Pages

Wednesday, August 1, 2012

डा .भट्टराई ज्यु  किन अप्रियता रोज्ने ?
शेखर ढुंगेल 

आखिर केहि दरिद्र मानसिकताका हाम्रा नेता हरु बाहेक प्यारो देश लुटिएको मा भने के साधारण के समाज सेवी के पत्रकार के साहित्यकार सबै नेपालि को मन मा एउटै कुरो छ एउटै भनाइ छ नेता हरु ले यो देश लुटी रहेछन यो देश बेची रहेछन यो देश लाइ अन्धकार तर्फ धकेली रहेछनयो देश को स्वाधिनता मा नोक्सान पुर्याई रहेछन  ,पुर्ब बिशिष्ठ नेता र प्रशासक लाइ आजीवन बिशेष भत्ता ,सुबिधा ,आवास र सवारी  साधन उपलब्ध गराउने वर्तमान सरकारी निर्णय को  सामाजिक संजाल ,संचार माध्यम हरुमा ब्यापक बिरोध को लहर छाएको छ .

यसै प्रसंग मा सो सुबिधा सम्बन्धि अध्यादेश ले पार्ने असर र आर्थिक भार को बारेमा महामहिम राष्ट्रपति ज्यु ले सामान्य जिज्ञासा समेत नराखी २४ घण्टा भित्र मै आखा चिम्लेर लाल मोहर किन लगाई दिनु भयो प्रश्न गर्दै लेख तयार पार्दै थिए त्यसैबेला कान्तिपुर दैनिक मा त्यहि बिषय मा सम्पूर्ण नागरिक को भावना को प्रतिनिधित्व गर्दै लेखिका मंजला झाले राष्ट्रपति लाइ खुल्लापत्र लेख प्रकाशित गर्नु भएको ले आफ्नो सोहि भावना समेटिएको लेख प्रकाशित गर्नु को औचित्य देखिएन .

मंजला झा जी ले महामहिम  राष्ट्रपति ज्यु ले आफ्नो अभिभावकीय दायित्व प्रति वास्ता नगरेको भनि महामहिम राष्ट्रपति लाइ औलो ठड्याउनु भएको छ .महामहिम राष्ट्रपति ले पनि यस्तो बिबादस्पद र राष्ट्र लाइ घाटा पार्ने कुरो मा केहि बिशिष्ठ अर्थविद हरु संग सल्लाह र सुझाब मागी अनि मात्र निर्णय (स्वीकृति )दिन सक्नु हुन्थ्यो वा पुनर्विचार को लागि फिर्ता पठाउन सक्नु हुन्थ्यो . तर मुख्य कुरो त् कार्यकारिणी अधिकार प्राप्त कथित विद्वान् प्रधानमन्त्री डा .भट्टराइ प्रति नै आम  नागरिक को औलो ठडिएको छ .यो के गर्दै छौ प्रधानमन्त्री डा .भट्टराई ?तिमि लाइ त् नागरिक ले अरु भन्दा  अलग्गै र असल  देख्न चाहेका थिए  तिमि अलग्गै त् भयौ तर  अरु प्रधानमन्त्री भन्दा बढी आलोच्य भयौ .नागरिक को  आशा भरोसा र विश्वास  तुषारापात गर्यौ .केहि व्यक्ति वा समुह खुसि न भए नहुन म बहुमत नागरिक को हित  को लागि ,खुसि को लागि नीति र निर्णय गर्छु भनेर सोहि बमोजिम गर्नु  पर्ने होइन र ?यहाँ त् नागरिक बाट नै तिरस्कृत ,आलोचित अनि देश हित को लागि काम  गर्न असफल अकुल सम्पति का मालिक  भुत ...हरुलाइ खुसि पार्न बहुमत नागरिक को आवाज लाइ अबमुल्यन गर्न पुग्यौ ?यो के रहस्य हो वा बहुलठ्ठीपन ?अझै बुझ्न सकिएको छैन .पदाबधि लम्ब्याउन त्यस्ता व्यक्तित्व बाट समर्थन वा आशिर्बाद थाप्ने अल्पकालीन सोच र मनसुवा हो भने देश कै दुर्भाग्यपूर्ण र भार मात्र हुने भयौ .

 कतिपय भाग्यमानी मानिस लाइ इतिहास वा समय ले एक पटक मौका दिन्छ त्यो मौका लाइ दुरुपयोग ,अहमता पर्दर्शन वा अबमुल्यन गरे पछी पछुताउनु सिबाय केहि बाकि रहदैन .....छोडी के मा  हात भने 
झैँ देश को यस्तो लथालिंग  अबस्थामा के त्यस्तो कारण  आइ लाग्यो पर्यो ?र देश र नागरिक को हित बिरुद्ध  अध्यादेश मार्फत यस्तो निर्णय गर्नु पर्यो ? जब कि केहि महिना अगाडी मात्र  सर्बोच्च अदालत ले त्यस्तो सुबिधा लिनु दिनु गैर्ह कानुनि हो भन्दै त्यस्तो सुबिधा लिने व्यक्तित्व बाट  सुबिधा फिर्ता गर्न सरकार को नाम मा आदेश दिए बमोजिम पुर्ब राजा देखि पुर्ब प्रधानमन्त्री सभामुख र मन्त्रि ले  लिएको सुबिधा को गाडी फिर्ता गरेका थिए .देश ले एउटा सु  शिक्षित प्रधानमन्त्री पाएको थियो केहि सुधार हुन्छ ,पुराना बिकृति हट्छ ,केहि सकारात्मक  काम हुन्छ ,केहि सुशासन को नमुना देखिन्छ र केहि त् विकास का गतिविधि अगाडी बढ्छ कि भनेर नागरिक मा  जुन आशा र बिस्वास थियो आज  त्यो सबै भ्रम र गलत साबित हुन् पुग्यो .

 डा ,भट्टराई एउटा त्यस्तो प्रधानमन्त्री  बने जो छोटी शासनकाल मै इतिहास मै सबै भन्दा बढी आलोच्य भए .अरु त् अरु उनको नेतृत्व को सरकार ले गरेको ३८ वटा निर्णय बिरुद्ध सर्बोच्च अदालत ले कार्यान्वयन स्थगनको को आदेश दिएको छ यो कस्तो बिडम्बना ?एउटा सुशिक्षित प्रधानमन्त्रीले  यस्तो हदै सम्म  को बौद्धिक पाखण्डता देखाउलान भनेर कसैले सोचेको थिएन .धेरैले गफ गरेका संचार मा पनि आएका कुरो हुन् डा .भट्टराई किताब पढ्न मा शौखिन छन् भनेर खोइ मलाइ त् विश्वास लागेंन वा उनले जति पनि किताब पढे कार्ल मार्क्स .स्टालिन .माओ को मात्र पढे कि वा कसरि सत्तामा पुग्ने र टिक्ने उपाय मात्र खोजे कि नत्र त् एउटा अध्ययनसिल मानिस ले कुनै दिन स्वामी बिबेकानंद ,गौतम बुद्ध का संदेश ,महात्मा गान्धी को अहिंसाको नीति ,नेल्सन मण्डेला को जातियबाद बिरुद्ध को नीति र एउटा सक्षम नेता मा हुनु पर्ने गुण हरु पढेका हुन्थे त् आज यस्तो अलोकप्रिय निर्णय हरु गर्दैनथे होलान .

कुनै पत्रकार ,लेखक  वा अर्को बिपक्ष के भन्छ भनोस मतलब राख्दिन भने पनि केहि छैन तर आफ्नै पार्टी अध्यक्ष प्रचण्ड अनि अर्का तत्कालिन उपाध्यक्ष र नया माओबादी का अध्यक्ष किरण बैध्य लगायत का नेता ले भारत परस्त वा "र 'का एजेन्ट भनेकै छन् .डा .भट्टराइ  भारत परस्त देखिनु केहि उदाहरण मध्य उनकै पाला मा नेपाल को स्वाधिनता मा असर पार्ने  तीसौ बर्ष देखि रोकिएका  सुपुर्दगी सन्धि ,केहि जल बिद्युत आयोजना भारत लाइ दिनु लगायत बिप्पा सम्झौता ,बिमानस्थल हरु  को ब्यबस्थापन भारतीयको  जिम्मा लगाउने अभ्यास हो .स्मरण रहोस डा .भट्टराई कि पत्नी हिसिला यमी पर्यटन मन्त्रि हुदा नेपाल को अन्त रास्ट्रीय विमानस्थलमा भारतीय मार्सल (शैनिक सुरक्षा अधिकारि )राख्न दिने मौखिक सहमति समेत भएको खुलासा भएको थियो .

तसर्थ अझै समय छ आलोच्य र सर्बोच्च ले स्थगन आदेश दिएको सबै मुद्धा वा निर्णय खारेज गर .थोरै निर्णय  गर तर देश र नागरिक लाइ दिर्घकालिन सकारात्मक प्रभाब पार्ने सम्भाब्य बैज्ञानिक अनि आफ्नै पौरख मा सम्पन हुन् सक्ने योजना , नीति हरु लागु गर .देश सम्पन भयो इमान्दार नेता हरु को पाटि को बास हने अवस्था आयो भने राज्य ले होइन नागरिक ले उनि हरुको लागि सोच्ने छन् नागरिक ले उनि हरुको व्यवस्था गर्ने छन् .राज्य को स्रोत बाट लुटाएर केहि व्यक्ति खुसि पार्ने तर देश लाइ गम्भीर आर्थिक भार को मार पर्ने ,देश को स्वाधिनता मा असर  पार्ने जस्तो नीति र निर्णय बन्द गर !
 Reply
 Forward

Add Cc   Add Bcc  
Attach a file   Insert: Invitation

Check SpellingChange language 
42% full
Using 4.3 GB of your 10 GB
©2012 Google - Terms & Privacy
Last account activity: 30 minutes ago
Details
Girish Pokhrel
Girish Pokhrel's profile photo
Add to circles

Show details
Ads – Why these ads?
Do You Need Legal Representation? Free Consultation. 603-294-4731


यात्रा स्मरण -
रत्नपार्क र न्युयोर्क (ज्याक्सन हाइट )
शेखर ढुंगेल 

श्रीषक देखेर हजुर हरु लाइ लाग्दो होला कहाँ को राजा राम कहाँ को भडारी ?कुरो त्यसो होइन क्या? आफु पारदर्शीता को चेलो परे जता हेर्यो त्यतै भ्वांग भने जस्तो जे छ त्यहि भनि दिने जे देख्यो त्यहि लेखि दिने अनि अर्का को टुप्पी ठाडो पार्छु भन्यो आफ्नै ठाडो हुने ......न्यु योर्क को ज्याक्सन हाइट पुगे पछी म अगाध र अम्मली रास्ट्रबादी ले रत्नपार्क बिर्सने ?त्यो अबिस्वसनिय हुदैन र ?आज ज्याक्सन हाइट को चौतारो मा उभ्भिएर  आज को रत्न पार्क को अवस्था  प्रति गोही को आशु झारेर सिचाई गर्दै गर्दा त्यो धेरै पुरानो एउटा व्यंग को सम्झना भयो .एकजना  जापानिज प्रधानमन्त्री नेपाल को दुर्दशा प्रति चिन्ता गर्दै नेपाल को प्रधानमन्त्री लाइ भने छन् महामहिम सुकुल गुण्डा ज्यु तपाइको देश १० बर्ष को लागि हामि लाइ ठेक्का मा दिनुस जापान जस्तै बनाइ दिन्छौँ. नेपाली प्रधानमन्त्री ले घमण्ड देखाउदै भनेछन भो भो धाक लगाउनु पर्दैन .हामि तिमि भन्दा कम छैनौ तिम्रो देश दुइ बर्ष मात्र नेपालि लाइ देउ नेपाल जस्तै बनाइ दिन्छौँ. न्यु  योर्क ज्याक्सन हाइट को गल्लि नम्बर ७८ देखि ५३ सम्म चक्कर लगाउनुस त् त्यो व्यंग याद आएन भने मलाइ भन्नु होला .

इश्वी सम्बत १९९२ ,९५ र २००१ तिन पटक गरि कुल मिलाएर  ६ महिना भन्दा बढी महत्व पूर्ण समय ज्याक्सन हाइट मा  खर्च गरि सकेको मलाइ यो पछिल्लो पटक को ४ दिवसीय बसाइ (भ्रमण )मा ज्याक्सन हाइट धेरै बदलिएको तर आफु भन्दा धेरै नजिक को महसुस गराउन सफल भयो .सुरु सुरु मा अझ भनौ नेपाल बाट उड्नु भन्दा पहिले लाग्दथ्यो एक त् गोरे हरुको देश त्यसमा पनि न्यु योर्क शहर जो बिस्व  कै आकर्षण को केन्द्र मानिन्छ .पहिले पहिले मन मा लाग्दथ्यो वाह अमेरिका को न्यु योर्क शहर ,धनि मानिस हरु हाम्रा दाता हाम्रा प्रभु हरु बस्ने ठाउ कस्ता चिल्ला गाडी होलान ?टाई सुट मा सजिएका अग्ला अग्ला चिल्ला गाला भएका मानिस होलान तर के त्यस्तो हुन्थ्यो ?ज्याक्सन हाइट पुगे पछी तपाइँ छक्क पर्नु हुन्छ अनि भन्नु हुन्छ "ए ए ए लौ यता पनि उस्तै बनाइ सकेछन जस्तो उता थियो ......राम राम राम यो त् रत्नपार्क नै भए छ नि हौ ....?.अझ टाढा को भन्न मन लागे रक्सौल भए छ नि हौ भन्दा हुन्छ हो हो भनेर सहि थाप्ने को घुइरो  लाग्छ त्यहाँ ....अरु त् के कुरो न्यु योर्क शहर मा  दर्जनौ होनाहार नेपाली  युवा युवतीले क्याब (ट्याक्सी )चलाएर संसारभरका यात्री हरुको सेवा गर्न पछी परेका छैनन् भन्दा गर्ब महसुस हुन्छ .

ज्याकस हाइट को ५/७ चोक को सिमा भित्र खुलेका लुम्बिनी ,सगरमाथा ,भिम क्याफे ,पिस क्याफे , नमस्ते मम ,थकाली किचेन ,लाली गुरास, अन्नपूर्ण ,तिब्बेतियन किचेन ,जस्ता अनेक नेपाली नाम  का भोजनालय अनि ग्रोसरी पसल  देख्नु हुन्छ .ट्रेन बस र सडक को फुटपाथ मा कुइनो ठोक्काउँदै हिड्ने नेपाली र दक्षिण को हाम्रो छिमेकी हरु देख्नु हन्छ .बाहिर बाट नै देखिने सेल रोटि को चांग र दाल झानेको गन्ध पाउनु हुन्छ अनि तपाइँ हामि ज्याकसन हाइट बाट उडेर  सिधै रत्नपार्क मा समाहित  हुन् पुग्छौँ.ज्याक्सन हाइट मात्र होइन न्यु योर्क शहर को मुटु म्यानहाटन पुग्नु भयो भने पनि त्यहि पाउनु हुन्छ त्यहि गाडी बिशेष गरि ट्याक्सी (क्याब  )हरुको ट्वा ट्वा ...त्यहि भिडभाड ,त्यस्तै घच्चा घच्ची ,धम्सा धम्सी को बस ट्रेन सडक अनि रातो बत्ति मा बाटो पार गर्ने हरुको भिड त्यस्तै सडक जाम भोग्नु पर्ने अवस्था छ .ज्याकस हाइट त् अझ स्थानीय स्वेत र अस्वेत  नागरिक त्यहाँ बाट  भागि एसियन खास गरि भारतीय ,पाकिस्तानी बंगाली र नेपाली ले अनि मेक्सिकन ले राज गरेको भान हुन्छ ,

यस पटक को पहिलो दिन नै यस्तो रमाइलो महसुस भयो कि म अमेरिकाको न्यु योर्क मा होइन  कि  नेपाल को रत्नपार्क  मा छु जस्तो लाग्यो .लगभग २५/३० बर्ष अगाडी को त्यो रत्नपार्क जुन  काठमाण्डौं शहर को मुटु मानिन्थ्यो .साथी भाइ भेट्ने .टाइम पास गर्ने प्रमुख अखडा थियो त्यो अनि काठमांडौ उपत्यका देखि बाहिर का बस रोक्ने ठाउ पनि त्यहि थियो .खास भन्ने हो भने जवानी का दिनमा मनोरंजन लिने दिने स्थान रत्नपार्क नै थियो . हामि साथी हरु मिलेर अरु लाइ छक्याउने अनेक तरिका मध्य केहि अझै स्मरण मा छन .जब कलेज(रत्न राज्य ) मा गुरु न आउनु भएको बेला मा रत्नपार्क को बार मा अडेश लगाएर बसिन्थ्यो कहिले नोटमा धागो ले बाधेर सडक मा राख्ने अनि पैदल यात्रीले नोट देखेर टिप्न खोज्दा बिस्तारै तानी दिने ,कहिले सुको मोहर मा गम वा अलकत्रा लगाएर सडक मा टासी दिने अनि त्यस्तै यात्रीले टिप्न नसक्दा उल्लु बनाउने अनि कहिले काही भने दुइ तिनजना मिलेर एकै चोटी  एकछिन आकाश तिर हेर्यो अनि सबै औलो ले देखायो ए के हो ए के हो भन्दै एक एक गर्दै त्यहाँ ठुलो भिड जम्मा हुन्थ्यो अनि हामि मरी मरी हास्दै  कलेज वा कतै हिड्थ्यौं,ज्याकसन हाइट मा पनि अहिले फुटपाथमा  गफ गरेर बस्ने   वा भेट्टिने नेपाली हरु को भिड ले त्यति बेला को रत्नपार्क सम्झना मा आइ हाल्छ .

फेसबुक बाट नै घनिष्ठ भएका कलाकार भाइ अभय ढुंगेल लाइ मैले खबर गरेको थिए भाइ आज (०५/०३/२०१२)त्यहाँ आइ पुग्दै छु नेपाल अमेरिका पत्रकार सम्मेलन मा भाग लिने सिलसिलामा भनेर अभय  भाइले भने त्यसो हो भने आज साझ को खाना मेरो घर मा खानु पर्छ अभय को अनुरोध लाइ टार्न म सित बिकल्प र बहाना पनि थिएन .ज्याकस हाइट पुगेर सामान दाइ उत्तम ढुंगेल
(दिपा भाउजु ) को कोठामा राखी अभय भाइ लाइ फोन गरे .६६/६७ सडक को बिच मा रहेको लाली गुरास रेस्टुरा अगाडी भेट्ने कुरो भयो उनि आए अनि हामि उनको कोठा तिर लम्कदै थियौ पिस क्याफे अगाडी फुटपाथमा नेपाल का ख्याती प्राप्त गायक हरिश माथेमा अरु दुइ नेपाली मित्र सित गफ मा मस्त रहेछन .उनि सित हाल खबर आदान प्रदान हुदै थियो अर्का प्रख्यात गायक /संगीतकार यम बराल देखा परे ओहो शेखर दाइ के छ कता हो अचानक भन्दै हात र गला के मिलाउदै थियौ उनि संगै आएका अर्का व्यक्ति देखेर म उत्साहित भए उनले मलाइ ठम्याउन सकेनन किन कि १८ बर्ष पहिले हाम्रो भेट टोक्यो मा भएको थियो ,तपाइँ फलानो होइन ?मलाइ बिर्सनु भयो ?भनेको त् उनि अक्क न बक्क परे अनि यम जी ले भने हाम्रो शेखर दाइ ....उनि थिए संग्राम सिंह हमाल उनले भने  ओह्हो शेखर जी  तपाइँ त् कस्तो चेन्ज हुनु भएछ अनि यो ह्याट ले झन चिन्नै गार्हो भयो.त्यस पछी जापान मा बिताएका क्षण हरु को पुनारबिर्ती गर्दा गर्दै उनले भने ल छिरौ यतै (पिस क्याफे )गफ गरौ .बिचरा अभय भाइ बिलखबन्दमा परे घर मा खान ठिक पारेर आएको अब यता पस्नु पर्यो .

पिस क्याफे अर्थात नेपाली ब्यबसायीले चलाएको खाजा घर (रेस्टुरा )सेल पुरी ,छ्होयाला .आलुतामा मम पाइदो रहेछ .नियम ले रक्सि बेच्न र खान समेत न पाउने भए पनि हमाल जी ले बाहिर बाट रक्सि लेराउनु भयो .कानुन को आखा छल्न फोम को सेतो गिलास मा हालेर  सेवन गरियो .क्या बाठा हामि होइन ?खाने मुख लाइ जुँगा ले छेक्दैन .नेपाली बाहेक अरु मुलका ग्राहक आउछन भन्ने अपेक्षा पनि न राखिएको र सम्भावना पनि न भएको त्यो क्याफेमा प्रवेश पछि म फेरी पुतली सडक को पुस्कर को भट्टी सम्झन् पुगे .जहाँ कहिले काही आदरणीय बरिष्ठ सहित्यहकार  धुर्ब चन्द्र गौतम देखि देश हाक्ने ठेक्का लिने हामि नै हौ भन्ने नेता उपनेता अनि  कलाकार आदि को भब्य उपस्थिति हुन्थ्यो .ज्याक्सन हाइट मा पनि त्यस्तै भयो . बरु पुस्कर को भट्टी मा मादल ठोकिएन् मान्छे ठोकिएयो तर यहाँ मादल ठोकियो . एक छिन राष्ट्र अन्तरास्ट्रिय को गफ गरेर माहौल ताते पछी कलाकार हरुको बाहुल्य भएको त्यो समय मा सुरु भयो गित गाउने क्रम र गितार बजाउदै भाइ अभय ले यसरि सुरु गरे 
"भनौ भने लाज लाग्ने 
न भनौ त् मन ले न मान्ने 
जेठी बुढी पोइल गईन 
कान्छी पुगिन हंगकंग 
म बुढो एक्लै परे 
ज्याक्सन हाइट मा लंठ्यांग लुन्ठुंग .
कस्तो मेरो कर्म ......उनले यस्तो गित गाए पछी हासो को फोहरा न छुट्ने कुरै थिएन.
त्यस पछी पालो यम बराल जी को उनले नारायण गोपाल ले गाउनु भएको "एक्लै तिमि न आऊ  म मात्त्तिएको बेला .......अनि अर्को आफ्नै आवाज को नया गित "पिडा मात्र कति दिन्छ्यौ ?अब घाटी रेटी दिए हुन्छ ..बाकि रह्यो प्राण मात्र त्यो पनि त् लुटे हुन्छ "
त्यस पछी अर्का बहु भाषिक ज्ञाता अर्थात बहु भाषाका गित गाउने संगित भर्ने अझ भनौ एउटै गित लाइ बिभिन्न भाषा मा गाउन सक्ने प्रतिभा भएका  राम श्रेष्ठ जी ले पुरानो लोक गित गाउनु भयो
 "झम्के फुली नाकै मा बुलाखी यस पालि त् घर बार होला कि "
अनि 'बादल को घुम्टो ले इलाम बजार छोपीदा  मैले सब लाइ बिर्सेछु   तिमि लाइ समझदा ' काला कुर्ताई ले छ महिना जागिर खाया ..काला कुर्ताई ले .....'
र ढुंगे बगर माया ढुंगे बगर माया छदै छ हल्ला नगर  जस्ता सदाबहार गित गाउनु भयो ."यसरि गित गजल जोक को क्रम बढ्दै गर्दा नियमत बार्ह बजे बन्द गर्नु पर्ने क्याफे को सटर लागे पनि हाम्रो  गित र गफ को सटर लागेको  थिएन .बिस्तारै थपिनु भयो तबला बादक नुन्छे डंगोल जी ज्याक्सन हाइट कै सगरमाथा रेस्टुरामा गित गाउनु हुने तिलक श्रेष्ठ जी पनि आइ पुग्नु  भयो .अर्का प्रसिद्ध प्रशिक्षक नारायण दाहाल जी  जसले बैकुण्ठ मानन्धर लाइ प्रशिक्षण दिनु भएको थियो वहा पनि संगै हुनु हुन्थ्यो .बक्सर प्रकाश धर तुलाधर अनि तत्कालिन शाही शेना का पुर्ब शेनानी राकेश गुरुङ जी पनि त्यो माहौल को अभिन्न अंग हुनु हुन्थ्यो .क्रमश  एक दुइ तिन बज्यो अनि मात्र हामि आफ्नो बाटो लाग्यौ .त्यो साझ जसले अमेरिका बिर्साएर नेपाल तर्फ डोर्याई रहेको थियो .


न्यु योर्क ज्याक्सन हाइट सिंगो नेपाली सस्कार सस्कृति बोकेर बसेको छ . आठ डलर तिरेर दाल भात तरकारी अचार थपी थपी (थालि )खान सक्नु हुन्छ जो अन्यत्र बिरलै पाइन्छ .एक प्लेट म म को ५ डलर एउटा सेल को एक डलर अनि गित गजल रेस्टुरा हरु छन् यहाँ जहाँ सपना श्री ,यम बराल ,तिलक श्रेष्ठ अनि राम श्रेष्ठ जी हरु ले गाउनु हुन्छ .देश का यस्ता हस्थी हरु रत्नपार्क को चोक मा झैँ उभिएर यहाँ बराल्ली रहेको देख्दा मन मा चसक्क हुन्छ  रेस्टुरा मा बर्गेली नेपाली छापा (पत्रिका )हरु जस्तै एभरेस्ट टाइम ,ह्वाइट हिमाल आदि  निसुल्क पढ्न पाउन हुन्छ . नेपाल को कुनै बिकृति लाइ पनि छोडेको छैन ज्याक्सन हाइट ले रक्सीमा झुम भएको नेपाली ग्राहक भेट्टाए न खाएको चिज को समेत जोडेर बिल बनाउन माहिर छन् रे कोइ रेस्टुरा साहुजी हरु रे  ट्रावल एजेन्सी खोलेर टिकट को पैसा खाइ भागेका समाचार आएकै छन् हुन्डी खेलेर खेलाएर कोइले एक लाख डलर कोइले ६० हज्जार डलर पच पारेर भागेको गुनासो दुखेसो धेरै पाउन सकिन्छ ..एकल श्रीमान श्रीमती को  देश मा भएका आफ्ना श्रीमती /श्रीमान वा अन्य आफन्त लाइ झिकाई दिन्छु भन्दै ठगि गरि खाने को भिड नै रहेछ. ज्याक्सन हाइटमा रेस्टुरा संचालक का प्रवृतिले त् झन दंग परिन्छ भन्या एक प्लेट मम को ५ डलर थालि खाना ८ डलर अति नै सस्तो भएन भनेर मैले सोधे एउटा पसल मा उनको गुनासो थियो सुरु मा रेस्टुरा खोल्दा १२ डलर थियो रे प्लेट को अर्को चोक मा खल्ने ले ९ गरि दियो रे अर्को नया खोल्ने ले ७ रे यसरि झर्दै छ रे भाउ ग्राहक तान्न यसरि ग्राहक तान्ने पर्तिस्पर्धामा भाउ घटाउदै गएर हरि तन्नम हुदै रेस्टुरा बेच्ने र किन्ने पनि भै राखेको रहेछ यहाँ ..अब राजनीति को कुरो नै  भएन एउटै बाद का गुट उपगुट मात्रै होइन जातीय र क्षेत्रीयबाद देखि बसन्त नृत्य घर लगायत अनेक नाम का समाज सेवा गर्ने संघ सस्था हरु को सुची लामो रहेछ  .

यस पटक को यात्रा साच्चिकै अबिस्मरणीय रह्यो .स्वतन्त्रताको भरपुर उपयोग भयो .भर्जिनिया बाट गिरिश पोखरेल , कृष्ण शर्मा ,प्रताप अधिकारी र भर्खर नेपाल बाट आउनु भएका सास्वत पराजुली  जी साथमा हुनु हुन्थ्यो . हामि ४ जो सबै यस पटक एक्लै थियौ अर्थात परिवार साथमा लगेका थिएनौ .त्यसैले समय को पावन्दी र ए न पि ए धेरै न पि भन्ने कोइ थिएन .दोस्रो दिन दिन साथ मा हुनु हुन्थ्यो चन्द्र खतिवडा र बिस्व शाह जी वहा हरु न्यु योर्क ज्याक्सन हाइट को रैथाने पर्नु भयो हामि ले घुम्न न पाएका गल्लि गल्लि हरु बिहान ३/४ बजे सम्म घुमाइ दिनु भएको थियो .ज्याकसन हाइट को ४ रात खुबी बिन्दास रह्यो . मे ५ तारिख दिनभर करिब जस्तो करिब ४/५ घण्टा गिरिश पोखरेल ,क्यालिफोर्निया बाट आएका ज्याम्बो शेर्पा र टेक्सास देखि आउनु भएकी अमृता लम्साल जी को साथमा न्यु योर्क को पुननिर्माण मा रहेको ट्वि टावर ,वाल स्ट्रीट ,मेनह्याटन लगायत का गल्लि सडक हरु पैदल नै हिडेर साझ सगरमाथा रेस्टुरामा(ज्याक्सन हाइट ) नेपाली स्थायी नियोग ले निम्त्याएको साझको खाना मा सम्मिलित भयौ .अगिल्लो दिन न्यु योर्क ज्याक्सन हाइट मै लामो समय देखि ब्यबसाय गरि बस्नु हुने र नेपाली समाज मा सुपरिचित समाज सेवी  डा गोबिन्द /मृदुला कोइराला को मा जमघट भयो त्यहि ह्वाइट हिमाल टिभी क संचालक किसोर पन्थी अनि सुर्य थापा को साथै युएस नेपाल डट काम का प्रकाशक /सम्पादक  प्रदिप थापा जी साहित्यकार गीता पन्थी  लगायत का हरु सित भेट भएको थियो .
यसरि यो पटक को न्यु योर्क ज्याक्सन हाइट को भ्रमण ले पहिले पहिले भन्दा बिलकुल अलग्गै अनुभूति दियो .१९९२ ,मा पहिलो  चोटी न्यु योर्क पुग्दा यस्तो बाक्लो नेपाली थिएनन २००१ मा करिब ५ महिना बस्दा पनि एउटै नेपाली पसल वा रेस्टुरा थिएन अब त् प्रत्यक चोक मा रेस्टुरा अनि फुटपाथ मा हिड्दा झ्याल बाट हेरी रहेका सेल रोटि र घन्कि रहेका नेपाली लोक गित हरु ले एक छिन त् म अमेरिका छु भन्ने नै बिर्स्याई दिन्छ र  आफ्नो देश मै रहेको महसुस  मात्र गराएँ बितेका ३० बर्ष अगाडी को प्यारो रत्नपार्क को पनि सम्झना पुनारबिर्ती गराई दियो .





कविता -उनको  चिठ्ठी 
शेखर ढुंगेल 

पुग्यौ सपना को देश मा तिमिहरु  
के पायौ के गुमायौ हिसाब पनि गर्दै छौ कि ?
या 
सब बिर्सेर अतित का पिडा हरु 
बिन्दास रमाउदै पो छौ कि ?
कतै 
तनाबमा परि आफै लाइ हराएका त् छैनौ ?
पाखा बारी बाझो बन्दै छ यता 
त्यता खोइ तिमि के गर्दैछौँ ?
पोहोर साल बाजे बिते छोरा 
मलामी ज्याला तिरेर  ल्याउनु पर्यो  
कल कल बग्ने झरना ,नदि सुक्न थाले 
तिमि त् सागर मा डुबुल्की मार्न व्यस्त हौला ?
आउदै छ कि मुख मा पानि लप्सी को अचार सम्झेर 
कि 
आदत बनाइ  सक्यौ जिब्रोको साथी पिजा र बर्गर ?
कहाँ पाउदा हौलाउ र खेल्न छुनुमुनु गर्ने पाठो र बहर 
बल्झेका  हौलाउ साझ बिहान चलाउदैमा  कम्पुटर ?
उडु उडु  फर्कु फर्कु त् लाग्दो हो ?
गुरास फुल्ने डाडा पाखा सम्झेर !
घोत्लिंछौ होला कहिले काही त् 
बाल सखा के गर्दै होलान भनेर 
कति दशैँ गयो जमरा ओइलाई सुके 
कति तिहार गयो  सेल रोटि खेर गए 
दिदि बहिनि को आशु पनि सुकी सके 
मन त् भरिएला तिम्रो यो चिठ्ठी पढेर 
तिम्रो जवाफ  त्यहि  त् हो नि 
फसे आमा सन्तान को भबिस्य सोचेर 
म त् बुझ्न सक्छु सन्तान को मन 
तिम्रो मन त् सधै म संगै नै होला 
तिम्रो सन्तान को माया ले रोक्दो हो 
हो तिम्रो लागि 
यो ख्याउटे बुढी सित छ नै के र ?
न त् भोक मेटाउन सक्छु न त् तिम्रो प्यास 
म सित गरिबी छ  ,अभाब छ 
न त् म अहिले तिम्रो र तिम्रो 
सन्तान को लाइ सुरक्षित काख नै छ 
मेरो फुस्रो हात धुलो भरिएको काख ले 
तिमि लाइ कहाँ स्वस्थ राख्न सक्छ र ?
जब आफ्नै अस्तित्वको चिन्ता मा डुबेको छु 
हिजै डाडा घरे कैलो बन्दुक बोकेर आयो 
कान्लामुनि को बगैचा अब देखि उसको राज्यमा पर्यो रे 
फल खान अब उसको अनुमति चाहिन्छ रे
 हर्कमान  को हात मा पठाएको कोसेली पाए 
खो के कारी भन्थ्यो आइ  साझ नपर्दै खोसी लग्यो 
तिम्रो सुखमा खुसि नै छु म यहाँ 
कम से कम तिम्रो चिन्ता त् छैन मलाइ 
खोइ के हावा आयो ?
कोइ कता त् कोइ कता लाग्यौ 
हिजो  तिमि हरु लुटुपुटु गर्ने यो काख 
रित्तो रित्तो कोइ सन्तान नै न भए जस्तो लाग्न थाल्यो 
बगी रहेको आखा को भेल 
खोइ कसले स्नेह ले पुछिदिने होला ?
लौरो ले थेग्न नसक्ने भै सक्यो यो जिर्ण शरीर 
अब त् मलाइ केहि चाहिदैन हे सन्तान हो !
मात्र सबै भाई मिलेर हासी खुसि 
यो घरमा संगै शान्ति सित बसी देओ 
कोइ मादल ठोक्, कोइ  सारंगी रेट 
हिमाल पहाड तराइ जहाँ पुग्छौं 
नौमती धुनमा गएर नाचिदेओ 
आओ  हे सन्तान  अब यो घरमा 
आनन्द सित मिलेर बसी देओ 








लेख -लडाई एउटा लड्नै पर्यो
नेपाल आज निर्लज नेता हरु को गैर्ह जिम्मेवार, नैतिकहीन  राजनीति को शिकार भएर असैह्य पिडा मा छटपटाई रहेको छ .मोराल लेस नेता हरु बासि हाड़ को खोसा खोस मा लागेर गन्तब्य बिहिन भएका छन् .
नेपाल रुपी सुन्दर बगैचा मा बिषाक्त बिज छरेर जातीय ,क्षेत्रीय ,धार्मिक ,सामाजिक द्वन्द को सिस्नु घारी उमारेका छन् .बिदेशी हरु त्यस मा मलजल गरि राखेका छन् .निमुख नेपालि जनता आज ओल्टे फर्के नि कोल्टे फर्के नि परतन्त्र को शिकार भएका छन् .तमाम बिकृति को खिल निचोरेर फ्याक्न एउटा लडाई लड्नै पर्यो जनता अब आफै उठ्नु पर्यो .

संसार मा भएको क्रान्ति इतिहास का अध्यता लाइ थाहा नै भएको कुरो हो क्रान्ति देश र जनता को भलाइ का लागि जनता द्वारा गरिन्छ .नेपाल मा बिडम्बना बिदेशी को लागि बिदेशी को सहयोग मा  क्रान्ति भएको छ .जनता को तन्त्र भनेको जनता को लागि अर्थात् जनता ले इच्छाइएको तन्त्र हो र जनता को इच्छा 'शान्ति , स्थिरता , सुरक्षा अनि वाक एबम प्रकाशन स्वतन्त्रता 'नै हो खोइ त तथा कथित पहिलो र दोस्रो आन्दोलन ले जनता को तन्त्र स्थापना गरेको ?पहिलो आन्दोलन ले एक व्यक्ति को तानाशाही दियो दोस्रो ले टिन दल का टिन टाउके को तानाशाही दियो खोइ जनता को तन्त्र ?संबिधान सभा औचित्यहीन बनाइएको छ .सभासद को मूल्य घर मा पालेको हाली को जत्ति को पनि छैन होटेल र रिसोर्ट बाटै सबै  काम चल्ने रहेछ त किन रचियो यो संबिधान सभा को नाटक ? किन रित्याइयो रास्ट्र को ढुकुटी  ६०१ जना लाइ तलब भत्ता खुवाएर ?यो प्रश्न को  जवाफ पाउन अब लड्नै पार्ने भएको छ

स्पस्ट देखिएको तथ्य के हो भने 'नेपाल मा बन्दुक को युद्ध ले बन्दुक तन्त्र (गन - तन्त्र ) स्थापना भएको छ .राजनैतिक दल नै जनता सित लुटेको सम्पति फिर्ता गर्दिन भन्छ यो भन्दा अर्को अपराधिक तन्त्र संसार मा कहा छ ?२७ वटा कथित राजनैतिक दल (बन्दुक तन्त्र का समर्थक )हरुले सवा सय शसस्त्र अपराधिक समुह पालेका छन् यो भन्दा बढी नेपाल मा गन -तन्त्र को साम्राज्य रहेको के प्रमाण चाहिन्छ ?

नेता हरु झुठो बोलि रहेछन संक्रमण-काल भन्दै आफ्नो जिम्मेवारी बाट उम्कन खोज्दैछन .बास्तबमा नेपाल र नेपालि ,यो देश को धर्म सस्कृति , सामाजिक बिशिष्ठता , हाम्रो एकता , स्वाधीनता , रास्ट्रीय अस्मितता, माथि बिदेशी ले आक्रमण गरेको काल हो . यस बाट मुक्ति पाउन उठौ एउटा लडाई लड्नै पर्छ .

प्रचण्ड पथ लगायत च्याउ झैँ उम्रिएका मानबाधिकार बादी देखि अनेक NGO, INGO,नेपाल मा आतंक हुर्काउन ,द्वन्द बढाउन मात्र चाहन्छन . देश मा राम राज्य भैदियो भने त तिनको के काम ?ती सब बे रोजगार हुन्छन . देश को अस्थिरता र द्वन्द का पृष्ठ पोशाक यस्ता राजशाही ठाट का बिदेशी भाडा का टट्टु हरु लाइ नांगेझार पार्न एउटा लडाई लड्नै पर्छ .यिनी हरु कै कारण नेपाल मा नर्वेतन्त्र ,स्विडिस तन्त्र ,फिनिस तन्त्र , बिहारी तन्त्र चलेको छ उनि हरु को तन्त्र कायम रहन नेपाल मा गन -तन्त्र नै चाहिन्छ ,यिनी हरुले कुनै न् कुनै बहाना मा बन्दुक बिकी ् कुनै बहाना मा बन्दुक बिके रहन्छन त्यसैले यिनी हरु को बिरुद्ध मा एक भएर खबरदारी लडाई न् लड्ने हो भने नेपाल मा सोमालिया , अफगानिस्तान , झैँ गन - तन्त्र लामो समय सम्म चली रहन्छ .

गन -तन्त्र कै कारण नेटो तन्त्र ले इस्ट टिमोर लाइ इन्डोनेसिया बाट छुट्याई दियो .गन -तन्त्र कै कारण झन्डै झन्डै टुक्रिएर श्रीलंका भने बचेको छ .शान्तिदूत को खोल ओढेर गन -तन्त्र लाइ प्रोत्साहन गर्ने नर्वे,स्विडेन अनि अन्य युरोपेली देश को अभिस्ट नेपाल लाइ जन जाति को अधिकार को नाम मा लडाएर श्रीलंका नेपाल जस्ता देश मा इशाईहरुको साम्राज्य कायम गर्नु हो .रुसी महा संघ को बिघठन पछी उदाएको नया शक्ति चिन लाइ प्रजातन्त्र , मानबाधिकार नाम मा तहस नहस पारेर गन -तन्त्र भित्र्याउन दक्षिण एसिया मा अति सामरिक महत्व को देश नेपाल मा स्थिर सरकार ,कुसल नेता रहेमा नेटो तन्त्र ले आफ्नो गन - बिकाउन न् सक्ने भएको ले यहा अस्थिरता को खेति गरि राखेको छ .यसको पर्दाफास गर्न एउटा लडाई लड्न कम्मर कस्नु पर्यो .

गन -तन्त्र का नेता प्रचण्ड पथ को धर्म निरपेक्षता , स्वाधीनता अनि झन्डै बदल्ने आवाज अस्थिरता लाद्ने बिदेशी कै आवाज हो .प्रचण्ड पथ एउटा निमित्त नायक मात्र हो निर्देशक पर्दा पछाडी रहेको तथ्य त दिल्ली मा त्वमशरणम गर्नु, नेपाल को दरबार ढाल्न दिल्ली दरबार गुहार्नु  बाट छर्लंग भै सक्यो .प्रचण्ड पथ नेपाल र नेपालि को बिरुद्ध हो .एकातिर स्वाधिनता को लडाई भन्छन अर्को तिर आखा चिम्लेर तत्कालिन दरबार ले रोकेर राखेको बिबादस्पद रास्ट्रघाती नागरिकता बिधेयक लाइ पास गर्न अगाडी बढे .अहिले पनि निर्बाचन आयोग ले गरेको अर्को रास्ट्रघाती असंबैधानिक 'नागरिकता बिना नै मतदाता परिचय पत्र बनाउन 'सहमत भएको बिषय लाइ थाहा न् पाए झैँ चुप चाप बसेको छ .स्मरण रहोस अहिले वितरण गरिएको मतदाता परिचय पत्र नै रास्ट्रीय परिचय पत्र अर्थात् नागरिकता प्रमाण पत्र हो .यस्तो बिषय मा न् बोल्ने प्रचण्ड पथ ले स्वाधीनता को लडाइ  गर्छु भनेको हास्यास्पद मात्र होइन  भारत लाइ नेपाल मा राज गर्न( हस्तक्षेप ) निम्तो दिएको हो भन्दा फरक पर्दैन .अर्को शब्द मा प्रचण्ड पथ नया लोन्दुप दोर्जे बन्दै छन् .

जुन दिन प्रचण्ड ले दिल्ली दरबार मा आफु लाइ समर्पण गरि नेपाल दरबार भत्काए त्यसै दिन बाट प्रचण्ड पथ को तथाकथित भारत बिरोधि प्रसंग आर्यघाट बाट बगी सक्यो जनता लाइ झुक्याउनु नैतिक आधार नै छैन .नेपाल प्रचण्ड पथ न् आउदा सम्म स्वाधीन थियो प्रचण्ड पथ ले नै नेपाल लाइ  पराधीन बनाएको हो . सयुक्त रास्ट्र संघ( अन्मिन्) मार्फत परोक्ष नेपाल ले आफ्नो अधीनता गुमाई सक्यो . अनमिन नेपाल को सरकार नाम को बुख्याचा लाइ धम्कौछ यो गर त्यो गर भन्छ हाम्रो राष्ट्रिय शेना को रेख देख गर्छ त्यो पराधिनता होइन ?अनमिन बोलाउने प्रचण्ड पथ होइन ? बिभिन्न आवरण मा बिदेशी को ओइरो लगाउ ने प्रचण्ड पथ नै हो .भारतीय झण्डा बोकेको बस चढेर रमाउदै संबिधान सभा जाने प्रचण्ड पथ का दुत हरु नै हुन् .

आज नेपालि ले लड्नु पर्ने लडाई हो देश को अस्मितता छिया छिया पार्ने तीन दल को निरंकुशता को बिरुद्ध ,हाम्रो  एकता सदभाब भाइचारा  लाइ चकनाचुर पार्ने तत्व को बिरुद्ध ,हाम्रो धर्म सस्कृति , भाषा , सामाजिक बिशिष्ठतता लाइ बिस्थापित गर्न खोज्ने रास्ट्रघाती हरु को बिरुद्ध ,जातियता ,क्षेत्रीयता को अधिकार को नाम मा द्वन्द चर्काएर नेपाल भुमि लाइ अफ्नो स्वार्थ सिद्धिको मैदान बनाउन खोज्ने अन्त रास्ट्रीय एजेन्ट हरु को बिरुद्ध मा .संबिधान संबिधान भन्दै नेता हरु नेपालि जनता लाइ मुर्ख बनाएर आ आफ्नो अनेक कुकृत्य लाइ धुन पखाल्न खोजि राखेका छन् . जब सम्म अहिलेका नेता हरुको  नियति र प्रवृति मा परिबर्तन आउदैन संबिधान बन्नु र न् बन्नु मा केहि फरक पर्दैन .खोइ त बेलायत मा आज सम्म अलिखित संबिधान ले चली राखेको छ . अफ्नो मति भ्रस्ट अनि बिदेशी को धुन् मा नाच्ने नेता हरु बाट मुक्ति नै आज को मुख्य लडाई हो .उठौ जागौ नेपालि हो अर्को एउटा लडाई लड्न उठौ .
जय नेपाल
shekhar1962@gmail.com










.





लेख - हासौ एक छिन .......
शेखर ढुंगेल
मानब जीवन हो अध्यारो उज्यालो ,दुख सुख ,हासो रोदन .नङ र मासु झैँ गासिएको हुन्छ .जन्म को खुसि देखि मृत्यु को दुख सम्म को अनुभब  पालै पालो सबैले व्यहोर्नु नै पर्छ .
यस्तो नियति बाट जस्तै महा पुरुष वा विदुषी वा कोइ पनि टाढा रहन सक्दैनन .
यसै यथार्तता लाइ दृष्टिगत गरि प्रत्यक समाज ले समय समय मा परिवार ,साथि संगति वा इस्ट मित्र जमघट भएर दुख लाइ भुलाई खुसि बाड्ने बहाना को लागि पर्ब ,जात्रा ,मेला भोज आदि को चलन  चलाएका हुन्न भन्ने समाज शास्त्री हरु को भनाइ रहेको छ .
परम्परागत रुपमा मनाइने हामी नेपालि हरु को ठुलो पर्ब दशैँ त्योहार भर्खरै सकियो अंग्रेजी त्योहार सुरु भएको छ .यस उपलक्ष्य मा आउनुस हासौ एक छिन .
तल उल्लेखित  हास्य व्यंग केहि मौलिक र केहि  बिभिन्न पत्र पत्रिका बाट संकलित हुन् .बसिबियालो को लागि "प्याकेज "मा पस्केको छु .
एक -
कुरो उही दुख सुख को "एक जना मित्र को छिमेकी को मा सधै साझ पर्यो कि ठुलो ठुलो स्वर मा हा हा ..हा ..हा श्रीमान् श्रीमती को हासो को आवाज आउदो रहेछ .मित्र लाइ छिमेकी को दैनिक त्यस्तो हासो को रहस्य के होला भनि खुल्दुली लागेछ .एकदिन मैका मिलाएर सोधेछन होइन हौ मित्र तपाइको घर मा सधै साझ पर्यो कि हा हा ह हा गरेर ठुलो ठुलो स्वर मा हासो को फोहरा छुट्छ के हो त्यस्तो खुसि को रहस्य ?छिमेकी ले नियाउरो मुख लगाउदै भनेछन 'के को खुसि र सुखी को रहस्य नि मित्र घर भित्र छिर्यो कि श्रीमती जुत्ता ले हान्न थाल्छिन मेरो टाउको मा लागे उनि हास्छिन न् लागे म हास्छु ................
दुइ -यो पनि कुरो गरिब धनि को -
 "टोल मा एउटा गरिब र धनि बिच मा त ठुलो कि म ठुलो भनि सधै चर्का चर्की पर्दो रहेछ एक दिन फेरी झगडा सुरु भयो धनि भन्छ ल भन त सित के छ र त म भन्दा ठुलो लौ भन त ?
त सित के छ भन्न पहिले म भन्दा ठुलो हुन् ?
धनि ले ठुलो हु भन्ने प्रमाण दिन भन्यो म सित १० वटा कार छ . ४ वटा घर छ . सैयु रोपनी जग्गा छ ,करोडौ को बैंक ब्यालेन्स छ तेरो के छ ?
गरिब ले जवाफ लियो ल ..ल  धेरै धाक न् लगाउ 'तिम्रो एक मात्र छोरी ले मेरो छोरो सित प्यार गर्छे ........
तीन- कुरो कम्प्युटर को -
श्रीमान छिट्टै अफिस बाट घर आएको देखेर श्रीमती ले सोधिन के हो सन्चो भएन कि क्याहो किन छिट्टै घर आएको ?
त्यसो होइन मालिक ले आज बाट छुट्टी दियो
श्रीमती अनि त्यत्रो काम कसले गर्छ त ?
श्रीमान कम्प्युटर ले गर्छ रे मेरो काम छैन रे अब
दोस्रो दिन श्रीमान नोकरी खोजेर घर फर्किए देख्छन त श्रीमती कम्प्युटर फीट गर्दै रहिछन
श्रीमान ले सोधे होइन किन चाहियो तलाई कम्प्युटर ?
श्रीमती भन्छिन तिम्रो काम कम्प्युटर ले गर्छ भनेको होइन त?
चार -कुरो फेरी श्रीमान श्रीमती को
कलावती फुलमाया सित गुनासो गर्छिन
हेर्न फुलमाया ?मेरो श्रीमान ले महिना को सुरु मा केहि पैसा दिन्छन त्यस पछी सुक्को दिन्नन भन्या !क्या टेन्सन ?
फुलमाया ले सोधिन अनि के गर्छ्यौ त ?
कलावती ले आफ्नो बुद्धि को कमाल सुनाउदै भनिन कुनै न्   कुनै निहु खोजेर माइत जाने धम्कि दिन्छु
फुलमाया -अनि
कलावती त्यस पछी ?माइत जाने एक तर्फी भाडा तुरुन्त दिन्छन
......................................
माइत गएको १५ दिन पछी रुक्मिणी ले घर मा फोन गरेर श्रीमान लाइ भनिन
मेरो राजा आज १५ दिन भयो माइत आएको हजुर को सम्झना ले आधा भैसके कहिले आइसिन्छ मलाइ लिन ?
श्रीमान ए त्यसो हो भने अर्को १५ दिन पर्खन त !!!!!
पाच -कुरो रक्सि खानेको
एक सज्जन रक्सीले चुर भएर मध्ये रात मा गल्लि को बाटो हिड्दै थिए .गल्लि का कुक्कुर जती भुक्दै उनको पछी लागे
सज्जन हप्कौछन् ,दप्कौछन् कुक्कुर हरु झन ठुलो स्वर ले भुक्न् थाल्छन .
सज्जन लाइ निक्कै रिष उठ्दछ .पर्खाल को ढुंगा उप्काउन खोज्छन जाती बल गरे पनि उप्किदैन
अनि रिशाउदै भन्छन 'यो टोल का मानिस कस्ता मुर्ख कुक्कुर लाइ छाडा छोड्छन ढुंगा लाइ बाधेर राख्छन .......

छ - कुरो निन्द्रा को ...
कुन्ती लाइ निन्द्रा न् आएर चिन्ता परेछ
मध्यरात मा अफ्नो मन मिल्ने साथी लाइ फोन  गरेर सोधिन
हेर न् कमली एता पल्टन्छु उता पल्टनछु निन्द्रा न् आएर चिन्ता लाग्यो के गर्ने होला ?
कमली ले जवाफ दिईन् त निन्द्रा आओस कि न् आओस चिन्ता गर्न छोडिदे र चुप चाप सूत
कहाँ गयो बुझेर म भोलि खबर गरौला .....
सात्-कुरो सस्तो  कोठा भाडा को
घर मालिक डेरा खोज्न आउने लाइ कोठा देखाउदै
यो कोठा को दुइ हज्जार लिन्छु महिना को
कोठा खोज्ने मान्छे - तर साहु जी तपाइँ को कोठा मा त मुसा नाच्दै छ त ?
घर मालिक - दुइ हज्जार को कोठा मा मुसा न् नाचे के रेखा थापा नाच्छिन ता ?......
आठ - डाक्टर र बिरामी
अप्रेसन कोठा मा पुगे पछी टेबुल मा फुल को माला देखेर बिरामी डाक्टर लाइ सोधे
डाक्टर साहब यो अप्रेसन कोठा मा फुल को माला को के काम ?
डाक्टर भन्छन यो मेरो पहिलो अप्रेसन हो सफल भए म आफै लाइ असफल भए तपाइँ लाइ ......
नौ- शिक्षक र बिद्यार्थी
शिक्षक भर्ना हुन् आएको बिध्यार्थी लाइ सोध्छन्
भन बाबु तिम्रो बुबा को नाम के हो ?
बिध्यार्थी -गुगल प्रसाद
शिक्षक -धेत्त ?त्यस्तो नि नाम हुन्छ ?
बिध्यार्थी - कसरि न् हुनु त जहा पुगे पनि पत्ता लगाई हाल्छन
शिक्षक -लौ त्यसो भए तिम्रो जन्म मिति के हो ?
बिध्यार्थी -ए सर तपाइँ कस्तो मुर्ख ह ?जन्मेको दिन न् म लेख्न सक्थे न् बोल्न सक्थे ?म के थाहा पाउ ?म सित सोध्ने हो त्यस्तो प्रश्न ?......









लौ फर्कौ देश ले बोलायो 
शेखर ढुंगेल 

परदेशी ?यो लबज नै कत्ति अमिलो छ !!! अर्थात् पराइ को देश मा रहने /बस्ने !आफ्नो होइन अर्काको देश मा !आफ्नो भन्दा टाढा को देश परको देश मा रहने .नेपाली को परदेशिनु को कथा व्यथा अनेक छन् व्यक्ति पिच्छे अलग छन् .थोरै रहर ले धेरै बाध्यता बोकेर परदेशिए का छन् .महाकबि लक्ष्मीप्रसाद देबकोटा ले परदेशिनु को पिडा लाइ ''मुना मदन 'जस्तो महा काब्य नै बनाए .जसमा बियोगान्त को 'जड 'नै परदेश को मोह थियो रहर थियो लालच थियो .बेलायति फौज को व्यथा ,भारतीय फौज को व्यथा धेरै भयो अब अरब को व्यथा झनै सहन गार्हो सत्य कुरो त्यहि हो अमेरिका बेलायत युरोप अस्ट्रेलिया जापान को अवस्था बाट पनि अब कोइ अनभिज्ञ छैन . आफ्नो देश भन्दा प्यारो अरु देश  कहिँ हुदैन यहि तितो सत्य हो  .उच्च शिक्षा ,र रोजगारी को अवसर को खोजि मा मात्र न् भै पछिल्लो डेढ दशक यता नेपाली हरु अफ्नो  ज्यान जोगाउन कै लागि र सन्तान को भबिस्य सुरक्षित राख्ने सपना /बहाना बोकेर पलायन हुन् प्रोत्साहित हुने हरुको अकल्पनीय बाध्यात्मक घुइरो लागेको पीडादायी अवस्था देखिएको छ .निस्चय नै भोको पेट र मरेको लास ले रास्ट्रियता भन्दैन .पहिले जिउने र दोस्रो शान्ति पुर्बक  पेट भर खान पाउनु पर्छ .बिगत डेढ दसक को हिंसात्मक युद्ध ले नागरिक को त्यो हक छिनिएको हो .त्यो त्रादशिपूर्ण अवस्था ले नेपाल को ठुलो धन राषी र बौद्धिक उर्जा समेत पलायन भएको बिडम्बना युक्त अवस्था देश ले भोगी राखेको छ 

उच्च शिक्षा आर्जन गर्न अमेरिका बेलायत अस्ट्रेलिया युरोप आदि देश मा पुगेका र त्यहि राम्रो रोजगारी पाएका  बाहेक अन्य मुलुक मा छरिएर रहेका नेपाली हरु अधिकांस  "शान्ति छैन ,अवसर छैन ,नातावाद कृपाबाद छ भ्रस्टाचार छ ,पैसा न् दिने को काम नै हुन्न ,अस्थिरता र द्वन्द्ध ले आफ्नो र सन्तान को भबिस्य छैन भन्दै   पलायन हुनु परेको वा बिदेशिनु परेको कारण बताउने गरेका छन् .यो सत्य हो तर  प्रत्यक सामर्थ  नेपाली ले कुनै न् कुनै बहाना बनाइ आफु अनुकुल देश भएन भन्दै पलायन हुने हो भने अर्को एकाध दशक पछी नेपाल को पनि अस्तित्व .समाप्त हुने खतरा देखिन्छ .

नेपाली हरु भारत लगायत अन्य मुलुक मा भागेका छौ उता भारत बिहार र उत्तर प्रदेश लगायत बंगलादेशी पाकिस्तानी अफगानस्तान बाट भागेका अपराधी हरुले  ससद देखि सडक सम्म डेरा जमाई सकेका छन् उत्तर तिर को चाप पनि काम छैन .यस्तै हो भने अर्को २० बर्ष मा हामि आदिबासी नेपाली आफ्नै देश मा अल्पमत मा पर्ने देखिन्छ .तराइ बाट पहाडिया र त्यहा का आदिबासी नेपाली हरु लाइ लखेट्ने ,लुट्ने काम भै राखेको छ मिल्दोजुल्दो छाला को (अनुहार ) फाइदा उठाएर तराइ बासिको नाम मा नक्कली नेपाली हरुले लुटपाट मच्चाएका छन् .हत्या हिंसा बलात्कार लुट सामान्य जस्तो भएको छ .सवा सय भन्दा बढी शसस्त्र अपराधी समुह हरु कोइ नेपाली होइनन बिहार बाट लखेटिएका अपराधी हरु हुन् .एउटा नेपाली ले अर्को नेपाली लाइ यो हद सम्म गिरेर लुट्ने मार्ने गर्न सक्दैन त्यो हाम्रो सस्कृति नै होइन .तराइ बासि नेपाली को हक हित को नाम मा बास्तबिक तराइ बसी नेपाली बिस्थापित हुनु परेको दर्दनाक अवस्था छ .

हामि नेपाली ले गम्भीर भएर सोच्नु पर्ने कुरो के भने आफ्नो देश को तमाम बिकृति लाइ हटाउने कसले र कसरि ?शिक्षित ,सम्पन्न ,सभ्य नागरिक ले देश छोडेर पलायन हुने वा सस्तो आय आर्जन को नाम मा कर्मठ ,मेहिनती ,इमान्दार युवाहरु बिदेशिने अनि देश मा अशिक्षित भ्रस्ट ,बेरोजगार र अपराध प्रवृति का र आयातित नक्कली नेपाली मात्र बाकि रहने हो भने कहिले बन्छ त नेपाल ?हाम्रो दायित्व के त देश प्रति ?अरु लाइ दोष थुपार्दै मा इतिहास ले माफ गर्ला त हामि लाइ ?संसार को बिभिन्न कुना मा पुगेका छौ धर्म सस्कृति ,भाषा ,कला ,साहित्य ,प्रजातन्त्र .मानबाधिकार को वकालत गर्छौ तर त्यस ले देश लाइ केहि फाइदा पुगेको छैन विदेश मा पनि नेपाली को घेरा तोडेर अन्तरास्ट्रिय करण गर्न सकेका छैनौ .जहाँ पुगे पनि न्यून अल्प सख्यक मा समेत न् गनिएका हामि नेपाली ले देश प्रति नै लगाव बढाउनु गर्ब गर्न लायक देखिन्छ .

एक छिन सोचौ ! त कति हाम्रा आमा बुबा छोरा , नाति नातिना को मुख हेर्ने रहर बोकी पिढीमा कुरेर बसेका छन् ?तिनका पिलपिलाउदो अनुहार बाट तपकिएका आशु ले हामि लाइ पोल्दैन ?कति श्रीमती ,श्रीमान नावालक बच्चा परदेशिएको आफ्नो मान्छे फर्कने आशा मा टोलाएर बसेका छन् ?उनीहरुको  मन लाइ रुवाएर कस्तो भबिस्य बनाउन खोज्दै छौ हामि ?आज भोलि प्रत्यक दिन विदेश मा युवा युबती हरु को दुखान्त घटना हरु को समाचार आउँन् थालेको छ ..स्वदेश मा भन्दा विदेश मा दुख छ हामी ले भोगी सक्यौ .सम्पति जीवन गुजारा को एउटा साधन मात्र हो जीवन को साधन होइन ' अ कुल सम्पति को बाबजुद पनि दुख को रुप बदलिने हो हट्ने होइन ,मानसिक चिन्ता ,व्यवधान बाट मुक्त हुने सरल उपाय अपनत्व को नजिक हुनु हो त्यो देश हो अफ्नो समाज हो .महाकवि लक्ष्मी प्रसाद देवकोटा जी ले त्यसै भनेनन "सुन को थैला हात को मैला के गर्नु धन ले ?साग  र सिस्नु खाएको बेस आनन्दित  मन ले "हामि ले जसरि आफ्नो र सन्तान को सुख को खोजि मा अभिभावक लाइ तड्पाउदै छौ त्यति नै पिडा हामि ले भोग्नु पर्ने छ जीवन भर यो यथार्तता लाइ मनन गरौ .विदेश को चलन नै हो एकल परिवार, पछी एक्लो हुदा मात्र बाउ आमा सम्झिदा ढिलो भै सकेको हुनेछ .लौ फर्कौ बेलैमा अफ्नो देश नेपाल .

बिदेशिएका हामि नेपाली ले अझ बिशेष गरि उच्च शिक्षा हासिल गर्ने हरुले एक पटक भारत का प्रधान मन्त्री मन मोहन सिंह को अनुशरण गरेमा नेपाल आमा ले आशिष दिने छिन .अक्सफोर्ड बाट बिध्यापारिधि गरेका एक होनाहार बिध्यार्थी डा मन मोहन सिंह परदेश मै पलायन भएको भए के बन्थे होलान ?कुनै वित्तीय सस्था का प्रमुख वा मन्त्रालय का सल्लाहकार ?तर उनि स्वदेश फर्किए अफ्नो बिशिष्ठ प्रतिभा बोकेर रास्ट्र सेवा गरे बापत आज उनि दोस्रो गान्धी को उपाधि ले पुजिन थालेका छन् .गान्धीले बिदेशी बिरुद्ध लडे मन मोहन ले देश को गरिबी सित लडे आर्थिक क्रान्ति गरे फलस्वरुप उनि "Top Hundred influential people of the World 2005"World Statesman's Award 2010" बाट विभूषित भएका छन् .उनको मर्यादा नेहरु को भन्दा माथि उठेको छ .त्यस्ता शक्तिसाली पुरुष को आज प्रयत्न आफ्नो नाम मा पुर्ख्यौली सम्पति बाहेक किनेको ८०० सी सी को मारुती कार मात्र छ .र अझ अपत्यारिलो त के भने उनि त्यो कार को बार्षिक नबिकरण गर्न स्वयम सम्बन्धित कार्यालय  जान्छन .उनकी श्रीमती भारतीय इतिहास मै हाई प्रोफाइल राजनीतिज्ञ कि लो प्रोफाइल श्रीमती भनेर उल्लेख भएकी छिन .देश को लागि यस्तो उदाहरणीय नेता हामीले जन्माउँन् को लागि नेपाल फर्कनु परेको छ .

हाम्रो एन आर एन का सस्थापक अधक्ष्य डा उपेन्द्र महतो लाइ हेरौ उनि बेलारुस मै रमाएको भए कसले चिन्थ्यो नेपाल मा ?भलै उनि बेलारुस का एक नम्बर धनाड्य हुन्थे होलान ?उनले आफ्नो मातृभूमि प्रतिको दायित्व सम्झे र अफ्नो तन मन धन लाइ नेपाल को आर्थिक बिकाश देखि समाज सेवा सम्म अग्रणी भूमिकामा समर्पित गरेका छन् .उनको मातृभूमि सेवा को लागि नेपाल र नेपाली ऋणी रहने छन् किन पछ्याउदैनौ डा उपेन्द्र महतो लाइ ?किन प्रोत्साहित हुन्नौ हामि महाबिर पुन बाट ?किन जागर आउदैन रबिन्द्र मिश्र बन्ने ?बिदेशीएका हरु बिशेष गरि जो पलायन हुने वा भएका छन् अमेरिका ,बेलायत ,अस्ट्रेलिया युरोप  आदि देश मा उनि हरुको सीप ,अनुभब लाइ मात्र देश को लागि सदुपयोग भयो भने नेपाल लाइ  साच्चिकै अर्को दश बर्ष मा एउटा उदाहरणीय देश बनाउन सकिन्छ .देश जनता ले बनाउने हो र बनाउनु पर्छ .

 धेरै भयो हामीले "देशले के दियो र दिन्छ "भन्दै बिदेशिने सोच राखेको अब त्यसो होइन हामीले "देश लाइ के दिन सक्यौ र के दिन सक्छौ? "भनि गम्भीर भएर सोच्नु परेको छ .प्रत्यक नागरिक ले देश प्रतिको उत्तरदायित्व बहन गर्ने तत्परता देखाउनु पर्छ .नत्र त इतिहास ले हामि लाइ भगौडा ,हुतिहारा र बेइमान भनि चिन्ने छ .देश र परिवार बाट बिछोडिएर हिड्नु भनेको जीवन को ठुलो अभिस्राप नै हो जो सबैले व्यहोरेको पिडा हो .त्यहि दर्दनाक मानबिय पिडा लाइ महसुस गरेर सयुक्त रास्ट्र संघ मानबाधिकार समिति को जेनेभा सम्मेलन ले कारण बस अर्को देश मा शरणार्थी बन्नु पर्ने अवस्था मा परिवार समेत लाइ पुनर्मिलन गराउनु पर्ने नीति राखेको हो .बिदेशिएका हामि  हरु को लागि  के बर्गर र के यफ सी हाम्रो दैनिकी बन्न सक्यो ?गुन्द्रुक , आलु तामा को सम्झना आउदैन ?के हाम्रो खोला नाला ,हिमाल ,पहाड ,चम्पा चमेली बर पिपल याद आउदैन ?देश रोइ रहेछ !आमा बाटो हेरी रहेकी छिन त्यो मर्म बुझ्ने सम्बेदंसिलता हराएका स्वार्थी बनेका हौ हामि ?के हामि त्यति निष्ठुरी छौ कुरूप भईन भन्दै आमा लाइ छोडेर पलायन हुने ?के मन ले मानेको छ बिर्सन देश ?के भानु भक्त ,लक्ष्मीप्रसाद ले हामि लाइ प्रेरणा दिन न् सकेका हुन् ?होइन भने पलायन हुने किन ?अर्का को देश मा अफ्नो धर्म ,कला ,सस्कृति ,भाषा को रटान किन ?कत्ति ढाट्ने यो मन लाइ ?देश मा बिकृति छ भनि आरोप लगाउछौ त सच्याउने दायित्व कसको ?हो देश मा सकारात्मक सोच को मुहान भत्किएको छ धमिलिएको छ तर सफा गर्ने दायित्व हाम्रै होइन ?अरु को मुख ताक्ने बानि लाइ त्यागेर अगाडी बढेनौ भने अर्को ले त झनै बिषाक्त छरिदिन्छ आफ्नो भन्ने केहि बाकि रहदैन अब .समस्या देखि भाग्नेलाछी हौ र हामि ?समाधान हामी सित नै छ .समृद्ध नेपाल को लागि हाम्रो योगदान अनिबार्य छ .

विदेश आउनु पर्छ हाम्रो जस्तो अविकसित देश का नागरिक ले उच्च शिक्षा र प्रविधि को ज्ञान हासिल गर्न ,अनुभब बटुल्न तर दम्भित ,ग्रसित ,गलित ,भ्रमित .थकित भएर सुन्दर भबिस्य को भ्रम बोकी तनावपूर्ण जीवन बाच्न को लागि पलायन हुन् होइन .दोस्रो दर्जा को नागरिक बनि झुठो गर्ब गर्न होइन ?त्यसमा पनि आज बिस्व को बदलिदो आर्थिक उतार चढाब ले गर्दा हाम्रो लागि अत्यधिक आकर्षण रहेको अमेरिका ,बेलायत ,अस्ट्रेलिया ,युरोप वा जापान जस्तो मुलुक मा डेढ दशक अगाडी सम्म को जस्तो अवसर को स्थिति पनि अब रहेन .बिस्व आर्थिक मन्दी को चपेटामा परेका ती मुलुक मा रहेका आप्रबासी नेपाली हरु ले यो सत्य लाइ नजिक बाट भोगी रहेका छौ .जीवन झन झनै कस्टमय बन्दै गएको छ .बास्तव मा नेपाल जस्तो अल्पविकसित देश मै आज अवसर का धेरै ढोका हरु खुला देखिएको छ .बिस्व कै उच्च आर्थिक वृद्धिदर रहेको चिन र भारत आज को आकर्षण हुन् हामीले दुइ  छिमेकी को  सदुपयोग गर्न सक्नु परेको छ .भारत कै एउटा निर्मा सर्फ कम्पनि लाइ हेरौ तत्काल मा २ हजार भारु तलब खाने सरकारी जुनियर केमिस्ट डा कारसन भाइ पटेल ले सन् १९६९ मा त्यो नोकरी छोडेर २० हजार रुपिया मा घर मै निर्मा सर्फ उत्पादन गरेर घर घर मा बेच्ने उध्योग आज बहु रास्ट्रिय कम्पनि भएको छ करिब २० हज्जार कर्मचारी र ३० हज्जार करोड को सम्पति बोकेर ठडिएको छ . प्रतिबद्धता .लगन .इमान भयो भने माटो सुन बन्छ बनाउन सकिन्छ . 

जल बिध्युत मात्र होइन कृषि ,पशुपालन फलफुल उत्पादन को लागि नेपाल मा प्रचुर मात्रामा अवसर छन् .स्मरण रहोस अहिले नेपाल मा बर्षेनी  भारत बाट मात्र सय अरब बराबर को मासुजन्य बस्तु, खाध्यान्य फलफुल र सब्जी मात्रै  आयात भै रहेको छ र ठुलो धन राशि विदेशिएको छ . देश मा ब्यापार घाटा बढ्दो छ.  जब कि हामिले  उत्पादन गरेर  भारत ,चिन बंगलादेस मंगोलिया सम्म  निर्यात गर्न सक्षम छौ . दुध र दुध बाट उत्पादन हुने बस्तु मा नेपाल को हावा पानी स्वीजरल्याण्ड जस्तै राम्रो छ हामि अन्य मुलुक मा निर्यात गर्न सक्छौ.हाम्रो देश मा उब्जने  अमुल्य जडीबुटी लाइ सदुपयोग गर्न सकेका छैनौ या सुन को मूल्य पर्ने लाइ खरानी को दर मा बिदेशी लाइ बुझाइ रहेका छौ .  बिस्व को दुइ प्रमुख धर्म को प्रमुख तीर्थस्थल नेपाल मै छ. बिडम्बना के छ भने नेपाल को पयर्टन ब्यबसाय मा ५० %भन्दा बढी भारतीय ले ओगटेका छन् तारे होटल र ठुलो ट्राभल एजेन्सी हरु मा माथिल्लो दर्जा मा ७० %भारतीय छन् . निर्माण ब्यबसाय मा मजदुर देखि प्राबिधिक सम्म सिमा पारि का नै छन् यो कसरि भयो ?हामि आफ्नै देश मा अस्वाभाविक आडम्बर अल्छीपन बोकेको कारण हो. अरब मुलुक मा पुगेर पसिना पुछ्नु पर्दैन् अवसर छ नेपाल मा सदुपयोग गर्न अग्रसर हुनु पर्यो . .उचित ब्यबस्थापन गर्न सक्यौ भने अहिले विदेश बाट जाने रेमिट्यान्स भन्दा धेरै गुणा ज्यादा बिदेशी मुद्रा आर्जन गर्न सक्छौ आफ्नै घर परिवार अनि देश मा बसेर  . नेपाल को जल बिध्युत  अरब को तेल र सुन भन्दा सैयौ गुणा महत्व र आर्थिक स्रोत हो त्यसको पनि अब समुचित उत्पादन गर्ने समय आएको छ सुरु हुन्छ अब . लाखौ लाख  रोजगारी को बजार  नेपाल मै छ किन भौतारिने विदेश मा मानसिक तनाव बोकेर ? सामुहिक भावना को विकास गरौ सामुहिक खेति गरौ सामुहिक कमाइ  गरौ .बाद र दल दल को चपेटा मा होइन बन्धुत्व को घेरा बनाउ यहि आज को आबस्यकता हो .प्रविधि को बिकास ले गर्दा संसार को प्रत्यक कुना को गतिबिधि पारदर्शी भै राखेको अबस्थामा एउटा स्वाधीन देश का जनता ले आफ्नो देश को लागि अपनाउने नीति बिधि र परियोजना हरु मा हिजो को जस्तो कुनै देश बिशेष वा समुह बिशेष ले अबरोध पुर्याउने सम्भाबना न्यून हुदै गएको छ .२०४६ साल सम्म १२६ प्रकार का ग्राहस्थ उत्पादन मा आत्मनिर्भर भै सकेको नेपाल मा पुन एक पटक रास्ट्र प्रति समर्पित बिज्ञ हरु को साहसिक नागरिक हरु को सक्रियता को खाचो छ .देश बनाउने जिम्मेवार नागरिक हरु ले हो नेता हरु ले होइन देश बिकास का कारक तत्व हरु लाइ निरुत्साहित गर्दै निषेध गर्दै प्रकृति को स्वर्ग नेपाल लाइ बिस्व को उदाहरणीय देश बनाउन् सक्छौ .


संसार मा जे को पनि सिमा हुन्छ प्रगति उन्नति वा बिकृति जे सुकै को पनिर एक दिन सकारात्मक बाट नकारात्मक र नकारात्मक बाट सकारात्मक तर्फ अनिबार्य फर्कन्छ . एउटा प्रत्यक्ष उदाहरण हेरौ कुनै बेला संसार को सबै भन्दा अग्लो ट्वीन टावर न्युयोर्क भनिन्थ्यो आज मलेसिया दुबही गर्दै चिन मा बन्दै छ कुनै बेला अमेरिका संसार को धनि र शक्ति साली भनिन्थ्यो आज चिन आर्थिक रुपले मात्र होइन बिकास र अवसर को लागि संसार कै आकर्षण भन्दै गएको छ .त्यसैले    हाम्रो देश को ओरालो लाग्ने सिमा रेखा  को अब अन्त हुनेछ र द्रुत गति मा उकालो लाग्ने छ. बिदेशिएका हरु को सीप लगन र प्रतिबद्ध मेहिनत को आबस्यकता छ  .देश ले भर्खरै भ्रस्टाचार विरुद्धको अभियान मा सयुक्त रास्ट्र संघ बाट घोषित महा सन्धिमा हस्ताक्षर गरेको छ अब बिस्तारै भ्रस्टाचार बिरोधि अभियान ले सार्थकता पाउने छ .नेपाल को  समस्या भनेको Lack of Civic sense नै हो. हामि विदेश मा बस्ने हरु ले पाएको शिक्षा र अनुभब भनेको यो पनि  एक महत्वपूर्ण हो . हामीले देखेको भोगेको सभ्य मानिस हरु को Attitude ब्यबहार मा उतार्यौ भने समाज लाइ सजिलै परिबर्तन गर्न सक्छौ .समाज लाइ आबस्यक पर्ने नीति नियम को बिधेयक बनाएर सरकार लाइ लागु गर्न सुझाब दिन सक्छौ .मेची देखि महाकाली सम्म एउटा पारिवारिक संजाल मा बाधिएको एउटै परिवार का हामि नेपाली ले जापानिज भन्दा उच्च सिलस्वभाब ,सहयोग ,र सदभाबयूक्त नागरिकहरु  बसेको  उदाहरणीय देश बनाउन सक्छौ किन कि हाम्रो देश मै शान्ति सिल र दया का दुत भगवान गौतम बुद्ध जन्मिएका हुन् .उनको शिक्षा बाट सिक्न सक्नु  सक्छौ .समाज मा Civic Sense "को ब्यबहारिक रुपले कार्यान्वयन हुन् न् सक्नु नै हाम्रो हज्जारौ समस्या को जड भएको छ .आफ्नो  अधिकार को लागि अर्काको अधिकार खोस्न हुन्न भन्ने सामान्य सोच लाइ समेत हामीले ब्यबहार मा उतार्न सकेका छैनौ .हामि जो विदेश मा छौ Civic sense भनेको केहो ?यसको महत्व कति छ ?कसरि लागु गर्न सकिन्छ ?भन्ने कुरो सिकेका छौ .त्यस लाइ ब्यबहार मा उतार्न सरकार र नागरिक लाइ अभिप्रेरित गर्नु पर्छ .

देश न् बन्नु मा आंशिकरुपमा दोष नेता हरु को भए पनि नागरिक नै बढी जिम्मेवार छौ .हाम्रो ढोके प्रवृति ,अल्छिपन , आडम्बर र इमान्दारिता को कमि पनि हो .समाज को बिकृति लाइ हटाएर सुसस्कृति र सद्व्यवहार देखाउने दायित्व हाम्रो हो .नेता ले तोडफोड गर टायर बाल भन्छन भने यसो गर्नु अनुचित हो गर्दैनौ  भन्नु हाम्रो काम हो .हामीले झुक्ने र झुकाउने प्रवृति को अन्त गरौ .'मानबिय मुल्य र मान्यता "को मर्म लाइ ब्यबहार मा उतार्ने अभियान चलाउ ,प्रत्यक बर्ग र क्षेत्र का नागरिक लाइ आफ्नो हक हित को लागि कसरि पर्तिस्पर्धि बन्ने भन्ने कुरो को चेतना जगाउनु पर्छ .बास्तव मा हामीले ठुलो आकांक्षा लाइ इमान्दारिता को कसी मा राखेर अलिकति खुम्च्याउँन्  सक्यौ आडम्बर त्यागेर अफ्नो हैसियत लाइ इमान्दारी पुर्बक समाज मा भिजाउन सक्यौ र आफ्नो छिमेकी साथी भाइ वा आफु भन्दा दुखि पिडित को दुख मा सहभागी गराउन सक्यौ भने हामि पनि आफ्नै देश मा खुसि सित रमाएर बस्न सक्छौ .हिँसा होइन प्रेम ,विवाद होइन सहमति ,अबरोध होइन सहयोग गर्नु पर्छ देश बनाउन र शान्ति कायम राख्न भन्ने कुरो बिदेशिएका लाखौ नेपाली बुझी सकेका छन् .दोस्रो दर्जा को नागरिक बनेर व्यक्तिगत मनोकांक्षा को लागि विदेश मा पलायन नहौ आफ्नो देश आफै बनाउ लौ नेपाली अब देश फर्कौ .