Pages

Monday, October 7, 2024

Kahilekahi Dekhe Pani

VOCAL OF ANAND KARKI MULYAHIN BHAYO KIN JINDAGI ,,,, https://www.youtube.com/watch?v=eECYbGhzwRI
हामि गरिब नेपाली भएको कारण ले होइन हामि गरिब भौगोलिकता ले पनि होइन हामि गरिब हिन्दु भएको कारण ले होइन हामि गरिब जातीय विभेद ले पनि होइन हामि गरिब हाम्रो दुर्भाग्य ले होइन हामि गरिब भयौ किनकी !हाम्रो सोचाइ दरिद्र भयो देश मा लुटेरा हरु ले शासन गरे देश मा आखा भएका तर बिबेकहिन अन्धा हरुले शासन गरे देश मा कुर्शी को लागि देशै बेच्ने लोभी पापी हरु ले राज गरे अब हामि उठौ ! दासत्व रुपी मानसिकता बाट माथि उठौ नालायक नेतृत्व हरु लाइ बहिस्कार गरौ गणेश प्रवृति त्यागौ र दुरदर्शी सक्षम सच्चा नेपाल बादी युवा लाइ अगाडी बढाउ !
आशिर्बाद पाउ ! यो जिन्दगि चङ्गा बनाइ पाऊ......! जिन्दगि तिमि मलाई चङ्गा जस्तै बनाइ देउ जिन्दगी लाइ चङ्गा जस्तै बनाउन पाऊ खिच्छ कोइ बिस्वासले त्यतै जान पाउ छोड्छ कोइ सक्ने सम्म स्वतन्त्र भै उड्न पाउ कुनै पल रुखमा झुन्डिन पर्ला रमाई रमाई झुल्न पाऊ कुनै पल छतमा बजारिन पुग्दा सुस्ताएर आराम गर्न पाऊ आफ्ना कोइ भए आकासमा पुग्दा रमाउने गर्छन् हेर्न पाऊ दुश्मन भए म माथि पुग्दा जिन्दगीको धागो काट्ने छन् चिन्न पाऊ आफ्नो र दुश्मन दुवै खुसि हुने मलाइ चङ्गा जस्तो बनाइ देउ चिन्ता लिएर एउटा जिन्दगि लाइ आफै किन जलाई रहू जलाउन खोज्छन कोइ भने एकै पटक घाटमा भेट्ने भन्न पाऊ जिन्दगि कस्सिदा पनि छुट्दा पनि खुसि हुने तिमि जस्तो बनाइ पाऊ म पनि तिमि जस्तै बन्न पाऊ जिन्दगि .. चङ्गा ...तिमि जस्तो बन्न पाऊ................. यहि आशिर्बाद पाउ ,,,,,,

Sunday, September 29, 2024

कविता - निर्मम हुन्छ "मन " निर्मम हुन्छ मन चंचल हुन्छ मन बादल झैँ स्वरूप बदल्दै दौडी रहन्छ मन कहिले आकास कहिले धर्ति कहिले समुन्द्र कहिले हावामा घुमी रहन्छ मन यो मन हो त एउटा नै लाग्छ कलिलै पनि छ खोइ किन किन फेरी धेरै निर्मम पनि हुँदो रहेछ मन धेरै फरक पार्दो रहेछ जिन्दगीमा यो मन लाइ "मन पर्नु " र "मन मर्नु"मा एक पटक मरे पछी मर्यो मर्यो ब्युत्दैन कुनै शर्तमा मन मन परे पछि पर्यो पर्यो छोड्न नै नसक्ने मन चाहे ग्रहण लागोस चाहे धर्ति फाटोस मन मरे पछी मर्यो मर्यो ब्युतदैन कहिले मन मन पर्नुको "आशक्ति "मन मर्नुको "विरक्ति "ले धेरै फरक पार्दो रहेछ जिन्दगीमा चाहे पश्चातापका घडा फुटून चाहे याचनामा शिर झुकून निर्मम बन्दो रहेछ भलै यो कोमल किन नहोस मन मरे पछी मर्यो मर्यो ब्युतदैन कुनै शर्तमा फेरी मन

Tuesday, August 13, 2024

हजुर हरु लाइ थाहा छ नि ? अन्न (भात रोटि साग दाल ,,,,) खानु भन्दा बढी समय पकाउन लाग्छ पकाउन भन्दा बढी समय कमाउन लाग्छ कमाउन भन्दा बढी समय एक एक दाना उमार्न लाग्छ त्यसैले जुन महल जहाँ हुनु हुन्छ अन्न उमार्ने किसान प्रति आभार व्यक्त गर्नुस र जे उपलब्ध छ खुसि खुसी मनले खानुस र अन्न न फ्याकु आज बिस्वको ४० % मानिस दुइ छाक खाने रहरमा छन् ,,,,, आजको दिन शुभ रहोस सफल रहोस अरुको भलाइमा रहोस