Friday, January 15, 2016
Saturday, December 6, 2014
कविता -छायाँ
न फस्टाएको झुठ
घाटा भो जिन्दगि
गिज्याई रहने उधारो
धर्ति ओछ्यान
आकाश छानो
जुन तारा सित स्पर्श
एक्लै रोयो एक्लै हास्यो
सित पियो
तुषारो ओढ्यो
कटकट फुटेको ओठमा
घाम पानि को
मल्हम लगायो
संगीत भर्छ
चर्किएक गाला
बिखरिएका रौ का
स्वच्छन्द नृत्य
भिडमा एक्लो
अपरिचित
एउटा प्रतिबिम्ब
बिबशाताको प्रतिनिधि
बनेको छ
उपबास को तड्पन
बोकेर
हल्ला को शिकार
भएर मौनतामा निदाएको छ
Thursday, December 4, 2014
कविता -अनुभूति
--
प्रत्यक बिहान को सुर्योदय संगै
मृत्यु सित साक्षात्कार हुने दिन नजिक हुन्छ
म मृत्यु सित सहयात्रा र सहमति को लागि
अनुरोध गर्छ
मृत्यु तर्कन्छ
र भन्छ
मलाई दुखि सित यात्रा गर्नु छैन
मेरो राज्यमा दुखि लाइ स्थान छैन
भाको दुख भोगी सिध्याउ
जब सुखी हुन् थाल्छौ
मलाई सम्झ
अनि पो विश्वास गरौला
तिमिले म सित सहयात्रा रोजेछौ
तिमि सहभागी योग्य हुन् सक्छौ
दुख बोक्ने को लागि मेरो साथ चाहिदैन
त्यो त्
हरेक पल मरी रहेकै हुन्छ
बिना चिता जली रहेकै हुन्छ
जो हमेसा सुखी हुन् खोज्छ
उसै लाइ रोज्छु म
Thursday, November 6, 2014
Subscribe to:
Posts (Atom)