जाउ आराम गर भरे भोलि म त्यति आउछु भलाकुसारी गर्न ..
तर कोइ टसमस भएनन् ...झन् उत्सुकतापूर्वक हेरी रहे कोइ लाइ छुन मन लागेको थियो कोइ लाइ आफै बोलेर प्रश्न गर्न मन लागेको थियो .सबै मनमनै सोच्दै थिए कि यो के घोर आश्चर्य भयो ?मरेको मानिस फेरी कसरि ब्युतियो ?त्यसै बीच जेठो छोरा कुलमानले बिनम्र हुँदै सोधे  बा यो कहिले पनि न भएको भयो कतै सुनिएको समेत थिएन के भयो यस्तो सबै छक्क परेका छौ बा यो सामान्य हो त् ?यो समयमा बा कता हुनु हुन्थ्यो ?के गर्नु भयो ?केहि बताउन सक्नु हुन्छ ?

दिलामानाका छोरा कुलमानको प्रश्नमा वरिपरी जम्मा भएका दिलमानको मलामि जान आएका गाउले हरुले पनि हो मा हो जनाए ...दिलमान ले यसबेला सम्म खाज खाइ सिध्याएका थिए करुवाको पानि कल कल कल कल कल गर्दै पिए ..लामो स्वास फेरे  उनको अनुहारमा थप रौनक आयो उनि त् नितान्त चिन्ता मुक्त थिए नै .प्रसन्न मुद्रामा आफ्नो तीनदिनको यमलोक यात्रा ,यमराज सीतको सम्बाद ,चित्रगुप्त संग भएको छलफल र भ्रमण बिस्तारै बर्णन गर्न थाले 
कुनै पण्डितले पुराणका कथा सुनाए झैँ दिलमानले बडो खुलस्त अनि सरल तरिकाले आफ्नो यमलोक यात्रा लाइ क्रमश सुनाउन थाले उनले आफ्नो यात्रा लाइ सुरु देखि बेलिबिस्तार लगाए 
पहिलो दिनको कुरो हो  मलाइ यमराजका दुत् हरुले मेरो पार्थिव शरीर बाट निकालेर यमराज महाराजको बिसाल बैठकमा पुर्याए .त्यहाँ वरिपरी डर लाग्दा जंगली जनवार हरु डादा डुडु गरि रहेका थिए बिषालु सर्प हरु फडा उठाउदै यताउता कुदी रहेका थिए ओह ओह ओह कस्ता  कस्ता राक्षस हरु त्यहाँ अट्टहास हाँसोमा थिए ...यत्तिकैमा त्यहाँ यमराज महाराजको आगमन भयो जनावर देखि राक्षस सबै शान्त भए सल्बलाउन बन्द भए ..मैले यमराज महाराजको अनिहारमा हेरे ..यमराज महाराजले  सिम्हाशानामा विराजमान हुँदै हातले जुँगा मुसार्दै भन्नु भयो हे मनुवा बधाई छ तिमि लाइ मर्त्यलोकको दुखपिडा  बाट मुक्त गराई  यहाँ लेरैएको छ एउटा जुनी पार गरेकोमा बधाई छ फेरी पनि र यो मेरो यमलोकमा तिमि लाइ स्वागत छ ...
अँ मनुवा भन भन तिम्रो नाम के हो रे ?
मैले भने यमराज महाराज प्रभु दिलमान नेपाल हो मेरो नाम 
ह ?के भन्यौ रे ?
दिलमान नेपाल महाराज !
ह ?! यमराज महाराज छक्क पर्छन् र यमलोक बोलाउने समय भएको मान्छे हरुको सुची  पल्टाउन थाल्छन ह खोइ तिम्रो नाम त् छैन त् आज यहाँ आउने सुचिमा कसरि आयौ तिमि ?कसरि कसको पालो मिच्यौ ?नसक्ने भए मैले तिमि नेपालीहरु सित पालो मिच्न खप्पिस के के चाकरी चुक्ली के के गर्छौ गर्छौ  ..
मैले भने यमराज महाराज खै म कसरि भनौ ?प्रभुकै दुतहरुले कम गर्दा गर्दै च्याप्प लडाएर लिएर आउनु भयो मलाई कहाँ आउने रहर थियो र महाराज मेरो उमेर नै कति भएको छ र ?कति काम बाँकी थियो आफ्नो ....रिसानी माफ होस् महाराज !
यमराजजी धेरै घोत्लिए अनि चिच्याए होइन हौ दूतहरु हो ?के उत्पात भयो पालै न आइ कसरि आइपुग्यो यो मनुवा यहाँ ?अब स्वर्ग पठाउने कि नर्क पठाउने ? के जवाफ दिने ?कसरि नियम मिचियो मेरो राजमा ?
एक छिन  सोच मग्न भए यमराज महाराज अनि मलाई लिएर जाने दुइ दुतलाइ सोधे खोइ यो मनुवाको नाम आज आउने सुचिमा नै छैन कसरि लिएर आयौ ?
दुताहरुले झुक्दै स्पष्टिकरण प्रभु हामि बाट गल्ति हुन् पुग्यो ८९ बर्षको दिलमान लेराउन गएको हौ तर यी ३५ बर्षीय परेछन प्रदुषण कुपोषण ग्याष्ट्रिक ग्रस्त यिनी उस्तै उस्तै देखिए हामि झुक्कीयौ  घोर अनर्थ भयो प्रभु हामि हरु लाइ क्षमा गरिबक्स्योस ...
यमराज महाराजले मलाइ भन्नु भयो हे मनुवा के गर्छौ त् अब ?दुत् हरुले गल्ति गरि हाले यहि बस्छौ कि अर्को जुनी लिएर जान्छौ कि त्यहि जुनीमा फर्कन चाहन्छौ ?
मैले भने रिसानी माफ होस् !यमराज महाराज प्रभु ! मेरो इच्छाले के हुँदोरहेछ र ?जहिले मन लाग्यो त्यहिले खबरै नगरी टपक्क टिपेर लेराउने महाराज अब म के भनौ ?प्रभुको जो इच्छा !
यमराज महाराज गम्भीर हुँदै भन्नु भयो 
सुन मनुवा म पनि केहि होइन यो ब्रमाण्डका संचालक सृष्टिकर्ताको बिधि नियति लाइ निरन्तरता दिन खटाइएको एक कारिन्दा मात्र हु म इमान्दारिपुर्बक काम गर्छु ,सृष्टिकर्ताको खेल भावनामा बगेर कार्यन्वयन हुँदैन मनुवा मैले जस्ताको पनि आदेश बमोजिम तस्तै काम गर्ने  मात्र हू 
कहिले काँही यस्तो अनर्थ हुन्छ मनुवा यो समस्याको समधान अब चित्रगुप्तले गर्न सक्छन ..
महाराजको अगाडीको मेरो के सुनुवाई हुन्छ र ?
महाराज !
मेरो आसा भरोषामा बसेको छोरा श्रीमती अनि मेरो अभाबमा रोएका अरु आफन्तको अवस्था हेरी बक्स्योस त् कस्तो बेहाल छ मेरो श्रीमती छोरा रोएको सुन्नी रहनु भएको होला ?महाराज मेरा दुश्मन हासेका देखिबक्स्यो ?प्रभु मेरो गल्ति भयो त् ट्याप्प टिपेर लेराउनु परेको ?म त् महाराज कै बाहन भैसीको लागि घाँस काट्दै थिए ..प्रभुको निगाह हुन्छ भने म आफ्नै पार्थ्विब शरीरमा फर्कन चाहन्छु म मर्त्यलोक बाट मुक्त भए पनि के सच्चिक्कै भागभोग सक्किएको हो त् ?होइन भने मैले पनि त् म मार्फत   सृष्टिकर्ताको  कुनै उदेश्य बाँकि छ भने पुरा गर्ने मौका पाउनु पर्छ म अहिले मेरो घर परिवार आफन्त मेरो गाउ सबै संग सन्तुष्ट छु प्रभु अर्कोको जुनीमा फर्किन चाहन्न निगाह होस् 
मेरो कर्म भाग्य भोगे पछी मात्र बोलाउनु पर्यो यमराज महाराज 
मेरो कुरा सुने पछी यमराज महाराजले भन्नु भयो उह्ह्हह्ह् !मनुवा मेरो हातमा पनि केहि छैन म त् एक आज्ञा पालक मात्र हो यो सबै कुरो अब यसको समधान चित्रगुप्तले बाहेक अरुले गर्न सक्दैन भन्दै महाराजले चित्रगुप्त लाइ बोलाउने आदेश दिनु भयो   दुत हो जाओ चित्रगुप्त लाइ मेरो बैठकमा सिघ्रातिसिघ्र उपस्थित हुन् शन्देश दिन पठाई देओ 
र मर्त्यलोकमा यो मनुवाको पार्थ्विब शरीर जलाउन रोक ..हस जो आज्ञा महाराज भन्दै दुत हरु निस्के यमराज महाराज बाट भण्डारे लाइ बोलावट भयो ..भण्डारे ले मलाइ आराम  कक्षमा लिएर गए त्यहाँ थरिथरिका फलफुल आयुर्वेदिक जुस पिलाई दिए मलाई एक्कै छिनमा हृष्टपुष्ट बनाइ दिए सुमधुर संगीत सहित नृत्यहरु प्रस्तुत गरिएको थियो नागकंया बिशकन्या हरुको एकल अनि सामुहिक नृत्य थिए ..निन्द्रादी सोमरस के पिलाई दिएका थिए म त् भुसुक्कै निदाएछु ..एक्कै पटक झिसमिसे बिहानीमै दुइ सुन्दरी हरु आएर मलाई स्नान गराए अनि भोजन गराए त्यस पछी मलाई चित्रगुप्त रहेको बैठकमा उपस्थित गराइयो .
यमराज महाराज बाट चित्रगुप्त लाइ आदेश भयो लौ चित्रगुप्त जी हाम्रो दूतले घोर गल्ति गरे एउटा दिलमान लिन गएको अर्कै लिएर आए घोर अनर्थ भयो के गर्ने यो मनुवा लाइ के लेखिएको छ तपाइको बहिखातामा ?हेर्नु पर्यो ! यी मनुवा पुन्यात्मा हुन् कि दुष्टात्मा बनि सके हेर्नु पर्यो दुष्टात्मा लाइ त् राख्ने ठाउँ कम हुन् थाल्यो अब यिनी लाइ कसरि के भनेर राख्नु ?हेर्नु पर्यो !
चित्रगुप्तले मेरो ८४ जुनीको बहीखाता पल्टाउन थाले अधोपान्त हेरी सके पछी यमराज लाइ भने महाराज अनार्थनै भयो घोर अनर्थ यस्तो अनर्थ ?यिनको मर्त्यलोकको भोग अझै ५१ बर्ष छ .यिनी बाट अझै ५ सन्तानले जुनी लिनु छ उनि हरु बाट हामीले अर्को पुस्ताको लागि काम लिनु छ  यिनी मर्दा त् धेरै दुखि छन् कम नै खुसि छन् हामीले यिनी बाट धेरै काम गराउनु छ ..यिनको अनुभब पनि स्वर्ग नर्क कहिँ को लागि पनि अहिले उपयुक्त छैन
यमराज कडकिए !अब के गर्ने त् म बाट कसैमाथि अन्याय हुनु हुँदैन हाम्रो साम्राज्यमा बिधि बिधान परिबर्तन गर्न मिल्दैन के गर्ने त् चित्रगुप्त
 मलाई सल्लाह चाहियो .
चित्रगुप्तले विनम्रताका साथ भने माहाराज !दिलमान लाइ आज यहि ट्रान्जिटमा राखौ आज दिनभर बैतरणी पर गर्ने हाम्रा नर्क कुण्डहरुको भ्रमण गराई दिउ र भोलि झुक्किएर जिउदा रहेका ८९ बर्षिय दिलमानको प्राण निकालेर यिनको पार्थ्विब शरीरमा सारी दिउ र फिर्ता पठाई दिऊ ..
यमराज खुसि भए र दिलमान लाइ बाँकी जीवन सफलता पुर्बक बाच्ने सुभकामना दिंदै  दुत हरु लाइ चित्रगुप्तको सल्लाह बमोजिम आदेश दिए अनि आफ्नो शयन कक्ष तर्फ प्रवेश गरे 
त्यस पछी चित्रगुप्तले मलाई नर्कको भ्रमण गराउनु भयो ..त्यहाँ कोइ पाप कर्मी हरु लाइ तातोतेलमा चोप्दै निकाल्दै गरेको कतै बिषालु गोमन सर्प हरुको भिडमा चिच्याउदै थिए .कतै रगतपिप को आहालमा घाँटी घांटी आउने गरि पौडी रहेका थिए उम्कन खोज्ने लाइ नन्दी भिरिंगी राक्षसहरुले कोर्रा बर्साई रहेका थिए मलाइ देखेर आक्रमण गर्न खोज्थे तर चित्रगुप्त ज्युले हातले इशारा गरेर रोक्नु हुन्थ्यो ..
चित्रगुप्त ले मलाइ स्वर्ग र नर्क अनि यमराज महाराजको बैठकमा हुने दण्ड सजाय पुरष्कारको बारेमा सम्झाउनु भयो त्यतिकैमा दूतहरु आए चित्रगुप्त लाइ शन्देश दिए महाराज ८९ बर्षीय दिलमान भर्याग बाट लडिसके उनको प्राण यहाँ सार्न ढिला हुन् लाग्यो लिएर जानु पर्यो
यसरि मेरो समय पुरा न भएको कारणले मलाई फिर्ता पठाइयो ....दिलमानको कुरोमा थप प्रशं गर्ने साहस कसैको भएन उनको यमराज महाराज चित्रगुप्त संगको मृत्यु सम्बाद सुनेर सबै चकित भए 
अझै त्यो गाउमा दिलामान् को मृत्यु सम्बाद कथा बनेर चर्चित छ दिलामानको दोस्रो मृत्यु भएको पनि सय बर्ष नाघिसकेको छ 



इमान्दार हुनु को पासो 

कहिले काँही बिगत संझेर आफै लाइ सोध्न मन लाग्छ के दियो तेरो इमान्दारिताले ? जीवनभर दुख अभाब र संघर्ष ?समय साक्षेप र सुरक्षित अबस्थामा पनि परिस्थिति  लाइ चलाखीपूर्ण आफ्नो अनुकुल बनाउन नसक्ने मेरो कमजोरी हो वा मेरो जन्मनै इमान्दार हुन् को लागि भएको हो ?सोच्ने गर्छु र यहि एक पटक  आफु तर्फ फर्केको तिन औला ले सोध्छन तैले खोइ त् भैरब दाइको १०० रुपिया तिरेको ?  बाँकी आफ्नो इमान्दारीको केहि स्मरण उल्लेख गर्न लायक ठानेको छु 
१ सर्ब प्रथम र कहिले पनि बिर्सन नसक्ने गरि गढेको कुरो हो सार्बजनिक रुपमा (स्कुलमा शिक्षक हरुको अगाडी बोसिलो चोर बनेर  गालि खाएको ) सायद ५ कक्षामा  पढ्दै गर्दा को कुरो हुनु पर्छ अरनिको  निम्न माध्यमिक बिध्यालय दधिकोट भक्तपुर पढाइ संगै निर्माण समेत हुँदै थियो .एक दिन खाजा खाने समयमा  सिरुटारको  एक जना सहपाठी र  म डकर्मी हरुले एउटा कोठामा राखेको बोसिलो  लिएर डकर्मीको सिको गर्दै काठको  टुक्रामा बोसिलो ठोक्न थालेको थिए त्यो दृश्य एक जना शिक्षकले देख्नु भएको थियो  तर केहि भन्नु  भएको  थिएन .केहि छिन पछी घन्टी बज्यो म त्यो बोसिलो जहाको त्यहि राखी कक्षा कोठा भित्र पसे .सहपाठी त्यहि  थियो ...त्यो दिनको पढाइ सकियो म घर तिर लागे .भोलि पल्ट बिहान स्कुलमा प्राथना (राष्ट्रिय गित गाउने )कार्यक्रम सकिने बित्तिकै  मलाई प्रधानाध्यापकको कोठामा बोलाइयो र सोधियो किन बोसिलो चोरेको ?खोइ कहाँ छ ?हिजो बोसिलो चलाएको देख्ने शिक्षकले ठाडै खाइ हाले मेरो आँखाले देखेको तिमि हिजो बोसिलो चलाई रहेको थियौ बिहान डकर्मी हरु आउँदा बोसिलो देखेनन् काम रोकिएको छ कहाँ बोसिलो तुरुन्त लेराउ नत्र स्कुल बाट  निकाली दिन्छु     म  त्  पसिना पसिना   भए  रुन  थाले र भने  मैले त् त्यही छोडेर गएको कक्षा कोठामा गएको .....बढ्ता बोल्छौ  खुरुक्क  देउ बोसिलो  भन्दै हातमा रहेको निगालोको लठ्ठी तेर्स्याए बा ....मैले कान समात्दै भने मलाई थाहा छैन म बोसिलो त्यही छोडेर कक्षामा गएको हु न पत्याए  साथी लाइ सोध्नुस    अझ बढ्ता बोल्छौ खुरुक्क  फिर्ता गर्छौ  कि  तिम्रो भिनाजु हरु लाइ बोलाउ भयो अब कहाँ को कुरो कहाँ   इमान्दार मेहिनती भनेर स्कुलले छात्रवृत्ति  दिएको  बिध्यार्थी  तिमि चोर पो   ?थप्दै गए   मैले रुँदै रुँदै भने होइन होरेको छैन ....त्यहि बिचमा हेड़ सर (स्व.प्रेम प्याकुर्याल ) जाउ बोलाउ तिम्रो  साथी   लाइ   मैले त्यो सहपाठी लाइ बोलाएर लेराए    तिमि संगै थियौ रे हिजो  बोसिलो चलाउने बेलामा  तिमि लाइ त्यहि छोडी शेखर कक्षामा गएको रे तिमीले देख्यौ ?  साथीले केहि बोलेन   न बोलेको देखेर फेरी हेड सर ले  कराउनु भयो छिट्टो भन नत्र तिमि लाइ पनि निकाली दिन्छु स्कुल बाट    बल्ल उसले रुँदै   भन्यो      उसले नै स्कुलको  पछाडी रहेको बालुवाको थुप्रो मा लुकाएर राखेको रहेछ ...

२  २०४३ /४४ साल हुनु पर्छ म कालिमाटी प्रहरी चौकीमा कार्यरत थिए इन्चार्ज हुनु हुन्थ्यो  गोकर्ण बहादुर पाल पछी एस एस पी भएर अबकास हुनु भयो .त्यो दिनको घटना सम्झेर आज पनि जो सोझो उसकै मुखमा घोचो भन्ने उखान याद आउछ
एक दिनको कुरो हो  सायद तत्कालिन अबस्थामा सबै भन्दा ठुलो लुटको घटना थियो .विशालबजारको बाणिज्य बैंक वाट  दिउसो १ बजेको समयमा यू एस एड रबि भवनमा रहेको कार्यालयको तलब को लागि निकालेको रकम २ लाख ब्रिफकेस बैंकको काउन्टर बाट नै  खोसेर (लुटेर )एउटा समुहले लागेको थियो .अंचल प्रहरी कार्यालयले अलर्ट गर्यो उपत्यकाका सबै होटेल लाज चेक जांच गर्ने   साँझ पर्यो इन्चार्ज गोकर्ण पाल र म निस्क्यौ चेक गर्न   यसै क्रममा  तत्कालिन वडा प्रहरी कार्यालय ,इलाका प्रहरी हुँदै अहिले के पो भएको छ क्यारे जति नाम फेर्यो त्यति बदनाम बन्दै गएको नेपाल प्रहरी ..अर्थात  कालिमाटी वडा प्रहरी कार्यालय को ठिक पछाडी रहेको लक्ष्मी लजमा पुगेको  थियौ .यात्रीको सुची हेर्यौ  सबै बनारस पटना मोतिहारी का थिए ..इन्चार्ज पालले भन्नु भयो तपाइँ माथिल्लो तला हेर्नुस  म पहिलो तला हेर्छु 
एउटा कोठामा ढोका खुल्ला थियो  ५ जना लहरै ५ वटा खाटमा  सुतेका थिए  बोलाए ब्युझाए कोइ  बोल्दैनन सबै अत्यधिक रक्सि पिएर सुतेका रहेछन ..खाट मुनि हेरे एउटा सानो कालो ब्याग देखे  खोलेर हेरेको त् हज्जार हज्जार नोटको एक बिट्टा र केहि  भारतीय रुपिया रहेछ ...मैले तत्काल  इन्चार्ज लाइ बोलाए  नोटको प्रकृति हेर्दा अस्वाभाविक नै थियो शंका लाग्यो  र अर्को कोठा चेक गर्दा  अन्य तिन जना त्यस्तै अबस्थामा देख्यौ लजको कर्मचारी संग सोध्यौ सबै संगै आएका रहेछन  शंकाले थप नजिक पुर्यायौ .सोधपुछ गर्यौ कोइ के भन्थे कोइ के सबै बेहोसी जस्तो  हामीले नोट गन्यौ त्यहि ९० हज्जार रहेछ .ति सबै लाइ वडा प्रहरी कार्यालयमा लिएर गयौ .ब्रिफकेस लुटिने एन के प्रधान लाइ फोन गर्यौ नोटको हुलिया बतायौ उनि आए र भने हजुर नोट यहि हो .हाम्रो अधकल्चो काम लाइ उनले सफलता ठाने र तत्काल भने हजुर यो दुइ लाख भेट्टाए पछी म हजुर हरुको ट्वाइलेट  खराब रहेछ त्यो बनाइ दिन्छु  पाल सर ले भन्नु भयो हामीले हाम्रो काम गर्दैछौ  ..हामि तपाइँ संग केहि माग्दैनौ
कुटपिट धम्कि आदि इत्यादि जे गर्दा पनि उनि हरुले आफ्नो नाम र ठेगाना बताएनन मात्र बनारस र पटना बाट आएको  यहि भेट भएको एक अर्का लाइ चिन्दिनौ भने अंचल प्रहरी र अपराध अनुसन्धान शाखा हनुमानढोका लाइ तत्काल खबर गरेका थियौ सोधपुछ गर्दा गर्दै रातको १ बज्यो उनि हरु कोइ काम्ने कोइ मुख बाट फिज निकाल्न थाले  ...अनि हामीले अब भोलि  बिहान थप अनुसन्धान गर्ने भनेर खाना खाएर सुत्यौ 
भोलिपल्ट बिहान ६ नै बजे अंचल प्रमुख अच्युत चालिसे र अनुसन्धान प्रमुख भरत जी सी वडामा आएर इन्चार्ज र मलाई समेत थाहा नै न दिएर  उनि हरु लाइ कुटपिट गरेर बकाइ सकेछन  बाँकी एक लाख बल्खु विष्णुमति खोला पुल मुनि बालुवामा लुकाएर राखेको रहेछन त्यो पनि लेराइ सकेछन र  हामि लाइ उठाउदै भने हेर सुति रहेका छौ अझै यस्तो ठुलो घटनामा अनुसन्धान गर्नु पर्दैन ?हप्की दप्की लगाए अनि भने खोइ ब्रेकफास्ट को व्यवस्था छैन ?म स्वयम् मोटरसाइकलमा जवान लाइ साथमा  लिएर  गै  रन्जना न्युरोड पुगेर जेरी पुरी हलुवा किनेर लेराए फर्केर आउछु त्  भरत जी सी तत्कालिन प्रहरी निरीक्षक म सङ्ग जंगीए  खोइ पैसा पुरा छैन त्  उनि हरुको  अनुसार पैसा तिमि ले गनेको रे    कति पैसा कमि भयो ?मैले सोधे भारु ३ सय पुगेन   मनमा न राम्रो लाग्यो आफुले इमान्दारीपूर्वक काम गर्दा बगलीमा सबै पैसा हालेर चुपचाप  बसेको भए  भोलि पल्ट ति लुटेरा हरु आफ्नो बाटो लागि हाल्थे ....तर   भयो   उल्टो    म फेरी एक पटक जवान लाइ साथमा लिएर  लक्ष्मी लजमा गए झोला भेटेको खाट मुनि हेरे  आखिर त्यो पैसा त्यहि खसेको रहेछ ....लेराएर दिए ...चुपचाप लागे सबै ..
त्यैबेला इन्चार्ज पाल सरले अंचल प्रमुख चालिसे लाइ भन्नु भयो सर हाम्रो जवान को ट्वाइलेट अत्यन्त खराब छ बजेट छैन एन् के प्रधान जी ले बनाइ दिन्छु भन्नु भएको छ भन्नु भयो चालिसेले  भने धेत्त धेत्त प्रहरीले  आफ्नो काम गरे बापत त्यस्तो पैसा लिनु हुन्छ ?धेत्त    भने      र ति सबै लाइ पैसा सहित हनुमानढोका  लिएर गए  एन् के प्रधान जी पनि साथै जानु भएको थियो
पछी थाहा भयो अच्युत चालिसेले त्यस बेला कतै फेला वा बरामद भएको भगवतीको मुर्ति को लागि मन्दिर  बनाउने भनेर  एन के  प्रधान संग पटक पटक गरि ५० हज्जार लिए छन् पछी एन के जी प्रधान जी ले हामि लाइ भन्नु भएको थियो ..उल्टो जेरी सवारी ह्लुवाको  १५० रुपिया आफ्नो खर्च भयो   तर इमानदारीपूर्वक काम गरे बापत धन्यवाद दिएनन   
३  अर्को झन् हाँस उठ्दो र मुर्खता इमानदारीको  छ सम्झन लायक ४२ /४३ सालको हुनु पर्छ रामराजाले बम काण्ड मच्चाए पछी थानकोट घाटीमा अस्थायीरुपमा रुपमा प्रहरी चेक पोस्ट स्थापना गरिएको थियो र  उपत्यकाको  बिभिन्न इकाई बाट २/३ महिनाको लागि काजमा प्रहरी खटाइएको थियो .मेरो पनि पालो आएको थियो इन्चार्ज  हुनु हुन्थ्यो प्रहरी नायब उपरीक्षक म सहायक थिए .एकदिन बिहान ४/५ बजेको थियो काकडभित्ता बाट एउटा रात्रि बस आयो त्यो बसमा म स्वयम् ले चेक गर्न  चढे माघ महिनाको जाडोको समय थियो त्यसैले म सकेसम्म यात्री लाइ बाहिर निकाल्ने गर्दैनथे र सहायक हरु लाइ पनि सकेसम्म तल नझार्नु भनेर आदेश दिएको थिए .मेटल डिटेक्टर लिएर चेक गर्दै थिए .एकजना यात्रुको कांखीमुनि  ट्या ट्या गर्यो  के हो  भनेर  सोधेको  बच्चाको  खेलौना हो हजुर  केहि होइन भने ति यात्रीले   तर आफ्नो लागि शंका नै ठुलो हुन्थ्यो  मैले भने निकाल्नुस बाहिर उनले कानमा भने सर खेलौना हो छोदिनुस न भन्दै मेरो हातमा नोटको मुठो थमाउन खोजे   आफु लाइ पुगी हाल्यो  त्यो नोट सहित  उनलाई कठालोमा समातेर बाहिर निकाले पैसा गनेको त् ५३ हज्जार रहेछ सहायक लाइ इन्चार्ज बोलाउन पठाए वहा अलि माथि अस्थायी टेन्टमा सुत्नु हुन्थ्यो आउनु भयो ..के भयो भनेर सोध्नु भयो मैले उनले खेलौना भनेको चिज देखाए जीवनमा कहिले देखेको भए पो  वहाले भन्नु भयो यो त् गैंडाको खाग जस्तो छ यात्रीले  भने होइन हजुर यो खेलौना हो नक्कली  हो हजुर मैले काकडभित्ता मा किनेको म तीर्थयात्री हु किन दुख दिनु हुन्छ अरुण गुरुङ डीएस पी साहेब पनि सोझै मानिस लौ त्यसो भए तपाइँ यो यहि छोडेर जानुस हामि हनुमानढोका पठाएर चेक  गर्छौ ......त्यो मानिस बुर्कुसी मार्दै  बसमा चढ्यो .वहा फेरी सुत्न जानु भयो मैले एक जना सहायक लाइ त्यो खेलौना भनेको चिज हनुमानढोका मा बुझाउन पठाए 
दुइ दिन पछी त् हनुमानढोका अपराध अनुसन्धान कार्यालयको लामो चिठ्ठी पो आयो यो सामान को चेक गर्ने को हो कसको लापर्वाहिले किन के कति कारणले अभियुक्त लाइ छोडियो कार्यवाही किन नगर्ने ?हेहेहे डी एस पी अरुण गुरुङ साहेब र म मुख हेराहेर गर्यौ त्यो मान्छे ले वहा लाइ पनि कानमा कुरो नगरेको होइन तर ...खाइ न पाई ...केहि दिन काठमाडौं बाट बाहिर जाने सबै सवारी साधन चेक गरियो   त्यो यात्री थोडै म जस्तै मुर्ख थियो होला र फर्केर त्यहि बाटो आओस जब कि उसंग प्रसस्त पैसा थियो ...प्लेन बाट उड्यो होला सायद ..केहि दिन पछी इन्चार्ज र मलाई काज फिर्ता बोलाइयो हामीले कुनै बेइमानी नगरेको कारण कुनै कार्यबाही भने भएन  धेरै पछी पनि कतै अरुण गुरुङ सर लाइ भेट्दा हामि हास्थ्यौ  आफ्नो इमान्दारी  र मुर्खता संम्झेर 
४ इमान्दारीको अहमताले निम्त्याएको अर्को बितण्डा झनै सम्झना लायक छ ४७  सालको कुरो हो म बालाजु इलाका प्रहरी कार्यालयको प्रमुख थिए बहुदलीय ब्यबस्था पुनर्स्थापना पश्चात पहिलो ससदीय निर्वाचन को तयारी थियो संबिधान निर्माण भएको थियो .
नवरात्री सुरु भएको थियो .एकदिन  बिहान ७/८ बजे एकजना व्यक्तित्व नमस्कार गर्दै मेरो कार्य कक्षामा प्रवेस गर्नु भयो .मैले उठेर वहाको स्वागत गरे .कोइ आगन्तुक आएको बेलामा प्राय म आफ्नो कुर्सीमा बस्दैन थिए /आगन्तुक संगै बस्ने गर्थे .वहा लाइ पनि संगै बसौंन र चिया पियाउँन  सोच्दै थिए वहाले आफ्नो परिचय समेत दिनु भएन र भन्नु भयो म धेरै बेफुर्सदी थिए सर पनि आउनु भएन र म आफै आएको भन्दै मेरो हातमा दशैको शुभकामना कार्ड सहितको खाम राखी दिनु भयो .मैले खोलेर हेरे .खाम भित्र ५ सयको ४ वटा नया नोट रहेछ अर्थात २ हज्जार रुपिया मैले सोधे के हो यो ?वहाले भन्नु भयो दशैँ खर्च सर    उफ्फ़ आज सम्झन्छु त्यो मेरो मुखातापूर्ण ब्यबहार अनि मेरो साहस  सायद मुर्ख भएरनै होला बल आएको पनि ...मैले वहाको कठालो समातेर  बाहिर धकेल्दै भने के सोचेको ?के म खान न पाएर प्रहरीको जागिर खान आएको सोचेको ?बाबुको एउटा छोरो बुझिस जा कटुन्जेमा गएर  बुझ मलाई दशैँ मनाउन तिम्रो खर्च चाहिन्छ ?भन्दै बाहिर  पठाई दिए ....
पछी घुमुवा प्रहरी लाइ सोधे को मान्छे हुन् उनि  घुमुवा प्रहरीले भने सर उनि पुर्ब सहायक अन्चालाधिस हुन् मेघा उल (बालाजु औधोगिक क्षेत्र )का निर्देशक हुन् ..तिनै घुमुवा बाट  थाहा भयो   म भन्दा अगाडिकै सबै प्रमुख हरु प्रत्यक कारखानामा गएर हजुर दशैँ आयो घरमा केटाकेटी छन् प्रहरीको जागिर ले कसरि  दशैँ मनाउनु भन्दै  दशैँ खर्च उठाउने गर्ने गरेका रहेछन .त्यहि परम्परा धान्न म कतै न गएको कारण उनि आफै आएका रहेछन ....पछी थाहा भयो उनले हनुमानढोकाका तत्कालिन प्रमुख कुमार कोइराला लै भनेका रहेछन मेरो जीवनकालमा आज सम्म यस्तो इमान्दार प्रहरी भेटेको छैन मैले गरेको दुर्ब्यबहार लाइ पचाएर मेरो प्रसंसा गर्नु भएको रहेछ ...