Pages

Tuesday, November 22, 2016

कविता -अभाब 
अभाब ?कुन कुन अभाब ?कस्तो कस्तो अभाब ?
कहिले को मुक्त भयो र अभाब बाट ?
साइकलको अभाब खुट्टाको अभाब 
गाडीको अभाब सम्पतिको अभाब 
घरको अभाब पानीको अभाब 
साथीको अभाब मायाको अभाब 
हाँसोको अभाब सुखको अभाब 
खुसीको अभाब 
बस पात्र समय र बिषय फरक मात्र 
हो केहि छ केहि छैन 
महँगो पलंग छ निन्द्रा छैन 
साथ् छ सम्बन्ध छैन 
छत् एक्कै छ अपनत्व छैन 
सुबिधा छ खुसि छैन 
जीवन अभावकै अर्को छायाँ हो 
अभाब बिनाको मानिस सृष्टिकर्ता ले बनाएको छ र ?
बस सकारात्मक सोचौ  जे छ त्यसै लाइ ठुलो संझौ 
धुर्ब सत्य यहि हो 
प्रत्यक मानब अलग भाग्य र कर्म लिएर जन्मेको हुन्छ 
कोइ कसैले अर्को सित नदाजौ
जहाँ सन्तोष त्यहाँ सुख नबिर्सौ 

Sunday, November 20, 2016

यात्रा स्मरण -जोमसोम मुक्ति नाथ 
शेखर ढुंगेल 

धत्तेरिका...!!! मेरो प्यारो उपत्यका (काठमाडौं)किन यसरि दिनानुदिन कुरूप विकृत हुदै गएको होला ?हेर्दा हेर्दै यसको प्राकृतिक सुन्दरता नस्ट भएर कंक्रिट को  जंगल मा परिणत भएको छ .कुनै बेला यो आखा ले देखेको थियो सडक बिभाग को ट्यांकर ले काठमाडौं को प्रमुख सडक हरु मा सडक बढार्ने र पानी छम्कने पनि गर्थ्यो .शहर बाहिर प्रसस्त हरियाली अनि खेतीयोग्य जमिन थियो .बिकास को अर्थ प्राकृतिक सौन्दर्यता ध्वस्त गर्नु होइन भन्ने कुरो हाम्रा नीति निर्माता र ब्यबसायी हरुले छिमेकी देश भारत  को राजधानी दिल्ली लाई मात्र हेरे पनि पुग्थ्यो ..मलाइ थाहा छ मेरो यस्तो तर्क को कुनै तुक पनि छैन तर ३० बर्ष देखि दिल्ही  को बदलिदो स्वरुप देखेको यो निरिह लाई भने त्यस्तो पो बिकास भन्न खसखस लागेको छ .२५ बर्ष पहिले Green City Delhi "अबधारणा लेराएर सुरु गरेको कार्यक्रम ले आज मूर्तरूप लिएको छ .दिल्ही साच्चीकै नमुना "हरित शहरपनि  भएको छ र भवन ,सडक ,सपिंग कम्प्लेक्स निर्माण मा  पनि अग्रपंतिमा नै छ के हामि ले तिनको सिको गर्न सक्दैनथ्यौ ?बिस्वको जुनसुकै देश मा पनि आफ्नो एतिहासिक महत्व राख्ने स्थान को मौकिकता लाइ जोगाइ राख्न निश्चित योजना लागु गरिएका छन् काठमाडौं उपत्यका जहाँ दर्जनौ पुरात्वतिक महत्व र युनेस्को बाट संरक्षित क्षेत्र हुदा हुदै पनि यस्तो विकृत र कुरूपता लाइ रोक्ने प्रयास नहुनु दुखद मान्नु  पर्छ .

जहाज बाट उपत्यका को विकृत स्वरुप देख्दा नै मैले माथि उल्लेखित सोच बनाएको थिए .जब बिमानस्थल मा उत्रिए वरिपरी सुकेको फुल का बोट ...ढलेका बिजुलीका पोल ,अस्तव्यस्त झारपात ..राम्रो देखु भन्दा भन्दै पनि सकिएन .अनि अध्यारो अध्यागमन को कक्ष ,बन्द भएका होलान सायद पसल कवल हरु र तोडफोड गरिएको जस्तो लाग्ने त्यो भित्र को फर्निचर को  उराठ लाग्दो  द्रिस्य ले पर्यटन बर्ष को उपहास गरि रहेको थियो .अध्यागमन को आगमन कक्ष को एउटा कुना मा पुराना लुगा हरु फ्याकिएको अबस्थामा थियो . फोटो खिच्छु भनेको "फोटो खिच्न मनाही "सूचना देखे र दुस्साहस गरिन .

मन ले जति सुकै "जननी जन्म भुमिस्य स्वर्गदापी गरियसी ,"मेरो प्यारो नेपाल ",मदरल्याण्ड ,फादरल्याण्ड ,वा ससुरालील्याण्ड  जे भने पनि शरीर लाइ  भने त्यहाँ को प्रदुषण सित लड्न वा अब खप्न मुस्किल हुने  भएछ ......गएको दुइ दिन पछी नै हाछ्यु हाछ्यु र ज्वरो ले लडाए पछी यो कुरो को महसुस  भयो .झन यस पटक आफ्नो पुरानो ठाऊ (कटुन्जे भक्तपुर ) न बसेर चाबेल तिर बस्ने भएको त् उफ  काठमाडौं को  दैनिकी ?केहि मुठ्ठी भर का सुकिला मुकिला लाई बाहेक काठमाडौं त् नर्क  भन्दा पनि खराब ठाऊ पो भै सकेछ त् ?बिजुली बत्ति को समस्या ,खानेपानी को हाहाकार,(मध्यरातमा उठेर धारा मा पनि थाप्ने हरु को कोलाहल ...झगडा ...).जाल साजी ,अपराधिक घटना (२० हज्जार मा मान्छे मार्न सुपारी लिने दिने रे )  धुलो एबम ध्वनि प्रदुषण ...आदि आदि देखे पछी  देश लाइ धारेहात लगाएर विदेश मा पलायन भएको भनेर धारेहात लगाउने स्वदेश मा बस्ने मेरा शुभ चिन्तक हरु को लागि नीति शास्त्री चाणक्य को यो भनाइ लाइ मैले जवाफ को झटारो  बनाएर दिए "चाणक्य ले भनेका छन् "जुन देश मा इमान्दार असल मानिस लाइ सम्मान मिल्दैन ,जुन देश मा जीवन यापन को लागि अबशर मिल्दैन ,जुन देश मा बन्धुत्वको को भावना मरेको छ ,जुन देश मा उचित शिक्षा को लागि सुबिधा छैन ,जुन देश मा भ्रस्ट अपराधी लाइ दण्ड दिदैनन जुन देश मा अति स्वार्थी मित्र र आफन्त  हरु रहन्छन त्यो देश परित्याग गर्दा पाप लाग्दैन ".

जे जस्तो होस् कुरूप होस् लंगडो होस् रोगि होस् देश त् मेरो हो त्यहि धुलो मा हुर्केको हो त्यहि बोल्न सिकेको हो त्यहि हिड्न जानेको हो जहाँ पुगे पनि पहिले म नेपाली हु अति आबस्यक ठाउमा भन्दा अन्त नेपाली नै बोल्छु .मौका पाउने बित्तिकै दौरा सुरुवाल र नेपाली को शान टोपी लगाउछु .दुखि छु चिन्तित छु देश को पीडा मा .अझै पुर्खा को सम्पति त्यहि छ त्यो लालच हटेको छैन लाग्छ कहिले कहिँ त् चरी झैँ भुरुरु उडेर पुगी हालु आफ्नो देश तर के गर्नु आफैले कोरेको गोरेटो  पछ्याउदै परदेश आई पुगियो अझै गन्तब्य निश्चित भै सकेको छैन दुइ बर्ष पछी फर्कन्छु भन्थे १० बर्ष नाघ्यो अब अर्को ५ बर्ष आफैले म्याद थपेको छु कसैले बिरोध गर्न पाउने छैन ...

प्रसंग यात्रा को  अगाडी बढाउ !नाक मुख मा गोर्हू वा अपराधी झैँ मास्क लगाएर बिभिन्न ठाउमा आवत जावत गरियो .दुइ चार घर जग्गा सम्बन्धि कागजात लाइ आबस्यकता अनुसार बनाइयो .मज्जा को कुरो के भने १० रुपिया सरकारी दस्तुर तोकिएको काम गर्न २० हज्जार नेपाली लाग्यो .प्रत्यक कर्मचारी मा कागज को कुन शब्द र अक्षर ले अड्काउन सकिन्छ वा घुमाउँन् सकिन्छ  भन्ने मात्र  ध्याउन्न हुन्छ .पैसा दिए नहुने पनि हुने नदिए हुने पनि नहुने त्यहाँ को तितो यथार्तता छ .उनि हरुले अत्तो थपेको कुरो लाइ मिलाएर लैजाने हो भने सर्जमिन मुचुल्का ,म्यादी सूचना ,सिफारिस र स्वीकृति को गोल चक्कर पुरा गर्न कम्तीमा मा तीन महिना लाग्छ अनि नदिएर भयो ?कर्मचारी को कुरो सुन्यो भने र पत्याउने हो भने झन बिरक्त र ताज्जुब लाग्छ उनि हरु पनि मासिक यति बुझाउने शर्त मा सरुवा भएर आएका हुन् रे दैनिक .....रकम बराबर हाकिम लाइ दिने पर्छ रे ..मुस्किल ले सात दिन मा काम तमाम गरेर काठमाण्डौ को प्रदुषित उकुस मुकुस बाट उम्केर कुनै हिमाली क्षेत्र घुम्न जाने बिचार भयो जुन पहिले नै सोचेको थिए .

मेरो यस पटक को भ्रमण को छनौट मुगु ,हुम्ला ,लुक्ला वा जोमसोम (मुक्ति नाथ दर्शन  )मध्य कुनै एक थियो .एकातिर उडान को अनिश्चितता अर्को तिर टिकट अप्राप्ति र  समय अभाब  को कारण अन्त मा मुक्ति नाथ सजिलो र छोटो बाटो लाग्यो र त्यहाँ को लागि प्रयत्न गरे .नेपाल का आन्तरिक उडान का बिमान कम्पनि हरु  ले एउटै गन्तब्य को लागि स्वदेशी लाइ एउटा र बिदेशी लाइ अर्कै मुल्य तोकेका हुन्छन .यसो सम्झे त्यस्तै मानसिकता भए विदेश मा हाम्रो कस्तो बिजोग हुन्थ्यो होला ?नेपाली लाइ २२ सय लाग्ने मा भारतीय लाइ ३३ सय र सार्क रास्ट्र भन्दा अन्यन्त्र का लाइ ५५ सय यस्तै नीति युरोप अमेरिका वा अन्य रास्ट्र ले अपनाए गोर्खाली को .....फाट्दैन थियो   होला ?  तर अर्को बिडम्बना के छ भने नेपाली लाइ सस्तो टिकट भने पनि बिदेशी को चाप हुने ठाउको लागि सके सम्म नेपाली लाइ निषेध नै गरिएको हुन्छ .र बिदेशी लाइ स्वागत गरिएको हुन्छ .

अग्नि ,तारा ,यति ,सिता  ,बुद्ध आदि पवित्र नाम का बिमान कम्पनि भए पनि तिनको नियत पवित्र छैन .बिदेशी को चाप हुने रुट को टिकट नेपाली लाइ सिधै छैन मात्र भन्छन वा महँगो तिर्ने भए कोसिस गर्नु पर्छ भन्छन .एउटा ट्राभल एजेन्सी ले काठमाण्डौबाट पोखरा को लागि कुनै पनि टिकट छैन मिल्यो भने २६-२७ सय लाग्छ भन्यो एक जना मित्र जो ट्रावल लाइन का साथी हरु चिन्दथे उनले  फोन गरे अनि जुन टिकट लाइ २६ सय भनेको थियो १७४५ मा घर मै लेराइ दिए .पोखरा त् पुगियो अब जोमसोम को टिकट को चिन्ता ..कुनै कम्पनि पनि टिकट छ भन्दैनन अर्को हफ्ता सम्म प्याक छ रे ? एउटा बिमान कम्पनि का कर्मचारी ले  भने चार्टर को मुल्य तिर्ने हो भने टिकट मिलाई दिन सक्छु  ३५ सय लाग्छ ..,,..भएन नेपाली स्टाइल ले काम गर्छ कि भनेर कास्की प्रहरी प्रमुख यादब राज खनाल लाइ फोन गरे (उनि मेरा पुराना साथी हुन् र फेसबुक मा निरन्तर सम्पर्क पनि हुन्थ्यो )हाकिम साब मुक्ति नाथ पुग्न आएको खोइ यहाँ त् टिकट नै पाउन गार्हो रहेछ केहि उपाय लाग्छ कि यहाँ को राज्य मा ?उनले  हास्दै वेलकम भन्दै भने एक छिन है म ५ मिनेट मा फोनं गर्छु .एक छिन पछी फोन आयो तारा(यति ) .....एयर को काउन्टर मा जानुस र टिकट लिनुस ...त्यहाँ पाइलट को नाममा बिशेष सुरक्षित टिकट हुदो रहेछ .तारा(यति ) ...एयर का सिनियर पाइलट बोध राज निरौला जी ...ले फोन गरि सक्नु  भएको रहेछ .
बिहान छ बजे पोखरा बाट जोमसोम को लागि तारा ..एयर को बिमान लाइ पाइलट निरौला जी ..ले बिस्तारै १२ हज्जार फीट माथि पुर्याए .जम्मा १८ मिनेट को त्यो रोमान्चकारी उडान मा माच्छापुछ्रे हिमाल को काख बाट सुन्दर हिमाली द्रिस्य देख्न पाउदा मन दंग भयो एक छिन संसार बिर्सायो पनि ..बिमान मा छिर्ने बित्तिकै एउटी लुखुरी नानी ले चकलेट र कान मा कोच्न कपास को ठोचो दिएकी थिइन.  यात्री सित  न हाइ न हुइ केहि न बोलि पाइलट ले जहाज लाइ तीन पाङ्ग्रे टेम्पु झैँ अगाडी हत्याए र   उडाएका थिए. रातभर  जहाज को पाइलट सिट क्याबिन मा निसुल्क मस्ती संग सुतेका ४-५ वटा लामखुट्टे लाइ सहायक पाइलट ले पालै पालो मृत्युदण्ड को सजाय दिन न भ्याउदै जहाज सरांग कोट  नाघी  सकेको थियो .....

दुवै तिर सुन्दर हिमाल धौलागिरी,निलगिरी माच्छापुच्छ्रे आदि  को रस्वादन गर्न न भ्याउदै दुवै तिर पहाड मा छोइएला छोइएला झैँ  जस्तो लाग्ने  खोच बाट जहाज जोमसोम बिमान स्थल उत्रियो .बिमान चालक बोध राज निरौला जी ले त्यहाँ मलाइ भोलि को टिकट को लागि पनि भनि दिनु भयो र म उनि प्रति अनुग्रहित हुदै धन्यवाद को औपचारिकता पुरा गरि बिदा लिए अनि मुक्ति नाथ जाने बाटो तर्फ लागे .जोमसोम  को सानो बजार बिच मा शेना को ब्यारेक पार  गरि काली गण्डकी माथि रहेको काठ को पुल (साँघु )काटेर गए पछी त्यहाँ दर्जनौ महिन्द्रा कम्पनि का १४ सिटे जिप पर्खिएर बसेका रहेछन .त्यहाँ पनि नेपाली लाइ २४५ भारतीय लाइ ५०० र बिदेशी लाई ७०० मोरु  को टिकेट लाग्ने रहेछ .

ट्रयाक मात्र खोलिएको (शेना ले )कच्ची गड्याङ गुडून्ग बाटो मा पानी  जहाज मा हल्लिए झैँ हल्लिदै काली  गण्डकी को तिरै तिर आधा घण्टा अगाडी पुगे पछी सुरु हुन्छ नागबेली उकालो  बाटो ...स्मरण रहोस यो काली गण्डकी नदी बिस्व कै एक मात्र अति गहिरो खोच मा बग्ने नदी हो . .कता कता मरुभूमि जस्तो लाग्ने  त्यो बाटो को दाया बाया हिम सृंखला हरु को सुन्दर द्रिस्य ले बिदेशी हरु त् झन रमाई रहेका देखिन्थे ती मध्य एक जोडी बर्लिन जर्मन र अर्को जोडी एरिजोना अमेरिका का थिए  .हामी सित केहि दक्षिण भारत (हैदरावाद)देखि आएका भक्तालु पनि थिए .उनि हरु को भनाइ मा भगवान शिभ का सबै पिठ दर्शन गरे पनि मुक्ति नाथ पिठ(शिब पार्बती मन्दिर ) दर्शन न गरे त्यो तिर्थ पुरा हुन्न रे (मुक्ति नाथ पिठ सित महा भारत  को पाण्डप हरु को  कथा जोडिएको छ )  त्यसको साथै यो पवित्र धार्मिकस्थल शताब्दीकोयौ देखि नै बौद्ध र हिन्दु धर्मालम्बी हरु को प्रसिद्ध तिर्थस्थल रही आएको छ .

करिब दुइ घण्टा को जिप यात्रा पछी  प्रसिद्ध देबस्थल मुक्ति नाथ नजिकै पुगिन्छ .जोमसोम बाट साथी बनेका थिए पोखरा बाट  आएका एक जोडी जो ब्यापार को सिलसिला मा एक हफ्ता देखि त्यहि बसेका रहेछन .मलाइ गफ गर्न र फोटो खिचाउन उनि हरु सहयोगी बनेका थिए ........जिप बाट ओर्लेर करिब १५-२० मिनेट उकालो चढ्नु पर्छ मन्दिर पुग्न जुन ३८०० मिटर को उचाई मा अबस्थित छ . तर त्यति हिड्न न सक्ने हरु को लागि स्थानीय युवा हरु ले मोटरसाइकल लाइ भाडा मा प्रयोग गर्दा रहेछन मोरु सय लिएर .हामि गफ गर्दै चारै तिर फैलिएको हिम सृंखलाहरु हेर्दै फोटो खिच्दै मन्दिर पुग्यौ .मन्दिर को तल अनि मुख मै दर्जनौ हिन्दी भाषी जोगी ?हरु ले डेरा जमाएका रहेछन नेपाली बोल्ने जोगी थिएनन त्यहाँ 

हिमाल को पवित्र सुन्दर काख मा रहेको यो धार्मिक स्थल (मन्दिर )को अगाडी कन्चन पोखरी छ वरिपरी अविरल कलल .कलल बगी रहेका १०८ धारा हरु को जल प्रबाह ले काठमाण्डौ काकाकुल यो मनुवा को यो मन लोभियो ....वाह कति मिठो पानी ?कसैले कुनै मिठो चिज मिसाई दिए जस्तो !त्यस्तो चिसो मा बगेको त्यो पानी भने मन तातो जस्तो भान हुन्थ्यो मुक्ति नाथ को जल सम्झेर धित मर्ने गरि पीए ..घारो को पानी ले  मन प्रफुल्ल भयो ...मन्दिर दर्शन गरेर हामि फर्कियौ जिप रोकेको ठाउँ तर्फ ....फर्कदै गर्दा एकछिन एउटा ठुलो ढुंगा माथि बसेर चारैतिर आखा घुमाए तल मार्फा गाउ पछाडि ४-५ सय मिटर माथि हिउ थुप्रिएको , वरिपरी सुन्दर हिम पर्बत हरु वाह मेरो नेपाल !एकाएक मेरो दिमागमा  नेपाल मा सम्भाबना नै सम्भावना हरु फुर्न थाल्यो धेत्त यस्तो देश छोडेर पनि कोइ विदेश जान्छ ?आफुले आफै लाइ प्रश्न गर्ने थाले .....कत्ति आन्नद छ यहाँ ?पुर्खाले त्यसै भनेका होइनन आधा पेट खाए पनि आफ्नो देश नै प्यारो हुन्छ .

मलाइ लाग्यो बास्तबमा अहिले को  नेपाल मा बिकृति ले न्युनतम चरमता को हद नाघी सकेको छ अब यो भन्दा खराब मा जाने बाटो छैन निश्चित रुप मा अब नेपाल सम्पूर्ण बिकृति फ्याकेर ,बढारेर अगाडी बढ्ने छ .नेपाल मा बिकास निर्माण का लाखौ ढोका हरु ले स्वागत गर्न पर्खी राखेका छन् लाखौ माइल सडक निर्माण ,हज्जारौ मेघावाट...बिजुली उत्पादन ,स्कुल स्वास्थ्य चौकी निर्माण ,केवल कार, होटेल खानेपानी योजना, पशुपालन ,कृषि उत्पादन ,जडिबुटी उत्पादन  का  कारखाना  हरु सुरु हुनेछन नेपाली लाइ विदेश जानु पर्दैन यहि रोजगारी पाउने छन् बरु बिदेशी हरु नया नया प्रविधि बेच्न हामी कहाँ आउने छन्  ...मैले महसुस गरे प्रत्यक नेपाली मा आज रास्ट्र प्रतिको जिम्मेवार नागरिक बन्नु पर्छ भन्ने भावना जागेको छ त्यसैले जनता देखि नेता सम्म मा इमान असल ,मेहिनती अनि सदाचारी  बन्ने छन् भन्ने आशा पलाएको छ ......अर्को १५ बर्ष मा नेपाल साच्चिकै स्वीजरल्याण्ड बन्ने निश्चित छ ... ..हा हा   यस्तै यस्तै के कल्पिदै थिए संगै आएका नेपाली जोडी ले  सर हाम्रो एउटा फोटो खिचिदिनुस न भने पछी म झस्के ...र उनि हरु को फोटो खिचिदिए ....म एक छिन कुनै बेला पुर्ब उप प्रधान बाम देब गौतम र काठमाण्डौ का पुर्ब मेयर केशब स्थापित लाइ सम्झन पुगे किन कि उनि हरु पनि नेपाल लाइ स्वीजरल्याण्ड भन्दा राम्रो बनाउन सकिने भन्दै यस्तै यस्तै गफ निक्कै हाक्थे ....

इमान्दारीपूर्वक भन्नु पर्दा बास्तवमा बिस्वको सर्बोच्च शिखर को देश ,हिमालै हिमाल को देश भने पनि मैले यो भन्दा अगाडी  पोखरा सारंगकोट बाट देखेको धौलागिरि ,माच्छापुच्छ्रे बाहेक नजिक बाट हिउ छोएको पनि थिएन अनेक हिमाल हरु को फोटो हेरेर नै रमाई रहेको थिए कहिले कहिँ बिदेशी सित   गफ गर्दा मेरो देश मा यस्तो हिमाल उस्तो हिमाल भन्दा उसले त् कति चोटी कुन कुन हिमाल पुगिस भनेर सोध्दा गर्धन ,कपाल कन्याउदै नाक खुम्च्याएर त्यहाँ पुगेको छैन भन्न लाइ दर्जनौ बहाना खोज्नु परेको थियो ...त्यसैले  पनि यस पटक कुनै न कुनै हिमाल नजिक पुग्ने वा छुने दृढ निश्चय गरेको थिए ..फर्केर पुरांग रानीपौवा (मुस्तांग )मा खाना खाइ सके पछी फेरी उही महिन्द्रा जिप मा जोमसोम फर्कियौ .४ बजे तिर जोमसोम आइ पुगियो .त्यहाँ मुस्तांग का पुर्ब सभापति समेत हुनु भएका आनन्द शेरचन जी ले संचालन गर्नु भएको होटेल स्नोल्याण्ड (जुन बिमानस्थल ढोका को ठिक अगाडी अबस्थित छ )बास बसियो .वहा सित गफ चल्दै गर्दा वहा कै पहल मा निर्माण भएको प्राकृतिक संग्रहालय समेत देखाउन लैजानु भयो जुन पुर्ब प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला ज्यु ले उद्घाटन गर्नु भएको रहेछ .त्यहि होटेल मा मौवा को तीनपाने र फापर को ढिडो खाएर रात बिताई भोलि पल्ट बिहान ७ बजे तारा (यति )एयर लाइन्स को बिमान बाट पोखरा फर्किए .....
यात्रा स्मरण -घोडा को राजधानी मा नेपाली सम्मेलन 

अमेरिका को मध्य पश्चिम र दक्षिण पुर्बी राज्य मा बसोबास गर्ने नेपाली हरु को संगठन (ANMA/NASeA) को सयुक्त सम्मेलन सेप्टेम्बर ३ देखि ५ तारिख २०१० मा केन्टुकी राज्य को लेक्जिन्टन (LEXINGTON)शहर मा हुन् गै राखेको थियो .मलाइ यो सम्मेलन मा अन्तरास्ट्रिय नेपाली साहित्य समाज को तत्वाबधानमा राखिएको साहित्य गोष्ठीको संयोजक तोकिएको थियो .ओमाहा बाट करिब १४ घण्टा को सडक यात्रा बाट पुगिने सो शहर मा सुरु मा साथी युब राज पोखरेल ,रबिन्द्र अधिकारी ,पूर्ण बिस्वकर्मा अनिल ढुंगेल संगै जाने तय भएको थियो तापनि एक हफ्ता अगाडी क्रमस सबैको कार्यक्रम रद्ध भयो र म एक्लै जाने मा परे. एक्लै १४ घण्टा सडक यात्रा गर्न रहर हुने कुरो त भएन त्यसैले जहाज बाट यात्रा गर्ने निधो गरे .

सेप्टेम्बर ३ तारिख साझ लेक्जिन्टन पुग्ने समय तालिका मिलाएर ओमाहा  बाट अपरान्ह १.४० को उडान बाट DETROIT ,MISIGAN त्यहाँ बाट लेक्जिन्टन ब्लु ग्रास बिमानस्थल को लागि यात्रा सुरु भयो .ओमाहा बाट CRJ 700 सेरिज को ५८ सिटे सानो जहाज ले आकाश मा हल्का हल्का कावा खेलाउदै समय मा नै Detroit बिमानस्थल मा उतारी दियो .बिमानस्थल मा उत्रेर फोन को स्वीच अन गरेको त भ्वाइस मेल को चांग देखे .ति मध्य एउटा भने अब को उडान ढिलो भै ५.३५ साझ को सट्टा ७.१५ साझ सरेको भन्ने बिमान कम्पनि ले खबर गरेको रहेछ .भर्खर ४.१५ भएको छ अब कता जाने ?तिन घण्टा कुर्नु पर्ने भयो .उता बिमानस्थल मा लिन आउछु भन्नु भएको साथी लाइ उडान ढिला भएको खबर गर्न फोन गरे लागेंन भ्वाइस मेल मा नया उडान समय बताई दिए .

यो फुर्सद को समय लाइ यहि यात्रा लाइ लेख्ने काम गरेर बिताउनु पर्यो भनि ल्यापटप निकाले तर धेरै उडान हरु ढिला भएको कारण सबै यात्रु  ल्यापटप मै व्यस्त भएका ले बिजुली को प्लग नै उपलब्ध हुन् सकेन .जसै तसै एक घण्टा बितेको थियो ..त्यसै बिच सो उडान को यात्री हरु लाइ आह्वान भयो ७.१५ बजे उड्ने भनेको बिमान ६ बजे नै उड्दै छ अनि ढोका  पनि १६ बाट ३६ मा बदलिएछ .घडी हेरेको ५.४० बजेको थियो म लगायत सबै हत्तार हत्तार ढोका नम्बर ३६ तर्फ हस्यांग फस्यांग गर्दै  कुदेर गयौ .लगभग १२ मिनेट को कुदाई पछी ढोका नम्बर ३६ मा पुगियो .सबै चेकिंग काउन्टर मा लाइन बद्ध भयौ .तब सुनियो परिचारिकाको को मधुर स्वर 'माफ गर्नु होला बिमान मा प्राविधिक समस्या देखिएको ले विज्ञ हरु चेक गर्दैछन तयार हुने बित्तिकै खबर गर्ने छौ तपाइँ हरु को धर्यता को लागि धन्यवाद असुबिधा को लागि क्षमा पर्थी छौ "
फेरी नजिकै को एउटा कुना मा गैर बसे .यहानेर झट्ट मलाइ मह जोडी को १५ गते प्रहसन याद आयो "बिमानस्थल पुग्दा बिमान ढिलो उड्ने खबर कुर्दा कुर्दा एक छिन निदाउदा त्यहि बेला मा उनि हरुको उडान छुटेको थियो र गाडी बाट गएका थिए ......"

आफु लाइ त्यसतै समस्या !उता प्रमोद जी लाइ ढिला हुने भयो भनि खबर छोडे फेरी लौ है उड्नै लागे सवा घण्टा मा आइ पुग्दै छु भनेर खबर छोडे अब के भन्ने ?कति बजे उड्ने हो ठेगान छैन ..बल्ल बल्ल उही पहिलेको ढिलो समय ७.१५ मा बिमान ले जमिन छोड्यो आखिर मानबिय र प्राविधिक समस्या कहाँ पो हुन्न र ?बिमान चालक ले आफ्नो निश्चित उचाई मा बिमान लाइ पुर्याए पछी फेरी एक पटक माफ माग्दै सबै लाइ धर्यता गरेको मा आभार व्यक्त गरे र भने हामि लाइ उपलब्ध बिमान मा समस्या देखिएका ले समय मा उडान भर्न सकेनौ .सामान्यतया १ घण्टा १५ मिनेट को उडान भएता पनि आज म द्रुत गतिमा उडान गरेर ५५ मिनेट मै पुर्याउछु भन्दै CRJ200सेरिज को ५८ सिटे जहाज को गति तिब्र पारे अनि सकुसल ब्लु ग्रास बिमानस्थल मा अबतरण गराई दिए 

बिमानस्थल बाहिर आएर फोन गरे .प्रमोद जी ले एक छिन हावा खादै गर्नोस म आउदै छु भन्नु भयो .पहिले प्रतक्ष्य परिचय थिएन प्रमोद जी सित . .साहित्यिक कार्यक्रम को वहा  सह संयोजक रहनु भएको ले कार्यक्रम तयारि सम्बन्ध मा फोन मा मात्र  कुरो भएको थियो .चिकित्सा प्रयोगशाला मा मास्टर्स गर्नु भएको प्रमोद जी लाइ साहित्य प्रति निकै रुची रहेछ .कार्यक्रम को पुस्तिका ,संकलित कविता (इमेल बाट प्राप्त ) प्रिन्ट गर्नु पार्ने भएकाले हामी पहिले प्रमोद जी को अफिस मा गयौ .त्यस पछी वहा को निक्कै जोड मा फेरी घर मा गयौ र साझ को खाना खायौ .होटेल पुग्दा रात को ११ बाजी सकेको थियो .एउटै कोठा मा मिलेर बस्ने सल्लाह भएकोले अ ने सा स का वर्तमान अधक्ष्य ग्यानेब्द्र गदाल जी मलाइ कुरेर बसी रहनु भएको थियो .वहा शाकाहारी हुनु हुन्छ त्यसैले हामीले प्रमोद जी को घर बाट खान लिएर गएका थियौ .

त्यहा सयुक्त कार्यक्रम को प्रमुख संयोजक राजेन्द्र खतिवडा जी पनि कुरेर बसी रहनु भएको थियो .साथै ANMA अधक्ष्य मुकेस सिंह ,NASeA अधक्ष्य राजा घले ,क्यालिफोर्निया बाट आउनु भएको समाज सेवी एबम नेपाली भैकन पनि अमेरिकी राजनीति मा( डेमोक्र्याटिक दल को तर्फ बाट स्थानीय (Tracy City)काउन्सिल सदस्य उम्मेदवार बन्नु भएको)पहिलो व्यक्तित्व रोजर अधिकारी ,गोबिन्द गिरि "प्रेरणा ", गिरिजा गौतम ,अम्बिका अधिकारी हरु रहनु भएको  नेपाली परम्परा को निरन्तरता लाइ कायम राख्न उपलब्ध ठुलो बोतल मा रातो ,कालो सेतो पहेलो तिनपानेको व्यवस्था गर्नु भएको कोठा तर्फ डोर्याइयो .बिहान ३ बजे सम्म गफ र तीनपाने रित्याउदै बल्ल कोठा मा पुगियो .

भोलि पल्ट अर्थात् सेप्टेम्बर ४ तारिख शनिबार दिउसो ३ बजे देखि साहित्यिक कार्यक्रम संचालन गर्नु थियो एउटै कोठा (बल रुम )बाहेक अरु कोठा उपयुक्त देखिएन तर त्यहाँ कार्यक्रम हरु जुधेको ले समस्या पर्यो .संयोजक भन्नु हुन्छ अर्को कार्यक्रम संचालक सित सल्लाह गर्नुस वहा हरु भानु हुन्छ उहु कहाँ हुन्छ ?मलाइ यहि गर्नु पर्छ .आफुले महामहिम राजदुत डा शंकर प्रसाद शर्मा ज्यु लाइ यहि कोठा मा आमन्त्रित गरेको थिए .बल्ल "धर्म सभा "कार्यक्रम का संयोजक डा तिलक श्रेष्ठ जी ले एक घण्टा मा कार्यक्रम सकिदिने बाचन दिनु भयो र एक घण्टा पछी भए पनि उपयुक्त कोठा मा अ ने सा स को तत्वाबधान मा आयोजित बृहत साहित्यिक कार्यक्रम सम्पन्न गर्यौ .करिब दुइ घण्टा ४५ मिनेट चलेको सो कार्यक्रम भरि महामहिम राजदुत ज्यु बडो धर्यता पुर्बक बसी दिनु भएको थियो .अ ने सा स को तर्फ बाट हामीले वहा लाइ सम्मान पत्र पनि बुझाएका थियौ .यसै क्रम मा साहित्यकार एबम गीतकार पल्पसा जी सित भेट भयो .र वहा ले कविता प्रतियोगिता को मुल्यांकन समिति मा बसी दिन मैले गरेको अनुरोध लाइ स्वीकार गर्नु भयो अन्य दुइ सदस्य हरु मा भारती गौतम र नम्रता गुरागाई हुनु हुन्थ्यो .नेपाल  बाट आउनु भएका बरिष्ठ साहित्यकार रमेश खकुरेल जी ले कार्यक्रम लै निक्कै रोचक बनाउनु भएको थियो .

साहित्यिक कार्यक्रम सकिदा न सकिदै साझको खाना (डिनर )र सो को लगत्तै नेपाल बाट आउनु भएका प्रसिद्ध हास्यकलाकार हरु दीपक राज गिरी ,दीपाश्री निरौला ,बिमल अधिकारी (ट्वाकेन्द्र ) तथा साथ मा प्रसिद्ध गायक यम बराल ,निलिमा तुलाधर र लोक गायिका सुनिता दुलाल हरु को सास्कृतिक कार्यक्रम थियो .त्यस कार्यक्रम मा पनि अ ने सा स कोलोराडो  शाखा को तर्फ बाट कलाकार हरु लाइ महामहिम राजदुत डा शंकर शर्मा ज्यु को हात बाट सम्मान स्वरुप प्रससा पत्र दिने कार्यक्रम थियो त्यो पनि ज्ञानेन्द्र गदाल जी ले मेरै जिम्मा लगाउनु भएको थियो ..त्यसैले हत्तार हत्तार साझको खाना खाएर सास्कृतिक कार्यक्रम तर्फ लाग्यौ ..सास्कृतिक कार्यक्रम को मध्यान्हमा महामहिम राजदुत को हात बाट तितो सत्य एबम गायक कलाकार लाइ प्रससा पत्र वितरण कार्य सम्पन्न गरे .भोलि  पल्ट सो समाचार कान्तिपुर दैनिक मा सचित्र पाउदा खुसि लाग्यो . त्यो दिन नौ बजे देखि महामहिम राजदुत ज्यु  बिभिन्न कार्यक्रम मा लगातार भाग लिइराख्नु भएको थियो .वहा को सरल र सहज ब्यबहार ले धेरै लाइ प्रभाबित परेको थियो .


लेक्जिन्टन शहर को मध्य भाग मा रहेको १९ तले हिल्टन होटेल को १७१७ नम्बर को कोठा मा हामि बसेका थियौ .त्यहाँ बाट शहर को धेरै भाग देख्न सकिन्थ्यो .होटेल संगै जोडिएको लेक्जिन्टन सम्मेलन केन्द्र को बिशाल भवन जोडिएको रहेछ .कलाकार हरु लाइ बस्ने ठाऊ (कोठा )को अन्यौल ले गर्दा दिउसो हाम्रै कोठा मा समान राखी कार्यक्रम मा जानु भएको थियो तर अहिले सम्म पनि त्यो अन्योलता कायम नै रहेछ र हाम्रो कोठा मा आउनु भयो .आयोजक हरु ले वहा हरु लाइ कार्यक्रम गरे बापत निश्चित प्रतिशत रकम दिने सम्झौता भएको रहेछ .वहा हरु त्यहि बसी फोन मा बिभिन्न मान्छे हरु सित रकम उपलब्ध गरौंन सम्पर्क गर्दै हुनु हुन्थ्यो .बिहान को दुइ बाजी सकेको थियो यम बराल जी कहिले संयोजक प्रमुख राजेन्द्र खतिवडा जी लाइ त कहिले राजा घले त कहिले मुकेश सिंह जी लाइ फोन गर्दै भोलि बिहान ६ बजे को उडान भएको ले अहिले नै हिसाब गरि रकम पाउन भन्दै हुनु हुन्थ्यो ..यसले उसलाई र अनि उसलाई गर्दै मा आधा घण्टा बित्यो र अन्त मा मुकेश जी ले तल कोठा मा आउँन भन्नु भयो .दीपक जी र यम जी तल गए पछी ज्ञानेन्द्र जी र म पल्टियौ .

यम जी र दीपक जी कोठा मा आउनु भयो एक घण्टा पछी र भन्नु भयो एक छिन सुतेर हिड्ने मैले सोधे तपाइँ हरु को उडान कहाँ बाट हो लेक्जिन्टन बाट कि लुइस्भिल बाट ?दीपक जी भन्नु भयो ह त्यो त थाहा छैन .खोइ टिकेट ?नलिना सित छ .थाहा भयो कि उडान लुइसभिल बाट रहेछ जहाँ पुग्न एक घण्टा २० मिनेट लाग्छ ३.४० भै सकेको थियो .सुत्ने होइन चल्ने भन्दै सब लाइ हत्तार हत्तार गरि तयार हुन् भने र लबी मा गए त्यहाँ बाट लुइसभिल बिमानस्थल  को लागि सटल सर्भिस रहेन छ .ट्याक्सी लाइ सोधे मिटर मा २३० डलर लाग्छ रे यसो गोर्खाली पारा को गफ दिएको ४५ डलर घटाएर लागि दिने भयो जसबेला ४.१५ भएको  थियो .वहा हरु लाइ बिदा गरेर कोठा मा आए .आयोजक हरु को कडा मिहिनेत को बाबजुद निम्ताइएका  कलाकार हरु हरु को खाने बस्ने र यातायात व्यवस्था सम्बन्ध मा वहा हरु अनभिग्य वा निस्क्रिय जस्तो अनुभब गरेर जानु भएको थियो कलाकार हरु .

सेप्टेम्बर ५ तारिख २०१० बिहान नौ बजे नै साहित्यकार एबम गीतकार पल्पसा जी को फोन आयो .वहा को दिदि भिनाजु शसी जी र राज कुमार राइ जी ले आज मलाइ लेक्जिन्टन शहर जसलाई "घोडा को राजधानी Horse Capital Of The World ) पनि भन्दो रहेछ घुमाई दिने भन्नु भएको थियो .मिजासिलो अनि सहयोगी भावना का धनि राइ दम्पति अनि पल्पसा जी ले स्थानीय बिभिन्न प्रसिद्ध ठाऊ घुमाई दिनु भयो .केन्टुकी राज्य को लेक्जिन्टन र लुइसभिल बिस्वा प्रसिद्ध घोडा दौड प्रतियोगिता हुने ठाऊ हो जहाँ बेलायति महारानी को समेत समुस्थिति हुने गर्दो रहेछ .बिभिन्न नाम का ( Horse park ,Horse Farm ,KeenLand race course)Horse park हरु को भ्रमण गराएर रे जी ले वहा को घर मा लिएर जानु भयो दिन को खाना त्यहि खायौ .राज कुमार राइ दम्पति ले दार्जिलिंग सम्झाउने गरि सुँगुरको सुकुटी ,काँक्रोको अचार को रस्वादन गराउनु भएको थियो . त्यतिकै मा ज्ञानेन्द्र जी को प्लेन छुटेको ले एकलाई पर्नु भएछ साझ को मात्र अर्को उडान भएको हुदा वहा लाइ साथ दिन हामी  होटेल फर्कियौ .

यो सम्मेलन को बिबिध पक्ष मध्य "बिष्णु माया परियार को महिला अधिकार सम्बन्धि मार्मिक प्रसंग ,अर्की शसक्त वक्ता थिइन बुना दाहाल (दृष्टि बिहिन ) उनले दृष्टि बिहिन हरु को समस्या ,चाहना ,भावना अनि क्षमता लाइ बडो भाबपूर्ण तरिकाले प्रस्तुत गरेकी थिइन .छिरिंग शेर्पा जी को प्रस्तुती "सेभ दि हिमालय "को कार्यक्रम पनि महत्व पूर्ण थियो .यो सम्मेलन लाइ आयोजक हरुले बरिष्ठ नेपाली अमेरिकन प्राध्यापक स्व .मोहन नारायण श्रेष्ठ को सम्झना मा समर्पित गरेका थिए .बिभिन्न सस्था मा आबद्ध समाज सेवी श्रेष्ठ को ०९-१४-२००७ मा ६८ बर्ष को उमेर मा देह्बसान भएको थियो ..

आयोजना स्थल बिस्तारै पातलिदै थियो .आयोजक हरु ले त्यो अन्तिम दिन को साझ स्थानीय कलाकार को प्रस्तुती  एबम डिजे गोर्खाली को समेत कार्यक्रम राखेका थिए ..ढिलो सुरु भएको सास्कृतिक कार्यक्रम को रौनक बढ्दै थियो .डिजे को उत्साह सुरु हुनै लाग्दा रात को १२ बजेको संकेत सहित होटेल को सुरक्षा कर्मचारीले बन्द गर्न आदेश दिए .जति अनुनय गरेर सिर्फ १०  मिनेट को समय माग्दा पनि नो नो सरि सरि प्लिज स्टप राइट नाउ  ..भनेको ले सबै बाहिरियौ .

बाहिर आयोजक हरु राजा घले ,मुकेश सिंह अनि राजेन्द्र खतिवडा जी ले कोठा मा थप रमझम को व्यवस्था गर्नु भएको रहेछ .सबै त्यता लाग्यौ ..त्यहाँ पनि केहि छिन पछी सुरक्षा कर्मचारी आइ पुगे हल्ला भयो भन्दै सबै लाइ आ आफ्नो कोठा मा जाने आदेश दियो .बिहान को २ त बाजी सकेको रहेछ ६ बजेको उडान थियो . ५ बजे त उठ्नु नै थियो .बिहान ५ बजे नै राइ जी लाइ उठाए .वहा ले ब्लु ग्रास बिमान स्थल सम्म पुर्याई दिनु भयो .राइ दम्पति अनि पल्पसा जी प्रति म धेरै कृतज्ञ भएको छु सहयोग को लागि .लेक्जिन्टन बाट मेम्फिस र त्यहाँ बाट ओमाहा को लागि उडान भरे दिन को ११.४० मा इपिली बिमानस्थल  ओमाहा आइ पुगे .अमेरिका को प्रत्यक राज्य मा केहि न केहि बिशेषता रहेको थप अनुभब यो सम्मेलन को कारण भएको भ्रमण ले गराएको छ 

Monday, November 7, 2016

लघु कथा -हाम्रो नेता 

एउटा गाउमा उहिले एउटा नामुद गफाडी थियो .उ स्वयम लाइ थाहा थियो कि उसले भनेको कसैले पनि पत्याउदैन भनेर तैपनि मौका जहिले पनि कहिँ न कहिँ केहि बोल्ने मौका को खोजीमा हुन्थ्यो .
बुढा हरु लाइ भेट्यो म पनि तपाइँ हरु जस्तै पाको हुन् पाए कति खुशी हुन्थे भन्थ्यो .
पधेरामा पुगेर आइमाई सित भन्थ्यो म पनि अर्को जुनी मा आइमाई भएर जन्मनु पाउ भनि भगवान सित प्राथना गर्ने गरेको छु भन्थ्यो .
गाउका फटाहा तोरी लाउरे हरु लाइ भेट्यो भने भन्थ्यो बाबु हो "यहि हो खाको लाको पाको "हुने उमेर न डराओ म छु तिमि हरु को साथ मा ..
त्यसै गरि एक दिन को कुरो हो गाउको चिया खाने चौतारी को पसल मा केहि साहित्य सित सम्बन्धित  मानिस चिया  पाउरोटी  पुस्टकारी खादै गफ गर्दै थिए 
 गाउको त्यो गफाडी पनि आई पुग्यो .ताई न तुइ हात मा लाग्यो दुइ भने जस्तो गफ निकाल्न थालि हाल्यो .
उ स्वयम ले भन थाल्यो गफ पनि के गर्नु हो गाउले हो तिमि हरु सित जति सद्धे कुरो गरे पनि तिमि हरु ले पत्याउने होइनौ .
रामे .सुन्दर हरि हत्के बिर्खे  हरु अग्रज साहित्यकार र उनि हरु को कृति को बारेमा छलफल गर्दै थिए उनि हरुले ले हास्दै एकै स्वर मा भने पत्याउने हुने कुरो गर न हामि  पत्याई हाल्छौँ नि !
उसले अफ्नो बारेमा अनेक कुरो गर्यो आफ्नो गुण अनि खुबी को बारेमा भन्यो म यस्तो म उस्तो आदि आदि गाउले हरुले  निर्बिबाद उसको कुरो सुनी रहे  .देश विदेश को अनेक खबर भन्यो अन्त मा भन्यो त्यति मात्र हो र म त् साहित्य प्रेमी पनि त् हु नि तिमि हरुले मलाइ चिनेका नै छैनौ .
मैले आज मात्र कस्तो खतरा कविता लेखेको छु .
ए हो र कहिले सुनाएको भए पो त् थाहा पाउनु त् गाउले हरु ले  उसको कुरो मा सहि थापे .
बिर्खेले भन्यो सुनाउ न त् तिम्रो कविता हामी पनि सुनौ !
उसले भन्यो सुनाउ त् ?
सबै ले एक स्वर मा भने सुनाउ सुनाउ 
उसले सुरु गर्यो उहु उह औशिको रात टह टह जुन ........बाँकी के बोल्न आटेको थियो .
वरिपरी बसेर सुन्ने हरु खित  .....खित...... खित........... खित .....खुत्........खुत् ...........खुत्  उहूऊऊऊऊऊम ..... उहूउ  .....हा  ...हा.... हा..... हा  हि.... हि .हि...... हि     गर्न थाले 
कोइ को चिया सर्केर अर्को को जिउ भरि ...कसैको पाउरोटी मुख बाट उछिट्टिएर    अर्को को गाला  मा अर्को को भर्खरै मुखमा हालेको  पुस्टकारी फुत्केर शिबे को ज्वारी कोट को बगलीमा ....
न त् गफाडीले उसको कविता  बाचन अगाडी बढाउन सक्यो  न त् अरु कसैले अरु अगाडी के छ भन्न त्  भनेर सोध्न  नै सके 
 उ रातो मुख लगाएर सुइकुच्चा ठोक्यो .
यता गाउले हरु पनि औशी को रात टह  टह   जुन भन्दै   हास्दै बाटो लागे .
समय बित्दै गयो ,को कहाँ पुगे को के भए !
गाउले  लाइ देख्दा उ गफाडी  कर्के आखा ले हेर्थ्यो .सम्भब भए बाटो काटेर अर्कै तर्फ बाट हिड्न थालेको थियो .
अहिले त् उ हाम्रो गाउको मुखिया भएको छ रे 
कस्तो होला अब त्यो गाउ अहिले भनेर विदेश बाट एउटा ले सोधेको थियो .
बिर्खे ले भनि दियो उही त् हो औशी को रात टह टह जुन ......झिंगापुर्  माथि सिंगापुर को खोल ..
खित खित खित ........खुत् खुत् खुत्     हि .... हि..... हि...... हा..... हा.... हा .....

Sunday, November 6, 2016

कथा -आमा लाइ चिठ्ठी  
वाह् अनायस उस्लाई गुन्द्रुक ढिडो अनी लप्सी को अचार् याद आउछ साच्चिक्कै मुखनै रसाउछ उस्को । चिठ्ही लेख्न सुरु गर्नु अगी एक छीन तकिया मा टाउको राखी कलम लाई मुख मा हल्का च्यापी मुग्लाने सोच मग्न हुन्छ । के लेखौ के न लेखौ ? सुख को काल्पनिक कथा लेखौ कि दु:ख को यथार्थता । एक छीन फेरी कोल्टे फेर्दछ र ऊठि टेबुल मा हात राखी आज दिल खोलेर मन को कुरा भोगेको कुरा सबै लेखी दिन्छु आखिर परिवार ले पनि थाहा पाउन कि मुग्लान सजिलो रैनछ पैसा सजिलो सित कमाइदो रैनछ भनेर ...
लेख्न सुरु गर्दछ , हे चाउरी परेकी बुढी आमा !बिदेश बाट खाउ लाउ सोख गर भनेर त्यत्रो पैसा खन्या दिदा पनि तिमी किन झन झन सुक्दै छ्यौ ? मेरो चिन्ता नगर तिमी बर्गर सित आलुतामा को याद मिसाइ खादा को स्वादै अर्कै हुन्छ के थाहा तिमी लाई ? ढाड सेकिने गरी बोरा का बोरा प्याज काट्नै परे पनि प्रचण्ड गर्मीमा खलखल पसिना संगै बलिन्द्र आँशु झरे पनि  खट खट हरियो डलर गन्दा को मज्जा अर्कै छ त्यो बुझ्दिनौ तिमी ! त्यता बस्या भे कस्को नोकर हुन्थे कि उता को दरवान हुन्थे कि कसैको शिकार के थाहा   आम्रिका आछु  कम से कम यहाँ ज्यान त बच्या छ । अ तिमी पल्ला घरे काइला बा को छोरा को कुरा गर्दै थियौ नि उ त लाग्यो माथि तिर यतै बाट खबर त पाइ सक्यौ नै ? पातलि रुदै बिलौना गर्दै होलीन होइन ? ठुलै सपना थियो उ बिचरा को पहिले साहु बाट धितो राखेको भिर पाटो बारी चुक्ता गर्ने , जस्ता को छानो भएको दुई तले घर बनाउने , छोरा छोरी लाई शहर को राम्रो स्कुल मा पढ्न पठाउने खादा पनि परिवार बच्चा कै कुरा गर्दथ्यो सुत्दा पनि तिनी हरु कै सपना देख्दथ्यो । अर्को साल त पक्कै फर्कने है भनी मलाई बेला बेला मा सोधी रहन्थो कठै बिचरा ले अर्को साल देख्न नै पाएन 
ठुली फुपुको छोराको खबर सोधेकी थियौ नि  सुन बुढी माउ बेखबर छ नाक मुख नदेखेको बर्षौ भयो त्यता खबर गर्छ कि गर्दैन ?उसको त्यो जेठी अशक्त छोरी को के छ खबर उपचार भएको छ कि छैन ?पातली भाउजु झन् कति दुब्लाइन होलिन ? यस्तै हो जे लेखेको छ त्यहि हुन्छ भनेर सम्झाई दिनु मैले कतै खबर पाए भने भेटेर सम्झाई दिन्छु र नेपाल फिर्ता जान भन्छु खोइ एउटा जीवन हे बुढी माउ उसले पनि भूमिगत बसेर यो परदेशमा त्यसै बिताउने हो कि ?कतै भुत्लुक्क भैसक्यो कि केहि थाहा भएन ..
त्यसैले म पनि अब  यो पटक रामो राम पहिले जस्तो ढाटेको होइन दसैं मा आउछु । बरु ल भन तिमी लाई के कोसेली लेराइ दिउ ? मामा को छोरा कर्णे को खबर नि पाएकी हौली नि उस्ले त यही कि गाई खाने कि छोरी बिहे गर्योो नि धर्म पनि परिवर्तन गर्योी उस्ले अब बाउ आमा को काज कृया पनि नगर्ने भो !के जानु नेपाल के छर त्यहा भन्दछ । सधैं को मार काट , लूट , बन्ध र हडताल त्यस्तो पनि देश हो ? पो भन्दछ त उ आज भोली । बिहे गरे पछी त सुको बचाउन न सकेको गुनासो पनि गर्दै थियो अस्ती . स्वास्नि को फर्माइस पुरा गर्न नसके छोडि देली भन्ने डर रे उस्ले छोडि दिए उ यहाँ बस्न पनि पाउदैन यहाँ को नियम ले त्यसैले उसलाई हामी भन्दा स्वास्नि को चिन्ता छ खोइ के रोग लाग्यो आमा यो विदेशको नागरिकता लिन र खान घर परिवार र इष्ट मित्र सबै त्याग्न खोज्ने भाउजु केटाकेटी को माया लाग्दैन भनेको उनीहरु कै लागि त् हो नि यो सब भन्छ कहिले उसको नागरिकता आउछ  कहिले यो गोरी लाइ छोड्छ कहिले छोराछोरी आउछन कहिले भाउजु औछिन खोइ उसको व्यथा सम्झदा मलाइ नै अत्यास लाग्छ 
कस्तो कस्तो हुन्छ बिदेश मा सुन बुढी आमै ! बिर्खे बा का छोरी को कुरा पनि सुन अरु लाई मैले भनेको न भन्नु नि ? खै के कुरा मिलेन छ आफ्नो बुढा सित बच्चा सच्चा जिम्मा देर उनी त लागि छन हाम्रै छिमेकी देश को भैया सित । अब त संपर्क नै छैन उनी सित पोहोर सम्म भाई टिका लगाइ दिएकी थिन । अ कती अर्का को कुरा गर्नु आफ्नै कथा पोख्दछु तिमी लाई , मलाई थाहा छ तिमी पर्खि रहन्छ्यौ हरेक दिन पिढी मा आमा भन्दै कहिले अाइ पुग्ला छोरा भन्दै , कहिले काही त टप्किन्छ होला आसू होइन ? मेरो सम्झना गर्दै । गाली पनि गर्दी हौली नि मोरो निस्ठुरी ले बिर्स्यो मलाई भन्दै ?कुरो त्यसो होइन , म कसरी बिर्सन सक्छु तिमी लाई कठै ? ल तिमी नै भन त बिर्खेको छोरा ले मुग्लान बाट हेर कत्ती पैसा कमाएर लेरायो त सुती मात्र राख्दछ्स गाउ मात्र चारेर खान्छस  मोरा लाज लाग्दैन  भनेकी होइनौ ? यहाँ आबारा भएर बराल्लेर बस्नु भन्दा त बिदेसै गए पनि हुन्थ्यो केही त सिक्दथ्यो कि ? अरु का छोरा पनि गएका छन नि  अरुका आमामा झैँ म पनि  सहेर बसौला जा मोरा केही गर भनेकी होइनौ तिमी ले ?मलाई पढाउन धितो राखेको पाखा बारी कसरी छुटाउने त्यो पनि त चिन्ता थियो नि ? अब त्यहा बसेर आफ्नो योग्यता ले स्थान न पाउने भए पछी मुग्लानिनु को बिकल्प खोइ ?नेपाल सरकार ले सोच्ने फुर्सद पाएको देखिन्न बरु आफ्ना मान्छे लगाएर हुन्छ कि आँफै लागेर हून्छ नेपाली युबा लाई खसी बोका झै यो देश मा र उ देश मा बेच्न मा नै खुशी छ अझै नेपाल सरकार यस्तो सरकार देखे कि सुनेकी छ्यौ कतै ?परिस्थिती ले म जस्ता हज्जारौ , लाखौं धकेलिएका छन बिदेश मा रहर त कसै को देख्दिन कोइ ज्यान जोगाउन कोइ व्यबहार मिलाउन कोइ बित्रिष्णा मेटाउन वाध्य भै बसेका छन .सासदले पासपोर्ट बेचेको खबर त् सुनेकै छ्यौ नाम चलेका मान्छे र ठुला ठुला का सन्तान पनि ओइरिएकै छन् खोइ आमामको माया मा कमि भयो कि सन्तान बैगुनी जन्मे  आमाको काँख छोडेर भाग्ने मति पो बनाए त् 
कती स्वादिलो हुन्थ्यो तिमी ले पकाएको मिठो पिठो , कती आनन्द आऊदथ्यो आगन चौतारी , मेला पर्ब गर्दा ? सम्झी ल्याउदा मन धुजा धुजा हून्छ । हो  आमा एउटा सत्य हो मेरो बर्तमान बन्धकी मा परेको छ भबिस्य मा सुख पाउने रहर बोकेर  खोट मेरै होला म किन देश मा बिक्न सकिन जो बिकेर दिन दुई गुना रात चार गुना को फट्को मार्दै कमाउने धन्दा गर्दैछन । तर के गर्नु आफ्नो सिफारिस गरिदिने कोइ थिएन ? मलाई थाहा छ तिमी अस्ताउन लागेकी जुन हौ मेरो मुख हेरेरै मर्ने तिम्रो धोको बाहेक तिम्रो अरु इच्छा आकान्क्ष्या मरी सकेका छन । तिमी गल्दै गएकी छ्यौ यो सन्जोग जुर्दछ कि जुर्दैन खै ?रात दिन को काम काम ले म पनि शिथिल भै सकेको छु । एक मन त लाग्दछ अहिल्यै उडिहालु रुखो सुखो जे मिल्दछ खाइ शान्त सित बसू तर साहु को कर कर चुक्ता भा खोइ ?त्यहा आएर हात  मुख जोर्ने उपाय पनि छैन नि त के गर्नु ?यो न आउने बहाना होइन आमा  मेरो यथाथर्ता हो । चाड पर्ब आउछ शरीर यहाँ छ मन त्यहा हून्छ । साझ बिहान तिम्रै चिन्ता ले सताउछ । तिमी सम्पन भएकी भए किन पठाउथ्यौ र मुग्लान हामी लाई होइन ? सम्हाल आँफै लाई मेरो चिन्ता नगर एक दिन पक्कै आउछु म तिमी लाई भेट्न झुठो म बोल्दिन ।