Pages

Wednesday, August 1, 2012



यात्रा स्मरण लस  भेगास मा एक रात
शेखर ढुंगेल
अमेरिका भास्सिएको दशक छुनै लाग्दा सम्म पनि आफु बसेको ठाऊ भन्दा करीब ६०० माईल पर नेभाड़ा राज्य मा अबस्थित बिस्व प्रसिद्द रंगीन जुवाडे हरु को शहर लॉस भेगास पुग्ने  त्यहा को रंगी बिरंगी तमाशा हेर्ने मौका मिलेको थिएन . अझ भनौ आफ्नो आबस्यकता को परिपूर्ति को लागी काम मा जोत्तिदै मा फुर्सद मिलेको थिएन . अमेरिका बासी को मात्र  भै बिस्व  कै  पर्यटक हरु को आकर्षण एबम गंतब्य बनेको यो शहर क्यालिफोर्निया को लॉस अन्जेलस , हलिवूड केंद्र( स्टूडियो ) र अर्को बिस्व प्रसिद्द मनोरंजन को प्रतिक डिज्ने ल्यांड भएको ठाऊ हरु  बाट २००-३०० को दुरी मा अबस्थित  . त्यसैले धेरै जसो पर्यटक हरु एक्कै पटक मा यी तिनै ठाऊ को चक्कर लगाउने कार्यक्रम बनाउद छन .  जुवा क़ा पारखी व़ा सौखीन  भने लॉस भेगास मात्र जाने गर्दछन . 
यो पटक पनि बास्तब     मा म सच्चिकै मनोरंजन गर्न भनेर  निस्केको  भने होइन .   मं क्यालिफोर्निया बाट ओमाहा नेब्रास्का को लागी बसाई सराई गर्ने क्रम मा बाटों मा परेको कारण ले यो मौका मिलेको थियो . आकाँक्षा ले जन्माएको ब्यबहार को भारी न बिसौदा सम्म मनोरंजन को स्वाद लीन गार्हो हुदोरैछ . जुवाड़े हरु को शहर अर्थात क्यासिनो नै क्यासिनो हरु को शहर को भ्रमण को क्रम मा साथ मा हुनु हुन्थ्यो नेपाल को अग्र स्थान का घर जग्गा ब्यापारी एबम भूगर्बबिद ( इंजिनियर ) श्री शंकर गिरी जी . वहा लाई कोलोराडो जानू थियो मलाई कोलोराडो हुदै नेब्रास्का पुग्नु थियो मलाई लामो सड़क यात्रा को लागी साथी चाहिएको वहा लाई घुम्ने इच्छा यसरी हाम्रो यो सड़क को सहयात्रा जुरेको थियो .केही दिन अगाडी गिरी जी सीत अमेरिका क़ा लागि नेपाली राजदूत डा श्री शंकर प्रसाद शर्मा ज्यू को सनफ्रान्सिसको भ्रमण मा स्वागत गर्ने कार्यक्रम को सिलसिला मा भेट भएको थियो . कुरै कुरा मा म नेब्रास्का सर्दै छू  भन्ने कुरा भए पछि  त्यसो भए लौ डेनभर सम्म म पनि संगै जान्छु भन्नु भयो र यो यात्रा मा मेरो साथ मा हुनु हुन्थ्यो वा सम्मिलित हुनु भयो भनौ .
अमेरिका सभ्य तरिका ले दिउसै कानूनी रूपले ग्राहक लुटने काइदा हरु अपनाउने देस भन्दा अन्यथा नमान्दा हुन्छ . अर्को शब्द मा जस्लाई " White crime ' भनिन्छ . फ्री भनेर ध्यान खिच्छ अनि घुमाएर लड़ौछ ग्राहक लाई ठुलो अक्षर मा यो फ्री त्यों फ्री भन्छ अनि तल आखा ले देख्न  न सक्ने सानो अक्षर मा प्राबधन वा शर्त   लेखेको हुन्छ . अमेरिकन हरु स्वयम भंदछनं ' NOTHING  FREE in  this  Country  "   त्यों साझ ( ०३-१४-२०१०) हामी लाई पनि त्यस्तै  पर्यो  . एउटा होटल ले भ्रम मा पारेर लड़ायो लॉस भेगास मा . हामीले होटल अग्रिम बुकिंग गरेका थिएनौ . साझ को  बजेको अर्थात रात झिमिक्क भै सकेको थियो . शहर मा जता हेर्यो त्यताई होटल बार डिस्को का आकर्षण बड़े बड़े मा को बोर्ड हरु देखिन्थ्यो . करीब आधा घंटा चक्कर लगायौ कुनं होटल मा बस्ने भनेर अंत मा हाम्रो आखा पुग्यो १६ तले PALACE  STATION  TOWER HOTEL मा कोठा को भाडा लेखिएको थियो एक रात को २४.९९ डलर मात्र वाह यो  निक्कै सस्तो हो . हाम्रो सहमति भयो यही होटल मा बस्ने कोठा बाट शहर को मनमोहक दृश्य पनि हेर्न्न पाइने . लगातार १० घंटा को कार चलाई ले थकाई पनि लागेको थियो छिटो भन्दा छिटो कोठा लिएर आराम गर्न मन लागेको थियो ल जाऊ  त भनेर . जब कोठा लिने बेला भयो हामी ले भन्यौ सब भन्दा माथिल्लो तला को कोठा मिलाई देऊ . होटल क्लर्क भन्छ त्यसको त ९९.९९ पर्छ भयो अब ? हामीले समझायौ माथि बिग्यापन मा त २४.९९ मात्र लेखेको देखेर आएको के हो यो तिम्रो ताल ?  उसले दात देखाएर सरी  भन्दै भन्यो  त्यों रेट त ग्राउंड फ्लोर को हो . त्यही भए नि देऊ क़ा जानु अब भन्यौ . हिसाब गरेर भन्छ २४.९९ +ट्याक्स + १५.९९ कोठा को सर्भिस चार्ज रे हामी ले भन्यौ हामी लाई  कुनै रूम सर्भिस चाहिदैन . त्यों त होटल को रुल हो रे तिर्नै पर्छ यसरी लड़ौछ ग्राहक लाई यहाँ . लौ भनेर कोठा लियौ अर्को १००.०० डलर डिपोजिट पनि राख्नु पर्ने . त्यति सम्म त भयो भर्खर सम्म ग्राउंड फ्लोर भनेको त त्यों पनि १६ तले त हेर्ने मात्र रहेछ बाहिर पट्टी घोड़ा तबला जस्तो दुई तले पुरानो घर  मा पुर्याई दियो . . मन मा गोर्खाली आगो न बलेको होइन पैसा फिर्ता लिएर अन्ताई होटल मा जाने तर तुरुन्ताई मन लाई काबू मा राख्यौ र भन्यौ आ एक रात त हो नि जे पर्ला कता जानु अब भनी त्यही बस्यौ . 
हामी फ्रेस भएर निक्लियौ लॉस भेगास को रंगीन सडक मा . होटल र क्यासिनी हरु को झकी झकाऊ बिजुली बत्ती , ठेल मठेल गर्दै हिडेका संसार भरिका पर्यटक हरु त्यस मा पनि पस्चिमेली सभ्यता ? अर्ध नग्न पोशाक मा सज्जिएका आधुनिक  परी हरु , क्याब्रे डांस , स्ट्रीप डांस र बार को लागी प्रचार प्रशार मा बसेका  मीगो , आमिगा हरु ( मेक्सिकन नर नारी )  को भीड़ , मानब निर्मित बिध्युतीय झरना , पहाड़ , बगैचा , काफी सप देखि रेस्टुरा जता पनि क्यासिनो गेम क़ा मशीन , फल्स  पोकर खेलाउन आकर्षण र हाउ भौऊ  मा ब्यस्त नर नारी हरु वाह सब आफ्नै धुन मा मस्त २४ घंटा ब्यस्त पहाड़ को खोच , खेती को लागी  अयोग्य जमिन  र बस्ती भन्दा टाढा  पुगेर स्थापना गरिएको यो रमझम शहर बिस्व मै प्रचलित नाम हो .
शंकर जी र मैले त्यहा स्थित आधुनिक प्रबिधि को एनिमेसन स्टूडियो मा फोटो खिच्यौ, भिडियो बनायौ . त्यहा को रंगीन  सड़क मा हामीले दुई घंटा बितायौ. गिरी जी लाई कताई क्याब्रे डांस बार तीर जाने इच्छा थियो की जस्तो अनुमान गरेको थिए की न की वहा ले मीगो हरु सीत निक्कै बुकलेट लिनू भएको थियो तर वहा पनि खुल्न सक्नु भएँन र मलाई भने इच्छा न भएको ले जिज्ञासा नै राखींन . अब क्यासिनो को पैसा बनाउने मशीन सीत खेल्ने सहमति भयो कहा जाने त भन्दा आफै बसेको होटल मा जाने खाना खाने , तिन पानी लडाउने र खेल्ने भन्दै होटल तर्फ लाग्यौ . 

एक पेनी देखि सय डलर सम्म क़ा खेल छन , फल्स पोकर को कुरा अर्कै . बस्यौ मशीन मा कहिले एक पेनी क्लिक गर्यो कहिले सुको वाला . एक गेम क्लिक गर्यो टुरुंग टुरुंग गर्छ . जितेको भए टुरुंग टुरुंग अ अ अ लामो हल्ला गर्छ जितेन भने छुस अर्थात पैसा भुस को संकेत गर्छ . हामी दुबई मशीन को गेम मा नै मख्ख थियौ . मैले एउटा मशीन मा एक डलर घुसाएको  त टुरुंग टुरुंग टुरुंग गर्दै ३३ डलर जितेको संकेत गर्यो . अब्ब यसले दिन्न भनेर अर्को मशीन मा सरे त्यसले १३ डलर खायो . अर्को मा सरे ५९ झ्याम पार्यो. अर्को मा सरे मशीनमा जितेको   डलर थपिएको थपियाई टुरुंग टुरुंग टुरुंग टुरुंग ......, अरु जुवाडे हरु ले मलाई घेरी राखेका , कोई मशीन बिग्रेको प्रतिक्रया दिदै थिए मशीन रोकिएको थिएन मेनेजर सेक्युरिटी गार्ड , मेरा सामुन्ने थिए . म त हिसाब नै गर्न न सक्ने भै सकेको थिए , शंकर जी लाई खोजे देखिन . फोन गरे लागेन . मलाई मल्टाई मिलियन डलर बिजेता घोषणा गरी मशीन रोकियो . अब यत्रो पैसा के गर्ने के न गर्ने मन मनाई योजना बनाउन थाले . सुख खोजन ओमाहा जन लागेको त बिच बाटों मै लख डलर पति भैयो बा अब यही बाट क्यालिफोर्निया फर्कने र परिवार लाई सरप्राइज दिने निधो गरे अनि त्यहा बाट सीधी नेपाल जाने बलियो दल लाई पैसा दिने र सासद बन्ने मिले मंत्री बन्ने न भए राजदूत सम्म भे नि हुने योजना कल्पे . समाज सेवा मा लागेर खादा , प्रमाण पत्र , स्वागत , अभिनन्दन , फुल माला पहिर्याउन लगाउने योजना बनाए . सबै दुःख सकिएर सुख को सागर मा बिष्णु ले शेष नाग माथि बिस्तरा लगाएर सुते झै रिल्य्याक्स गर्ने दिन आए भनेर खुसी को आशु तरर र र बग्यो पनि कस्तो लकी दिन मा निस्किएछु घर बाट ?अब बिस्व भ्रमण  मा सुर पनि कसे के गर्ने के न गर्ने / दिमाग ले त काम गर्नै छोड्यो नि ?म त एका एक उडेर जन्मेको ठाऊ पुगेछु आफु हुर्केको बढेको पाखा बारि मा गाई गोठाला जादा का साथी भाई लाई भेट भयो आफु पौड़ी खेलेको खोला कुला सुकेर   पानी को नाम मा दुर्गंधित नाली मात्र बगि राखेको रहेछ मेरो खुट्टा पनि अचानक त्यों नाली मा जाक्किन पुग्यो म झस्केर  खुट्टा  नाली बाट झिक्छु भनेको त झसंग भएर ब्युझिए . मुख मा र्याल र आखा मा चिप्रा भरिएको थियो . शंकर जी उठेर नुहाउन जानु भएको रहेछ ज्या आफु त सपना मा पो रहेछ त ?
थाहा नै भएँन १० घंटा को लामो बाटों को कार हकाई, ४ प्याग रातो तिन पाने दिएको थिए त्यस ले त बिस्तरा मा पुग्ने बित्तिकै निंद्रा देबी को  आक्रमण मा परी हाले छू नि ? के पत्तो  ? . शंकर जी कुन बेला आएर सुतनु भयो त्यों पनि पतों थिएन . बिहान को ९ बजी सकेको रहेछ . होटल मा उपलब्ध४.९९ को बफे ब्रेक फास्ट सक्दो हसुरे र लाग्यौ कोलोराडो तर्फ . अझै १२ घंटा को यात्रा बाँकी  .   




कुइरोमा हराएको  काग झैँ भयो नेपाल को राजनीति 
सुनामी मा फसेको डुंगा झैँ भयो नेपाल को राजनीति 
राष्ट्रपति भन्छन बाबु राम हुन्  काम चलाउ 
दल हरु भन्छन बाबु राम राजिनामा दिएर जाउ 
नेपाल को नियम कानुन संबिधान दैबले जानुन 
जनता लाइ ताउ अनि भुंग्रोमा होमेका छन् 
नेताहरु रिसोर्ट र होटेल को रस्वादंमा मस्त छन् 
अपराधी हरु  लाइ दुहुनो गाइ भएको छ नया  नेपाल 
बिदेशी लाइ मनोरंजन भएको छ पिडित  नेपाल 
आउछन ज्याला छर्छन  निर्देशन दिन्छन जान्छन 
यस्तो निरिह कहिल्यै थिएन  मेरो देश नेपाल 
खोइ अब कझिले कसरि त्यो स्वाभिमान ब्युताउलान 
होस् गरौ बेलैमा हामि स्वर्ग जस्तो यो १७औ पुरानो देश 
नेपाल को अस्तित्व नै मेटाउलान अनि कसरि भन्ने जय नेपाल ?


सत्ताच्युत हुनु पर्दाको पिडा


आजको 'नागरिक दैनिक' मा प्रधानमन्त्री डा. बाबुराम भट्टराई को लेख पढे पछी एउटा कबि ले आफ्नी मायालु लाइ कविता लेखे जस्तो लाग्यो कबि आफुले निस्वार्थ, स्वच्छ राग बिहिन माया गर्ने वा गरेको भाव पोख्दै  लेख्छन "मलाइ तिमि सित कुनै चाह छैन प्रियसी एक्कै छिन काखमा राख्ने धोखो मात्र हो । मलाइ तिमि सित राग पनि छैन प्रियसी एक्कै पटक तिम्रो ओठको रस्वादन गर्ने चाह मात्र हो ।
मलाइ तिम्रो शरीर सित होइन मन सित मात्र माया छ  एक रात बिताउने मात्र धोखो छ प्रियसी तिमि म सित बसी रहु म तिम्रो काखमा लुटुपुटु गरि रहन्छु प्रियसी अरु केहि चाहिदैन प्रियसी "अब त्यति गरि सके पछी बाकि नै के रह्यो र ? हो त्यस्तै डा ।बाबु राम ले आफ्नो सत्ता प्राप्ति को बिग्रह र सत्ताच्युत हुनु पर्दा को पिडा लाइ लेख ले सम्बोधन गरेको छ ।लेख पढ्दा काम चलाउ सरकार को नेतृत्व गरि रहेका डा. बाबुराम कुर्सि बिच्छेद हुनु पर्दा को पिडा ले छटपटाई रहेछन भनेर बुझ्न गार्हो जो कोइ लाइ गार्हो परेको छैन ।
त्यो कुर्सि मा पुग्न उनले गरेको कथित जन युद्ध को घाउ नेपाली ले बिर्सी सके भनेर सोचेका हुन् भने त्यो डा ।बाबु राम को भ्रम हो ।हुन् त् संबिधान सभा को अबसान पस्चात डा ।भट्टराई  आज सम्म कुर्सीमा हुनु को कारण कांग्रेस र एमालेको अक्षमता र नालायकी नै मुख्य हो । तोकिएको समय मा संबिधान बनाउन न सके एक मिनेट पनि कुर्सि मा बस्दिन भनेर कुर्लदै अनि म मा जादु को छडी नै छ झैँ गरि मधेश बादी दल सित असंबैधानिक र राष्ट्रघाती ४ बुदें सम्झौता गरि बहुमतीय आधारमा प्रधानमन्त्री बनेर बिगत ५ बर्ष को दलीय सहमती लाइ लत्याउदै प्रधानमन्त्री बनेका डा. भट्टराई को कारण उनको आफ्नै दलसमेत फुट्यो ।
यो हद सम्म को सत्ता आशक्ति देखाई सकेका डा ,भट्टराई "सौ चुहे खाके बिल्ली चली हज कर्ने "भने जस्तो अहिले तमाम नालायकीपन को नमुना ,असफलता हात लागे पछी र कुर्सी बाट बिच्छेद हुने दिन नजिक आइ पुग्दा "कुर्सि "मोह न भएको म यस्तो  उस्तो भनेर आफ्नो बयान आफैले गर्नु पाखण्डपन को पराकास्ठा हो  ।
तर लेख को मनोविज्ञान तर्फ हेर्ने हो भने कता कता डा. भट्टराई को मन मा ग्लानि र पश्चाताप अनि आफ्नो नालायकीपन एबब असक्षमता बाट आफैमा हिनताबोध ले जरा गाड्दै लगेको हो कि जस्तो पनि देखिन्छ वा मानसिक विक्षिप्तताको प्रारम्भिक चरण पनि हुन् सक्छ ।
डा. भट्टराई को लेखले के कुरो स्पस्ट पारेको  छ भने नेपाली नागरिक मुर्ख नै हुन् र यिनी हरु लाइ अझै मुर्ख बनाउने क्षमता छ म मा भन्ने दम्भ उनि मा देखिएको छ ।आफ्नो नालायकीपन र असक्षमता लाइ पन्छाउँन वा ढाकछोप गर्न "अस्थिरता र अराजकता लाइ "जिम्मेवार देखाएका छन् ।हे कथित बिध्वान डा ,बाबु राम ?त्यो अस्थिरता र अराजकता को कारक तत्व तिमि आफै हो कि होइनौ ?अझ भनौ अस्थिरता र अराजकता को प्रतिमूर्ति नै तिम्रो दम्भ, घमण्ड अनि  तिमीले नेतृत्व गरेको हिंसात्मक जन युद्ध हो कि होइन ?
अझै तिमि नागरिकका  मन मा झुन्डिने चाह राख्छौँ ? भने मौका छ सर्ब प्रथम तिमीले जन युद्ध देश र जनता को बिरुद्ध साबित भयो त्यो हिंसात्मक युद्ध को कारक मै हु मैले गल्ति गरे भनि पश्चाताप गरि राजनीति बाट सन्यास लिएर गोरखा वा बनारस तिर लाग्यौ भने म पनि एउटा त्यागि पुरुष को रुपमा तिम्रो एउटा फोटो झुन्ड्याउछु । होइन भने प्रधानमन्त्री जस्तो पद मा रहेर आफ्नो नालायकीपन को लागि भ्रम पूर्ण लेख छापी  देश को महत्वपुण समय र पाठक को समय बर्बाद गर्दै "गोही को आशु झार्नु को  को कुनै तुक छैन ।
बरु यस्तो लेख ले मानसिक विक्षिप्तता को संकेत मात्र गर्दछ । नागरिक भन्न थालेका छन्" पागल को सिंह उम्रन्छ र ?"एउटा प्रधानमन्त्री जस्तो गरिमामय  सार्बजनिक व्यक्तित्वले आफै लाइ सफाई दिने आफै आफ्नो काम को स्पस्टिकरण को लागि लेखने काम कसैले गर्दैन । वहा आफु लाइ बिध्वान  ठान्नु  हुन्छ भने यो कुरो पनि थाहा होला "judge your self from other eye "न कि आफुले आफै लाइ ।।।।
डा. बाबुराम हाम्रो लागि एउटा यस्तो भ्रम को पहाड बनेर आए  जो उनकै शब्द मा "राजा मिडास जस्तो जे छोयो त्यहि सुन हुने "जस्तो देखिन्थे तर मैले उनलाई त्यो देखेको र सोचेको पनि थिएन अरु ले बधाई को शंख घंट बजाई रहेको बेला मा नै खुल्लापत्र लेख लेखेर उनि तिन महिना भित्र मै बबुरा राम हुनेछन भनेको थिए त्यो भन्दा पनि अब त् दया को पात्र पो बन्न पुगे ।
डा. भट्टराइ माथिको भ्रम को लागि एउटा व्यंग उदाहरण दिनु राम्रो होला "भारत का सुविख्यात हास्यकलाकार कलाकार राजु श्रीवास्तव को एउटा व्यंग जस्तो "एक दिन प्रसिद्ध अभिनेता अमिताभ बच्चन लाइ आफै गाडी हाक्ने रहर लागेछ र आफ्नो ड्राइभर लाइ पछाडी राखी निस्केछां मुम्बई को सडकमा । केहि बेर चलाउदै गर्दा एक ठाउमा उनले सडक को रातो बत्तिमै अगाडी बढे छन् मुम्बई को प्रहरी न हो गाडी रोकी हाल्यो लाइसेन्स माग्न हात बढाउछ त् ट्राफिक नर्भस हुदै उपल्लो हाकिम लाइ सेट मा रिपोर्ट गर्ने प्रयास गर्छ  स स …. स  सर . . सर . . . सर्र्र्र्र्र ! उता बाट आवाज आयो ए सर सर मात्र भन्छस कि अगाडी पनि भन्छस ? स स स र यहाँ आउनु पर्यो उता बाट आवाज आयो के भो के भो ?सर म कार्यबाही गर्न सक्दिन सर नै आउनु पर्यो किन सक्दैनन ?
किन कि अमिताभ बच्चन त् ड्राइभर छन् झन पछाडी बस्ने को होलान सर ?"हो ठिक त्यस्तै भ्रम रह्यो बाबु राम को डा ।प्रमाणपत्र मा देश को पहिलो डा ।प्रधानमन्त्री ले के के न गर्ला के के न बुद्धि होला भनेको त् उनको कार्यकाल देखेर त्यो भ्रम अब टुटी सकेको छ । डा. बाबुराम ले आफु लाइ असल र योग्य देखाउन अब थप समय र उर्जा खर्च गर्नु पर्दैन ।
शैक्षिक प्रमाणपत्र नै बिध्वता वा योग्यता को आधार होइन भन्ने अनुभबी हरुको कथन को पुस्टि गर्ने पछिल्लो उदाहरण डा. भट्टराई बन्न पुगेका छन् । बाबुराम वा माओबादी अनि "सुशासन ?यो जग हसाउने कुरो नै व्यर्थ हो डा. भट्टराई जी कसरि बिर्सनु भयो ? अरबौ खरबौ को रास्ट्रीय सम्पति ध्वस्त पारेको ?कुरो गर्नु भएछ लगानी बोर्ड स्थापना गरे अब जल बिद्युत लगायत का योजना मा लगानी गर्ने बाताबरण बनाए राम राम राम बाबु राम जी लगानी बोर्ड नहुदै यो देश मा लगानी गर्ने को होड बाजी थियो हिजो यहाँ ले नै भगाउनु भएको कसरि बिर्सनु भयो ?
तपाइले जन युद्ध न गरेर ध्वस्त र त्रस्त न पारेको भए आज उपल्लो कर्णाली  मा बिद्युत उत्पादन सुरु भै सक्थ्यो ।मर्स्यान्ग्दी दोस्रो आज भन्दा ४ बर्ष पहिले पुरा भै सक्थ्यो ति लगायत आधा दर्जन भन्दा बढी लघु जलविधुत का योजना नागरीकक ले आफ्नै स्रोत मा तयार पारि  सक्थे ।
देश शान्त थियो नागरिक ले देश को अनुकुल योजना लेराउदै थिए भर्खर एउटा स्वतन्त्र बाताबरण बनेको थियो आर्थिक विकास को लागि निजि क्षेत्र  स्वयम प्रोत्साहित भएको  तर तपाई हरुले नै त्यो बाताबरण को मुन्टो भाची दिनु भयो ।भुत पुर्ब बिशिष्ठ हरु लाइ  बिशेष सुबिधा दिन लेराइएको अध्यादेश को बिरोध हुनु बिडम्बना देख्नु  भएछ ।यसै बाट पनि स्पस्ट हुन्छ डा ।भट्टराई को बौद्धिक स्तर कस्तो रहेछ ।
डा भट्टराई जी तपाइँ को कार्यकाल मा उनि  बिरुद्ध २३८ मुद्धा परे र डा ।भट्टराई  नेतृत्व को सरकार ले गरेको निर्णय बिरुद्ध ३९ वटा मुद्धा सर्बोच्चमा पुग्यो ।तपाइको असक्षमता को अरु प्रमाण के खोज्नु पर्छ ?एउटा बिध्वान  मानिस को गुण हो आफ्नो कमि कमजोरी स्विकार्नु तर डा ।भट्टराई ले  "अस्थिरता र अराजकता "लाइ दोष दिनु भयो त्यो अस्थिरता र अराजकता भनेको तपाइँ नै हो आफुले आफै लाइ दोषी घोषित गर्न सक्नु  भयो भने तपाइँ को लेख मा रहेको केहि कुरो लाइ इमानदारीको दृष्टि ले  ले हेर्न सकिन्छ ।
डा. भट्टराई जी नागरिक ले यहाँ को असलियत, क्षमता, योग्यता र नियत बुझी सकेका छन् । आफु लाइ चोखो बनाउने दुस्प्रयास को केहि अर्थ छैन ।अझै जनता को मन मा बस्ने कुरो गर्नु हुन्छ ?हो बस्नु हुन्छ जसरि बिन लादेन, हिटलर  संसार को मानिस को मन मा रहेका छन् त्यसै गरि तपाइँ पनि प्रत्यक नेपाली रहुन्जेल हिंसात्मक जन युद्ध, बिसौ हज्जार गरिब नेपाली को हत्या अपहरण अंग भंग अस्थिरता अराजकता को नेतृत्व कर्ता को रुपमा कालो छायाँ बनेर युगौ युग रहनु हुनेछ त्यसमा त् मलाइ पनि शंका छैन ।
"हज्जारौ जनता को रगत सित खेलेर साधु बन्ने घृष्टता नगरौ "
चेतना भया ।


स्मरण 
"ति दिन हरु ..........!
शेखर ढुंगेल 

जुन दिन मैले जीवनको ब्यबहरिकता महसुस गरे त्यो दिन देखि नै मैले सबै भन्दा बढी मन न पराएको केहि  चिज छन  ति मध्य एक आडम्बर ,दुइ समय ,तिन झुठको खेति र चार गणेश प्रवृति हो .जति ओढ़दिन भन्छु आडम्बर को छाता अनेक सामाजिक बहाना बनाएर मेरो टाउको मा बस्न छोडेको होइन .जति टाढा हुन् खोज्छु भाग्न खोज्छु सम्बन्ध बिच्छेद गर्न खोज्छु यो समू झन झन सधै सधै म भन्दा अगाडी नै कुदी रहेको छ म भने उसको पछी पछी कुदी रहेको छु .उसको प्यारो दास बनेर कुदेको कुद्यै छु .अब त् निश्चित र ढुक्क भै सकेको छु समय ले मलाइ चिता सम्म धकेली रहन्छ धकेली रहन्छ जब म उसको आदेश मान्न असमर्थ हुन्छु  म  उसको पछी पछी कुद्न छोडी दिन्छु अनि त्यो पनि म देखि हार खाएर घाट बाट फर्कन्छ मलाइ त्यहि छोडी अर्को दास को खोजीमा ........

अ साच्ची प्रसंग के पो थियो उह जीवन का ति दिन हरु .त्यो दिन हरु जुन मेरो मस्तिस्क मा आज सम्म ताजै छ .जन्म थलो कटुन्जे भक्तपुर को शुसिला भैरब स्थान वा धाराटोल पनि भन्छन .४ गणेश मध्य एक सुर्य बिनायक मन्दिर /जंगल भन्दा पश्चिम भाग मा रहेको सामान्यतया बिना समुन्द्र को टापु जस्तो अग्लो भूभाग जसलाई पिपल डाडो नामाकरण गरिएको छ त्यहि डाडो को पनि पश्चिम काख मा रहेको थियो मेरो जन्म भुमि मेरो घर जहाँ निल काडाले ढाकेको गोरेटो बाटो थियो ..घर नजिकै लामो इतिहास बोकेको  शुसिला भैरब स्थान मन्दिर छ  .त्यहि मन्दिर को आडमा सम्भबत संसार कै चौडा फेद भएको वृक्ष मध्य एक  काप्रो को बिशाल वृक्ष थियो त्यो वृक्ष  को फेद मा गोलाकार दुइ खण्ड(step) को चौतारो थियो .त्यहि चौतारो मा गाउका बुढा देखि बच्चा सम्म कों कोइ  सुर्योदय देखि अस्त सम्म अटुटरुपमा बसी रहेकै हुन्थ्यो .आफ्नो स्कुलिंग नै त्यहि चौतारी बाट सुरु भएको हो . बुढा पाका हरु को मुख बाट अनेकौ पौराणिक कथा ,उखान टुक्का  सामान्य इतिहास ,सस्कृति लगायत ज्ञान गुण का कुरो देखि बुढा हरुका उबद्र्या कुरा को सामान्यज्ञान को खानि त्यहि चौतारो बाट प्राप्त भएको  थियो .तर अहिले त्यो वृक्ष काटिएको खबर पाउदा मन मा ठुलो  दुख लागेको छ .सामान्य र  व्यक्तिगत सुबिधा को लागि लामो इतिहास बोकेको त्यो वृक्ष नास गर्न न हुने थियो .त्यसमा पनि काप्रो को पात आफैमा दुर्लभ र महौषधि थियो  . त्यो बिशाल काप्रो  को वृक्ष मा अर्को दुर्लभ जन्तु ?(पन्छी )चमेरो को घर थियो .सैयौ चमेरो हरु रात  भर त्यो वृक्ष को तोडको मा बस्दथे अनि दिन मा यता उति जान्थे खास  गरि भक्तपुर सल्लाघारीको बिसाल अग्ला  सल्लाका रुख हरुमा झुन्डिएर बसेको द्रिस्य पर्यटक हरुको लागि पनि आकर्षण बनेको हुन्थ्यो  . कटुन्जे को पिपल डाडो जुन सामान्यतया उपत्यकाको सबै भाग बाट देखिन्थ्यो.मेरो अफ्नो घर को झ्याल बाट घन्टाघर ,गौचरण (हाल को त्रिभुवन विमानस्थल),धरहरा ,बौद्ध र स्वयम्भु नाथ को मन्दिर स्पस्ट देखिन्थ्यो ,बिहान सबेरै सबेरै उत्तर पट्टि हासी रहेको हिमाल लाइ टाढै बाट दर्शन गरिन्थ्यो किन कि हिम पर्बत मा शिब जी भगवान बस्नु हुन्छ भनेर बताइएको थियो . पहिलेको कुरो  अहिले कस्तो छ  थाहा छैन केहि बर्ष अगाडी जापान जादा जापानिज हरुले त्यहाँ को उच्च पर्बत फुजी लाइ फुजी सान (जी ,ज्यु )भनेर आदर पुर्बक सम्बोधन गरेको सुन्दा उहिले हिमाल लाइ आदर गरेर नमस्कार गर्ने हाम्रो सस्कार पनि राम्रो नै थियो भन्ने महसुस भएको थियो ,कटुन्जे मा अहिले पनि रहेको पिपल बोट  त्यहि पिपल होरे जुन पिपल ऐतिहासिक राजा बिक्रमादित्यको कुनै रानी को दरबार थियो रे त्यहाँ अनि दरबार को कौसीमा त्यो पिपल थियो रे कुनै बेला को भूकम्प ले दरबार भास्सिदा त्यो पिपल को रुख मा बस्ने पुतली मध्ये बत्तिस वटा  बाट पुतली उडेर अहिले को बानेस्वर स्थित बत्तीसपुतली  को कुनै रुख मा गएर बसे रे त्यहि दिन देखि त्यो ठाउ को नाम बत्तिस पुतली भएको रे भनेर त्यहि शुसिला भैरब मन्दिर को चौतारीमा आफु भन्दा ठुला ले बताएको गफ हो जुन आज सम्म अमिट भएर बसेको छ .

शुसिला भैरब मन्दिर मा पहिले पहिले प्रत्यक दिन बिहान गाउका नेवार समुह को (गुठि )टोलि ले भजन गाउने गर्दथे. खोइ  कति बर्षको थिए कुन्नि त्यहि ५ सय मिटर कै दुरी मा पर्दथ्यो घर मन्दिर मा भजन गएको आवाज सुनिन्थ्यो तर शब्द बुझ्न गार्हो  भएर होला मेरो कान मा भने "भैरब नाथ खिच्चा  चा ,पशुपति खिच्चा चा ...के के खिच्चा चा भनेको सुन्थे (खिच्चा चा भनेको नेवारी भाषामा कुक्कुर हो ) अब मेरो दिमाग घुम्न थाल्यो  हे राम भगवान हरु लाइ किन कुक्कुर भनेको होला भनेर ....त्यो दिन त्यसै भयो भोलि पल्ट शनिबार गए मन्दिर अनि नजिकै बसेर सुने   आखिर भनेका रहेछन भैरब नाथ कि जय जय जय  ,पशुपति नाथ को जय जय .जय सुनियो अर्कै .त् कसको के लाग्छ ?आफु ८/१० बर्ष को हुदा त्यस बेला ५०/६० पुगेका बाजे कुप्रो बाजे हरु आफ्नो बच्चा बेला को कथा सुनाउथे अचम्म लाग्दथ्यो अबिस्वसनिय नै लाग्दथ्यो .५ रुपिया माना घ्यु किन्ने बेला मा रुपिया को ५ माना घ्यु किन्थ्यौ भन्दा पत्याउनु पनि कसरि ?आज आफै ५ दश को ढोकामा प्रवेश गर्न लाग्दा आफ्ना बच्चा लाइ भक्तपुर बाट त्यस बेला साझा बस चल्नु भन्दा पहिले आक्कल झुक्कल भेट्टाए लहरी नत्र हिडेर नै काठमाण्डौं जान्थ्यौ भन्दा पत्याउदैनन्...वाह ति दिन हरु बच्चा बिरामी हुदा प्राय ज्ञानेश्वर मन्दिर र स्वयम्भु मन्दिर को लागि चामल मंछेर हे ज्ञानेश्वर हे स्वयम्भु नाथ मेरो छोरो लाइ छिट्टै निको बनाइ देउ म छिट्टै तिम्रो दर्शन गर्न लेराउछु भनेर सो मन्छे को चामल फुल अबिर कसरी एउटा चोखो सेतो कपडा मा बाधेर राख्ने गर्थे अनि एक दिन गाउका छर छिमेकी मिलेर संगै हिडेर ज्ञानेश्वर स्वयम्भु पुगी फर्केर आइन्थ्यो ..आफु लाइ त् आमा दिदि ले बोकी हाल्थे उनि हरु लाइ कति गार्हो भएको थियो होला ?अहिले महसुस हुदैछ .अझ म त्यो १०/१२ बर्ष को हुदाँ स्कुल बाट फर्केर आए पछी हिउद मा आफ्नो करेसा बारी मात्र हो र ?लगभग ६ रोपनी बारीको पाटो  एक्लै ले सेल रोटि जस्तो घुमाइ घुमाइ ड्यांग बनाएर खन्थे भन्दा ज्यान गए विश्वास गर्दैनन .अहिले सम्झन्छु म आफै लाइ पनि न त् आट आउछ पनि ....त्यति खन्न सायद १५ /२० दिन लाग्दथ्यो जुन एक व्यक्ति को लागि ज्याला ५ रुपिया वा एक पाथी मकै  र ८/१० जना  खेताला ले खन्नु पर्ने हुन्थ्यो .त्यति खनेर आमा सित झगडा गरेर ५०पैसा लिन्थे अनि दौडन्थे नव दुर्गा चलचित्र मन्दिर भक्तपुर मा सिनेमा हेर्न .त्यस बेला तेस्रो श्रेणी अर्थात थर्ड क्लास को पैसा तिर्नु पर्थ्यो .तिन रुपिया पचास पैसा तिरेर बाल्कोनी मा बसेर हेर्ने त् सपना नै हुन्थ्यो .पहिलो पटक बाल्कोनी मा बस्ने मौका त्यस बेला मिल्यो जुन बेला कान्छी  दिदि दानु को बिबाह भएको थियो भिनाजु बद्रि रिसाल ले दिदि लाइ सिनेमा हेर्न लैजान खोज्दा दिदि  लाज ले जान न मानेर म साथी जानु परेको थियो .आफु लाइ बिशेष गरि दिलिप कुमार को चलचित्र अति नै मन पर्थ्यो .उनले खेलेका प्रेम कथामा आधारित सिनेमा झन मन पर्थ्यो .कतिपय सिनेमा मा उनले आखा फुटाएको द्रिस्य मन मा प्रभाब पार्ने हुन्थ्यो .के कुरो गर्ने अहिले ?दोस्ती  दुइ मित्र (अन्धो र लंगडो ) को कथा ११ पटक सम्म हेरियो दिलिप कुमार कै यहुदी ,दाग .र कोहिनुर जस्ता सिनेमा ५/५ पटक सम्म हेरियो .मेरे हम सफर सिनेमा हेर्दा आखा बाट तररर आशु आएको थियो .अझ अर्को घटना ताजै च मन मा एक जना दिदि हुनु हुन्थ्यो संगै काम गर्ने शाही औषधि लिमिटेड मा वहा को श्रीमान के बि खड्का अति भद्र मान्छे  एक दिन अफिस मा आउनु भयो र मलाइ समेत भक्तपुर उही सिनेमा घर मा लिएर जानु भयो यहि मेरी हम सफर सिनेमा हेर्दा हेर्दै दुवै जना नै यसरि रुनु भयो कि म पनि  रुन थाले .अब त् त्यस्ता प्रेम कहानी नै वाहियात लाग्न थाल्यो .आखिर एउटा ले कल्पेको कथा मा काल्पनिक पात्र लाइ पर्दा मा देखाएर संगित ले रंग भरेर प्रस्तुत गरिने सिनेमाले कसरि मन मा प्रभाब पार्न सक्छ आज सम पनि खोजीकै बिषय भएको छ .त्यस बेला चलेकै दिन हेर्ने पर्ने बानि अब दुइ ४ बर्ष मा पनि एउटा सिनेमा हेर्न न इच्छा हुन्छ न समय निकाल्न सकिन्छ .

अहिले के अनुभूति भै राखेको छ भने त्यस बेला पैसा को मुल्य थियो बस्तुको(जमिन ,खाने कुरो .लत्ता कपडा ) मूल्य थिएन .अहिले बस्तु को मुल्य बढेको छ पैसा को मुल्य धेरै नै अबमुल्यन भएको छ . ३२ सालमा  हामीले  १२०० मा डेढ रोपनी जग्गा बेचेको थियौ  अज त्यो जमिन को भाउ आना को ६ लाख पुगेको छ . हा..... हा... हा...... हा...... हा..... हा ...समय र परिबर्तन !कहिले काही त् आफैले भोगेको र व्यहोरेको यथार्तता आज आफै लाइ अबिस्वसनिय झैँ लाग्दछ .अहिले अमेरिका मा नै छन् एक जना छिमेकी जो नेपाल मा प्रतिष्ठित सस्था को प्रमुख भएर जिम्मेवारी सम्हालेका थिए र अहिले पि एच डी  लेख्छन नाम को अगाडी  .आफ्नो भन्दा तिन  चार बर्ष मात्र जेठा हामि त्यहि ५/७ जना हुन्थ्यौ स्कुल जाने एउटा समुह त्यसमा अहिलेका पि एच डी ले भनेको हामीले मान्ने पर्ने वा मान्ने गर्दथ्यौ .कटुन्जे देखि पैदल भक्तपुर शहर भित्र रहेको पद्मोदय हाइ स्कुल .बिद्यार्थी निकेतन ,शारदा माध्यमिक स्कुल .सरस्वती बिध्यागृह जस्ता थोरै मात्र माध्यमिक बिध्यालय हरु थिए त्यस बेला हामि ति मध्ये एक  मा पढ्न जान्थ्यौ .कटुन्जे बाट हनुमन्ते खोला सल्लाघारी पार गर्दै तत्कालिन शाही नेपाली शेना को काली बक्स गण को बाटो हुदै स्कुल पुग्ने गर्दथ्यौ .कहिले काही आकल झुक्कल बनेपा धुलिखेल चल्ने बस आइ पुगे सुर्य बिनायक सम्म पुगेर हिडेर जानु पर्थ्यो .प्राय जस्तो आ आफ्नो घर मा पालेको गाइ हुन्थे साथमा गाइ लाइ त्यहि काली बक्स गण अगाडी को चौर (टुँडिखेल )मा छोडेर स्कुल जान्थ्यौ र फर्कदा पनि गाइ धपाउदै घर आउथ्यौ .त्यो टुडिखेल मा केहि साँढे हरु हुन्थे ति साँढे हरु भक्तपुर जिल्ला का बिभिन्न गाउ बाट प्रजनन को लागि उपयोग हुन्थे .अहिले का ति पि एच डी गाउले छिमेकीले  सिनेमा हेर्न, साइकल भाडा मा लिएर चढ्न पैसा जोड्न काइदा को जुक्ति निकाल्ने गर्दथे .त्यो मध्ये एक थियो टुडिखेलमा प्रजनन को लागि गाउ बाट लेराएको गाइ लिएर कोइ आयो भने साँढे खोजेर धपाएर लेराइ घेरा हालेर गाइ को नजिक पुर्याई दिने काम थियो .प्रजनन कार्य गराई दिए बापत गाइ धनि बाट सुको मोहर वा रुपिया समेत हात लाग्दथ्यो .अनि कि त् सिनेमा हेर्न गयो कि त् ढुध पाटि मा रहेको बुलाल को साइकल पसल मा गएर एक घण्टा को लागि एक मोहर तिरेर साइकल टुडिखेल मा लेराएर पालै पालो चढ्यो बस .साइकल भाडा मा लिएको एउटा ठुलो घटना पनि याद छ  अझै एक दिन  थिमि बाट साइकल भाडा मा लिएर पशुपति सम्म आइयो .दिनभरिको दुइ रुपिया लिन्थ्यो .मधु ढुंगेल र म पशुपति घुमेर गाउ मा एक फन्को लगाइयो .साइकल चढ्नु पनि गौरब को कुरो थियो समय र उमेर न हो ?जब साझ साइकल बुझाउन जादै थियौ  मैले चढेको साइकल को हांडील मुनि को भाग नै भाचियो .त्यो दिन साइकल मधु को नाम मा लिएको थियो कारण के भने थिमि को त्यो साइकल पसले ले मलाइ चिन्दैनथ्यो मधु को बुबा गाउ को प्रधान पंच(नेत्र नाथ शर्मा )भएको ले सबैले चिन्ने नै भए .त्यसैले उसको नाम मा लिएको थियौ .अब के गर्ने साइकल भाच्चियो के कति तिराउने हो भन्ने डर लाग्यो .बिस्तार डोर्याएर लगेर साइकल अलि कुना मा लगेर राखेर   हिड्न के लागेका थियौ ओ ब्रम्ह चा (बाहुन ) यो साइकल किन भाचेको लौ पैसा तिर भनेर हामि लाइ समात्न आयो .बगली मा सुको छैन के गर्ने ?मधु  लाइ त् समाती  हाल्यो म बुर्कुसी मारेर भागे .धेरै बेर पछी मधु त् आयो तर लगाएको कोट पसले लाइ बुझाएर ....मधुको आमा मिना मिस सार्है कडा मान्छे  म त् डर ले केहि दिन मधु को घर मा नै गएको थिएन ,केहि दिन पछि थाहा भयो अर्को दिन एक जना दाइ हुनु हुन्थ्यो प्रहरी मा त्यहि थिमि मा सिताराम ढुंगेल वहा ले लेराइ दिनु भएछ कोट ...पसले लाइ हप्काएर केटाकेटी लाइ साइकल दिनु हुन्छ भनेर उल्टो तर्साएर ...
क्रमश ............................................