Monday, August 5, 2024
कविता -न पोख् बह अर्को सङ्ग !
लाग्छ होला कस्लाई पोखु खै मनको बह
कोइ होलान र कठै भन्ने कतै यहाँ ?
आफ्नो भन्ने कोइ हुन्थे त
न पोखीकनै बह बुझी हाल्थे
सान्त्वनाको हात बढाई सक्थे
उसलाई भन्यो खिस्स गर्छ
आफनै पीडाको भकारी खोलि दिन्छ
अर्को लाइ भन्यो व्यङ्ग गर्छ
ज्ञान र सल्लाह दिन्छ
पीडा माथि पीडा थपिन्छ
कस्तो रहेछ यो दुखि जिन्दगि
कति दिन दबाउ मन को व्यथा
आडम्बरी हासो देखाएर हिड्छु
बिल्कुल एक्लो भयो जीवन
मर्दै गयो अब त बाच्ने रहर
दिन दिन मरेर बाच्नु भन्दा
मर्नु जाति भन्छन
खै रहर गर्ने लाइ थुती लान्छ
आफु लाइ त सम्झेंन् त्यसले
आफु लाइ जिउदै जलाई
कति दिन अरु लाइ न्यानो बाट्नु
पल पल सेकिएर आशुको रापमा
यो जिन्दगि अब कति दिन धान्नु
आफ्ना ले कुरो न् बुझे पछी
गार्हो हुदो रैछ जीवन काट्न
खै कायर भयो यो मन पनि
सकिन अंगाल्न मृत्यु लाइ
कस्लाई पोखु खै बह मन को
आफ्ना ले कुरो न् बुझे पछी
पराइ लाइ पोखेर त् अनर्थ हुन्छ
नपोख पिडा अर्को सङ्ग
पर्ख उज्यालो बिहान
कालो बादल फाट्न देउ
हाँसेर हेरी राख तमासा दुनियाको
आफ्नै संसार बनाउ त्यहि राज गर
मनको मालिक बनेर
Saturday, July 27, 2024
किन सानो ठुलो को कुण्ठा अहंकार र आडम्बर ?
सबैले खाने अन्न उम्रने धरा एकै हो
सबैले उज्यालो लिने सुर्य एकै हो
सबैले लिने स्वास प्रस्वासको हावा एकै हो
सबैले पिउने पानीको स्रोत एकै धर्ति हो
सबैको लागि बिहानी एकै पटक रात एकै पटक हो
सबैको लागि चन्द्रमा एकै हो आकास एकै हो
सबैको रगतको रङ्ग एकै हो शरीर एकै हो
सबैको जन्म एक पटक मात्र र मृत्यु निश्चित हो
सबैको आफन्त र नाताको सम्बन्ध घाट सम्म मात्र हो
जोडे जति होइन खर्चेको सम्पति मात्र तिम्रो हो
मृत्यु पछि पनि तिमि लाइ नाङ्गै बनाउने आफ्नैले हो
बुद्धले जन्म लिएको यो नेपाल धर्तिमा
कति धेरै कुण्ठा कति अहंकार र आडम्बर किन हो ?
इगोइज्मले व्यक्ति र समाजमा असहिष्णुता बढाउने हो
मैले अर्कोको अस्तित्व अस्विकार गर्दा मेरो पनि अस्वीकृत हुने हो
किन कुण्ठा अहंकार र आडम्बर ?
आहा जिन्दगि क्या मज्जा
बिर्सदा क्या मज्जा
म को हु अरु को हुन्
नाता कुटुम्ब बिहिन एक्लो बनि
बिर्सी देउ क्षणभर सारा संसार
आहा जिन्दगि क्या मज्जा
को आफ्नो को पराइ
को धनि को गरिब
को सानो को ठुलो
आडम्बर र कुण्ठा फ्याकी
सम्पति र शक्तिको आशक्ति त्यागि
बिर्सी देउ आफु लाइ नै क्षणभर
आहा जिन्दगि क्या मज्जा
कहाँ थियौ कहाँ पुग्ने हो र ?
कति कमायौ कति गुमायौ
छोडी नाफा नोक्सानको हिसाब
बिर्सी देउ क्षणभर
आहा जिन्दगि क्या मज्जा
न देउ दोष नगर गुनासो
न दाज आफु लाइ अरु संग
वास्ता नगर कसले के भन्छ
यो संसार बिर्सेर सुन्यतामा हराई
बाँचेर हेर त् क्षणभर
आहा जिन्दगि क्या मज्जा
Friday, July 19, 2024
गिज्याउने आँशु !
गिज्याए जस्तो लाग्छ
कहिले काँही टपकिएर आँशुले पनि
कारण
म संधै मेरै लागि रोए
आफुले आफै लाइ माया गरेर रोए
आफै लाइ दुखि बनाएर रोए
आफ्नै पिडा उनेर रोए
त् के गरे ?
जब मेरो आँशुमा अर्को अर्को आँशु झर्दैन
म कैले रोए अरुको दुखमा ?
म कैले रोए अर्कोको खुसीको लागि ?
मकैले रोए र अर्कोको पिडामा ?
बरु मेरो आँशुले कसैको स्वतन्त्रता हरेको छ
कतै मेरो आँशुले कसैको बाटो छेकेको छ
कतै मेरो आँशुले कसैको पर्खाल बनेको छ
त्यसैले होला
मेरो कहिले काँही तप्किने आँशुले
मलाई नै ब्यङ्ग गरे जस्तो लाग्छ
धेत्त
आफ्नै माया ले कोइ आँशु झर्छ
कहिले अर्कोको पिडामा रोएर हेर त्
अनि त्यो आँशुको मुल्य हुन्छ
झार्यौ त् झार्यौ आफ्नै आँशु आफ्नै लागि
त्यसको मुल्य तिमीले बाहेक अरुले
कसले तिर्छ ?
तसर्थ बेअर्थमा नझार आँशु
बित्थामा गिज्याउने छन् हुन्छ अनर्थ
--
शुभ प्रभात.....
म छु र पो .संसार छ !
म छु र पो मेरा छन्
मित्र छन् शत्रु छन्
संसारमा म छु र पो गुनासो छ
दिन र रातको नियतिसँगै
लेखा जोखाको तराजुमा
सुखी हाँस्नेहरूसित
उन्माद बाँडिरहेछन
दुखी रुनेहरू सित
बिस्मात पोखिरहेछन
जिन्दगी, घाम छायाको कुरा गर्छन
दुख र सुखको आँशु झार्छन
कथाहरू साझ बिहान बदलिरहन्छन
बहाना हरु पानी र आगो झैँ
मुर्त अमुर्त घेराभित्र
गन्तब्यहरू निरन्तरित छन्
कोही दोबाटोमा, कोही गोरेटोमा
गुनासाका झिटी गुन्टा फुकाउँछन्
आरोप प्रत्यारोप गर्छन
पछ्याउदै क्षितिजका छायाहरू
रहरका ठुला ठुला भारी बोक्छन
सुस्ताएर चौतारीमा बाँकी बाटो हेर्छन
घामको झुल्कोसँगै अस्तित्व मेटी जाने
शीतको थोपा जस्तै हो जीवन भन्छन
हाँस्दा हाँस्दै ओइलाई जाने फूलहरू
काँडासित भँवराको गुनासो पोख्छन
फेरी निरन्तरित नयाँ बिहानीसँगै
नयाँ गन्तब्य, उही नियमितता
नियतिको छायालाई पछ्याउदै
गुनासोको भारी बिसाउन तछाडमछाड
एउटा सिंगो संसार छ अगाडि
बादल झैँ बदलिने नियति हरु सित
सम्झौतामा रमाउनु छ
फुल रस्वादंन को आकांक्षामा
काँडा सित मितेरी लगाउनु पनि छ
म छु, संसार छ र पो
गुनासा छन्, बहाना छन्
आफ्ना भन्छन पराइ भन्छन
हरेक दिन कोइ भेटछन् कोइ छुटिन्छन
अनिश्चित यात्रा लम्ब्याउन
अनेक पात्र हरु कदम कदममा आउछन
गुनासो गर्छन आक्रोश पोख्छन माया पोख्छन
जिउने बहाना जीवन्त राख्छन
नत्र त ... !
Thursday, February 2, 2023
प्रवासिएका नेपाली
"प्रेम आचार्य "हरु बन्न नसकेका कायर हरु हुन्
हिंसात्मक बिद्रोह बाट बच्न भागेका कायर हरु हुन्
राज्य आतंक थेग्न नसकेका कायर हरु हुन्
नेताको ढोकामा दास झैँ उभ्भिन हिम्मत न भएका कायर हरु हुन्
भ्रष्टाचार अनियमितताले घांटी थिच्दा लड्न नसकेर उम्केका कायर हरु
हुन् आफु र परिवारको जिउने रहर मार्न नसकेका कायर हरु हुन्
राज्यको माया नपाएर विरक्तिएका कायर हरु हुन्
बहादुर हरु औलो न ठड्याउ तिनी कायर हरु लाइ
माटो बिर्सेका छैनन् भाषा भुलेका छैनन्
अझै ति कायर हरुले मातृभूमिमा आपद पर्दा
अगिल्लो मोर्चामा नै छन्
कायर हरु कायर हुनुको पिडा
देश हाक्ने बहादुर हरु लाइ के थाहा ?
कर्मभूमि भन्छ त् दोस्रो दर्जा
जन्मभूमि भन्छ त् नफर्की उतै जा
प्रेम आचार्य "बन्न नसकेर प्रवासिएका कायर हरु
Tuesday, January 5, 2021
मधुर मिलनका
मिठो सम्झनाका तरंग हरुमा
मन्द सुस्केरा हाल्दै
नस नस मा प्रफुष्टित
प्रेमका अंकुर हरुमा
स्खलित प्रेमको अनुभूति गर्दै
जीवनको भानिभुत स्वर्गादी चरमोसुख
मनमा सजिएको ति पल हरु
एकान्तमा चित्रित हुन्छन
चलचित्रको पर्दा झै
अनि तन झंसग हुन्छ
पसिना पसिनामा बग्छ
ति प्रणयका श्रीन्खला हरुको
अन्त भएको धेरै भयो
पाखण्डी चरित्रका
पर्दा भित्रका भग्नावेस
रहस्यमय हुन् पुग्छन
कतै आँशु त् कतै याचनाका
पन्ना भित्र गुम्सिएको
झुठो प्रेमको कलापूर्ण नाटक
पर्दा अगाडी पछाडी बसेर
वितरित कपटपूर्ण प्रेम
रस चुस्ने छोक्रा फ्याक्ने
सबैको हुने कसैको नहुने
प्रेमको त्रास बिहिन बिस्वास
उफ्फ़ उफ्फ़
सुर्य लाई हत्केलाले छेकेर
गोप्यताको कथा सुनाउने
विश्वास को आत्महत्या
झुठो पाखण्डी प्रेम
Subscribe to:
Posts (Atom)