Pages

Thursday, October 8, 2020

 कबिता -धेत्त जमाना के आयो ?

धेत्ता जमाना के भयो तलाई 

नांगै हिड्न रमाउन थालिस ?

के छ यार यो लंगुटीमा !होइन त् 

म च्यापेर कुदया कुदयई छु 

तर हातमा लाग्यो सुन्य ,,,,

नालायक असफल कमजोर 

जो कुदयो नांगै हिम्मत गर्यो 

उ त् सफलताको शिखरमा 

कति वाह वाह कति प्रिय त्यो नाङ्गोपन 

सामाजिक नैतिकताको त्यो सानो झुम्रो 

असहायको फांसीको गाँठो जस्तो

 धेत्त जमाना कस्तो नाङ्गो हिड्नु पर्ने 

अनि चर्चित उही सफल उही 

शिखर चुम्ने उही 

लाक्षी  लंगुटी भिर्ने त्यो 

हेर उसको असफलता हेर उ दबेको 

हेर उ  देश छोडेर भागेको 

कहिले आउला लंगौती बचाउ बिद्रोह ?

अनि 

नाङ्गा बादशाह को साम्राज्यमा  

लंगौती उत्पादन होला 

अनि देश लंगौती उत्पादनमा 

आत्मनिर्भर होला 

अनि 

नाङ्गा मुक्त बन्ला 

धेत्त जमाना के यस्तो आयो 

नाङ्गा हरुले  वाहि वाहि तालि पायो ,,,,,, 


Wednesday, September 23, 2020

 म जहिले   रेष्टुरामा खान्छु सके सबै सिध्याउने गर्छु नसके घरमा लेराएर खान्छु ,प्लेटमा पनि फोहोर   देखिने गरि छोड्दिन र हाते कागजले टेबुल पनि सफा गरि दिन्छु ,

घरमा चाहिने भन्दा केहि कम मात्र खाने कोसिस गर्छु र खाइ सके पछी प्लेट र कचौरा पखालेर पिउने गर्छु अनि मात्र  आफुले खाएको आफै माझ्ने गर्छु एक सिता अन्न फ्याक्नु पाप गरे जस्तो लाग्छ ,यो मेरो सृष्टिकर्ता प्रतिको सम्मान र आभार हो ,कहिले सोच्नु भएको छ ?एक गेडा लाई एक बाला  एक झुप्पा एक घोगा र एक मुठा  साग बन्न कति समय कति मेहनत र कति खर्च भएको हुन्छ र तपाइले कति व्यहोर्नु भएको छ ?

जापानिजको हरुको भने थप अर्को सकारात्मक धारणा पनि रहेछ त्यो के भने रेष्टुरामा खाना पटक्कै  न मिठो भए वा लागे पनि न फ्याक्ने  खान मन न लागे वा नमिठो भएर बाँकी रहे घर लिएर जाने कारण "टेबुलमा  छोड्दा अर्को ग्राहक ले त्यो खाना न मिठो रहेको सोच्न सक्छ र अर्डर नगर्न सक्छ र रेष्टुरा लाइ हानि हुन् सक्छ,,,"


Tuesday, September 22, 2020

 मेरो एउटा साथी ,,,,,

जस्तो अबस्थामा पनि साथ् न छोड्ने
जीवनको अभिन्न साथि
त्यसैले सबै छोडी उसलाई नै रोज्छु
हमेसा उसैलाई खोज्छु
उसलाई नै साथमा लिएर हिड्छु
संगै सुत्छु संगै उठ्छु
साँझ बिहान अँगालो मार्छु
हासी हासी माया गर्छु
सुनिन मैले उसको कुनै गुनासो
हेहेहे ,,,,,,,,,, हे हे ,,,,हे हे ,,हे हे
मेरो उसमाथिको अगाध माया देखेर
कहिले काँही सुख लाइ इर्श्या हुँदो रहेछ
म पनि आउछु तिमि संग रे ,,,
म सधै निषेध गरि रहन्छु
मलाई थाहा छ खुसि चन्चले छ
स्थायी साथ त्यसले दिने छैन
बिहान आए साँझ नपर्दै भाग्न सक्छ
केहि पल र दिनको पाहुना मात्र हो
आज यहाँ त् भोलि कंहा कंहा पुग्न सक्छ
खुसि धेरै कंहा टिकेको छ र ?
चट्याङ्ग जस्तो कर्कलाको पानि जस्तो
त्यसैले मैले विश्वास गर्न सक्दिन
मेरो अन्तिम पल सम्म साथ् दिने
प्रण गरेको मेरो अती प्यारो साथि
रुँदा आँसु बनेर बगी दिने
पसिनामा मसक्क हांसी दिने
घामको रापमा प्रेरणा दिने
भोको पर्दा सुमसुम्याई दिने
थकाइमा साथ् दिने सपनामा सान्त्वना दिने
मेरो प्यारो मेरो आजीवन साथि
न छूटोस साथ् तिम्रो र मेरो है
मेरो साथी दुख, तिमि मेरो असल साथी ,,,,,,,,,,,,,,,,,,,,,,,

Sunday, July 12, 2020



हाम्रो सडक हाम्रो समाज
किन हुन्छ यस्तो ?
त्यहि बाटो एउटा भद्र मुस्कुराउदै हिड्छ
कसैको ध्यान जान्न चासो रहन्न
जब त्यहि बाटो
एउटा पागल निस्बश्त्र हिड्छ
सबैको ध्यान खिचिन्छ
पर पुगे पछी
उसकै नग्नताको चर्चा हुन्छ
निर्क्रिष्टता को बखान हुन्छ
अनि अस्लिल शब्द हरुको पुनर्बाचन हुन्छ
यस्तो लाग्दछ हाम्रो सडक मा
पागल हरुको माग छ
हाम्रो समाजमा पागल हरुकै राज छ
यस्तो चर्चा परिचर्चा छ कि
बिचौलिया हरु पागलको सेवामा तल्लिन छन्
हे राम पागल को कुरो नगरे
अरुको निन्द्रा नै हराउछ
एक पटक र एक दिन को कुरो होइन
पागलको अस्लिलताको निरन्तरता छ
दैनिकी दालभात र मुलाको डुकु जस्तो
मेडियामा प्रमुखता पाएको छ
अंग अंग को बर्णन छ
हाउभाउ को परिभाषा छ
अस्लिल शब्द शब्द को व्याख्या छ
झरी घाम हिउँ जे होस् पागल संगै जोडिएको छ
यस्तो लाग्दछ
पागल यो समाजको रोजगार दाता हो
उसको अस्लिलता दर्शन न पाए
कटाक्ष प्रबचन सुन्न नपाएको दिन
यो समाज स्तम्भित हुन्छ देश हराएको नागरिक झैँ हुन्छ
भोक हडताल गर्छ बिलौना गर्छ
र सहमति बनाएर त्यहि वा अर्को पागलको खोजीमा निस्कन्छ
हाम्रो सडक हाम्रो समाज हजुर आज भोलि यस्तै छ
बेसुरमा राग अलाप्ने हरुको सम्मान र मर्यादा छ
नाङ्गो बादशाह भिडमा मस्त छन् ...................

Monday, March 2, 2020

गीत /गजल
जिन्दगि त्यति सहजै कंहा बित्छ र 
कति हण्डर कति पिडाका जंघार तर्नु छ  
धरामा धेरै आँशु थोरै हाँसो रित्याउनु छ  
काँडा माथि पाउ राखी लामो दुरी पार गर्नु छ 
जिन्दगि त्यति सहजै कंहा बित्छ र  ...

कति जुन समात्ने सपनाहरु देख्नु छ 
कति मन हँसाउने कल्पना गर्नु छ 
टुट्छ सपना फुटछन कल्पनाहरु जोड्नु पनि छ 
सम्झौता गरेर बिष पनि धेरै पिउनु नै छ  
जिन्दगि त्यति सहजै कंहा ..
..
कहिले होसमा कहिले बेहोसमा  रापमा जल्नु छ  
जलाएर आफै लाइ माया र खुसि खोज्नु छ    .
एक पल्ट  होइन धेरै पल्ट  ताउ बाट उम्केर मात्र पुग्दैन यहाँ 
 भुंग्रो माथि हाँसेर नाच्नु  पनि छ   
जिन्दगि त्यति सहजै कंहा बित्छ र .....
(०१/०६/२०२० xian china ) 


Monday, September 16, 2019

मेरो बाल दिवस ?????!!!!!!
जुलुस हिंडेको देखे आज पनि मैले बाल दिवस के हो थाहा छैन   
लुगा (ड्रेस )किन्ने  पैसा छैन जुत्ता किन्ने पैसा छैन
बाहुला च्यातिएको सिलाउने धागो सियो किन्ने पैसा छैन
टाई पनि किन्नु पर्छ रे टाई किन्ने पैसा छैन 
खोला पारि सरकारी स्कुल छ तर्ने पुल छैन 
दुइ बर्ष पहिले दाइ लाइ बगायो खोला तर्ने हिम्मत छैन 
घरमै बसेर पढ भन्छन बाबा आमा  किताब कापी किन्ने पैसा छैन 
आँखा देख्दिनन आमा तिन बर्ष भयो उपचार गर्ने पैसा छैन 
दिन भरि ठेला चलाउछन बाबा रौसि पिउछन घरमा चामल छैन 
बिहान बेलुका भात खान काम गर्न पर्दैन भन्छन रे प्रधानमन्त्री बाबा 
आज सम्म मलाई भोक लाग्यो ?भनेर सोध्न कोइ आएको छैन 
काठमाडौंको ५ तारे होटलमा डोकाका डोका मासु भात फ्याकिन्छन रे 
खोइ मलाई त् एक छाक पनि कसैले सोधेको छैन 
त्यसैले म 
काँक्रो मकै पानि जे बिक्छ त्यहि बेच्छु मेरो कुनै सपना छैन
  



Tuesday, August 6, 2019

कविता -म नेपाली जब ब्युझिए
आज म नेपाली ले कस्तो सपना देखे
म नेपाली त् हराए हराए
मेरो देश समेत हराएको देखे
म नेपाली विदेश तिर भागी रहेको
म नेपाली अरु को भाषा बोल्न व्यस्त रहेको
म नेपाली बिदेशी भेष मा कतै हराई रहेको
म नेपाली अरु को सस्कृति मा भिज्दै रमाई रहेको
उफ्फ उफ्फ यो कस्तो सपना ?
मेरो देश मा अर्कै भाषा बोल्ने भिड छिरी सकेको
मेरो देश मा अर्कै धर्म ले झन्डा गाडि सकेको
मेरो देश मा बिदेशी सस्कृति शासन गरी सकेको
न् त् म मेरो देश का नेता को बोलि को भाषा बुझ्छु
न् त् मेरो देश का नेता मा नेपाली भेष देख्छु
न् त् मेरो देश का नेता मा नेपाली पन र मन देख्छु
मेरो सगरमाथा ज्वाला निकाली रहेको थियो
मेरो लाली गुराँस डढेर भटाभट लड्दै थियो
मेरो बौद्ध स्तुपा धर धर आँशु खसाली रहेको थियो
मेरो झरना हरु मा तातो खरानी झर्दै थियो
मेरो नदि हरु लाभा बोकी स्तम्भित थियो
म त् मस्त थिए निन्द्रा मा कसैले ढोका ढक ढकायो
मैले उसको भाषा बुझ्न सकिन
मैले ऊ को थियो चिन्न सकिन
जब उसले मेरो नागरिकता खोस्न थाल्यो
तब !
म नेपाली ब्युझिए मेरो होस् खुल्यो
देखे !
म नेपाली को मुख मा भ्रस्टाचारी को घोचो थियो
म नेपाली को हात् मा दलाल को हथकडी थियो
म नेपाली को खुट्टामा बिदेशी को "मुढा"थियो
म नेपाली को आँखा मा भ्रम को पट्टि थियो
म नेपाली को अन्तरात्मा र बिबेक किनिएको थियो
म नेपाली को नेपाली पन को अस्तित्व लुटिएको थियो
म नेपाली ले केहि गर्न सकिन
म नेपाली को भाषा बुझ्ने कोइ थिएन
म नेपाली हराई सकेको रहेछु मेरो देश भित्र
म नेपाली को देश नेपाल हराई सकेको रहेछ भूगोल भित्र
उफ्फ आज म नेपाली ले किन यस्तो सपना देखे !