Tuesday, April 23, 2019
Tuesday, January 22, 2019
Friday, January 18, 2019
Thursday, December 13, 2018
सत्य आफै बोल्छ
मानिस नियमित बोलिराख्छ
कतै कुन्ठा , कतै स्वार्थ बोकेर
समयले सिमा तोक्छ
झुठका पुलिन्दा निख्रिन थाल्छ
धकेलिदै जब भित्तामा पुग्छ
एक दिन ढिला चाडो सत्य आफै बोल्छ ।
कतै कुन्ठा , कतै स्वार्थ बोकेर
समयले सिमा तोक्छ
झुठका पुलिन्दा निख्रिन थाल्छ
धकेलिदै जब भित्तामा पुग्छ
एक दिन ढिला चाडो सत्य आफै बोल्छ ।
हो त मानिस बोलिराख्छ
कतै कुटिल मुस्कान बाँडेर
कतै घनिभूत आक्रोस पोखेर
कहिले भ्रम, कहिले सत्ता बनेर
जब खेल को पर्दा खस्न थाल्छ
जानी न जानी सत्य आफै बोल्छ ।
कतै कुटिल मुस्कान बाँडेर
कतै घनिभूत आक्रोस पोखेर
कहिले भ्रम, कहिले सत्ता बनेर
जब खेल को पर्दा खस्न थाल्छ
जानी न जानी सत्य आफै बोल्छ ।
उ हेर मानिस बोलिरहेको छ
कहिले सपनामा कहिले जोशमा
कहिले निरस कहिले कर्कस
जब नियतिका पर्खाल भात्किन्छ
सामुन्ने निस्पटता छाउँछ
दु:ख होस् या सुख सत्य आफै बोल्छ ।
कहिले सपनामा कहिले जोशमा
कहिले निरस कहिले कर्कस
जब नियतिका पर्खाल भात्किन्छ
सामुन्ने निस्पटता छाउँछ
दु:ख होस् या सुख सत्य आफै बोल्छ ।
हो त मानिस बोल्छ बोल्न चाहन्छ
बाँधिएको छ रे ऊ सिदान्तको रेखामा
बाँधिएको छ रे ऊ अनुशासनको सिमामा
जब तन मन र धनले बिदा हुन ढिपी गर्छ
राम्रो न राम्रो बिर्सेंर सबै
अन्तत आँफै मानिस सत्य बोल्छ ।
बाँधिएको छ रे ऊ सिदान्तको रेखामा
बाँधिएको छ रे ऊ अनुशासनको सिमामा
जब तन मन र धनले बिदा हुन ढिपी गर्छ
राम्रो न राम्रो बिर्सेंर सबै
अन्तत आँफै मानिस सत्य बोल्छ ।
Saturday, October 20, 2018
प्रकृति र मानिस
--------------------------
अजिब छ यो सृष्टिको नियति
स्वबंशमा झगडा छ अंशको लागि
मानिस मानिस द्वन्द छ स्वार्थको लागि
तर प्रकृति ?
सुर्य चम्कन्छ सबैको लागि
जात र धर्म दुखि र सुखी न भनि
चन्द्रले शितल दिन्छ
मेरो र तेरो गरिब र धनि न भनि
बादल बर्षिँछ
बाद र क्षेत्र महिला र पुरुष न भनि
बिरुवाले अक्सिजन बाड्छ
राजा र रंकसडक र महल न भनि
तर मानिस ?
दोषी स्वयम् छ बाँकी सबै दोषी देख्दछ
आफ्नो स्वार्थको लागि मानिसकै बलि चढाउछ
अनि बिजयी आडम्बर अट्टहास हास्ने गर्छ
आफ्नो र आफन्त मात्र खोज्छ ...
मानबताबिहिन मानिस स्वार्थको मात्र वकालत गर्छ
मानिसले आफ्नो लागि मानिसको स्वतन्त्रा खोस्छ
तर प्रकृति ?निस्वार्थ सेवा मात्र बाँडी रहन्छ ..
नमन गर्छु तिमि लाइ
निष्पक्षता समानता प्रतिबद्धता अनि निरन्तरता ....
अनि मानब भन्दा माथिको तिम्रो महानता प्रति
मानिसको साथी मानिस मात्र फाइदाको लागि ?
तत्वबोध !
त्यसैले आज मानिस मानिस भन्दा टाढा
जनवार र प्रकृतिको नजिक पुग्दै छ
उन्मुक्त हाँसो खोज्न जंगल पस्दैछ
यहाँ मन्दिरको प्रसाद खाने र आराधना गर्ने भन्दा
> अध्यारो मा रमाउने र लुट्ने हरु को भिड छ
> अनि कहाँ पाइन्छ सुख र मानबता ?
>
> यहाँ चुसेर अरु को रगत पसिना
> आफु मात्र मोटाउने चलन चलेको छ
> अनि कहाँ खोज्ने प्रेम र भाइचारा को महानता ?
>
> यहाँ आफ्नै घर जलाएर
> छिमेकी लाइ बोलाइ आगो ताप्ने हरु को राज छ
> अनि कसरि बच्छ मौलिकता र स्वाधिनता ?
>
> यहाँ अमृत (दुध )पिउने को भन्दा
> बिष (रक्सी)पिउने हरुको बाहुल्यता छ
> अनि कसरि पाइन्छ सदाचार र संबेदनशिलता ?
>
> यहाँ खोसेर अरुको भाग
> आफ्नै भाग माथि थप्ने हरुको लडाई छ
> अनि भोका ले मात्र गाएर शान्ति को गीत पाइन्छ शान्ति कहाँ ?
>
> यहाँ पुर्खाले जोडेको हिरा मोति (माटो )फ्याकेर
> अर्काको आगन मा ज्याला थाप्न जाने हरुको लर्कन छ
> अनि कसरि जोगाउने आस्था र अस्मितता ?
> अध्यारो मा रमाउने र लुट्ने हरु को भिड छ
> अनि कहाँ पाइन्छ सुख र मानबता ?
>
> यहाँ चुसेर अरु को रगत पसिना
> आफु मात्र मोटाउने चलन चलेको छ
> अनि कहाँ खोज्ने प्रेम र भाइचारा को महानता ?
>
> यहाँ आफ्नै घर जलाएर
> छिमेकी लाइ बोलाइ आगो ताप्ने हरु को राज छ
> अनि कसरि बच्छ मौलिकता र स्वाधिनता ?
>
> यहाँ अमृत (दुध )पिउने को भन्दा
> बिष (रक्सी)पिउने हरुको बाहुल्यता छ
> अनि कसरि पाइन्छ सदाचार र संबेदनशिलता ?
>
> यहाँ खोसेर अरुको भाग
> आफ्नै भाग माथि थप्ने हरुको लडाई छ
> अनि भोका ले मात्र गाएर शान्ति को गीत पाइन्छ शान्ति कहाँ ?
>
> यहाँ पुर्खाले जोडेको हिरा मोति (माटो )फ्याकेर
> अर्काको आगन मा ज्याला थाप्न जाने हरुको लर्कन छ
> अनि कसरि जोगाउने आस्था र अस्मितता ?
Wednesday, October 17, 2018
हे माता हे जननी हे महिला सृष्टि सारथि ..
मत्थर हौ नम्र बन सोच त् एक पटक ..
त्यहि पुरुष छ र त् आमा बनि गर्ब गर्दैछ्यौ
त्यहि पुरुष छ र त् छोरी बनि देवी झैँ पुजित छ्यौ
त्यहि पुरुषकै कारण सृष्टिको निरन्तरतामा सहभागी छ्यौ
त्यहि पुरुष छ र न त् तिम्रो श्रीमान छन्
बुबा छन् भाइ दाइ छन् अर्थात् तिमि सुरक्षित र संरक्षित छ्यौ
मायाको परिभाषा छ त्यहि छ परिवार त्यहि छ
सृष्टिले समानता दिएकै छ
थाहा छ एक बिना अर्कोको अस्तित्व छैन
त्यो महान समानता लाइ सद्भावपूर्ण ,सहयात्री भै सहभागी बन
कोइ कुनै कुण्ठाले बिचलित होला स्नेह दिएर बाटोमा लेराउ
लहै लहैमा लागेर सामाजिक मन्दिर का पहरेदार
कतै छोरा कतै बुबा कतै श्रीमान कतै दाजु भाइ बिरुद्ध
भडकीने नगर ............
Subscribe to:
Posts (Atom)