Pages

Thursday, December 6, 2012





  शेखर ढुंगेल
   न कला न गला
   बोकेर दुइटा बाङया गोडा
  लागें बिदेश जे पर्ला पर्ला
                       यता भाग्यो, उता दौड्यो
सधैं रित्तो झोला
भैंसी बेचेर बाख्रा चराउन
आँखा चिम्ली बिदेश
खुरमुरिएँ ठूलो भाग खान
पर्‍यो कहिले तान्न आरन
कहिले मूला उखेल्न
बारी बेचेर आइयो अमेरिका
रुखमा डलर टिप्न
प्याजका बोरा बोकेपछि
झरे मोती बरर
एउटाले मेनेजर बनाउँछु भनी
कतै बोकेर लग्यो
तन्दुरीमा हात सेक्न लगायो
त्यताबाट फुत्केर
अर्को, अर्को ठाउँमा गाको
उता अंग्रेजी बोल्दै नबोल्नेले
ह्वाट्स अप भन्नु पर्छ
ह्वाट्स अप भनेर बोल्न सिकायो
न त गला, न त कला
आँखा चिम्लेर विदेश नलाग्नु होला।

Sunday, November 11, 2012



परिबर्तन को लागि नागरिक आचार संहिता 
बिस्व को  १७ औं जेष्ठ राष्ट्र र मानब सभ्यता को विकास पछी पहिलो प्रमाणित लिखित शास्त्र को संरचना गर्ने पुर्बिय सभ्यता को पनि एक केन्द्रबिन्दु हिन्दु दर्शन ,बौद्ध दर्शन र प्राचिन अलौकिक एबम मोलिक कला र सस्कृति को धनि देश नेपाल आज सगरमाथा झैँ उदाहरणीय बनेर उभिनु पर्ने मा अझै विपन्नता ,अबचेतना ,र अमनाबियता जस्तो बिडम्बना व्यहोर्ने  चक्रब्युह को शिकार किन हुन् पुगेको छ ?

राजनैतिक हिसाब ले नेपाल ले जस्तो बिबिध परिबर्तन पनि अरु देश ले गरेको छैन .भुरे टाकुरे राजा ,सामन्त,र मुखिया को शासन बाट एकिकृत नेपाल तत्कालिन दरबार भाइ भारदार को षडयन्त्रात्मक राजनीति ,राणा परिवार को शताब्दी लामो निरंकुसतता ,१० बर्षे प्रजातान्त्रिक अभ्यास ,३० बर्षे पंचयात ,२० बर्षे संबैधानिक राजतन्त्रात्मक ससदीय व्यवस्था र आज गणतन्त्र अभ्यास को पनि दशक को नजिक पुग्ने क्रम मा छौ यस्तै मानसिकता मा देश को राजनीति अगाडी बढ्ने हो भने अर्को दशक मा पनि नेपाल ले स्थिर संबिधान वा राज्य संयन्त्र  न् पाएर राष्ट्र नै विखण्डित वा अबसान हुने हो कि भन्ने  त्रास बढ्दै गएको छ .

नेपाल को ७ दशक लामो राजनैतिक अभ्यास र एक पछी अर्को परिबर्तन  गर्न सफल भए पनि  एक  समुह वा व्यवस्था ले अर्को समुह वा व्यवस्था बिशेष  लाइ   दोष दिने खेति मा मलजल र सिचाई गर्न मै समय र उर्जा खर्च भयो तर .स्थापित सकारात्मक पक्ष को संरक्षण गर्दै बिकृति लाइ हटाएर नया सोच र विचार अनि नीति लिएर अगाडी बढ्ने सोच राखिएन .पंचायत को ३० बर्ष बहुदलीय व्यवस्था असफल हुनु को कारण को सुगा रटाइ मै र बहुदले  को नामोनिसान मेटाउन निक्कै ठुलो समय र उर्जा नस्ट गर्दै मा  बित्यो त्यसको बदला ससदीय व्यवस्था को सकारात्मक पक्ष लाइ सस्थागत गर्दै बिकृति हटाएर अगाडी बढ्ने सोच न् राख्द पंचायत ले स्थापना गर्न खोजेको कतिपय उत्तम अबधारणा समेत यो व्यवस्था को अबसान संगै छायाँ मा पर्न गयो .२०४७ साल पछी ३० बर्ष राष्ट्र ले खर्चेर स्थापित गरको अबधारणा र आधारसिला लाइ समेत "कुडा कंकड "भन्दै अन्धा धुन्ध बिस्थापित गर्ने खारेज गर्ने र ध्वस्त पार्ने काम भयो .राजनीति लाइ राज्य संचालन को मध्यम मात्र हो भन्ने भन्दा पनि व्यक्तिगत फाइदा ,हठ र प्रतिष्ठा को दाउपेच को साधन को रुपमा प्रयोग गरेको ले आज नेपाल को यो दुर्गति भएको हो .

देश अहिले संबिधान बिहिन अबस्थामा छ .अस्थिरता ,अपराध, अराजकता ले शासन गरेको छ .तर एक छिन हामी प्रत्यक ले सोचौ त् के यो अवस्था को जिम्मेवार नेता  हरु मात्र हुन् त् ? पचास ,सय वा हज्जार  जना अदुरदर्शी  नेता ले मात्र यो देश बिगारेका हुन् त् ?होइन हामि  लाखौ करौडौ नागरिक पनि  अझ बढी जिम्मेवार छौ .नीति नियम संबिधान कानुन भनेको त् भै  राखेको मानबिय सदाचार,व्यवहार  न् बिग्रियोस भन्ने मात्र त् हो .यदि देश का नागरिक सज्जन भए सदाचारी भए ,इमान्दार सदभाब राख्ने ,सहयोगी ,भए भने देश निर्माण को बाटो खुल्छ  साथै  इमान्दार र नैतिकवान हरु पनि तयार हुन्छन .नेता भन्दा पनि प्रत्यक नागरिक मा राष्ट्रप्रति को जिम्मेवारी महसुस हुनु पर्छ र तदनुरुपको  व्यवहार  समाजमा देखाउनु पर्छ .आफ्नो र सन्तान को  भबिस्य सुरक्षित गर्ने कामको चिन्ता नागरिक मा हुनु पर्दछ .अरु बाट सुबिधा खोज्नु  भन्दा पहिले  अरु लाइ कति सुबिधा दिएको छु वा दिन सक्छु भन्ने सोच हामी नागरिक मा हुनु पर्छ .नेतृत्व को दम्भ ,कलह ,द्वेष ,बिग्रह र असहिष्णुताको पृष्ठपोषक  हामी नागरिक .बन्नु गलत हो .

नागरिक मा अधिकारको सचेतना  संगै कर्तब्य र दायित्व बोध हुनु पर्छ .कर्तब्य बोध बिहिन अधिकार ले नकारात्मक शन्देश मात्र दिन्छ .जब सम्म एकले अर्को लाइ आदर सम्मान र समानता को व्यवहार गर्न सिक्दैनौ तब सम्म हामि लाइ  असक्षम र अदुरदर्शी नेतृत्व ले  हतियार को रुपमा प्रयोग गर्न प्रोत्साहित हुन्छन .र हामीले चाहेको समाज परिबर्तन को सदिच्छा पुरा हुँदैन .समाज परिबर्तन को लागि राष्ट्र को शेना झैँ बिना आदेश निर्देश र रेखदेख मा  नै स्वयम अनुशासित नागरिक को उपस्थिति वा उदाहरण देश को प्रमुख आबस्यकता हो र यो आबस्यकता लाइ नागरिक आचार संहिता को ग्रहण गर्ने र  स्वयम निर्देशित भै व्यवहार मा देखाउन सक्नु  पर्छ जसलाई सामान्य अंग्रेजी भाषा मा हामि CIVIC SENSE भनेर बुझ्दछौं.
सूचना प्रविधि को आज को समय मा नेपाली ले पनि CIVIC SENSE भनेको के हो भनेर न् बुझेका भने होइनन बुझेका छन् .अमेरिका ,जापान ,युरोप, अस्ट्रेलिया आदि देश का नागरिक  हरुले देखाउने व्यवहार अनि ति देशमा  विकास निर्माण कसरि भयो ?कसरि सफलता हासिल गर्न सकिन्छ त्यो पनि थाहा छ तर बिडम्बना के भयो भने बुझेर पनि व्यवहार मा देखाउन पर्छ भन्ने बोध न् भएर वा  वास्ता न् गरेको मात्र हो .सत्य चाही के हो भने प्राय बुझ्ने ले पनि यस्तो सचेतना लाइ प्राथमिकतामा राखेर व्यवहार गर्दैनन .यस्तो हुनु को मुख्य कारण हो परम्परागत जातीय,पदीय र सम्पति को आडम्बर र  बर्गीकृत श्रेणी को समाज अर्थात् नागरिक ले समान मानबिय मूल्य र मान्यता को सम्मान  र मर्यादा गर्न न् सिकेको अवस्था हो .आज का उच्च शिक्षा हासिल गरेका युवा पुस्ता  समेत अझै बाऊ बाजे को पद ,थर ,पेशा र सम्पति लाइ आफ्नो सामाजिक प्रतिष्ठा ठान्दछन .जब कि सत्य त् उ जे हो अर्थात् उसको व्यक्तिगत हैसियत् जे हो समाज ले त् त्यति नै देख्ने हो . यसले के महसुस गराउदछ भने हाम्रो समाज मा सामन्त र दासत्व जस्ता दुवै मानसिकता परिबर्तन हुन् सकेको छैन .श्रेणीमा बर्गीकृत समाज लाइ विस्थापन गर्न नागरिक मा "समान मानबिय मूल्य र मान्यता "को सुत्र लाइ आदेशात्मक वा "नागरिक आचार संहिता कानुन" को रुपमा लिने अनि व्यवहार   मा देखाउन सफल हुने हो भने जात भात ,सानो ठुलो ,गरिब धनि का आधार मा हुदै  आएको वा गरिदै आएका सबै नकारात्मक प्रवृति बाट समाज लाइ सजिलै मुक्त गर्न सक्दछौ .

एक अध्ययन का अनुसार जापान सर्बाधिक CIVIC SENSE को मर्म लाइ व्यवहार मा देखाउन सफल समाज हो भने हाम्रो जस्तो समाज अत्यधिक LACK OF CIVIC SENSE ग्रस्त वा प्रकोपयुक्त हो .स्मरण रहोस जापान मा घर अनि स्कुल को प्रारम्भिक चरण देखि नै SENSE OF RESPONSIBILITIES ,MEANING OF CIVIC SENSE ,DIFFINATION OF CIVIC SENSE ,PURPOSE OF CIVIC SENSE ,SENSE OF HUMOR ,SENSE OF BEAUTY जस्ता आधारभूत बिषय को बारेमा शिक्षा दिने गरिन्छ .त्यसैले जापान संसार को एउटा उदाहरणीय मानबिय व्यवहार को समाज हुन् सफल  भएको छ .CIVIC SENSE को सानो उदाहरण हेरौ अभिबादन !अभिबादन बास्तबमा प्रत्यक ले प्रत्यक लाइ गर्ने एउटा सामान्य दैनिक व्यवहार वा औपचारिकता हो .जसले पहिले अर्को लाइ देख्छ वा मौका पाउछ उसले आ आफ्नो भाषामा ( नमस्ते ,सेवारो .ओहायो गोदैमासु ,दो -ब्रा-एओ -त्रा,)गर्ने हो .अझ सभ्य समाज मा त् अपरिचित सित पनि आखा जुद्धा HI ! वा समय अनुसार शुभ प्रभात शुभ मध्यान्ह ,शुभ साझ वा शुभ रात्री भनेंन् भने पनि राम्रो मानिदैन .तर हाम्रो समाज मा अझै भ्रम छ कि जात ,पद ,र शासकीय संयन्त्र सित को पहुच वा  उच्च आर्थीक हैसियतको   हाउ भाउ देखाउने लाइ अभिबादन गर्नु पर्दछ र कथित त्यस्ता ठुला ले भने आफ्नो मुड मा फर्काउने /न् फर्काउने गर्दछन यहि नै LACK OF CIVIC SENSE को साधारण रुप हो .अर्को उदाहरण हामि हमेसा नीति नियम वा पदीय जिम्मेवार बोकेका व्यक्ति लाइ दोष दिन्छौँ तर मैले राज्य को नीति नियम लाइ सम्मान र मर्यादा  गर्नु पर्छ त्यसको बिपरित हुने काम स्वयम पनि गर्न हुदैन र अरु लाइ पनि त्यस्तो काम मा दबाब वा प्रोत्साहित गर्नु हुन्न भन्ने तर्फ सोच्ने क्षमता राख्न सक्ने भएका छैनौ .सामान्य कुरो हेरौ त् मन्दिर जस्तो पबित्र आस्था को केन्द्र जान्छौँ तर त्यहाँ घन्टौ  पानि ,खेति ,बच्चा छोडेर लाइन मा बसेका सर्ब साधारण लाइ धकेल्दै कथित ठुला हरु अगाडी बढछन् .यो नै "सामन्त र दास "अर्थात् अमानबियता   को ज्वलन्तता हो .

सामान्यतया समाज को नेतृत्व बर्ग उदाहरणीय हुनु पर्छ भनिएता पनि नेतृत्व लाइ उदाहरणीय बन्न प्रभाब पार्ने दबाब दिने मुख्य तत्व त् हामि नागरिक नै  हौ .समाज मा उच्च आत्मबल ,नैतिकता अनि इमान्दार नागरिक को बाहुल्य हुनु को अर्थ असल नेतृत्व को चयन अर्थात् निर्बाचन हुनु हो अर्थात् उदाहरणीय  नेतृत्व पाउनु हो .परिबर्तन को लागि नागरिक मा भरपुर CIVIC SENSE को व्यवहार हुनु पर्छ .CIVIC SENSE त्यस्तो मानबिय उर्जा हो जसले व्यक्ति समाज र देश लाइ नै उच्च बनाउने गर्दछ .त्यस्तो नागरिक ले देखाउने व्यवहार को उदाहरण हेरौ .१९९५ तिर  को कुरो हो व्यस्त शहर टोक्यो को सार्बजनिक टेलिफोन बुथमा एक युबती ले जापानिज एन २००० मान (    )भएको झोला फेला पारिन .कोठामा पुगिन अनि फर्केर प्रहरी लाइ  त्यो झोला बुझाइन .बेवारिसे त्यो झोला र पैसा को बारेमा हक दाबी गर्न प्रहरी ले सार्बजनिक सूचना संचार मा पठायो .झोला बिर्सने खास व्यक्तिले प्रहरी को मा सम्पर्क गरे स प्रमाण त्यो पैसा आफनो कारखाना मा काम गर्ने हरु को तलब थियो .प्रहरी र संचार ले सोधे ति युबती लाइ त्यो झोला तिमि राख्न सक्थ्यौ किन फिर्ता गर्यौ ?उनले भनिन "मैले सोचे यो पैसा हराउने मानिस कति चिन्तित होला ?कति दुखि होला ?कति रोइ रहेको होला ?कतै आत्महत्या त् गर्दैन ?उसको पनि हो कि होइन अरु को पैसा(अफिस ) भएत झन कति गार्हो पर्या होला !मलाइ मासिक ३० मान को जागिर नै काफी छ अरु लाइ रुवाएर यस्तो पैसा किन लिनु ?

जापान को नै अर्को उदाहरण १९९२ को कुरो हो  साथी हाया कावा र म टोक्यो भन्दा १०० कि मि टाढा ओगावा शहर नजिकै पैदल हिड्दै थियौ एउटा ठुलो फार्म्  देखा पर्यो .फार्म् को मुख्य ढोका मा उत्पादित साग सब्जी ,फलफुल लाइ ब्यबस्थित तरिकाले प्याकिंग गरि राखिएको थियो साथ मा एउटा बाकस (खुत्रुके )बिना मानब को उपस्थिति मा त्यहाँ ब्यापार चली रहेको थियो . जसलाई जे चाहिन्थ्यो लिन्थ्यो र लेखिएको मूल्य त्यो खुद्रुके मा खसालेर जान्थ्यो .मेरो आखा ले जे देख्यो विश्वास गर्न गार्हो भयो .आफनो समाज अनुसार को मानसिकताको उपज प्रश्न तेर्सियो हाया कावा तर्फ यो उत्पादन वा पैसा भएको बाकस कसैले लादेन ?(चोर्दैन).हाया कावा ले असहज मान्दै भने उ हु त्यस्तो हुँदैन .तिमि लाइ थाहा छ किसान ले कति दुख मेहनत र खर्च गरेर  उत्पादन गरि हाम्रो सुबिधा को लागि राखी दिएको छ त्यस्तो अधर्मी अमानबिय सोच कसको हुन् सक्छ जसले त्यो किसान को दुख पसिना महसुस गर्न नसकोस ?फेरी सोधे लाजै पचाएर यदि  त्यस्तो भयो भने ? उसले भन्यो त्यो काम सिर्फ कुनै बिदेशी ले मात्र गर्न सक्दछ  कुनै जापानिज को त्यति कठोर मन हुनै सक्दैन .

तसर्थ परिबर्तन को लागि प्रत्यक नागरिक ले उदाहरणीय व्यवहार देखाउनु पर्दछ .सदभाब ,सहयोग ,शान्त र मेरो कारण ले अर्को लाइ दुख पीडा ,असुबिधा र नोक्सानी न् होस् भन्ने सकारात्मक सोच राख्नु पर्छ .आफ्नो फाइदा को लागि अरुको भाग खोस्ने भन्दा आफ्नै क्षमता मा बिकल्प सोच्ने हुनु पर्छ आफ्नो स्वार्थ पूर्ति को लागि ढोका कुर्न जाने ,नाता जोड्न जाने र दबाब र प्रभाब पार्ने काम गलत हो भन्ने बुझ्ने क्षमता वृद्धि गर्न CIVIC SENSE  अनिबार्य हुन्छ .नागरिक को ढोके प्रवृति ले नै नेतृत्व वर्ग लाइ अनैतिक ,भ्रस्ट र पथ भ्रस्टता मा उक्साई रहेको छ .नेतृत्व बदनाम भैरहेको छ .कमजोर भएको छ .साचो अर्थ मा समाज वा देश परिबर्तन गर्ने हो  भने नागरिक  मा सचेतना वा आचार संहिता (सिविक सेन्स ) लागु हुनु अनिबार्य हुन्छ .


नेपाली पोस्ट मा नोभेम्बर ११ २०१२ मा प्रकाशित 


http://nepalipost.com/index/?a=read&catid=2&id=14089

Thursday, October 11, 2012







सभ्य /असभ्य 

मानिस जंगली भन्छन
 जंगल लाइ असभ्यता को प्रतिक भन्छन  
तर !तर म त् !
मानिस मानिसको भीडमा
बेसाहारा भएर रोइ रहेको देखेको छु .
मानिस मानिस भीडमा
 हराएर डराउदै चिच्याएको देखेको छु 
मानिस मानिस भीडमा 
हिंस्रक रुपले लुटिएको देखिएको छु 
मानिस मानिस को भीडमा 
एक्लो भएर त्रसित रहेको देखेको छु 
मानिस मानिस को भीडमा 
मानिस ले नै न् चिनेर बेवारिसे  भएको नि देखेको छु 
मानिस मानिस को भीडमा 
बाच्न न् सकेर आत्महत्या गरेको देखेको छु 
तर !
जंगली सर्पले पनि आज सम्म 
हानि न् पुर्याउने लाइ खोज्दै झुक्याउदै डसेको थाहा छैन 
तर !
जंगली राजा हिंस्रक शेर ले पनि त्  शहर पसेर मानिस को शिकार गरेको थाहा छैन 
तर !तर !! मानिस उफ्फ !!!
मानिस आफ्नो अनुकुलता को लागि मानिस कै गला रेट्छ
मानिस को शिकार गर्न हतियार बनाउछ .
मानिस आफु बाच्न मानिस को हत्या गर्छ .
आफ्नो फाइदा को लागि आखा को सरम समेत बेच्छ 
जंगल मा सबै जनावर आफ्नो अनुकुल बाची रहेछन 
तर !तर !! शहरमा 
मानिस मानिस को भीडमा 
जीवन को भिख माग्दै हिड्नु परेको छ .
जंगल मा देखेको छै कुनै जात र धर्म 
तर !तर !!
मानिस मानिस को भीडमा 
जात र धर्म को बिभेद छ 
यो कस्तो बिडम्बना ?
मानिस मानिस को भीडमा सबै भन्दा सस्तो छ .
मैले देखेको जंगल त् मानिसकै सभ्यता बचाउने  स्रोत हो 
मैले देखेको जंगल त् शान्ति को आश्रय स्थल हो 
मैले देखेको जंगल त् 
मानिस मानिस को भिडको कोलाहल र तनाव को उपचार हो 
.
 

Thursday, September 20, 2012


लघु कथा -हाम्रो नेता 

एउटा गाउमा उहिले एउटा नामुद गफाडी थियो .उ स्वयम लाइ थाहा थियो कि उसले भनेको कसैले पनि पत्याउदैन भनेर तैपनि मौका जहिले पनि कहिँ न कहिँ केहि बोल्ने मौका को खोजीमा हुन्थ्यो .
बुढा हरु लाइ भेट्यो म पनि तपाइँ हरु जस्तै पाको हुन् पाए कति खुशी हुन्थे भन्थ्यो .
पधेरामा पुगेर आइमाई सित भन्थ्यो म पनि अर्को जुनी मा आइमाई भएर जन्मनु पाउ भनि भगवान सित प्राथना गर्ने गरेको छु भन्थ्यो .
गाउका फटाहा तोरी लाउरे हरु लाइ भेट्यो भने भन्थ्यो बाबु हो "यहि हो खाको लाको पाको "हुने उमेर न डराओ म छु तिमि हरु को साथ मा ..
त्यसै गरि एक दिन को कुरो हो गाउको चिया खाने चौतारी को पसल मा केहि साहित्य सित सम्बन्धित  मानिस चिया  पाउरोटी  पुस्टकारी खादै गफ गर्दै थिए 
 गाउको त्यो गफाडी पनि आई पुग्यो .ताई न तुइ हात मा लाग्यो दुइ भने जस्तो गफ निकाल्न थालि हाल्यो .
उ स्वयम ले भन थाल्यो गफ पनि के गर्नु हो गाउले हो तिमि हरु सित जति सद्धे कुरो गरे पनि तिमि हरु ले पत्याउने होइनौ .
रामे .सुन्दर हरि हत्के बिर्खे  हरु अग्रज साहित्यकार र उनि हरु को कृति को बारेमा छलफल गर्दै थिए उनि हरुले ले हास्दै एकै स्वर मा भने पत्याउने हुने कुरो गर न हामि  पत्याई हाल्छौँ नि !
उसले अफ्नो बारेमा अनेक कुरो गर्यो आफ्नो गुण अनि खुबी को बारेमा भन्यो म यस्तो म उस्तो आदि आदि गाउले हरुले  निर्बिबाद उसको कुरो सुनी रहे  .देश विदेश को अनेक खबर भन्यो अन्त मा भन्यो त्यति मात्र हो र म त् साहित्य प्रेमी पनि त् हु नि तिमि हरुले मलाइ चिनेका नै छैनौ .
मैले आज मात्र कस्तो खतरा कविता लेखेको छु .
ए हो र कहिले सुनाएको भए पो त् थाहा पाउनु त् गाउले हरु ले  उसको कुरो मा सहि थापे .
बिर्खेले भन्यो सुनाउ न त् तिम्रो कविता हामी पनि सुनौ !
उसले भन्यो सुनाउ त् ?
सबै ले एक स्वर मा भने सुनाउ सुनाउ 
उसले सुरु गर्यो उहु उह औशिको रात टह टह जुन ........बाँकी के बोल्न आटेको थियो .
वरिपरी बसेर सुन्ने हरु खित  .....खित...... खित........... खित .....खुत्........खुत् ...........खुत्  उहूऊऊऊऊऊम ..... उहूउ  .....हा  ...हा.... हा..... हा  हि.... हि .हि...... हि     गर्न थाले 
बिर्खेको  को चिया सर्केर  राम प्रसाद को सेतो कमिज भरी पर्यो उता हर्केको मुख बाट उछिट्टिएको चियो को  सर्कोले  हरि को कमिज को बेहाल बनाइ दियो .अर्को को जिउ भरि ...कसैको पाउरोटी मुख बाट उछिट्टिएर    अर्को को गाला  मा अर्को को भर्खरै मुखमा हालेको  पुस्टकारी फुत्केर शिबे को ज्वारी कोट को बगलीमा ....एक ले अर्को को मुख हेर्दै हास्दै गर्दा हाशोले झन उग्र रुप लियो .कसैको आखा बाट आशु झार्न थाले कसैको नाक बाट सिंगान त् कसैको मुख बाट अनियन्त्रित थुक को छिट्टा फुत्तुत्तु निस्कियो .
सबै पेट मिच्दै उफ उफ गर्दै यता उतिः हल्लिन थाले लाग्थ्यो त्यहाँ १५ रेक्टर को महा भूकम्प नै आएको छ .
न त् गफाडीले उसको कविता  बाचन अगाडी बढाउन सक्यो  न त् अरु कसैले अरु अगाडी के छ भन्न त्  भनेर सोध्न  नै सके 
 उ रातो मुख लगाएर सुइकुच्चा ठोक्यो .
यता गाउले हरु पनि औशी को रात टह  टह   जुन भन्दै   हास्दै बाटो लागे .
समय बित्दै गयो ,को कहाँ पुगे को के भए !
गाउले  लाइ देख्दा उ गफाडी  कर्के आखा ले हेर्थ्यो .सम्भब भए बाटो काटेर अर्कै तर्फ बाट हिड्न थालेको थियो .
अहिले त् उ हाम्रो गाउको मुखिया भएको छ रे 
कस्तो होला अब त्यो गाउ अहिले भनेर विदेश बाट एउटा ले सोधेको थियो .
बिर्खे ले भनि दियो उही त् हो औशी को रात टह टह जुन ......झिंगापुर्  माथि सिंगापुर को खोल ..
खित खित खित ........खुत् खुत् खुत्     हि .... हि..... हि...... हा..... हा.... हा .....
(साभार नेपालीपोस्ट डट कम SEPT1 7 2012)