Pages

Sunday, November 20, 2016

यात्रा स्मरण -घोडा को राजधानी मा नेपाली सम्मेलन 

अमेरिका को मध्य पश्चिम र दक्षिण पुर्बी राज्य मा बसोबास गर्ने नेपाली हरु को संगठन (ANMA/NASeA) को सयुक्त सम्मेलन सेप्टेम्बर ३ देखि ५ तारिख २०१० मा केन्टुकी राज्य को लेक्जिन्टन (LEXINGTON)शहर मा हुन् गै राखेको थियो .मलाइ यो सम्मेलन मा अन्तरास्ट्रिय नेपाली साहित्य समाज को तत्वाबधानमा राखिएको साहित्य गोष्ठीको संयोजक तोकिएको थियो .ओमाहा बाट करिब १४ घण्टा को सडक यात्रा बाट पुगिने सो शहर मा सुरु मा साथी युब राज पोखरेल ,रबिन्द्र अधिकारी ,पूर्ण बिस्वकर्मा अनिल ढुंगेल संगै जाने तय भएको थियो तापनि एक हफ्ता अगाडी क्रमस सबैको कार्यक्रम रद्ध भयो र म एक्लै जाने मा परे. एक्लै १४ घण्टा सडक यात्रा गर्न रहर हुने कुरो त भएन त्यसैले जहाज बाट यात्रा गर्ने निधो गरे .

सेप्टेम्बर ३ तारिख साझ लेक्जिन्टन पुग्ने समय तालिका मिलाएर ओमाहा  बाट अपरान्ह १.४० को उडान बाट DETROIT ,MISIGAN त्यहाँ बाट लेक्जिन्टन ब्लु ग्रास बिमानस्थल को लागि यात्रा सुरु भयो .ओमाहा बाट CRJ 700 सेरिज को ५८ सिटे सानो जहाज ले आकाश मा हल्का हल्का कावा खेलाउदै समय मा नै Detroit बिमानस्थल मा उतारी दियो .बिमानस्थल मा उत्रेर फोन को स्वीच अन गरेको त भ्वाइस मेल को चांग देखे .ति मध्य एउटा भने अब को उडान ढिलो भै ५.३५ साझ को सट्टा ७.१५ साझ सरेको भन्ने बिमान कम्पनि ले खबर गरेको रहेछ .भर्खर ४.१५ भएको छ अब कता जाने ?तिन घण्टा कुर्नु पर्ने भयो .उता बिमानस्थल मा लिन आउछु भन्नु भएको साथी लाइ उडान ढिला भएको खबर गर्न फोन गरे लागेंन भ्वाइस मेल मा नया उडान समय बताई दिए .

यो फुर्सद को समय लाइ यहि यात्रा लाइ लेख्ने काम गरेर बिताउनु पर्यो भनि ल्यापटप निकाले तर धेरै उडान हरु ढिला भएको कारण सबै यात्रु  ल्यापटप मै व्यस्त भएका ले बिजुली को प्लग नै उपलब्ध हुन् सकेन .जसै तसै एक घण्टा बितेको थियो ..त्यसै बिच सो उडान को यात्री हरु लाइ आह्वान भयो ७.१५ बजे उड्ने भनेको बिमान ६ बजे नै उड्दै छ अनि ढोका  पनि १६ बाट ३६ मा बदलिएछ .घडी हेरेको ५.४० बजेको थियो म लगायत सबै हत्तार हत्तार ढोका नम्बर ३६ तर्फ हस्यांग फस्यांग गर्दै  कुदेर गयौ .लगभग १२ मिनेट को कुदाई पछी ढोका नम्बर ३६ मा पुगियो .सबै चेकिंग काउन्टर मा लाइन बद्ध भयौ .तब सुनियो परिचारिकाको को मधुर स्वर 'माफ गर्नु होला बिमान मा प्राविधिक समस्या देखिएको ले विज्ञ हरु चेक गर्दैछन तयार हुने बित्तिकै खबर गर्ने छौ तपाइँ हरु को धर्यता को लागि धन्यवाद असुबिधा को लागि क्षमा पर्थी छौ "
फेरी नजिकै को एउटा कुना मा गैर बसे .यहानेर झट्ट मलाइ मह जोडी को १५ गते प्रहसन याद आयो "बिमानस्थल पुग्दा बिमान ढिलो उड्ने खबर कुर्दा कुर्दा एक छिन निदाउदा त्यहि बेला मा उनि हरुको उडान छुटेको थियो र गाडी बाट गएका थिए ......"

आफु लाइ त्यसतै समस्या !उता प्रमोद जी लाइ ढिला हुने भयो भनि खबर छोडे फेरी लौ है उड्नै लागे सवा घण्टा मा आइ पुग्दै छु भनेर खबर छोडे अब के भन्ने ?कति बजे उड्ने हो ठेगान छैन ..बल्ल बल्ल उही पहिलेको ढिलो समय ७.१५ मा बिमान ले जमिन छोड्यो आखिर मानबिय र प्राविधिक समस्या कहाँ पो हुन्न र ?बिमान चालक ले आफ्नो निश्चित उचाई मा बिमान लाइ पुर्याए पछी फेरी एक पटक माफ माग्दै सबै लाइ धर्यता गरेको मा आभार व्यक्त गरे र भने हामि लाइ उपलब्ध बिमान मा समस्या देखिएका ले समय मा उडान भर्न सकेनौ .सामान्यतया १ घण्टा १५ मिनेट को उडान भएता पनि आज म द्रुत गतिमा उडान गरेर ५५ मिनेट मै पुर्याउछु भन्दै CRJ200सेरिज को ५८ सिटे जहाज को गति तिब्र पारे अनि सकुसल ब्लु ग्रास बिमानस्थल मा अबतरण गराई दिए 

बिमानस्थल बाहिर आएर फोन गरे .प्रमोद जी ले एक छिन हावा खादै गर्नोस म आउदै छु भन्नु भयो .पहिले प्रतक्ष्य परिचय थिएन प्रमोद जी सित . .साहित्यिक कार्यक्रम को वहा  सह संयोजक रहनु भएको ले कार्यक्रम तयारि सम्बन्ध मा फोन मा मात्र  कुरो भएको थियो .चिकित्सा प्रयोगशाला मा मास्टर्स गर्नु भएको प्रमोद जी लाइ साहित्य प्रति निकै रुची रहेछ .कार्यक्रम को पुस्तिका ,संकलित कविता (इमेल बाट प्राप्त ) प्रिन्ट गर्नु पार्ने भएकाले हामी पहिले प्रमोद जी को अफिस मा गयौ .त्यस पछी वहा को निक्कै जोड मा फेरी घर मा गयौ र साझ को खाना खायौ .होटेल पुग्दा रात को ११ बाजी सकेको थियो .एउटै कोठा मा मिलेर बस्ने सल्लाह भएकोले अ ने सा स का वर्तमान अधक्ष्य ग्यानेब्द्र गदाल जी मलाइ कुरेर बसी रहनु भएको थियो .वहा शाकाहारी हुनु हुन्छ त्यसैले हामीले प्रमोद जी को घर बाट खान लिएर गएका थियौ .

त्यहा सयुक्त कार्यक्रम को प्रमुख संयोजक राजेन्द्र खतिवडा जी पनि कुरेर बसी रहनु भएको थियो .साथै ANMA अधक्ष्य मुकेस सिंह ,NASeA अधक्ष्य राजा घले ,क्यालिफोर्निया बाट आउनु भएको समाज सेवी एबम नेपाली भैकन पनि अमेरिकी राजनीति मा( डेमोक्र्याटिक दल को तर्फ बाट स्थानीय (Tracy City)काउन्सिल सदस्य उम्मेदवार बन्नु भएको)पहिलो व्यक्तित्व रोजर अधिकारी ,गोबिन्द गिरि "प्रेरणा ", गिरिजा गौतम ,अम्बिका अधिकारी हरु रहनु भएको  नेपाली परम्परा को निरन्तरता लाइ कायम राख्न उपलब्ध ठुलो बोतल मा रातो ,कालो सेतो पहेलो तिनपानेको व्यवस्था गर्नु भएको कोठा तर्फ डोर्याइयो .बिहान ३ बजे सम्म गफ र तीनपाने रित्याउदै बल्ल कोठा मा पुगियो .

भोलि पल्ट अर्थात् सेप्टेम्बर ४ तारिख शनिबार दिउसो ३ बजे देखि साहित्यिक कार्यक्रम संचालन गर्नु थियो एउटै कोठा (बल रुम )बाहेक अरु कोठा उपयुक्त देखिएन तर त्यहाँ कार्यक्रम हरु जुधेको ले समस्या पर्यो .संयोजक भन्नु हुन्छ अर्को कार्यक्रम संचालक सित सल्लाह गर्नुस वहा हरु भानु हुन्छ उहु कहाँ हुन्छ ?मलाइ यहि गर्नु पर्छ .आफुले महामहिम राजदुत डा शंकर प्रसाद शर्मा ज्यु लाइ यहि कोठा मा आमन्त्रित गरेको थिए .बल्ल "धर्म सभा "कार्यक्रम का संयोजक डा तिलक श्रेष्ठ जी ले एक घण्टा मा कार्यक्रम सकिदिने बाचन दिनु भयो र एक घण्टा पछी भए पनि उपयुक्त कोठा मा अ ने सा स को तत्वाबधान मा आयोजित बृहत साहित्यिक कार्यक्रम सम्पन्न गर्यौ .करिब दुइ घण्टा ४५ मिनेट चलेको सो कार्यक्रम भरि महामहिम राजदुत ज्यु बडो धर्यता पुर्बक बसी दिनु भएको थियो .अ ने सा स को तर्फ बाट हामीले वहा लाइ सम्मान पत्र पनि बुझाएका थियौ .यसै क्रम मा साहित्यकार एबम गीतकार पल्पसा जी सित भेट भयो .र वहा ले कविता प्रतियोगिता को मुल्यांकन समिति मा बसी दिन मैले गरेको अनुरोध लाइ स्वीकार गर्नु भयो अन्य दुइ सदस्य हरु मा भारती गौतम र नम्रता गुरागाई हुनु हुन्थ्यो .नेपाल  बाट आउनु भएका बरिष्ठ साहित्यकार रमेश खकुरेल जी ले कार्यक्रम लै निक्कै रोचक बनाउनु भएको थियो .

साहित्यिक कार्यक्रम सकिदा न सकिदै साझको खाना (डिनर )र सो को लगत्तै नेपाल बाट आउनु भएका प्रसिद्ध हास्यकलाकार हरु दीपक राज गिरी ,दीपाश्री निरौला ,बिमल अधिकारी (ट्वाकेन्द्र ) तथा साथ मा प्रसिद्ध गायक यम बराल ,निलिमा तुलाधर र लोक गायिका सुनिता दुलाल हरु को सास्कृतिक कार्यक्रम थियो .त्यस कार्यक्रम मा पनि अ ने सा स कोलोराडो  शाखा को तर्फ बाट कलाकार हरु लाइ महामहिम राजदुत डा शंकर शर्मा ज्यु को हात बाट सम्मान स्वरुप प्रससा पत्र दिने कार्यक्रम थियो त्यो पनि ज्ञानेन्द्र गदाल जी ले मेरै जिम्मा लगाउनु भएको थियो ..त्यसैले हत्तार हत्तार साझको खाना खाएर सास्कृतिक कार्यक्रम तर्फ लाग्यौ ..सास्कृतिक कार्यक्रम को मध्यान्हमा महामहिम राजदुत को हात बाट तितो सत्य एबम गायक कलाकार लाइ प्रससा पत्र वितरण कार्य सम्पन्न गरे .भोलि  पल्ट सो समाचार कान्तिपुर दैनिक मा सचित्र पाउदा खुसि लाग्यो . त्यो दिन नौ बजे देखि महामहिम राजदुत ज्यु  बिभिन्न कार्यक्रम मा लगातार भाग लिइराख्नु भएको थियो .वहा को सरल र सहज ब्यबहार ले धेरै लाइ प्रभाबित परेको थियो .


लेक्जिन्टन शहर को मध्य भाग मा रहेको १९ तले हिल्टन होटेल को १७१७ नम्बर को कोठा मा हामि बसेका थियौ .त्यहाँ बाट शहर को धेरै भाग देख्न सकिन्थ्यो .होटेल संगै जोडिएको लेक्जिन्टन सम्मेलन केन्द्र को बिशाल भवन जोडिएको रहेछ .कलाकार हरु लाइ बस्ने ठाऊ (कोठा )को अन्यौल ले गर्दा दिउसो हाम्रै कोठा मा समान राखी कार्यक्रम मा जानु भएको थियो तर अहिले सम्म पनि त्यो अन्योलता कायम नै रहेछ र हाम्रो कोठा मा आउनु भयो .आयोजक हरु ले वहा हरु लाइ कार्यक्रम गरे बापत निश्चित प्रतिशत रकम दिने सम्झौता भएको रहेछ .वहा हरु त्यहि बसी फोन मा बिभिन्न मान्छे हरु सित रकम उपलब्ध गरौंन सम्पर्क गर्दै हुनु हुन्थ्यो .बिहान को दुइ बाजी सकेको थियो यम बराल जी कहिले संयोजक प्रमुख राजेन्द्र खतिवडा जी लाइ त कहिले राजा घले त कहिले मुकेश सिंह जी लाइ फोन गर्दै भोलि बिहान ६ बजे को उडान भएको ले अहिले नै हिसाब गरि रकम पाउन भन्दै हुनु हुन्थ्यो ..यसले उसलाई र अनि उसलाई गर्दै मा आधा घण्टा बित्यो र अन्त मा मुकेश जी ले तल कोठा मा आउँन भन्नु भयो .दीपक जी र यम जी तल गए पछी ज्ञानेन्द्र जी र म पल्टियौ .

यम जी र दीपक जी कोठा मा आउनु भयो एक घण्टा पछी र भन्नु भयो एक छिन सुतेर हिड्ने मैले सोधे तपाइँ हरु को उडान कहाँ बाट हो लेक्जिन्टन बाट कि लुइस्भिल बाट ?दीपक जी भन्नु भयो ह त्यो त थाहा छैन .खोइ टिकेट ?नलिना सित छ .थाहा भयो कि उडान लुइसभिल बाट रहेछ जहाँ पुग्न एक घण्टा २० मिनेट लाग्छ ३.४० भै सकेको थियो .सुत्ने होइन चल्ने भन्दै सब लाइ हत्तार हत्तार गरि तयार हुन् भने र लबी मा गए त्यहाँ बाट लुइसभिल बिमानस्थल  को लागि सटल सर्भिस रहेन छ .ट्याक्सी लाइ सोधे मिटर मा २३० डलर लाग्छ रे यसो गोर्खाली पारा को गफ दिएको ४५ डलर घटाएर लागि दिने भयो जसबेला ४.१५ भएको  थियो .वहा हरु लाइ बिदा गरेर कोठा मा आए .आयोजक हरु को कडा मिहिनेत को बाबजुद निम्ताइएका  कलाकार हरु हरु को खाने बस्ने र यातायात व्यवस्था सम्बन्ध मा वहा हरु अनभिग्य वा निस्क्रिय जस्तो अनुभब गरेर जानु भएको थियो कलाकार हरु .

सेप्टेम्बर ५ तारिख २०१० बिहान नौ बजे नै साहित्यकार एबम गीतकार पल्पसा जी को फोन आयो .वहा को दिदि भिनाजु शसी जी र राज कुमार राइ जी ले आज मलाइ लेक्जिन्टन शहर जसलाई "घोडा को राजधानी Horse Capital Of The World ) पनि भन्दो रहेछ घुमाई दिने भन्नु भएको थियो .मिजासिलो अनि सहयोगी भावना का धनि राइ दम्पति अनि पल्पसा जी ले स्थानीय बिभिन्न प्रसिद्ध ठाऊ घुमाई दिनु भयो .केन्टुकी राज्य को लेक्जिन्टन र लुइसभिल बिस्वा प्रसिद्ध घोडा दौड प्रतियोगिता हुने ठाऊ हो जहाँ बेलायति महारानी को समेत समुस्थिति हुने गर्दो रहेछ .बिभिन्न नाम का ( Horse park ,Horse Farm ,KeenLand race course)Horse park हरु को भ्रमण गराएर रे जी ले वहा को घर मा लिएर जानु भयो दिन को खाना त्यहि खायौ .राज कुमार राइ दम्पति ले दार्जिलिंग सम्झाउने गरि सुँगुरको सुकुटी ,काँक्रोको अचार को रस्वादन गराउनु भएको थियो . त्यतिकै मा ज्ञानेन्द्र जी को प्लेन छुटेको ले एकलाई पर्नु भएछ साझ को मात्र अर्को उडान भएको हुदा वहा लाइ साथ दिन हामी  होटेल फर्कियौ .

यो सम्मेलन को बिबिध पक्ष मध्य "बिष्णु माया परियार को महिला अधिकार सम्बन्धि मार्मिक प्रसंग ,अर्की शसक्त वक्ता थिइन बुना दाहाल (दृष्टि बिहिन ) उनले दृष्टि बिहिन हरु को समस्या ,चाहना ,भावना अनि क्षमता लाइ बडो भाबपूर्ण तरिकाले प्रस्तुत गरेकी थिइन .छिरिंग शेर्पा जी को प्रस्तुती "सेभ दि हिमालय "को कार्यक्रम पनि महत्व पूर्ण थियो .यो सम्मेलन लाइ आयोजक हरुले बरिष्ठ नेपाली अमेरिकन प्राध्यापक स्व .मोहन नारायण श्रेष्ठ को सम्झना मा समर्पित गरेका थिए .बिभिन्न सस्था मा आबद्ध समाज सेवी श्रेष्ठ को ०९-१४-२००७ मा ६८ बर्ष को उमेर मा देह्बसान भएको थियो ..

आयोजना स्थल बिस्तारै पातलिदै थियो .आयोजक हरु ले त्यो अन्तिम दिन को साझ स्थानीय कलाकार को प्रस्तुती  एबम डिजे गोर्खाली को समेत कार्यक्रम राखेका थिए ..ढिलो सुरु भएको सास्कृतिक कार्यक्रम को रौनक बढ्दै थियो .डिजे को उत्साह सुरु हुनै लाग्दा रात को १२ बजेको संकेत सहित होटेल को सुरक्षा कर्मचारीले बन्द गर्न आदेश दिए .जति अनुनय गरेर सिर्फ १०  मिनेट को समय माग्दा पनि नो नो सरि सरि प्लिज स्टप राइट नाउ  ..भनेको ले सबै बाहिरियौ .

बाहिर आयोजक हरु राजा घले ,मुकेश सिंह अनि राजेन्द्र खतिवडा जी ले कोठा मा थप रमझम को व्यवस्था गर्नु भएको रहेछ .सबै त्यता लाग्यौ ..त्यहाँ पनि केहि छिन पछी सुरक्षा कर्मचारी आइ पुगे हल्ला भयो भन्दै सबै लाइ आ आफ्नो कोठा मा जाने आदेश दियो .बिहान को २ त बाजी सकेको रहेछ ६ बजेको उडान थियो . ५ बजे त उठ्नु नै थियो .बिहान ५ बजे नै राइ जी लाइ उठाए .वहा ले ब्लु ग्रास बिमान स्थल सम्म पुर्याई दिनु भयो .राइ दम्पति अनि पल्पसा जी प्रति म धेरै कृतज्ञ भएको छु सहयोग को लागि .लेक्जिन्टन बाट मेम्फिस र त्यहाँ बाट ओमाहा को लागि उडान भरे दिन को ११.४० मा इपिली बिमानस्थल  ओमाहा आइ पुगे .अमेरिका को प्रत्यक राज्य मा केहि न केहि बिशेषता रहेको थप अनुभब यो सम्मेलन को कारण भएको भ्रमण ले गराएको छ 

Monday, November 7, 2016

लघु कथा -हाम्रो नेता 

एउटा गाउमा उहिले एउटा नामुद गफाडी थियो .उ स्वयम लाइ थाहा थियो कि उसले भनेको कसैले पनि पत्याउदैन भनेर तैपनि मौका जहिले पनि कहिँ न कहिँ केहि बोल्ने मौका को खोजीमा हुन्थ्यो .
बुढा हरु लाइ भेट्यो म पनि तपाइँ हरु जस्तै पाको हुन् पाए कति खुशी हुन्थे भन्थ्यो .
पधेरामा पुगेर आइमाई सित भन्थ्यो म पनि अर्को जुनी मा आइमाई भएर जन्मनु पाउ भनि भगवान सित प्राथना गर्ने गरेको छु भन्थ्यो .
गाउका फटाहा तोरी लाउरे हरु लाइ भेट्यो भने भन्थ्यो बाबु हो "यहि हो खाको लाको पाको "हुने उमेर न डराओ म छु तिमि हरु को साथ मा ..
त्यसै गरि एक दिन को कुरो हो गाउको चिया खाने चौतारी को पसल मा केहि साहित्य सित सम्बन्धित  मानिस चिया  पाउरोटी  पुस्टकारी खादै गफ गर्दै थिए 
 गाउको त्यो गफाडी पनि आई पुग्यो .ताई न तुइ हात मा लाग्यो दुइ भने जस्तो गफ निकाल्न थालि हाल्यो .
उ स्वयम ले भन थाल्यो गफ पनि के गर्नु हो गाउले हो तिमि हरु सित जति सद्धे कुरो गरे पनि तिमि हरु ले पत्याउने होइनौ .
रामे .सुन्दर हरि हत्के बिर्खे  हरु अग्रज साहित्यकार र उनि हरु को कृति को बारेमा छलफल गर्दै थिए उनि हरुले ले हास्दै एकै स्वर मा भने पत्याउने हुने कुरो गर न हामि  पत्याई हाल्छौँ नि !
उसले अफ्नो बारेमा अनेक कुरो गर्यो आफ्नो गुण अनि खुबी को बारेमा भन्यो म यस्तो म उस्तो आदि आदि गाउले हरुले  निर्बिबाद उसको कुरो सुनी रहे  .देश विदेश को अनेक खबर भन्यो अन्त मा भन्यो त्यति मात्र हो र म त् साहित्य प्रेमी पनि त् हु नि तिमि हरुले मलाइ चिनेका नै छैनौ .
मैले आज मात्र कस्तो खतरा कविता लेखेको छु .
ए हो र कहिले सुनाएको भए पो त् थाहा पाउनु त् गाउले हरु ले  उसको कुरो मा सहि थापे .
बिर्खेले भन्यो सुनाउ न त् तिम्रो कविता हामी पनि सुनौ !
उसले भन्यो सुनाउ त् ?
सबै ले एक स्वर मा भने सुनाउ सुनाउ 
उसले सुरु गर्यो उहु उह औशिको रात टह टह जुन ........बाँकी के बोल्न आटेको थियो .
वरिपरी बसेर सुन्ने हरु खित  .....खित...... खित........... खित .....खुत्........खुत् ...........खुत्  उहूऊऊऊऊऊम ..... उहूउ  .....हा  ...हा.... हा..... हा  हि.... हि .हि...... हि     गर्न थाले 
कोइ को चिया सर्केर अर्को को जिउ भरि ...कसैको पाउरोटी मुख बाट उछिट्टिएर    अर्को को गाला  मा अर्को को भर्खरै मुखमा हालेको  पुस्टकारी फुत्केर शिबे को ज्वारी कोट को बगलीमा ....
न त् गफाडीले उसको कविता  बाचन अगाडी बढाउन सक्यो  न त् अरु कसैले अरु अगाडी के छ भन्न त्  भनेर सोध्न  नै सके 
 उ रातो मुख लगाएर सुइकुच्चा ठोक्यो .
यता गाउले हरु पनि औशी को रात टह  टह   जुन भन्दै   हास्दै बाटो लागे .
समय बित्दै गयो ,को कहाँ पुगे को के भए !
गाउले  लाइ देख्दा उ गफाडी  कर्के आखा ले हेर्थ्यो .सम्भब भए बाटो काटेर अर्कै तर्फ बाट हिड्न थालेको थियो .
अहिले त् उ हाम्रो गाउको मुखिया भएको छ रे 
कस्तो होला अब त्यो गाउ अहिले भनेर विदेश बाट एउटा ले सोधेको थियो .
बिर्खे ले भनि दियो उही त् हो औशी को रात टह टह जुन ......झिंगापुर्  माथि सिंगापुर को खोल ..
खित खित खित ........खुत् खुत् खुत्     हि .... हि..... हि...... हा..... हा.... हा .....

Sunday, November 6, 2016

कथा -आमा लाइ चिठ्ठी  
वाह् अनायस उस्लाई गुन्द्रुक ढिडो अनी लप्सी को अचार् याद आउछ साच्चिक्कै मुखनै रसाउछ उस्को । चिठ्ही लेख्न सुरु गर्नु अगी एक छीन तकिया मा टाउको राखी कलम लाई मुख मा हल्का च्यापी मुग्लाने सोच मग्न हुन्छ । के लेखौ के न लेखौ ? सुख को काल्पनिक कथा लेखौ कि दु:ख को यथार्थता । एक छीन फेरी कोल्टे फेर्दछ र ऊठि टेबुल मा हात राखी आज दिल खोलेर मन को कुरा भोगेको कुरा सबै लेखी दिन्छु आखिर परिवार ले पनि थाहा पाउन कि मुग्लान सजिलो रैनछ पैसा सजिलो सित कमाइदो रैनछ भनेर ...
लेख्न सुरु गर्दछ , हे चाउरी परेकी बुढी आमा !बिदेश बाट खाउ लाउ सोख गर भनेर त्यत्रो पैसा खन्या दिदा पनि तिमी किन झन झन सुक्दै छ्यौ ? मेरो चिन्ता नगर तिमी बर्गर सित आलुतामा को याद मिसाइ खादा को स्वादै अर्कै हुन्छ के थाहा तिमी लाई ? ढाड सेकिने गरी बोरा का बोरा प्याज काट्नै परे पनि प्रचण्ड गर्मीमा खलखल पसिना संगै बलिन्द्र आँशु झरे पनि  खट खट हरियो डलर गन्दा को मज्जा अर्कै छ त्यो बुझ्दिनौ तिमी ! त्यता बस्या भे कस्को नोकर हुन्थे कि उता को दरवान हुन्थे कि कसैको शिकार के थाहा   आम्रिका आछु  कम से कम यहाँ ज्यान त बच्या छ । अ तिमी पल्ला घरे काइला बा को छोरा को कुरा गर्दै थियौ नि उ त लाग्यो माथि तिर यतै बाट खबर त पाइ सक्यौ नै ? पातलि रुदै बिलौना गर्दै होलीन होइन ? ठुलै सपना थियो उ बिचरा को पहिले साहु बाट धितो राखेको भिर पाटो बारी चुक्ता गर्ने , जस्ता को छानो भएको दुई तले घर बनाउने , छोरा छोरी लाई शहर को राम्रो स्कुल मा पढ्न पठाउने खादा पनि परिवार बच्चा कै कुरा गर्दथ्यो सुत्दा पनि तिनी हरु कै सपना देख्दथ्यो । अर्को साल त पक्कै फर्कने है भनी मलाई बेला बेला मा सोधी रहन्थो कठै बिचरा ले अर्को साल देख्न नै पाएन 
ठुली फुपुको छोराको खबर सोधेकी थियौ नि  सुन बुढी माउ बेखबर छ नाक मुख नदेखेको बर्षौ भयो त्यता खबर गर्छ कि गर्दैन ?उसको त्यो जेठी अशक्त छोरी को के छ खबर उपचार भएको छ कि छैन ?पातली भाउजु झन् कति दुब्लाइन होलिन ? यस्तै हो जे लेखेको छ त्यहि हुन्छ भनेर सम्झाई दिनु मैले कतै खबर पाए भने भेटेर सम्झाई दिन्छु र नेपाल फिर्ता जान भन्छु खोइ एउटा जीवन हे बुढी माउ उसले पनि भूमिगत बसेर यो परदेशमा त्यसै बिताउने हो कि ?कतै भुत्लुक्क भैसक्यो कि केहि थाहा भएन ..
त्यसैले म पनि अब  यो पटक रामो राम पहिले जस्तो ढाटेको होइन दसैं मा आउछु । बरु ल भन तिमी लाई के कोसेली लेराइ दिउ ? मामा को छोरा कर्णे को खबर नि पाएकी हौली नि उस्ले त यही कि गाई खाने कि छोरी बिहे गर्योो नि धर्म पनि परिवर्तन गर्योी उस्ले अब बाउ आमा को काज कृया पनि नगर्ने भो !के जानु नेपाल के छर त्यहा भन्दछ । सधैं को मार काट , लूट , बन्ध र हडताल त्यस्तो पनि देश हो ? पो भन्दछ त उ आज भोली । बिहे गरे पछी त सुको बचाउन न सकेको गुनासो पनि गर्दै थियो अस्ती . स्वास्नि को फर्माइस पुरा गर्न नसके छोडि देली भन्ने डर रे उस्ले छोडि दिए उ यहाँ बस्न पनि पाउदैन यहाँ को नियम ले त्यसैले उसलाई हामी भन्दा स्वास्नि को चिन्ता छ खोइ के रोग लाग्यो आमा यो विदेशको नागरिकता लिन र खान घर परिवार र इष्ट मित्र सबै त्याग्न खोज्ने भाउजु केटाकेटी को माया लाग्दैन भनेको उनीहरु कै लागि त् हो नि यो सब भन्छ कहिले उसको नागरिकता आउछ  कहिले यो गोरी लाइ छोड्छ कहिले छोराछोरी आउछन कहिले भाउजु औछिन खोइ उसको व्यथा सम्झदा मलाइ नै अत्यास लाग्छ 
कस्तो कस्तो हुन्छ बिदेश मा सुन बुढी आमै ! बिर्खे बा का छोरी को कुरा पनि सुन अरु लाई मैले भनेको न भन्नु नि ? खै के कुरा मिलेन छ आफ्नो बुढा सित बच्चा सच्चा जिम्मा देर उनी त लागि छन हाम्रै छिमेकी देश को भैया सित । अब त संपर्क नै छैन उनी सित पोहोर सम्म भाई टिका लगाइ दिएकी थिन । अ कती अर्का को कुरा गर्नु आफ्नै कथा पोख्दछु तिमी लाई , मलाई थाहा छ तिमी पर्खि रहन्छ्यौ हरेक दिन पिढी मा आमा भन्दै कहिले अाइ पुग्ला छोरा भन्दै , कहिले काही त टप्किन्छ होला आसू होइन ? मेरो सम्झना गर्दै । गाली पनि गर्दी हौली नि मोरो निस्ठुरी ले बिर्स्यो मलाई भन्दै ?कुरो त्यसो होइन , म कसरी बिर्सन सक्छु तिमी लाई कठै ? ल तिमी नै भन त बिर्खेको छोरा ले मुग्लान बाट हेर कत्ती पैसा कमाएर लेरायो त सुती मात्र राख्दछ्स गाउ मात्र चारेर खान्छस  मोरा लाज लाग्दैन  भनेकी होइनौ ? यहाँ आबारा भएर बराल्लेर बस्नु भन्दा त बिदेसै गए पनि हुन्थ्यो केही त सिक्दथ्यो कि ? अरु का छोरा पनि गएका छन नि  अरुका आमामा झैँ म पनि  सहेर बसौला जा मोरा केही गर भनेकी होइनौ तिमी ले ?मलाई पढाउन धितो राखेको पाखा बारी कसरी छुटाउने त्यो पनि त चिन्ता थियो नि ? अब त्यहा बसेर आफ्नो योग्यता ले स्थान न पाउने भए पछी मुग्लानिनु को बिकल्प खोइ ?नेपाल सरकार ले सोच्ने फुर्सद पाएको देखिन्न बरु आफ्ना मान्छे लगाएर हुन्छ कि आँफै लागेर हून्छ नेपाली युबा लाई खसी बोका झै यो देश मा र उ देश मा बेच्न मा नै खुशी छ अझै नेपाल सरकार यस्तो सरकार देखे कि सुनेकी छ्यौ कतै ?परिस्थिती ले म जस्ता हज्जारौ , लाखौं धकेलिएका छन बिदेश मा रहर त कसै को देख्दिन कोइ ज्यान जोगाउन कोइ व्यबहार मिलाउन कोइ बित्रिष्णा मेटाउन वाध्य भै बसेका छन .सासदले पासपोर्ट बेचेको खबर त् सुनेकै छ्यौ नाम चलेका मान्छे र ठुला ठुला का सन्तान पनि ओइरिएकै छन् खोइ आमामको माया मा कमि भयो कि सन्तान बैगुनी जन्मे  आमाको काँख छोडेर भाग्ने मति पो बनाए त् 
कती स्वादिलो हुन्थ्यो तिमी ले पकाएको मिठो पिठो , कती आनन्द आऊदथ्यो आगन चौतारी , मेला पर्ब गर्दा ? सम्झी ल्याउदा मन धुजा धुजा हून्छ । हो  आमा एउटा सत्य हो मेरो बर्तमान बन्धकी मा परेको छ भबिस्य मा सुख पाउने रहर बोकेर  खोट मेरै होला म किन देश मा बिक्न सकिन जो बिकेर दिन दुई गुना रात चार गुना को फट्को मार्दै कमाउने धन्दा गर्दैछन । तर के गर्नु आफ्नो सिफारिस गरिदिने कोइ थिएन ? मलाई थाहा छ तिमी अस्ताउन लागेकी जुन हौ मेरो मुख हेरेरै मर्ने तिम्रो धोको बाहेक तिम्रो अरु इच्छा आकान्क्ष्या मरी सकेका छन । तिमी गल्दै गएकी छ्यौ यो सन्जोग जुर्दछ कि जुर्दैन खै ?रात दिन को काम काम ले म पनि शिथिल भै सकेको छु । एक मन त लाग्दछ अहिल्यै उडिहालु रुखो सुखो जे मिल्दछ खाइ शान्त सित बसू तर साहु को कर कर चुक्ता भा खोइ ?त्यहा आएर हात  मुख जोर्ने उपाय पनि छैन नि त के गर्नु ?यो न आउने बहाना होइन आमा  मेरो यथाथर्ता हो । चाड पर्ब आउछ शरीर यहाँ छ मन त्यहा हून्छ । साझ बिहान तिम्रै चिन्ता ले सताउछ । तिमी सम्पन भएकी भए किन पठाउथ्यौ र मुग्लान हामी लाई होइन ? सम्हाल आँफै लाई मेरो चिन्ता नगर एक दिन पक्कै आउछु म तिमी लाई भेट्न झुठो म बोल्दिन ।

Tuesday, June 7, 2016

PEACE OF MIND !!
जीवनको प्रत्यक पलमा परिक्षा दिनु छ 
त्यसैले जीवन यात्रा साच्चिक्कै कठिन छ
क्षमसिलाता, उत्साह,र आशा प्रबाह गर्नुछ 
सफल हुनु भन्दा असल बन्न झन् गाह्रो छ 
जिन्दगि अलग छ भाग्य अलग छ
त्यसैले प्रत्यकको परिक्षा पनि फरक छ
PEACE OF MIND !!