Friday, January 17, 2025
"जिउदो छदै म आफैले धेरै आँशु झारी सकेको छु
अब मेरो मृत्युमा कसैले आँशु नझारी दिए नै म खुसि हुन्छु "
"जिउदो छदै मनग्य स्वर्ग मैले भोगी सकेको छु
मेरो मृत्यु पछी स्वर्ग को कामना नगरी दिए नै म खुसि हुन्छु
बाचुन्जेल काँडा नै काँडा को बाटो हिँडे
मरे पछी फुल चढाएर के गर्नु
यात्रामा कतिपटक लडे तमासा बने आफै उठे
मरे पछी उठाउने मलामीको भिडको के अर्थ ?
म त् मारेर बाँचेको मान्छे
मरे पछि अमर रहुन कामना के गर्नु ?
बुझ्नै सकिन बाचुन्जेल जीवनको गाथा मेरो
मरे पछी चर्चा परिचर्चा गर्नुको के अर्थ ?
बाचुन्जेल मेरो खराबी मात्र खोजि रह्यौ
मरे पछी कठै भनि गुण गान ?हाहाहा
यस्तो पाखण्डी समाजमा जिउननै सकस छ
Monday, December 30, 2024
न्यायाधिश थकित मुद्रामा
बार्दलीमा बसेर आकास नियाल्दै थिए
एक हुल आधुनिक पहिरनमा
पितृसत्ता मुर्दाबाद पितृसत्ता मुर्दाबाद
नारा लगाउदै चोक तिर लागे
न्यायाधीशले आजै
ससुराबा को आधा सम्पति बिधवा बुहारी लाइ
अपाहिज श्रीमानको आधा सम्पति श्रीमती लाइ
छुट्याई दिने
दोस्रो श्रीमानको आधा सम्पति छुट्याई दिने
दाइजोमा आएको बुहारीको सम्पति (बाबुको सम्पति )
अरुको हक नलाग्ने आदेशका
केहि थान मुद्धा टुंग्याएर घर फर्केका थिए
त्यो हलमा ऋण काढेर कलेज पढाउने किसानकी छोरी थिइन
त्यो हलमा श्रीमान लाइ पत्तै नदिकन सम्पति बेचेर हिड्ने नेत्री थिइन्
त्यो हलमा श्रीमान फेर्दै हिड्ने सामाजिक अभियन्ता थिइन्
त्यो हलमा माई बडी माइ राइट भन्दै छोरी गर्भ पतन गराउने
महान समाजसेवी थिइन्
त्यो हलमा श्रीमान अर्की सङ्ग लाग्यो भन्दै सन्तान छोडी
सम्बन्ध बिच्छेद गरि आधा अंश कुम्ल्याई
अर्काको श्रीमान संग लिभिङ्ग टुगेदर बस्ने पनि थिइन्
यी मुद्दा टुंग्याउने न्यायाधिशले लामो स्वास फेरे
जिउदो लास माथि अंशको मुद्दा ठोक्ने हक दिने
ति पितृसत्ता मुर्दाबाद न्यायाधिश अट्टहास हाँसे
आकास रुन थाल्यो
पितृसत्ताको BE HALF मा
पितृसत्ता सिनु बनेको छ अंश लुछ्ने
कविता - प्रतिक्षा मृत्यु उत्सव
ए त्यो त् जिउदो लास हो त्
अन्दाज हुन्न रैछ ठोक्छन अंश मुद्धा
हाहाहा बैगुनी दुनिया
स्वार्थमा किन यो हदको भनिभुत कठै
स्वास फेर्दै छ कि रोकियो उसको
जिउदै छ कि निर्जीव भैसक्यो
त्यो मुढोले फल दिन छोडेको बर्षौ भयो त्
न सम्बन्ध न सम्पर्क बेखर त्यो जिउदो लास
तैपनि सम्पतिको मुद्धा
मुर्दा हो त्यो तिम्रो लागि जानी जानी
सुको त्यो ढुटोले फल दिन सक्दैन बुझी बुझी
अंशको मुद्धा वाह वाह वाह तिम्रो सोच
दशकौ अगाडी अब ब्युझदैन भनेर झ्याली पिटी पन्छाएको
एउटा जिउदो लास माथि अझै गिद्दे नजर
प्रतिक्षा उसको मृत्यु उत्सब को ?
जुडो छउन्जेल मुख हेर्दिन भन्ने
कात्रो पन्छाएर हेर्छन सायद ढुक्क हुनु छ
किनकि यो लास कतै भोलि उठ्ने त् होइन
भोलि अंश मुद्धा ठोक्नु छ
पाखण्डी आँशु प्रदर्शन हुन्छ म नै हु हकदार भन्न
बिमानस्थलमा देखेको छु लास खोसा खोस
घाटमा देखेको छु दागबत्तिको मुस्लो खोसा खोस
हाहाहा लैङ्गिक श्रेष्ठताको त्यो आडम्बरी प्रतिफल
जिउदै र मरे पछी एउटा लास
अंशको लागि मृत्यु कुरी रहेका प्यारा आफन्त हरु
जिउदो लास हाँसेको देख्न सक्दैनन्
रमाएर बाँचेको देख्न सक्दैनन्
हाय अंश हाय सम्पति लास खोसा खोस छ
घरमा तमासा छ घाटमा तमासा छ
अंशको नाता कति निर्मम ?
भोलि उत्सब मनाउन लिलामीमा चढेको छ
लास घेराउमा छ अंशियार हरुको
युगौ युग भयो श्रवण कुमार न जन्मेको
बाबा फ्याकेर आमा च्यापेर
सम्पतिको खेलौना बनाउने आधुनिक श्रवण कुमार हरु
गए ति सति जाने दिन
सम्पतिको लागि मानबता सति गएको छ
कानुन लगाएर घर निकाला गर्ने सन्तान
मृत्यु प्रतिक्षामा उत्सब मनाउन
त्यो जिउदो लास
जसले आफ्नै आत्म सम्मानको चोट सहयो
आफ्नै स्वाभिमानको घांटी रेट्यो
परिवार र सन्तानको भबिस्य बनाउन
के त्यो सिर्फ सिर्फ अंशको ढिको बन्न
अंशको लालपुर्जा बन्न ?
त्यो जिउदो लास
कहिल्यै आफ्नो जीवन बाच्न पाएँन
जिम्मेवारी र दायित्वको भकारी भर्दा भर्दा
शिथिल उत्तरार्धमा
लुट्न उद्धत छन् अंशियार
अंशको हकदाबी ठोक्न
हेहेहेहेहे आफन्त हरु
त्यो जिउदो लासले कसरि स्वास फेरी रहेछ
कुनै अन्दाज भएन
एक चिम्टी मलहम लगाउने
दायित्व बोध भएन
आज घेरेका छन् चारैतिर
अंश मुद्धा ठोक्न
खबरदारी छ "रोक्लास स्वास " हामि लाइ अंश जिम्मा नलगाई
प्रेममा सति जानेको भावना
क्रान्तिकारी परिबर्तित भएको छ
लास माथि मुद्धा ठोक्न प्रेरित छ
सम्पर्क सम्बन्ध बिहिन जिउदो लास
अंश मुद्दामा दलित छ
यहा आज नाताको अर्थ बदलिएको छ
जिउदो लास बनाएर अंश खोज्ने लहड छ
वाह रे वाह आधुनिक मानब
गर्छ प्रतिक्षा मृत्युको उत्सब मनाउन
(बिस्व प्रसिद्ध साहित्यकार लियो टाल्स्टाय र बिस्व प्रसिद्ध टेक्सटाइल कम्पनि "RAYMOND" का मालिक विजयपत सिन्घानिया आदि लाइ सम्झदै)
--------
कबिता -तब मैले च्याते प्रमाणपत्र हरु
-----------------------------------
मैले त् च्याति दिए प्रमाणपत्र हरु
पढेका ति पुस्तकमा नेताको ढोका कुर्न निषेध थियो
पढेका ति पुस्तकमा योग्यको भाग खोस्नु पाप लेखिएको थियो
पढेका ति पुस्तकमा इमान्दार हुन् सिकाईएको थियो
पढाउने ति गुरुहरु भ्रष्टाचार गर्नु नर्कमा पर्नु हो भन्नु हुन्थ्यो
पढेका ति अनागीनत पुस्तकमा इमान्दारितानै मानिसको गहना लेखिएको थियो
पढेका ति पुस्तकमा अरु लाइ ठग्नु नखानु पोल्छ एकदिन लेखिएको थियो
चाङ्गका चाङ्ग पुस्तक हरु अनि थानका थान प्रमाणपत्र हरु हेरे
कुनै प्रमाणपत्रमा सफलताको लागि
नेताको तलुवा चाट्नु पर्छ लेखेको पाइन्
प्रमाणपत्र संगै मैले बिबेक पनि बन्धक राख्नु पर्ने भए
सफलता पाउन घुष लिने दिने गर्नु पर्ने भए
किन चाहियो यो यी ज्ञान र बिकेक बिनाका प्रमाणपत्र हरु
ति पुस्तक ति गुरु सबै झुठा रहेछन
त्यसैले म जहाँ छु त्यहाँ यी प्रमाणपत्र हरुको सम्मान छैन
जहाँ बौद्धिक दासत्व स्विकार्नेको भन्दा ज्ञानको मूल्य छैन
सबै प्रमाणपत्र धुजा धुजा पारेर च्याति दिए
जुन प्रमनापत्रको ज्ञान जीवनमा कहिले काम आएन
बिबेकनै बन्धक राख्नु परे पछी
आर्जित ज्ञान काम न आए पछी
मैले बिहान ४ बजे उठेर कलेज धाएको प्रमाणपत्र
मैले चप्पल घिसार्दै स्कुल पुगेर आर्जित ज्ञान
भ्रष्ट नेता प्रशासकको पाउमा चढाउनु पर्ने भए
मैले आर्जन गरेको बिबेक कुशसकको कित्तामा धितो राख्नु पर्ने भए
लाजै पचाएर यी प्रमाणपत्र हरु किन च्याप्नु ?
त्यसैले आज सबै ति प्रमाणपत्र च्यातिदिए
अब मलाई छुट छ लुट्न
अब मलाइ छुट्छ तलुवा चाट्न
अब मलाइ छुट छ नेताको ढोका चोटा कुर्न
अब मलाई छुट छ लज्जाहिन बन्न
अब मलाई छुट छ भ्रष्टाचार गर्न
अब मलाई छुट छ बिचौलिया बन्न
त्यसैले आज च्याति दिए ति सबै प्रमाणपत्र
Thursday, October 31, 2024
हामिमा किन बिस्वको सबै भन्दा न्यूनस्तरको बिबेक (IQ ) ? सुधार्ने हो ? आउनुस सुरु गरौ उच्च बिबेक (IQ )को स्तरमा पुग्न
यो अति गहन मानब चेतनाको बिषय हो। आउनुस यो ज्योतिर्मय पर्वको उत्सब संगै संकल्प गरौ। यो बुद्ध भूमिमा हामि सबै भन्दा न्यूनस्तरको बिबेक (IQ )को दर्जामा हुनु लज्जास्पद हो अब सुध्रने संकल्प गरौ। ठुलो कुरो छैन मात्र प्रत्यक दिन बिहान एउटा मुलमन्त्र स्मरण गर्ने गरौ कि " आज मेरो कारणले अर्को कोइ कसैले दुख पिडा असुविधा र नोक्सानी व्यहोर्न नपरोस सम्भव भए निस्वार्थ सेवा सहयोग गर्ने अवसर मिलोस"
यो मूल मन्त्र नेता सरकार प्रशासक र प्रत्यक नागरिकले मनन र कार्यन्वयन गर्ने हो भने हामि पनि जापानिज सरह कै दर्जामा रहन सक्दैनौ र ? यहि मूल मन्त्र भित्र पर्छ राज्यले निर्बाह गर्नु पर्ने धर्म प्रशासकको जिम्मेवारी र नागरिकको ब्यबहार अनि अनुशासन यो सोचले स्थान पाउदा अनियमितता भ्रष्टाचार खुट्टा तान्ने प्रवृति ठगि धुर्त्याई फट्याई चतुर्याई ढोके प्रवृति स्वत हट्छ र सुशासन आउछ सहजता सुबिधा प्रेमिल सहयोगी समाज निर्माण हुन्छ हामीमा त्यो चेत देखाउने योग्यता छ कि छैन त् ? आफ्नो नाम(नेता सरकार प्रशासक नागरिक ) सम्झेर म म भनौ मेरो दायित्व हो म गर्छु प्रण गरौ।
शुभ त्योहार आजको दिन शुभ रहोस सफल रहोस
Friday, October 25, 2024
लक्ष्मी तिमीमा सत् सत् नमन
--------------------------------
नेपाली साहित्यिक आकासमा
चम्कि रहेको ज्योति हौ तिमि
तिमि लक्षि ज्ञानको कुञ्ज
तिमि लक्ष्मी मानवताको सागर
आधा पेट राखी आफु लाइ
गरिब लाइ बाड्दै हिड्ने तिमि सन्त
त्यो दिन त्यो पल
यो बिसाल धरामा
एउटा अखण्ड ज्योति बनेर आयौ
लक्ष्मी तिमि सरस्वतीको अबतार बनेर आयौ
तिम्रा ति कारुणिक सृजना
तिम्रा ति प्रेम पिडा वात्सल्यका भकारी
प्रेरणाका अबिरल मुहान बन्यो
आफै लाइ जलाएर
अरु लाइ ज्योति छर्यौ
तिम्रो ज्ञान कुञ्जको ज्योति
तिम्रो महिमा इतिहास भूगोल
नेपाल र नेपाली रहुन्जेल
बिस्व आकासमा चम्कि रहोस
भावपूर्ण श्रद्धा सुमन
आजको दिनमा यो शिर झुकाई
हार्दिक हार्दिक नमन छ लक्ष्मी तिमीमा
Wednesday, October 16, 2024
लघु कथा - मृगतृष्णा
चिन्तामणि गाउको चौतारो तर्फ जादै थियो। मुस्कान लाइ झ्याल बाट कतै जिज्ञासा पुर्बक हेरी रहेको देख्यो।
मुस्कान -कता के हेर्दैछौ चिन्तामणि ?
चिन्तामणि -ए मुस्कान हेर न त्यहा दुइ हुल मानिस यता उता भौतारी रहेका
मुस्कान -ए म चिन्छु नि तिनी हरु लाइ सधै देख्छु म त् चौतारोमा तिनी हरु लाइ
चिन्तामणि - मुस्कान भन त् मलाइ पनि को हुन् तिनी हरु तिमि चिन्छौ भने
मुस्कान -सुन चिन्तामणि त्यो एक हुल हो सम्पतिमा नै बास्तबिक जीवन छ भन्दै सम्पति खोज्न भौतारिएर दौड़ीएका तिनी हरु लाइ ध्यान योगको चासो छैन आर्जनको हिसाबमानै मस्त रहेका अनि अर्को हुल हो प्रसस्त सम्पति भएका तर बास्तबिक जीवन के हो भनेर खोज्दै छानी छानी गुरु खोज्दै ध्यान योग गरेर शान्ति निम्त्याउन हिंडेका
चिन्तामणि -ओह त्यसो पो हो अनि त्यहि कुनामा सूचना पाटीमा एक जना साधुको भनाइ लेखिएको छ नि त् "मृगतृष्णा हो जीवन " पढेंन छन र तिनी हरुले ?
मुस्कान -हेहेहेहे चिन्तामणि तिमि पनि त्यो कुनामा बेवारिस रहेको शन्देश कसले पढ्ने ? पढे पनि यो भौतिक दुनियाको बन्धनमा फसेको संसारले कसरि बुझ्ने ?
एक पछी अर्को आकांक्षा थपी रहन्छ मानिस जीवन मृगतृष्णा हो भनेर सन्तोष रहने जात होइन नि त् मानिस
ल म पनि लागे त्यतै है।
Monday, October 14, 2024
बेसरोकारको प्रश्न
प्रश्न नगरेकै भए जाति हुन्थ्यो
बेसरोकार कै थियो प्रश्न
थक थक भयो अहिले
किन सोधे होला त्यो प्रश्न
बित्थामा शंकाको भकारी बोकाई दिए
प्रश्न माथि प्रश्न नै प्रश्न
आफै नाजवाफ छु न सोधेको भए हुन्थ्यो त्यो प्रश्न
बास्तबमा नै बेसरोकारको प्रश्न
एक हुल जम्मा भए छन्
अनुसन्धान गर्न मेरो त्यो बेसरोकारको प्रशं
बुझिस रे नि त्
अ अ त्यहि त् है
ए हो त् मैले पनि सुनेको त्यो प्रश्न
हावा चलेको थिएन
पात हल्लिएको थियो
ढेडु बच्चा लाइ हाँगामा खेलाउदै थियो
उफ्रदै थियो
पात हल्लियो लाग्थ्यो रुख ढल्दै छ
त्यहाँ प्रश्न माथि प्रशं थियो
हावा नचली पात कसरि हल्लियो थपियो जिज्ञासा
अनि
हेर्दा हेर्दै शंकाले एउटा छानो खसाल्यो
जग भत्कायो
सबै तितर बितर भयो
सर्बनास भयो
आखिर बेसरोकारको त्यो एउटा प्रश्न
नगरी दिएको भए के जान्थ्यो ?
Monday, October 7, 2024
हामि गरिब नेपाली भएको कारण ले होइन
हामि गरिब भौगोलिकता ले पनि होइन
हामि गरिब हिन्दु भएको कारण ले होइन
हामि गरिब जातीय विभेद ले पनि होइन
हामि गरिब हाम्रो दुर्भाग्य ले होइन
हामि गरिब भयौ किनकी !हाम्रो सोचाइ दरिद्र भयो
देश मा लुटेरा हरु ले शासन गरे
देश मा आखा भएका तर बिबेकहिन अन्धा हरुले शासन गरे
देश मा कुर्शी को लागि देशै बेच्ने लोभी पापी हरु ले राज गरे
अब हामि उठौ !
दासत्व रुपी मानसिकता बाट माथि उठौ
नालायक नेतृत्व हरु लाइ बहिस्कार गरौ
गणेश प्रवृति त्यागौ
र
दुरदर्शी सक्षम सच्चा नेपाल बादी युवा लाइ अगाडी बढाउ !
आशिर्बाद पाउ !
यो जिन्दगि चङ्गा बनाइ पाऊ......!
जिन्दगि तिमि मलाई चङ्गा जस्तै बनाइ देउ
जिन्दगी लाइ चङ्गा जस्तै बनाउन पाऊ
खिच्छ कोइ बिस्वासले त्यतै जान पाउ
छोड्छ कोइ सक्ने सम्म स्वतन्त्र भै उड्न पाउ
कुनै पल रुखमा झुन्डिन पर्ला रमाई रमाई झुल्न पाऊ
कुनै पल छतमा बजारिन पुग्दा सुस्ताएर आराम गर्न पाऊ
आफ्ना कोइ भए आकासमा पुग्दा रमाउने गर्छन् हेर्न पाऊ
दुश्मन भए म माथि पुग्दा जिन्दगीको धागो काट्ने छन् चिन्न पाऊ
आफ्नो र दुश्मन दुवै खुसि हुने मलाइ चङ्गा जस्तो बनाइ देउ
चिन्ता लिएर एउटा जिन्दगि लाइ आफै किन जलाई रहू
जलाउन खोज्छन कोइ भने एकै पटक घाटमा भेट्ने भन्न पाऊ
जिन्दगि कस्सिदा पनि छुट्दा पनि खुसि हुने तिमि जस्तो बनाइ पाऊ
म पनि तिमि जस्तै बन्न पाऊ
जिन्दगि .. चङ्गा ...तिमि जस्तो बन्न पाऊ.................
यहि आशिर्बाद पाउ ,,,,,,
Tuesday, October 1, 2024
Sunday, September 29, 2024
कविता - निर्मम हुन्छ "मन "
निर्मम हुन्छ मन
चंचल हुन्छ मन
बादल झैँ स्वरूप बदल्दै दौडी रहन्छ मन
कहिले आकास कहिले धर्ति
कहिले समुन्द्र कहिले हावामा घुमी रहन्छ मन
यो मन हो त एउटा नै लाग्छ कलिलै पनि छ
खोइ किन किन फेरी धेरै निर्मम पनि हुँदो रहेछ मन
धेरै फरक पार्दो रहेछ जिन्दगीमा
यो मन लाइ "मन पर्नु " र "मन मर्नु"मा
एक पटक मरे पछी मर्यो मर्यो ब्युत्दैन कुनै शर्तमा मन
मन परे पछि पर्यो पर्यो छोड्न नै नसक्ने मन
चाहे ग्रहण लागोस चाहे धर्ति फाटोस
मन मरे पछी मर्यो मर्यो ब्युतदैन कहिले मन
मन पर्नुको "आशक्ति "मन मर्नुको "विरक्ति "ले
धेरै फरक पार्दो रहेछ जिन्दगीमा
चाहे पश्चातापका घडा फुटून
चाहे याचनामा शिर झुकून
निर्मम बन्दो रहेछ भलै यो कोमल किन नहोस मन
मरे पछी मर्यो मर्यो ब्युतदैन कुनै शर्तमा फेरी मन
Tuesday, August 13, 2024
हजुर हरु लाइ थाहा छ नि ?
अन्न (भात रोटि साग दाल ,,,,)
खानु भन्दा बढी समय पकाउन लाग्छ
पकाउन भन्दा बढी समय कमाउन लाग्छ
कमाउन भन्दा बढी समय एक एक दाना उमार्न लाग्छ
त्यसैले जुन महल जहाँ हुनु हुन्छ
अन्न उमार्ने किसान प्रति आभार व्यक्त गर्नुस
र जे उपलब्ध छ खुसि खुसी मनले खानुस
र अन्न न फ्याकु आज बिस्वको ४० % मानिस
दुइ छाक खाने रहरमा छन् ,,,,,
आजको दिन शुभ रहोस सफल रहोस अरुको भलाइमा रहोस
Saturday, August 10, 2024
Wednesday, August 7, 2024
Subscribe to:
Posts (Atom)