Pages

Wednesday, August 1, 2012


गित 
सपना आखिर सपनै हुन्छ 
सत्य कहाँ हुन्छ र ?
न चाहे नि न खोजे नि 
हर पल पछ्याउन यसले कहाँ छोड्छ र ?
यो सपना मान्छे लाइ सुखी हुन्  कहाँ दिन्छ र ?
सपना .......................................


झुपडी मै खुसि थियो यो मन 
रुख्खा सुख्खा खाएर नै हासी रंथ्यो यो तन 
भत्काई दियो सुन्दर सुन्दर झुपडी 
खोसी दियो खोले पानि 
यो झुठो सपनीले @२
यो सपनी ले मान्छे लाइ सुखी हुन्  कहाँ दिन्छ र 
सपना ...............

शान्तै  थिए मन का गोरेटा हरु 
शितल थिए आखा का झरना हरु 
उडाइ दियो शान्ति मन को 
झोसी दियो राग आखा   मा 
यो झुठो सपनी ले -@२
यो सपनीले मान्छे लाइ सुखी हुन् कहाँ दिन्छ र ?




कविता -उनको  चिठ्ठी 
शेखर ढुंगेल 

पुग्यौ सपना को देश मा तिमिहरु  
के पायौ के गुमायौ हिसाब पनि गर्दै छौ कि ?
या 
सब बिर्सेर अतित का पिडा हरु 
बिन्दास रमाउदै पो छौ कि ?
कतै 
तनाबमा परि आफै लाइ हराएका त् छैनौ ?
पाखा बारी बाझो बन्दै छ यता 
त्यता खोइ तिमि के गर्दैछौँ ?
पोहोर साल बाजे बिते छोरा 
मलामी ज्याला तिरेर  ल्याउनु पर्यो  
कल कल बग्ने झरना ,नदि सुक्न थाले 
तिमि त् सागर मा डुबुल्की मार्न व्यस्त हौला ?
आउदै छ कि मुख मा पानि लप्सी को अचार सम्झेर 
कि 
आदत बनाइ  सक्यौ जिब्रोको साथी पिजा र बर्गर ?
कहाँ पाउदा हौलाउ र खेल्न छुनुमुनु गर्ने पाठो र बहर 
बल्झेका  हौलाउ साझ बिहान चलाउदैमा  कम्पुटर ?
उडु उडु  फर्कु फर्कु त् लाग्दो हो ?
गुरास फुल्ने डाडा पाखा सम्झेर !
घोत्लिंछौ होला कहिले काही त् 
बाल सखा के गर्दै होलान भनेर 
कति दशैँ गयो जमरा ओइलाई सुके 
कति तिहार गयो  सेल रोटि खेर गए 
दिदि बहिनि को आशु पनि सुकी सके 
मन त् भरिएला तिम्रो यो चिठ्ठी पढेर 
तिम्रो जवाफ  त्यहि  त् हो नि 
फसे आमा सन्तान को भबिस्य सोचेर 
म त् बुझ्न सक्छु सन्तान को मन 
तिम्रो मन त् सधै म संगै नै होला 
तिम्रो सन्तान को माया ले रोक्दो हो 
हो तिम्रो लागि 
यो ख्याउटे बुढी सित छ नै के र ?
न त् भोक मेटाउन सक्छु न त् तिम्रो प्यास 
म सित गरिबी छ  ,अभाब छ 
न त् म अहिले तिम्रो र तिम्रो 
सन्तान को लाइ सुरक्षित काख नै छ 
मेरो फुस्रो हात धुलो भरिएको काख ले 
तिमि लाइ कहाँ स्वस्थ राख्न सक्छ र ?
जब आफ्नै अस्तित्वको चिन्ता मा डुबेको छु 
हिजै डाडा घरे कैलो बन्दुक बोकेर आयो 
कान्लामुनि को बगैचा अब देखि उसको राज्यमा पर्यो रे 
फल खान अब उसको अनुमति चाहिन्छ रे
 हर्कमान  को हात मा पठाएको कोसेली पाए 
खो के कारी भन्थ्यो आइ  साझ नपर्दै खोसी लग्यो 
तिम्रो सुखमा खुसि नै छु म यहाँ 
कम से कम तिम्रो चिन्ता त् छैन मलाइ 
खोइ के हावा आयो ?
कोइ कता त् कोइ कता लाग्यौ 
हिजो  तिमि हरु लुटुपुटु गर्ने यो काख 
रित्तो रित्तो कोइ सन्तान नै न भए जस्तो लाग्न थाल्यो 
बगी रहेको आखा को भेल 
खोइ कसले स्नेह ले पुछिदिने होला ?
लौरो ले थेग्न नसक्ने भै सक्यो यो जिर्ण शरीर 
अब त् मलाइ केहि चाहिदैन हे सन्तान हो !
मात्र सबै भाई मिलेर हासी खुसि 
यो घरमा संगै शान्ति सित बसी देओ 
कोइ मादल ठोक्, कोइ  सारंगी रेट 
हिमाल पहाड तराइ जहाँ पुग्छौं 
नौमती धुनमा गएर नाचिदेओ 
आओ  हे सन्तान  अब यो घरमा 
आनन्द सित मिलेर बसी देओ 








कविता -एउटा मानिस एउटा जीवन !
शेखर ढुंगेल 
एउटा मानिस 
एउटा जीवन बोकेर 
एउटा संसार जित्ने सपना देख्छ 
सुखको खोजीमा मानिस स्वयमले पिडा रोप्छ 
पिडा बाड्दछ ,पीडाकै ओछ्यानमा लम्पसारपरि 
पिडा मार्ने औषधि सेवन गर्छ 
आगमनको पिडा भुली सकेको उसले 
प्रस्थानको पिडामा आशु झार्छ 
मानिस को अर्को नाम पिडा पनि रहेछ 
हेर्छु म यो सत्य 
हिंस्रक जन्तु भन्दा धेरै गुणा बढी 
आज मानिस मानिस बाट नै त्रसित छ 
मानब ले मानब लाइ नै पिडा दिने कस्तो दुर्भावना 
चित्कार आशु र छटपटाई भित्र मानिस 
सत्ता भत्ता खोज्छ 
अर्को मानिस को कमजोरी भित्र मानिस 
कुत्सित नियत थोपर्छ 
 अनि मानिस आफ्नो बिजय हास्छ 
एउटा मानिस एउटा जीवन बाच्न 
कल्पना भन्दा बाहिर खोइ के के  पो जे पनि गर्छ 
कतै भान हुन्छ मानिस एउटा सिंगो पिडा हो 
जो जन्मदा आमा लाइ ,
 स्वार्थ पुरा गर्न मित्र लाइ घात् गर्छ 
पल पलको हिसाब राख्छ 
शब्द शब्द को अर्थ राख्छ 
नाफा नोक्सान को अंक कोर्छ 
त्यहि हासो र रोदन्,उत्साह र निरासाको 
गोरेटो सुरु गर्छ 
हिसाब किताबक मिलान मा 
घात् प्रतिघात को नियम लागु गर्छ 
सुख र खुसि को पछी लागेर 
घाम पानि आधि सबै  सहन्छ 
पिडा दिएर रमाउछ
 बिजयी भन्छ हर्षोत्सब गर्छ 
शक्ति को दम्भ देखाउछ 
लाग्दछ गाउ बस्ति जंगल खरानी हुन्छ 
 मानिसले एउटा जीवन हार्ने युद्ध गरि रहेछ  
धेरै युद्ध निमत्याई सक्यो निमत्याई रहन्छ 
मानब समबेदनसिलता र सार्थकता 
म मेरो को भ्रमित परिभाषा बोकी 
एउटा मानिस ठिङ्ग उभिएको छ 
एउटा कोलाहल सिर्जना गरेर 
एउटा अस्त व्यस्तता बोकेर
एउटा भयाबह युद्ध रचेर 
एउटा शान्त सागरमा सुनामी  हुलेर 
परिबर्तन को जामा पहिरिन्छ मानिस 
तर उही वृक्ष उही फुल को सुगन्ध 
उही प्रकृति को अन्न पानि को रस्वादन गर्दै 
संसार जित्ने भ्रम छर्छ मानिस 
एउटा मानिस को आबिस्कार सलाई 
हेर कति खरानी को थुप्रो बन्यो 
एउटा मानिस को आबिस्कार हो 
मानबता लाइ गिज्याउने गोलि 
बम बारुद बन्दुक र मिसाइल बनाउने हरु 
बिषादी पदार्थ बनाउने हरु 
सुर्ती र नसालु पेय  अनि लागु औषध उत्पादक 
सपना अनि दुस्परिणाम व्यहोर्ने नि मानिस हरु 
दम्भ र पाखण्डपन को प्रतिस्पर्धामा 
गार्हो पर्दैछ मानवियताको परिभाषा गर्न 
कहिले बाध्यताको कहिले पश्चाताप को 
बिटुलो आशु झार्छ मानिस अनि स्वार्थ खोज्छ 
पद प्रतिष्ठा र पैसाको अति भोको मानिस 
जीवनभर दौडि रहन्छ आशक्ति बोकेर 
अन्तमा सबै बिर्सेर 
मात्र शान्ति शान्ति खोज्दै छटपटीन्छ मानिस 
तर त्यो दुर्लभ र अर्थहीन  बन्छ 
एउटा मानिस एउटा जीवन भोग्छ 
लालच आशक्ति सपना मा डुबेर 
र सुन्य सुन्य मात्र सुन्य मा सकिन्छ 
खरानी बनेर
मात्र सपना हरु को अन्त गरेर 








गित 

हास्दा हास्दै हारी रहेछु यो जिन्दगि 
हात जोड्छु कोइ न गिज्याई देउ है 
रोक्दा रोक्दै छछल्किएर झर्यो आशु 
बिन्ति छ कमजोर न ठानी देउ है
 आज हास्दा हास्दै ...................

संसार जित्न निस्केको थिए 
हारे म आज आफै मा 
पुस्छु  भन्थे आशु अरुको 
बगी सकेछु आफ्नै आशु को भेलमा 
आज आफ्नै आशुको भेलमा.........
हास्दा हास्दै ................................

सहदा सहदै चोट हरु 
आफै निर्दयी निर्मोही बनि सकेछु 
खोज्दा खोज्दै सुखका बाटो  हरु 
आज दोबाटो मै मरी सकेछु म 
दोबाटो मै मरी सकेछु .......
हास्दा हास्दै .................


०६/१२/२०१२ 
मेनचेस्टर न्यु हेम्पसर
 यु एस ए 



कविता -घोगामा  दाना न लागेको बेला 
शेखर ढुंगेल 

घोगा मा दाना लागेंन 
यो पकृतिले बिर्शेको  काम होइन 
मानब रचित कुचेष्टा को प्रतिफल हो 
मानबियता मरेका हरुको दुस्टता फल त हो 
मरी रहेछ 
अझ भनौ मरी सक्यो मानबियता यहाँ 
अर्थात 
मरी सक्यो सबै सोच यहाँ 
भने 
अब 
सकारात्मक र नकारात्मक सोचको 
बर्गीकरंको के अर्थ यहाँ 
हरेक पल अरुलाई मार्दै 
मात्र म जिउदो रहेको छ यहाँ 
भने 
अब 
निल काँडाको खेति गरेर 
लालिगुराँस हसाउछु भन्नेहरु 
स सम्मानित हुदै  छन् यहाँ 
धारामा पानि आउदैन सहने जनता छन् यहाँ 
बाच्ने अधिकार सुरक्षित छैन सहेकै छन् यहाँ 
जंगली हिंस्रक जन्तु भन्दा 
आज 
मानिस देखि मानिस त्रसित छ 
बिडम्बना कस्तो  यहाँ
अभियुक्त हरु नै न्यायाधिश बनेको बेला 
न्याय पाउने आशा तुषारापत भएकोछ  यहाँ 
कानुनि राज हराएको छ जहाँ 
मानबता हराएको छ 
मानबिय संबेदनशिलता मरेको छ 
त्यसैले दाना न लाग्ने मकैका बिज आयात भएको छ 
मानिसको करङ्ग चढेर
 सत्ता लुछ्ने नीति फापेको छ जहाँ 
देश लुट्ने शासन छाएको छ 
त्यसैले म र मेरो बस्तीमा 
आज 
सकारात्मक सोच मरेको छ 
"मानबिय मूल्य र मान्यता बिहिन "भएको छ 
आज मेरो बस्तिमा धम्कि नाचेको छ त्राश हासेको छ   
नक्कली औषधिको ,नक्कली खाद्यको 
अनि 
घोगा मा दाना नलाग्ने बिज आयात गर्ने अभियुक्त को राज छ .
शहिद को खेति  फस्टाएको बेलामा 
यहाँ सकारात्मक सोच को अर्थ कसले राख्छ 
घोगामा दाना लागेंन
 दुधिलो मकै बच्चाको मुखमा परेंन 
ऋण काटेर किनेको 
आयातित चामल मा पनि मानामा मुठी बालुवा पर्यो 
यहि हो मेरो देश
 आज 
मानबता मरेको देश 
मानबिय संबेदनशिलता हराएको देश 
बादल मा हराएको काग झैँ भएको देश 
सुनामी मा फसेको देश 
मेरो देश 
मकैको घोगा मा दाना नलाग्ने बिज आयात गर्ने 
अपराधिहरुले ब्यापार गर्ने   देश 
 





 














 जातीय बाद मानबता बिरोधि अपराध हो (नेल्सन मण्डेला )! 
शेखर ढुंगेल 
जन जाति वा जातीय अधिकार ,जातीय परिचय र  आबस्यकता त्यसको महत्व र ब्यबस्थापन सम्बन्धमा बिस्व इतिहास र अहिले नेपाल  मा उठेको जातियबाद को पक्ष र बिपक्ष् धेरै बहस भै सकेका छन् र भैरहेछन . नेपाल मा बहुचर्चित र बिबादित जातियबाद को सकारात्मक वा नकारात्मक पक्षमा चर्को विवाद बहस र कुनै अप्रिय बाताबरण को सृजना हुनु भन्दा पहिले दक्षिण अफिकाका स्वेत अस्वेत द्वन्द को कारण तिन दशक सम्म जेल सजाय भोगु भएका ,नोवेल शान्ति पुरस्कार लगायत २५० वटा अन्दा बढी अन्तरास्ट्रिय पुरस्कार वाट  सम्मानित  पुर्ब राष्ट्रपति नेल्सन मण्डेला को अभिव्यक्ति लाइ मनन  गर्नु जरुरि भएको ले स्मरण गराउनु यो समय मा उचित होला .नेल्सन मण्डेला  ले भन्नु  भएको छ 'म जातिबाद लाइ घृणा गर्दछु जातिबाद मानबता बिरोधि बर्बरतापूर्ण अपराध हो" .वहा को यो अभिव्यक्ति त्यसै आएको होइन. जसले स्वेत हरुको मानबता बिरोधि हरकत को पिडा भोगेको छ  .ठिक त्यसै गरि  अहिले हाम्रो देश मा पनि तिनै स्वेत हरु को उक्साहटमा यो मानबता बिरोधि आन्दोलन (जातीय )ले प्रसय पाएको स्पस्ट भएको छ .हाम्रै समाज का दार्शनिक गुरु स्वामी बिबेकानंद जसले हिन्दु दर्शन लाइ युरोप र अमेरिका मा सम्म पुर्याउन शसक्त भूमिका खेल्नु भएको थियो .वहा जहाँ जहाँ  पुग्नु हुन्थ्यो आफ्नो प्रबचन मा यहि कुरो लाइ बल दिनु हुन्थ्यो कि 'यो संसार मा मात्र दुइ जात छन् एक स्त्री र अर्को पुरुष 'संसार मा एउटै मात्र धर्म छ  त्यो हो मानब सेवा '.र  सभ्य आधुनिक समाज जसलाई हामि चेतनसिल नागरिक हरुको बस्ति भन्छौं वा सभ्य समाज को अबधारणा को अपेक्षा राख्दछौं त्यो भनेको 'समान मानबिय मुल्य र मान्यता को मर्म 'लाइ व्यवहार मा कार्यान्वयन गरिदा मात्र उपलब्ध हुने हो .जात भनेको एउटा बंश को निरन्तरता दिने वा परिचय दिने माध्यम मात्र हो कुनै सानो र कुनै ठुलो हुँदैन .यो  कुरो बुझ्न र बुझाउन ढिला भै सकेको छ .मानब मानब नै हुन्छ सबै समान हुन्छन कथित ठुलो जात भनेर दम्भ देखाउनु वा जन जाति ,दली भनेर आफुले आफै लाइ हेलित सम्झनु दुवै अबचेताना का पराकाष्ठा हो .हामीले जातियता होइन एउटै देशका नागरिक बीचमा आत्मियता बढाउने सोच र बाटो खोजौ देश बलियो हुदा नै नागरिक बलियो हुन्छ त्यसैले साम्प्रदायिकता र क्षेत्रीयता होइन रास्ट्रियता बलियो हुने बाटो रोज्नु पर्छ .अन्यथा उसलाई खाने बाघले एक दिन म हामि र सबै लाइ खान्छ समय मा नै सोचौ . .जहाँ स्वयम फरक देख्ने वा देखाउने मानसिकता हुन्छ त्यहाँ अबचेतनायुक्त समाज हुन्छ .हामि सभ्य छौ चेतनसिल छौ भन्ने मान्यता राख्छौं भने जातीय बिभेद को विवाद आजै वाट अन्त गर्नु पर्छ . गौतम बुद्धले प्रतिपादन गर्नु भएको 'शान्ति सेवा र मानबियता 'को सिदान्त पनि जातीय बिभेद भन्दा  माथिको सोच राख्न कै लागि थियो .वहा ले देख्नु भएको दुखि रोगि र लास को तिन वटा नै अवस्था मानबियता मात्र थियो जातियता को गन्ध थिएन .

नेपाल मा अहिले जसरि जातीय मुद्धा उठेको छ त्यसको उठान को आधार बिन्दु देखि प्रस्थान (गन्तब्य )बिन्दु अर्थात परिणाम  सम्म प्रत्यक  ले म  राष्ट्र को एक जिम्मेवार नागरिक हु भन्ने सोचेर बिषयगत बिश्लेषण ,मुल्यांकन गर्नु  अनिबार्य हुन्छ .हामीले  सभ्य मुलुक ,बिकसित मुलुक भनेर औल्याईएका देश हरु लाइ अध्ययन गर्यौ भने थाहा हुन्छ कि  'समान मानबिय मुल्य र मान्यता को सिदान्त अनि  मर्म लाइ ब्यबहार मा कार्यान्वयन गर्नु किन आबस्यक छ र परिणाम कस्तो आउछ ?जातीयबाद किन मानबता बिरोधि अपराध को रुपमा परिभाषित भएको छ .आज प्रविधिले संसार लाइ नजिक वाट पारदर्शी बनाइ सकेको छ .इतिहास आखा र मस्तिष्कमा चलचित्र झैँ छाएको  छ .जातीय युद्ध का पिडा  भोगेका देश का नागरिक को कोलाहल चिच्याहट र देश वाट बिस्थापित  हुनु परेको दर्दनाक कथा ब्याहोरेका देश हरु को सुची यहाँ उल्लेख गर्नु पनि जरुरि छैन यसको बाबजुद पनि हाम्रो बिबेक पूर्ण क्षमतामा काम गर्न असमर्थ हुन्छ र बिदेशी को उक्साहट र खर्च मा अभिप्रेरित हुन्छ भने हामीले दुर्भाग्य व्यहोर्नु बाहेक कुनै बिकल्प रहने छैन .जातियता अनि बिदेशी प्रभाब कति खतरनाक हुन्छ भने स्विजरल्याण्ड को संघियता को समस्या समाधान गर्न ३२ बर्ष लाग्यो .बिस्व युद्ध को चरम अवस्था ले गर्दा छिमेको राष्ट्र हरु त्यता व्यस्त भएको मौका छोपी साहसिलो निर्णय न गरेको भए सायद आज स्विजरल्याण्ड भन्ने देश बिस्व मान चित्र मा नहुन पनि सक्थ्यो .त्यसै गरि श्रीलंका मा राष्ट्रपति महेन्द्रा राजपाक्ष ले भारत को ससदीय आम निर्बाचन को मौका पारि नर्वेजियन ,स्विडिस जो शान्तिदूत वा द्वन्दग्रस्त क्षेत्र मा मध्यस्तकर्ता को बहानामा अर्का को देशमा हस्तक्षेप गर्ने उस्तै परे देश नै टुक्रयाइदिने गर्दछन उनि हरु लाइ  प्रवेश निषेध गर्नु को साथै  सयुक्त राष्ट्र सघ समेत लाइ रोकेर जातियाबदी  तमिल राज्य को माग गर्दै ४ दशक सम्म आन्दोलित समू माथि बिजय प्राप्त गरि  देश बिभाजन हुन् वाट रोके का थिए .नर्बे ,स्विडिस वा संयुक्त राष्ट्र संघ श्रीलंकामा छिर्न पाएको भए इस्ट टिमोर लाइ झैँ श्रीलंकाको पनि बिभाजन हुने निश्चित थियो  .जातीय बाद यति खतरनाक हुन्छ कि त्यसै कारण सभ्य मुलुक मा त् जात रंग अनि धर्म को  बिभेद लाइ कानुन ले नै निषेध र दण्डित गरेको छ .त्यसतै भारत जस्तो बिशाल गणतान्त्रिक देश  जहाँ नेपाल कै जस्तो बिबिध जात र भाषा को सम्मिश्रण छ त्यहाँ पनि जातीयबादी र उग्रबाम पन्थी (माओबादी )पार्टी प्रतिबन्धित छ .कारण स्पस्ट छ जतियबाद आज को सभ्य समाज को एउटा ठुलो कलंक हो .नेल्सन मण्डेला  को अर्को भनाइ अनुसार 'जन्जिर वाट मुक्त हुनु मात्र स्वतन्त्रता  होइन स्वतन्त्रता यस्तो होस् जहाँ अर्को को स्वतन्त्रता को सम्मान र मर्यादा बढेको होस् 'हामीले यो सोच लाइ कसरि   कार्यान्वयन गर्ने ?त्यो  सकारात्मक सोच देखाउन सक्नु परेको छ .

जब हामि आफ्नै लागि सोच्न ,आफ्नै भबिस्य कोर्न असफल हुन्छौँ अनि आयातित सिदान्त  र निर्देशित बाटोमा हिड्न थाल्छौं.तब व्यक्तिगत मात्र होइन रास्ट्रीय स्वाभिमान समेत दाउमा लगाउन बाध्य हुन्छौं. हामीले गम्भीर भएर सोच्नु पर्ने कुरो के हो बने एउटा पराइले हामि लाइ बिना स्वार्थ लगानी गर्दैन .आज मलाइ प्रयोग गर्छ आफ्नो स्वार्थ पुरा गर्छ अनि एउटा फ्याक्छ अर्को  च्याप्छ क्रमैले सबै लाइ खान्छ अर्थात सबै लाइ USE AND THROW  गर्छ भनेर  बुझ्न  सक्नु पर्छ .अहिले नेपाल मा जातीय मुद्धा जबर्जस्ती लादिनु मा मुख्य दुइ कारण रहेका छन .एक माओबादीले जनजाती लाइ राज्य वाट बिशेष अधिकार  दिलाउने छौ भन्दै आफ्नो शक्ति आर्जन को लागि आकर्षित गरि उक्साएर हतियार को रुपमा प्रयोग गर्न् सफल हुनु  र दोस्रो हो बिस्वको एक मात्र हिन्दु राष्ट्र र र यो समाज मा भएका केहि बिकृति लाइ बहाना बनाइ केहि युरोपेली (इशाई )रास्ट्र ले जन जाति  लाइ प्रयोग गरि हाम्रो समाज ध्वस्त पार्न अरबौ खर्च गरि  उक्साउनु नै हो .यो उक्साहट ले यतिबेला खतरनाक स्वरुप धारण गरेको छ जसको कारण छिमेकी मित्र राष्ट्र  भारत समेत सशंकित र सतर्क  भएर केहि महिना अगाडी नेपाल सरकार लाइ लिखित रुपमै जन जातिको नाम मा  प्रोत्साहित गर्ने सबै गतिबिधि / कार्य अर्को शब्द मा जन जाति गतिबिधि रोक्न चेतावनी दिसकेको छ .भारत कै कुटनैतिक पहल मा बेलायत ले बर्षेनी जन जाति लाइ संघर्ष गर्न  दिदै आएको १२/१५ करोड सहयोग रोकिएको वा दिन  बन्द गरिएको जानकारी सार्बजनिक गरि सकेको छ .बिस्व को ठुलो गणतान्त्रिक लोकतन्त्र भएको देश भारत मा किन माओबादी र जनजाती बाद समुह लाइ आतंककारी घोषित गरि प्रतिबन्ध लगाइएको छ ?कारण स्पस्ट छ "जातीय युद्धले रास्ट्र विखण्डन मात्र निम्त्याउने छ र अनन्त सम्म देश अस्थिरता तर्फ धकेलिने छ .जसको केहि लक्षण का समाचार हेरौ .केहि दिन अगाडी मधेष तराइ फोरम दल का अधक्ष अमर यादब ले पहाडिया हरुले तराइको प्राकृतिक स्रोत माथि आक्रमण गरेको ले कानुन बनाएर पहाडिया लाइ तराइमा बसाइ सराइ गर्न प्रतिबन्ध लगाउनु पर्ने भन्दै प्रधानमन्त्री मा लाइ लिखित माग पत्र बुझाइएको छ .केहि हफ्ता अगाडी नेवा राज्य (उपत्यका )को फोहोर तामसिंग राज्य मा फ्याक्न पाइन्न भनेको खबर छापियो भने त्यसै गरि तामसिंग राज्य को मेलम्ची को पानि नेवा राज्य लाइ किन दिने ?भन्ने पनि कुरो आयो .अब अनुमान गरौ नेल्सन मण्डेला ले त्यसै जातीय बाद मानबता बिरुद्ध को अपराध हो भनेका हुन्  ?अझ सुडान इथोपिया लगायत का हृदय बिदारक द्रिस्य हरु पनि नेपाली र  संसार को लागि अनभिज्ञ होइन .अझ अर्को स्मरणीय  कुरो त् के छ भने ति देश जुन देश मा जात ,बर्ण ,धर्म को आधारमा  भेदभाब गर्नु गैर्ह कानुनि  छ त्यहि देश हरु नेपाल को जनजाती आन्दोलन को लागि खर्च व्यहोर्दै छन् भने बुझ्नु पर्छ कि हामि माथि खेलबाड हुदै छ .एक ले अर्को लाइ सिध्याउने खेल मा कतै हामि स्वयम सिद्धिने त् होइनौ ?किन कि साम्यबादी सिदान्त ले (जो माओबादी ले यो जातीयताको नारा उठाएको छ )जातीय बिभेदको अन्त गर्ने हो बिशेधाधिकार प्रदान वा बिशेष सुबिधा उपलब्ध गराउदैनन हतियार मात्र बनाएर प्रयोग गर्ने हुन् .


यो संसार मा जति पनि इतिहास रचिए जति पनि सपुत हरु अमर भएर रहेका त्यस मध्य एक पनि जातीय वा क्षेत्रीयता को लडाई लडेर होइन .जातीय विवाद मा फसेका कुनै पनि देश चरम आर्थिक संकट ,अस्थिरता ,अस्तव्यस्तता व्यहोर्दै अन्तमा विखण्डित भएका छन् .नेपाल मा  भै राखेको जनजाती अधिकार  र स्वायत्तताको सन्दर्भमा बाइबल को एउटा राजनैतिक आदर्श को अंश उल्लेख गर्नु उचित होला भनिएको छ "बहुमत ले अल्पमत माथि अन्याय नगरोस "तर हाम्रो समाज मा उल्टो भएको छ बहुमत ले देखाई रहेको सदभाब माथि अल्पमत ले आक्रमण प्रयास हुदै छ .हामि यो २१ औं शताब्दी मा पनि आफुले आफै लाइ चिन्न सकिराखेका छैंनौं वा आफ्नो मुल्य आफै लाइ थाहा छैन वा समाज र देश प्रति को जिम्मेवारी महसुस गर्न सकी राखेका छैनौ .कतै हामी बिदेशीको अनपेक्षित निर्देशन मा आफ्नो स्वबिबेक र दायित्व वाट बिमुख हुदै त् छैनौ ?अन्जान वा उक्साहट मा सामाजिक सदभाब र राष्ट्रिय एकतामा आघात पार्दै त् छैनौ ?सब भन्दा ठुलो आघात त् यहाँ स्वयम एक  जन जाति ले अर्को जन जाति माथि गर्दै छन् .उदाहरण को लागि हेरौ त् हिजो सम्पूर्ण जनजाती को एउटा छाता संघठन थियो आज माओबादी समर्थक ,एमाले समर्थक ,कांग्रेस समर्थक ,राप्रपा समर्थक ,मधेषबादी समर्थक बनेर टुक्रा टुक्रा मात्र भएका छैनौ राइ एकातिर ,लिम्बु एकातिर .शेर्पा एकातिर .तामांग एकातिर ,नेवार एकातिर यसरि हामी र हाम्रो एकता लथालिंग हुदैछ .आज सम्म मिलेर बसेका सबै जनजाती अब कथित विशेषाधिकार को कोटा ,कथित बेग्लै राज्य र पहिचान को मृग तृष्णा बोकेर स्वयम लाइ कमजोर र अबसान गर्ने बाटो मा हिडेका वा  अग्रसर हुदै छौ .यो समाज यो देश सबै को साझा फुलबारी हो .यो माटो को सुगन्ध सबैले समान रुपले ग्रहण गर्न पाउनुपर्छ .राज्य ले दिने अवसर लाइ आफ्नो इच्छा योग्यता र क्षमता मा पर्तिस्पर्धि बनेर उपयोग गर्न पाउने नैसर्गिक अधिकार को सुरक्षा गर्नु पर्छ .प्रत्यक नागरिक ले देश को प्राकृतिक स्रोत र साधन को समान रुपले उपयोग गर्न पाउनु पर्छ .हामि नेपाली ले कथित उपल्लो जात वा जनजाती र दलित जस्ता सोच र ब्यबहार वाट माथि उठ्न ढिला भै सकेको छ .यहाँ एक पटक प्लेटो को भनाइ स्मरण गर्नु उचित हुन्छ इशा पुर्ब  ३२८ मा जन्मिएका प्लेटो ले भन्नु भएको थियो "प्रकृति को हिसाब ले सबै मानिस समान छन् एउटै पृथ्वी  को हावा .पानि र माटो को भर मा बाच्दछन् .त्यसैले राजा होस् कि गरिब मानिस सृस्टिकर्ता को नजर मा बराबर छन्" .

राज्य को दृष्टिमा कुनै जात बिशेष वा समुह बिशेष लाइ प्राथमिकतामा पार्ने कुरो संबैधानिक हुनै सक्दैन .जुन सुकै धर्म जात  बर्ण को किन नहोस प्रत्यक नागरिक राज्य को दृष्टि मा समान हुनु पर्दछ .जातीय विशेषाधिकार ,आरक्षण वा छुट्टै राज्य को माग चेतना होइन अब  चेतना  र भ्रमित मानसिकता को उपज हो .एक चेतनसिल नागरिक को दृष्टिमा कुनै पक्ष ले योग्यता बिना नै विशेष अवसर पाउनु पर्ने र अर्को कुनै पक्ष ले योग्यता को बाबजुद राज्य वाट पाउनु पर्ने सुबिधा वाट बन्चित हुनु पर्ने हो भने अन्तहीन द्वन्द को बिजारोपण गर्नु हो जुन आधुनिक  सभ्य समाज को लागि कलंक हो .तसर्थ नागरिक समाज देखि राजनैतिक दल हरुले जातियता को मुद्धा  लाइ स्थगित गर्नु पर्छ .आफ्नो  दल र कार्यकर्ता लाइ नेतृत्व बर्ग ले सहमत गराउनु पर्छ .स्पस्ट छ यहि जातीय मुद्धा को सेरोफेरो मा दल हरुले आफु लाइ निश्चित बाटोमा डोर्याउन न सक्दा नै गत जेष्ठ मा नया संबिधान आउँन  न सकेको हो .तत्कालिन संविधानसभाको को प्रमुख   दल माओबादी ले उठाएको यो जातीयबाद सो दल आफै अगाडी बढेर नकार्न गार्हो परेको छ अब अरु दल ले जातीय  मुद्धा वाट पछाडी हट्न माओबादी लाइ सहमत गराउनु पर्छ .यो मुद्धा को अन्त संगै संबिधान बनाउन र टिकाउन धेरै सजिलो हुन्छ .अन्यथा जबर्जस्ति कहिले संबिधान बन्छ त्यो पनि ठेगान छैन र यो मुद्धा को दिर्घकालिन्  रुपमा समाधान नखोजी संबिधान बन्नु र नबन्नु को कुनै औचित्य छैन .














संविधानसभा पुनर्स्थापनाको कुनै तुक छैन 
शेखर ढुंगेल 

पटक पटक तत्कालिन ४ प्रमुख दल को निरंकुसताबादी हठ ले असंबैधानिक तरिकाले जबर्जस्ति म्याद थपे  पछी पनि संबिधान निर्माण गर्न असफल भएको विगठित संविधानसभा को पुनर्स्थापनाको  माग केहि पक्ष वाट अनौपचारिक तवरले प्रचार मा लेराइएको छ .विगठित संविधानसभा का केहि सदस्य हरुको माग भनि आम संचार मा आएको खबर ले  एउटा पुरानो कुरो को सम्झना आयो .जुन ३३/३५  बर्ष अगाडी को हो .उहिले अरनिको निम्न माध्यमिक बिध्यालय दधिकोट भक्तपुर मा ६/७ कक्षा मा पढ्दा हेड सर हुनु हुन्थ्यो प्रेम नाथ प्याकुर्याल वहा को एक मात्र छोरो कतै विदेश (सायद लन्डन बेलायत )पढ्न जानु भएको रहेछ .फर्केर आए पछी छोरा ले  अरु सित परिचय गर्दा आइ एम सन् अफ प्याकुर्याल भनेर भन्नु हुदो रहेछ सुन्ने ले एम्सन प्याकुर्याल बुझ्दा रहेछन पछी वहा को नाम नै एम्सन भएको थियो एम्सन सर पनि शिक्षण पेशा मै लाग्नु भयो  क्यारे त्यस बेला एम्सन प्याकुर्याल एउटा किस्सा नै भएको थियो .ठिक त्यसै गरि एक पटक सभासद भएर आफ्नो ऐतिहासिक जिम्मेवारी पुरा गर्न असमर्थ र निकम्मा साबित भै सकेका र आफु लाइ सासद हु भनेर परिचय दिन समेत हिच्किचाउनु पर्ने अवस्था वाट गुज्रेका  हरु ले लज्जित हुनु र नैतिक जिम्मेवारी लिएर पश्चाताप गर्नु को बदला जीवनभर आइएम सभासद भनेर परिचय दिन चाहन्छन कि के हो ?त्यसमा पनि आखिर बिगत ४ बर्ष मा विगठित संबिधानसभाले आफ्नो औचित्य साबित गर्न समेत असफल भएको छ.कथित ४/५ प्रमुख दल र ति दलका १६/१७ जना निरंकुस ,गैर्ह जिम्मवार र अविवेकी नेता  हरु बाहेक अरु सभासद को कुनै भूमिका नागरिक ले महसुस गर्न  पाएका छैनौ .बने फेरी त्यो ब्युताएर तमासा देखाउनु को अर्थ के रहन्छ ?

 सर्बोच्च अदालत ले संबिधान सभा अनन्त सम्म  हुन् सक्दैन भनि सकेको छ त्यसै बमोजिम  जेष्ठ १४ २०६९ मा  तत्कालिन संबिधान सभा स्वत बिगठन भएको हो .त्यस कारण ले मृत संविधानसभा को पुनर्स्थापना असंबैधानिक कु तर्क मात्र हुनेछ .प्रधानमन्त्री को बन्ने भन्ने खेल मा मात्र देश को अमुल्य समय बर्बाद हुनेछ .अनियमितता ,भ्रस्टाचार र अपराध मात्र बढ्ने छ .अहिले बदलिएको परिस्थितिमा तत्कालिन  कथित ४ दल को जनमत को हैसियत समेत कानुनि र नैतिक रुपले समाप्त भै सकेको छ .संविधानसभा बिगठन पस्चात एमाओवादी,अन्य २७ दल र एक्लो राप्रपा नेपालले एउटै  स्थान मा लगातार गरेको आम सभा मा उपस्थित जन समुह लाइ शक्ति को रुपमा मान्ने हो भने आज एमाओवादी पहिलो र राप्रपा दोस्रो ठुलो शक्ति मान्नु पर्ने हुन्छ .अझ एमाओवादी र मधेशी मोर्चा फुटेको अबस्थामा त् ति ४ दल को अब कुनै  हैसियत कायम छैन .संबिधान सभा बिगठन गर्ने सरकार स्वयम ले पुनर्स्थापना गर्ने संबैधानिक आधार केहि छैन .अन्तरिम संबिधान तयार गर्ने संबिधान सभाको नै अबसान भएको अबस्थामा सामान्यत सभासद र सभाधक्ष जस्तै सोहि सभाका सदस्य को नाता ले बनेका राष्ट्रपति ,प्रधानमन्त्री पनि असंबैधानिक भएको अवस्था छ .देश को दैनिकी संचालन को लागि संबिधान  बिहिन भए पनि सरकार बिहिन हुन् नहुने एउटा समझदारी को कारण मात्र डा भट्टराई को नेतृत्व को सरकार ले निरन्तरता पाएको मात्र हो संबैधानिक भने होइन .यस्तो अबस्थामा अब जसले जस्तो कदम चाले पनि असंबैधानिक नै हुनेछ  काम चलाउ राष्ट्रपति ले बडो सतर्कता पुर्बक आगामी निर्णय गर्नु पर्ने हुन्छ अन्यथा बेलगाम घोडामा सवार उन्मत्त र  अविवेकी नेता हरुले के गर्छन भन्न सकिन्न .यो पुनर्स्त्थापना को माग ले तत्काल का  लागि प्रधानमन्त्री  डा भट्टराई लाइ नै फाइदा पुग्ने देखिन्छ भने बैध्य समुह लगायत अन्य दल लाइ घाटा पुग्ने छ त्यसैले उनले भनि सके विगठित संविधानसभा पुनर्स्थापना भए आपत्ति छैन .यो प्रक्रियाले अर्को एकाध बर्ष डा साहेब को कुर्शी झन सुरक्षित हुनेछ . संविधानसभा पुनर्स्थापना को  प्रक्रिया मा लागे डा भट्टराई फ्याकेर अर्को प्रधानमन्त्री बन्ने कुरो ओझेलमा पर्छ .अर्को कुरो आफैले मृत्यु दण्ड को आदेश दिएको सर्बोच्चले विगठित संविधानसभा को निरन्तरता स्वीकार्यो भने नेपाल मा अर्को घोर आश्चर्यको नजिर पनि बन्ने छ र बेलगाम  गैर्ह जिम्मेवार राजनीतिले प्रोत्साहन पाएर देश झनै बर्बादी तर्फ जाने छ .


संविधानसभा पुनर्स्थापना को माग उठाउने हरुले पहिले आम नागरिक लाइ केहि आधारभूत कुरो मा स्पस्ट पार्नु पर्छ नेपाली जनता ले आज सम्म का सबै आन्दोलन ,क्रान्ति लगायत ऐतिहासिक संबिधान सभा वाट समेत धोखा पाए अब निश्चित मार्ग ,प्रतिबद्धता न आइ संविधानसभा पुनर्स्थापना वा अर्को संविधानसभाको निर्बाचन को समेत औचित्य छैन नागरिक हरु निम्न केहि प्रश्न को जवाफ खोजि रहेछन . एक -तत्कालिन संविधानसभा असफल हुनु को कारण के हो र यसको जिम्मेवारी कसले लिने ?दुइ ,संविधानसभा पुनर्स्थापना पस्चात  सत्ता समिकरण को खेल पुनरावृति नहुने बिस्वासिलो आधार के हो ?संघियता मा जाने कि न जाने ?कस्तो र कति वटा राज्य नामकरण गर्ने ?चार - के पूनर्स्थापित संविधानसभा का सदस्य ले बिना तलब भत्ता संबिधान निर्माण को लागी स्वयम सेवक बन्न तयार छन ?के कुरामा सहमति गर्ने ?हिजो किन भएन र भोलि कसरि हुन्छ ?कसको अडान के के मा कायम रहन्छ ?को कुन दल के बिषयमा के कति लचक भएर सहमति गर्ने हो ?स्पस्ट जवाफ  नेता हरु वाट सार्बजनिक हुनु पर्छ .बिस्व को १७ औं पुरानो गौरवशाली देश नेपाल को स्वाधिनता रक्षा गर्ने हो भने देश कुनै पनि हालत मा जातीय आधारको राज्य बिभाजन मा जानु हुदैन .के विघठित संविधानसभा का सदस्य हरु आफु र  आफ्ना कार्यकर्ता लाइ  जातियबाद वाट माथि उठ्न सहमत हुनु हुन्छ ?उपरोक्त प्रश्न को जवाफ पछी मात्र संविधानसभा पुनर्स्थापना को असंबैधानिक माग उठाउनु बुद्धिमानी हुन्छ .पद र सत्ता को लागि देश लाइ बाजी लगाउने धृष्टता कालो इतिहास मात्र हुने छ .अर्को कुरो नेपाल मा बिभिन्न देश वा दाता हरु केहि कुत्सित उदेश्य बोकेर सहयोगकको नाम मा चलखेल गरि राखेको खबर आइ रहेको छ जति अस्तव्यस्तता अस्थिरता लम्बिन्छ त्यतिनै उनि  हरुको गतिविधिमा सक्रियता बढ्छ .देश बनाउने हामि नेपाली  ले हो हाम्रो संबिधान हाम्रो लागि बनाउने हामीले हो उत्तर दक्षिण वा युरिप तिर कुद्ने हो भने अर्को दश बर्ष मा पनि संबिधान बन्दैन हाम्रो  देश भित्रै को सबै शक्ति बिचको सहमतीय राजनीति नै अनिबार्य हुन्छ .जनजाती बाद को प्रभाब वा प्रयोग मा  शक्ति आर्जन गर्ने उदेश्य बोकेर राजनैतिक दल हरु हिड्ने हो भने स्विजरल्याण्डको झैँ तिन दशक सम्म पनि लाग्न सक्छ वा जातीय विवाद  हिंसात्मक बन्न पुग्यो   र सयुक्त रास्ट्र संघ ले हस्तक्षेप गर्नु पर्ने अवस्था आयो भने यो देश  लाइ बिखण्डन हुन् वाट कसैले रोक्न सक्दैन .जुन हामीले बिगत दुइ तिन दशक देखि बिभिन्न देश टुक्रिएको पीडादायी घटना देखेकै छौ .

तत्कालिन ७ दल वा ४ दल ले आ आफ्नो दम्भ त्यागेर रास्ट्रीय एकता र स्वाधिनता को लागि एउटै मंच मा उभिनु को बिकल्प छैन .र सहमती को मार्ग चित्र किटान भए पछी गैर्ह राजनैतिक व्यक्तित्व हरु रहेको एउटा सानो निर्बाचन सरकार बनाएर बिबादित बिषय मा जनमत वा समय सापेक्षित हुने गरि पुरानै संबिधान लाइ संसोधन गर्न पनि सकिन्छ .वा सहमति को बिस्वसनिय बाताबरण बन्यो र सबै राजनीतक शक्ति बिच सम्झौता भयो भने असंबैधानिक नै सहि 'तत्कालीन् संबिधान सभामा अन्तर्गत को संबैधानिक समिति लाइ मात्र ब्युताएर सक्रिय पारि  राजनैतिक दल ले बाहिर वाट आफ्नो सहमतीय निर्णय लिखित दिएमा सो समिति ले संबिधान को खाका तयार पार्न सक्छ .अब को सहमती को  राजनीति भनेको ४ दल भित्र को राजनीति सम्बाद वा निर्णय होइन कि सम्पूर्ण राजनैतिक शक्ति ,नागरिक समाज ,संबिधानबिद ,पुर्ब शेना र प्रहरी प्रमुख ,पुर्ब बरिष्ठ प्रशासक एबम कुटनैतिक  व्यक्तित्व बिच विचार विमर्श गरि आगामी राजनीतक दिशा निर्धारण गर्नु अनिबार्य छ .माओबादी को जनयुद्ध १२ बुद्धे हुदै २०६३ बैशाख ११ गते राजा सितको सम्झौता भै तत्कालिन सदन को पुनर्स्थापना को घोषणा गराएर आज को अबस्थामा रुपान्तर भएको हो .सम्झौता को अर्थ लिनु र दिनु यस्तो होस्  'सबै पक्ष लाइ आफ्नो हात को केक ठुलो भए जस्तो  महसुस होस् 'कुनै एउटा पक्ष ले आफ्नो सबै माग पूर्ति गर्ने र अर्को पक्ष ले नोक्सान मात्र व्यहोर्ने कुरो लाइ सम्झौता  भनिदैन बेइमानी भनिन्छ .निषेध र बेमानी को राजनीति छोडी  देश लाइ निकास दिन सर्ब पक्षीय भेला र त्यो भेला ले गर्ने निर्णय लाइ सबैले स्वीकार गर्ने गरि अगाडी बढ्नु पर्छ .अब संविधानसभाको को पुनर्स्थापना वा पुन निर्बाचन गर्ने कुरो लाइ देश ले थेग्न सक्दैन ,सम्भव पनि छैन र यो माग मा कुनै तुक र नैतिक आधार देखिदैन